सेरमले तत्काल खोप नदिने
०६ जेष्ठ २०७८
•
३ मिनेट पाठ
सेरमले तत्काल खोप नदिने
कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ उत्पादन गरेको भारतीय कम्पनी सेरम इन्स्टिच्युटले सन् २०२१ भरि देशबाहिर खोप दिन नसक्ने जनाएको छ। त्यसले गर्दा नेपालको कोभिड–१९ विरुद्धको खोप अभियान अन्योलमा पर्ने देखिएको छ। कोभिसिल्डको पहिलो डोज लिएका ६५ वर्षमाथिको उमेर समूहका नागरिकका लागि दोस्रो डोज कसरी उपलब्ध गराउने भन्ने अन्योल उत्पन्न भएको छ।




मंगलबार सेरम इन्स्टिच्युट अफ इन्डियाका प्रमुख कार्यकारी अधिकृत आदर पुनावालाले कोभ्याक्स र अन्य मुलुकलाई यो वर्षको अन्त्यतिरबाट मात्रै खोप दिन सकिने आशा व्यक्त गरेका छन्। भारतमा महामारी फैलिएपछि आफ्नो देशका नागरिकलाई चाहिने खोप सुरक्षित नगरी विदेशमा निर्यात गरेको भन्दै नरेन्द्र मोदी सरकारको चर्को आलोचना हुँदै आएका बेला सेरमले तत्काल देशबाहिर खोप नदिने निर्णय लिएको हो।  

नेपालमा कोभिसिल्डको पहिलो डोज खोप लगाएकाले १२ सातभित्र दोस्रो डोज लिनुपर्छ। सेरमले दिएको जानकारीले नेपाललाई जेठभित्रै प्राप्त भइसक्नुपर्ने १० लाख डोज खोप आउने स्थिति नदेखिएको कोभिड–१९ विरुद्धका खोप संयोजक डा.श्यामराज उपे्रतीले बताए। एक महिनाअघि नै नेपाल आइसक्नुपर्ने खोप भारतमा कोरोनाको दोस्रो लहर देखिएपछि निर्यातका लागि प्रतिबन्ध लगाइएसँगै रोकिएको थियो। नेपालले यो खोपका लागि अग्रिम भुक्तानी गरिसकेको छ। कोभ्याक्सले मेभित्रै दिने भनेको खोप पनि कम्पनीको जानकारीले अन्योलमा परेको डा.उपे्रतीको भनाइ छ।

पहिलो डोजको खोपले तीन महिना निश्चित रूपमा काम गर्ने र त्यसपछि त्यसको प्रभाव न्यून हुँदै जान सक्ने जनाइएको छ। यो हिसाबले नेपालमा कोरोना संक्रमणको नयाँ भेरियन्ट फैलिरहेको बेलामा ६५ वर्षमाथिका उमेर समूह जोखिममा पर्ने डा. उपे्रतीले बताए। ‘कोभ्याक्सले २० प्रतिशत खोपअन्तर्गत दिने भनेको खोप पनि अहिलेसम्म उपलब्ध गराउन सकेको छैन, अक्टोबरपछि दिन सक्छ,’ उनले भने।  

पहिलो डोजका रूपमा जुन कम्पनीको खोप लिएको हो, दोस्रो डोज पनि त्यही कम्पनीकै हुनुपर्छ। सेरमले २० लाख डोज, कोभ्याक्सले २२ लाख ५० हजार डोज खोप दिने भनेपछि नेपाल सरकारले उपलब्ध भइसकेको १० लाख डोज खोप लगाउन थालेको थियो। दुवै प्रक्रियाबाट खोप नआउने भएपछि कार्यक्रम अन्योलमा परेको अधिकारीहरू स्विकार्छन्। ‘अन्य कम्पनीको खोप दिनै मिल्दैन, अब भारतले नदिएसम्म विकल्पै छैन,’ डा. उपे्रतीले भने।

सुरुमा पहिलो डोज लिएको १२ हप्ताभित्र दोस्रो डोज खोप लगाउनुपर्ने नियम थियो तर विश्व स्वास्थ्य संगठनले चार महिनासम्म पहिलो डोजले काम गर्ने जनाएकाले त्यस अवधिसम्म कोभ्याक्सले कुनै माध्यमबाट नेपाललाई खोप दिन सक्ने सम्भावना रहेकोले आत्तिनु नपर्ने परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले बताए। ‘भारतमा संक्रमण फैलिएकाले अहिलेको अवस्थामा ढिला दिने भने पनि अग्रिम भुक्तानी लिएको खोप अगाडि नै पनि दिन सक्छ,’ डा. पोखरेलले भने।  

पहिलो खोपले नै चार महिनासम्म ९० प्रतिशत सुरक्षा दिन सक्ने भएकाले अब आउने २० लाख खोप पहिलो डोज लिएकालाई दिने महाशाखाको योजना छ। कोभिड–१९ विरुद्धका खोप संयोजक डा. उपे्रतीले भने चीनको भेरोसेलम खोप बजारमा उपलब्ध हुन सक्ने भए पनि अत्यन्त महंगो भएकाले सरकारले खरिद गर्ने सक्ने स्थिति नरहेको स्पष्ट पारे। यसको विकल्पमा रसियन खोपको सम्भावना रहेकाले त्यसअनुसार परराष्ट्र मन्त्रालयले पहल गरिरहेको उनले बताए।  

थप २४६ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणको कारण पछिल्लो २४ घन्टामा थप २ सय ४६ जनाको मृत्यु भएको छ। थपिएका सहित दोस्रो लहरको संक्रमण सुरु भएयताको अवधिमा मृतकको संख्या २ हजार ६ सय २५ पुगेको छ। हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार ६ सय ५७ रहेको छ।  

नेपालमा फैलिरहेको दोस्रो चरणको संक्रमण भारतमा देखिएकै तेस्रो भेरियन्ट भएको र यसको असर सबै उमेर समूहमा रहेकाले अघिल्लो वर्षको तुलनामा धेरैको मृत्यु भएको चिकित्सकले जनाएका छन्। सरुवा रोग विशेषज्ञ तथा राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.वासुदेव पाण्डेले नेपालमा देखिएको नयाँ भेरियन्ट कडा रहेको र सरकारको व्यवस्थापकीय कमजोरीलगायतका कारण धेरैको मृत्यु भएको बताए। उनले दैनिक पे्रेस ब्रिफिङको भिडियोमार्फत यस्तो बताएका हुन्। 
अर्को समाचार
कोभिसिल्डको विकल्पमा अस्ट्राजेनिका
१४ जेष्ठ २०७८
•
३ मिनेट पाठ
कोभिसिल्डको विकल्पमा अस्ट्राजेनिका
कोरोनाविरुद्धको खोप कोभिसिल्डको विकल्पमा अस्ट्राजेनिका प्रयोग गर्न सिफारिस गरिएको छ। कोभिड–१९ विरुद्धको खोप सल्लाहकार समितिको बुधबार बसेको बैठकले कोभिसिल्डको पहिलो डोज लिइसके पनि दोस्रो लिन बाँकी समूहलाई अस्ट्राजेनिका प्रयोग गर्न सकिने निर्णय गरेको छ।




पैसा भुक्तानी गरिसकेकोअवस्थामा पनि भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले नेपाललाई कोभिसिल्ड खोप नदिने भएपछि १५ लाख ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप दिने अभियान अन्योलमा परेको छ। कोभ्याक्सले पनि नेपाललाई २० प्रतिशत अनुदान खोपअन्तर्गत कोभिसिल्डकै खोप दिने प्रक्रिया अघि बढाएको थियो। तर खोप अन्यत्र दिने सेरमको योजना स्थगित भएपछि नेपाललाई अप्ठेरो परेको हो। 

भारतको अदालतले देशका नागरिकलाई खोप नपुगी अन्य देशका लागि निर्यात गर्न नपाइने भनी डेढ महिनाअघि आदेश जारी गरेको थियो। लगत्तै सेरमले विज्ञप्ति नै जारी गरेर यो वर्ष (सन् २०२१) को अन्तिमसम्म देशबाहिर खोप दिन नसकिने घोषणा गरेको थियो।  

सेरमको खोप रोकिएपछि कोभ्याक्सले एक साताअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोभिसिल्डको खोप दिन नसकेको भनी पत्राचार गरेको थियो। पत्र पाएलगत्तै कोभिड–१९ विरुद्धको खोप सल्लाहकार समितिको बैठक बसेको थियो। कोभ्याक्सलाई बैठकको निर्णय आगामी जुन पहिलो सातासम्म पठाइसकिने जानकारी समितिले दिएको छ। सरकारले २० लाख डोज कोभिसिल्ड खोपबापतको रकम भुक्तानी गरिसकेको भए पनि सेरमले १० लाख मात्र दिएको छ। १० लाख डोज आउन बाँकी हुँदै त्यसमा रोक लागेको हो। नेपालले सेरमबाट ५० लाख डोज खोप खरिदको योजना बनाएको थियो।

सेरमले खोप नदिने भएपछि पहिलो डोज लगाएका १५ लाख नागरिकका लागि र अन्य समूहका लागि विकल्पका रूपमा नेपालले अन्य देशहरूसँग खोप खरिदको पहल गर्दै आएको छ। ‘कोभिडसिल्ड’ अस्ट्राजेनिकाकै नमुनाअन्तर्गत बनेको हुनाले कोरिया, रुस, बेलायत र अमेरिकामा उत्पादित खोपका लागि बाटो खुला गरिएको सल्लाहकार समिति संयोजक डा. श्यामराज उपे्रतीले बताए। ‘हामीले १४ लाख अस्ट्राजेनिकाकै खोप चाहिन्छ भनेका छौं, बाँकी जुन कम्पनीको भए पनि हुन्छ,’ उनले भने। कोभ्याक्सले नेपालमा १ करोड ३ लाख जनसंख्याका लागि खोप उपलब्ध गराउनुपर्ने भए पनि हालसम्म ३ लाख ४८ हजारलाई पुग्ने मात्र दिएको छ।

संक्रमणले रोकिएकालाई भेरोसिल दोस्रो डोज असारमा  

गत चैतमा चीन सरकारले अनुदानस्वरूप दिएको ८ लाख ‘भेरोसेल’ खोपमध्ये पहिलो डोज लिई दोस्रो डोज लिन नपाएकाहरूले असारसम्म कुर्नुपर्ने भएको छ। स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले चीनबाट फेरि आउनसपर्ने भएकाले असारसम्म कुर्नुपर्ने स्थिति रहेको जानकारी दिएको हो। काठमाडौं उपत्यकामा जेठ पहिलो सातादेखि भेरोसेलको दोस्रो डोज खोप दिन थालिएको हो। महाशाखाका प्रमुख डा. ताराप्रसाद पोखरेलले उपत्यकाबाहिरका लागि सबै जिल्लामा खोप पठाइसकेको जानकारी दिए। ‘राजधानीका लागि चीनबाट आउने नै खोप कुर्नुपर्छ,’ उनले भने।

भेरोसेलको पहिलो डोज खोप लिएपछि कोरोना संक्रमण भएकाहरूलाई दोस्रो डोज खोप दिइएको छैन। डा. पोखरेलका अनुसार पहिलो डोज लिएर कोरोना संक्रमित भएका व्यक्तिले संक्रमण भएको एक महिनापछि मात्र दोस्रो डोज खोप लिन मिल्छ। सिकिस्त बिरामी भई निको भएका संक्रमितले त दुई महिनापछि मात्र खोप लिन मिल्ने उनको भनाइ। संक्रमित भइसकेकाहरूका हकमा तीन महिनासम्म शरीरमा बनेको कोरोनाविरुद्धको एन्टीबडीले समेत संक्रमणविरुद्ध काम गर्ने चिकित्सकको भनाइ छ।  

गर्भवती तथा प्रसूति सेवा दिनू

परिवार कल्याण महाशाखाले कोभिड–१९ का कारण अत्यावश्यक सेवाभित्र पर्ने प्रसूति, नवजात शिशुको उपचार सेवा अस्पतालहरूलाई निरन्तर दिन अनुरोध गरेको छ। यी सेवा बन्द भए जीवन–मरणको स्थिति सिर्जना हुने भएकाले कोभिड–१९ महामारीकै बीचमा यो सेवा प्रवाह गर्न महाशाखाले अनुरोध गरेको हो।

महाशाखाका प्रमुख डा. पोखरेलद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘माथि उल्लिखित सेवा आवश्यक पर्ने सेवाग्राहीले आफ्नो पहिचान खुल्ने गरी परिचय पत्र लिएर नजिकका स्वास्थ्य संस्थाबाट सेवा लिन अनुरोध गर्छांै।’ कोभिड–१९ रोकथामका मापदण्ड पालना गरेर यो सेवा लिनदिन पनि महाशाखाले अनुरोध गरेको छ। गत वर्ष कोभिड महामारीबीच सेवा अभावमा धेरै गर्भवतीको मृत्युसमेत भएकाले सेवा सञ्चालन गर्न अनुरोध गरेको हो।
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस