अक्सिजन प्लान्ट र पिसिआर प्रयोगशाला संचालनको तयारी
०६ जेष्ठ २०७८
•
३ मिनेट पाठ
अक्सिजन प्लान्ट र पिसिआर प्रयोगशाला संचालनको तयारी
स्थानीय सरकारहरू यहाँका नागरिकका लागि अभर पर्दा कामकाजी देखिने प्रयासमा लागेका छन्। गत वर्ष जिल्लामै कोभिड अस्पताल खोल्न सफल भएका यहाँका ८ स्थानीय तह यस वर्ष पिसिआर प्रयोगशाला र अक्सिजन प्लान्ट स्थापना गर्ने योजनामा छन्। जिल्लाका ८ स्थानीय तह मिलेर गत वर्ष नै गठित ‘उदयपुर विकास बोर्ड’ले चालु वर्षको कोभिड भेरियन्ट कहरबाट बच्न भर्खरै जिल्लामै अक्सिजन प्लान्ट र पिसिआर परिक्षण गर्ने प्रयोगशाला निर्माण गर्ने निर्णय गरेको छ। बोर्डको भर्चुअल बैठकले चौदण्डीगढीमा पिसिआर प्रयोगशाला र बेलका नगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष तथा त्रियुगा नगरप्रमुख बलदेव चौधरीले बताए।  




उनका अनुसार बैठकले महामारीलाई ध्यानमा राख्दै जनताको सुरक्षाका लागि बेलकामा अक्सिजन प्लान्ट राख्न प्रत्येक नगरपालिकाले १० लाख र गाउँपालिकाबाट ५ लाख रूपैयाँका दरले बजेट विनियोज गर्ने निर्णय गरेको छ। त्यसैगरी चौदण्डीगढीको कोभिड अस्पतालमा पिसिआर परिक्षण प्रयोगशाला राख्नका लागि दातृ निकाय सेभ द चिल्ड्रेन र सम्पूर्ण स्थानीय तहसँग सहयोग लिने निर्णय भएको अध्यक्ष चौधरीले बताए।

बैठकले बजेट विनियोजनको पूर्वसन्ध्यामा पुगेका बेला आगामी आर्थिक वर्षको पूर्वाधारतर्फ जिल्लाभरीका १८ वर्षभन्दा माथिका सबैलाई कोरोना खोप दिने व्यवस्था मिलाउने गरी बजेट विनियोजन गर्ने निर्णय समेत बोर्डले गरेको छ। आगामी वर्ष पनि कोभिड संक्रमण उस्तै हुने जोखिमप्रति सचेत हुँदै समयमै खोप खरिद गर्न रकम विनियोजन गरेर स्वीकृतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पठाउने निर्णय गरेको अध्यक्ष चौधरीले बताए। त्यसो गर्न सके उदयपुरलाई कोरोनामुक्त जिल्ला घोषणा गर्न सकिने ठहर बोर्डको छ।

जिल्लाका ८ स्थानीय तह मिलेर गत वर्ष नै गठित ‘उदयपुर विकास बोर्ड’ले चालु वर्षको कोभिड दोस्रो भेरियन्ट कहरबाट बच्न जिल्लामै अक्सिजन प्लान्ट र पिसिआर परिक्षण गर्ने प्रयोगशाला निर्माण गर्ने निर्णय गरेको छ। त्यसका लागि प्रत्येक नगरपालिकाले १० लाख र गाउँपालिकाबाट ५ लाख रूपैयाँका दरले बजेट विनियोज गर्ने निर्णय भएको छ।
‘वर्षेनी आउने कोभिड कहरले जिल्लावासीलाई मुक्त राख्न सबै स्थानीय तह मिलेर एकीकृत योजना बनाउने निर्णय गरिएको छ,’ मेयर चौधरीले भने, ‘कमसेकम उदयपुरलाई आगामी वर्षदेखि कोभिडमुक्त जिल्ला घोषणा गर्ने हाम्रो लक्ष्य हो।’ बैठकले कोरोनाबाट सप्तकोसी नगरपालिका सप्तरीकी उपमेयर आशादेवी चौरीको मृत्युलाई दुःखद घटना भन्दै श्रद्धाञ्जली शोक प्रस्ताव पारित गरेको छ।

४ नगर र ४ गाउँपालिका रहेको उदयपुरका ८ वटै स्थानीय तहले गतवर्ष त्रियुगा नगरप्रमुख चौधरीको अध्यक्षतामा बेलका नगरप्रमुख सचिव र अन्य स्थानीय प्रमुख सदस्य रहेको ‘उदयपुर विकास बोर्ड’ गठन गरेका थिए। कोभिडविरुद्ध एकताबद्ध भएर लड्ने उद्देश्यले गठित बोर्डले कोभिड कालमा जिल्लामै उपचार केन्द्र र आइसोलेसन सेन्टर खोलेर उपचार सेवा प्रवाह गरेको थियो। प्रदेश र संघीय सरकारसँग पटकपटक बजेट सहयोग मागे पनि नपाएपछि आफ्नै पहलमा अस्पताल खोल्ने हिम्मत कसेको बोर्डले सुरुमा चौदण्डीगढी नगरपालिका–६ सातधारे बेलटारमा कोभिड आइसोलेसन सेन्टर सञ्चालन गरे। जहाँ उदयपुरसहित विभिन्न जिल्लाका २ सय ४५ संक्रमितको सफल उपचार भयो।

आइसोलेसन सुरु गरेको ६ महिनाभित्रै त्यहाँ झन्डै ३ करोड लागतको उदयपुर कोभिड अस्पताल भवन बनिसकेको छ। हाल दुई दर्जन बढी संक्रमितको सोही अस्पतालमा अक्सिजन सुविधासहित उपचार चलिरहेको छ भने दर्जन बढी निको भएर घर फर्किसकेका छन्। भवन बनाउन प्रदेश र संघले सहयोग नगरेपछि गाउँपालिका प्रत्येकले १० लाख र नगरपालिकाले २० लाख रूपैयाँ, स्विस सरकारले १ करोड ५० लाख र बाँकी चौदण्डीगढी नगरपालिकाबाट व्यवस्था गरेर सो भवन निर्माण भएको हो। यस वर्ष बिरामीको चाप बढ्दै गएकाले सुरुमा २२ बेडको अस्पताललाई छिट्टै ६० बेडमा स्तरोन्नति कार्य सुरु भएको चौदण्डीगढी नगप्रमुख खगेन्द्र राईले बताएका छन्।
अर्को समाचार
बागलुङमा अझै स्थापना हुन सकेन पिसिआर प्रयोगशाला
०२ माघ २०७७
•
३ मिनेट पाठ
बागलुङमा अझै स्थापना हुन सकेन पिसिआर प्रयोगशाला
कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहे पनि बागलुङमा अझैंसम्म पिसिआर प्रयोगशाला स्थापना भएको छैन।




सरकारले धौलागिरि अस्पतालमा पिसिआर प्रयोगशाला राखेर बागलुङमै कोरोना परीक्षण गर्ने गत असार १२ गते निर्णय गरेको थियो। निर्णय भएको छ महिना बित्दा सक्दासमेत पिसिआर प्रयोगशाला स्थापना नभएको हो। धौलागिरि अस्पतालमा पिसिआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको तीन महिनापछि गत कात्तिक २७ गते पीसिआर मेसिन खरिदका लागि बोलपत्र आह्वान गरिएको थियो।

बोलपत्र गरिएको दुई महिना पूरा हुँदासमेत पिसिआर प्रयोगशाला निर्माणको अझै टुङ्गो लागेको छैन। धौलागिरि अस्पतालले पिसिआर निर्माणमा गरेको ढिलाइप्रति नागरिकको तीव्र गुनासो र आलोचना छ। उनीहरुले कोरोना भयावहका बेला फास्ट ट्र्याकबाट काम गर्नुपर्नेमा महिनौं लाग्ने गरी ढिलाई गरिनु दुःखद र लापरवाही भएको बताएका छन्।  

सरकारले बजेट पठाउँदासमेत प्रयोगशाला स्थापना हुन नसक्नु लज्जाको विषय भएको अधिकारकर्मी राम शर्माले बताए। “जुन बेला बागलुङमा कोरोना भाइरस सङ्क्रमणको अत्यन्तै भयग्रस्त अवस्था थियो, त्यतिबेला १५ दिन रिपोर्ट कुर्नुपर्ने अवस्था थियो, अहिले पनि कोरोनाकै कारण ज्यान गुमाइरहेका घटना छन्” शर्माले भने,“अहिले परीक्षण र सक्रिय सङ्क्रमित कम हुँदा पोखराबाटै एकै दिनमा रिपोर्ट आउने अवस्था भइसक्यो, यहाँ यस्तो संवेदनशील विषयमा पनि धेरै ढिलाइ गरिएको छ। अब खोप र पिसिआर मेसिन सँगसँगै आउला जस्तो छ।”  

निर्णय भए पनि तीन महिनासम्म बजेट नआएको र ढिला बजेट आएपछि खरीद प्रक्रियामा जाँदा समय लागेको अस्पतालले जनाएको छ। नेपाल सरकारले अस्पताललाई तीन महिनाअघि पिसिआर मेसिन खरिद गर्नका लागि रु एक करोड पठाए पनि बजेट अपर्याप्त भएको भन्दै खरीद प्रक्रियामा जान सकेको थिएन। धौलागिरि अस्पतालमा पिसिआर मेसिन खरीद गर्न रु एक करोड लाग्ने भएपनि प्रयोगशाला व्यवस्थापनका लागि पर्याप्त बजेट नभएपछि पिसिआर ल्याब व्यवस्थापनका लागि गण्डकी प्रदेश सरकारले रु ४० लाख विनियोजन गरेको थियो।

त्यसपछि मात्रै धौलागिरि अस्पतालले पिसिआर मेसिन खरीद र प्रयोगशाला बनाउन प्रक्रिया थालेको छ। शुरुमा बजेट नभएको र पछि प्राविधिक रुपमा केही जटिलता भएकाले यस विषयमा बुझ्न समय लागेको धौलागिरि अस्पताल बगालुङका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र वि पोखरेलले जानकारी दिए। “मेसिन खरीद गरेपछि ल्याब सञ्चालनमा आउनु पर्दछ, केही औँजार छुट भएमा पुनः सञ्चालनमा ढिलाइ हुन्छ, त्यसैले लागत अनुमान गर्न समय लागेको हो”, उनले भने,“हामीसँग बायोलोजिकल प्राविधिकको अभावका कारण ढिला भएको हो, अहिले बोलपत्र प्रक्रियामा गएपछि चार कम्पनीले पिसिआर ल्याउन ठेक्का हालेका छन्, केही दिनमै कम्पनी छनोट गर्नेछौं।”  

ठेक्का प्राप्त भइसकेपछि ठेकेदार कम्पनीले तीन महिनाभित्र ल्याब स्थापना गर्ने समय भएकाले त्यतिबेलासम्म नेपालमा खोपसमेत आउने सम्भावना रहेको आँकलनसमेत गरिन्छ। यद्यपि, यो ल्याब अन्य प्रयोजनमा समेत उपयोग गर्न सकिनेछ। पिसिआर परीक्षण मेसिन आइहाले पनि प्रयोगशाला सञ्चालनका लागि समेत दक्षजनशक्तिको अभाव रहेको अस्पतालले जनाएको छ। पिसिआर प्रयोगशाला स्थापना भइसकेपछि दक्षजनशक्तिसमेत सरकारले पूरा गर्नेमा धौलागिरि अस्पताल आशावादी छ। 

साविक धौलागिरि अञ्चलको सदरमुकाममा रहेको बागलुङको धौलागिरि अस्पतालमा पिसिआर परीक्षण प्रयोगशाला भएमा मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा सङ्कलन गरिएको नमूना परीक्षणका लागि गण्डकी प्रदेशको राजधानी पोखरा पठाउनुपर्ने बाध्यता अन्त्य हुनेछ। कोरोना आशंकामै लामो समय उपचार नपाउने अवस्थाको पनि अन्त्य हुनेछ।

अहिले बागलुङबाट परीक्षणका लागि पठाइएको कोरोना सङ्क्रमणको नतिजा आउन तीन दिन लाग्ने गरेको छ। आम नागरिकबाट परीक्षणको दायरा बढाउनुपर्ने माग फेरि उठ्न थालेको छ। गत असार १२ गते सरकारले बागलुङसहित विभिन्न स्थानमा पिसिआर मेसिन थप गर्ने निर्णय गरेको थियो। अब पिसिआर प्रयोगशाला तीन महिनाभित्र सञ्चालनमा आउने अस्पतालले दाबी गरेको छ।
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस