अक्सिजन उत्पादन सुरु
२० वैशाख २०७८
•
२ मिनेट पाठ
अक्सिजन उत्पादन  सुरु
काठमाडौं महानगरपालिकाको लगानीमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा राखिएको अक्सिजन प्लान्टबाट उत्पादन सुरु गरिएको छ। कामपाले उपलब्ध गराएको करिब दुई करोड ७५ लाख लागतमा स्थापना गरिएको प्लान्टबाट आइतबारदेखि अक्सिजन उत्पादन सुरु गरिएको हो।




उक्त प्लान्टबाट दैनिक ४७ लिटरका १३५ सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिने छ।  यसमध्ये गङ्गालालमा दैनिक करिब ९० सिलिण्डर अक्सिजन खपत हुन्छ। बाँकी अक्सिजन भरेर अन्यत्र पठाउन सकिन्छ। प्लान्टमा ३७ किलोवाटको एअर कम्प्रेसर, तीन डिग्री सेल्सियससम्म चिसो पार्ने एअर ड्रायर, एक हजार लिटर क्षमताको एअर ट्याङ्क, दुईवटा अक्सिजन जेनेरेटरलगायत उपकरण राखिएका छन्। 

मुटुको समस्या भएर केन्द्रमा उपचार गर्न आउने बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउन महानगरले प्लान्ट स्थापना गरिदिएको हो। यसका लागि महानगर र केन्द्रबीच २०७६ माघ १५ गते शहीद सप्ताहका कार्यक्रम पारेर सहमतिपत्रमा हस्ताक्षर भएको थियो।

सम्झौताबमोजिम हृदय केन्द्रले प्लान्ट र यससम्बन्धी उपकरण खरिद खुला प्रतिस्पर्धाबाट लिएको हो। प्लान्टको निरन्तर सञ्चालनका लागि पूर्वाधार तयार पार्ने, जनशक्ति खटाउने, विद्युत् प्रणाली जडान गर्ने, जनशक्ति खटाउने तथा मर्मतसम्भार अस्पतालले गर्नेछ। प्लान्ट शुभारम्भपछि कामपाका प्रमुख विद्यासुन्दर शाक्यले यस कार्यले अहिलेको कोरोना महामारी व्यवस्थापनमा लाभ भएको उल्लेख गर्दै  तत्काल कान्ति बाल अस्पतालमा पनि अक्सिजन प्लान्ट राख्ने तयारी रहेको जानकारी दिए।

त्यस क्रममा अस्पतालका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले एउटै बिरामीको मुटु उपचार र मिर्गौलाको डायलायसिस गर्नुपर्ने अवस्थामा कठिन भइरहेको बताउनुभयो । उनले भने, 'गङ्गालालमै डायलायसिस गर्ने उपकरण भइदिए, मुटुको उपचार गराउन आउने बिरामीले डायलायसिस गर्न अर्को अस्पताल जानुपर्ने थिएन। यसका लागि महानगरसँग हामीले अपेक्षा राखेका छौँ।'

कार्यक्रममा वडा नं ३ का अध्यक्ष दीपक केसीले अबको केही दिनमा कान्तिको प्लान्ट पनि सुरु हुने जानकारी दिए। उनका अनुसार यसपछि यी दुई अस्पतालमा दैनिक आवश्यक पर्ने करिब २०० सिलिण्डर अक्सिजन अन्यत्र पठाउन सकिनेछ।
अर्को समाचार
भक्तपुरमा कोभिड विरामीका लागि अक्सिजन उत्पादन सुरु
०१ असार २०७८
•
२ मिनेट पाठ
भक्तपुरमा कोभिड विरामीका लागि अक्सिजन उत्पादन सुरु
देशकै नमूनाको रुपमा भक्तपुरमा जनताको पैसाबाट कोभिड विरामीका लागि अक्सिजन उत्पादन सुरु भएको छ। भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पतालमा मंगलबारबाट औपचारिक रुपमा अक्सिजनको उत्पादन सुरु थालिएको छ। यसअघि त्यहाँं परीक्षणको रुपमा अक्सिजन उत्पादन थालेको थियो। प्लान्टको मंगलवार नै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले उदघाटन गरे।




सुरुमा भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पताल कोभिड युनिटमा रहेका कोभिडका विरामीको लागि अक्सिजन अभाब हुनसक्ने र त्यसका लागि केन्द्रिय, संघीय सरकारसँंग सहयोग माग भएको थियो। तर सरकारबाट सहयोगको कुनै प्रतिक्रिया नआएपछि भक्तपुर नगरपालिकाले कोभिडका विरामीको अक्सिजनको व्यवस्था मिलाउन कोभिड प्लान्ट बनाउन भनी जनतासँंग सार्वजनिक रुपमा सहयोगको माग भएको थियो। सार्वजनिक रुपमा सहयोग माग भएकोमा जेठ ५ गतेबाट सहयोगको क्रम सुरु भएको थियो। यस क्रममा असार १ गते मंगलबारसम्म पाँंच करोड ९३ लाख ९८ हजार एक सय ७६ रुपैयाँं ७१ पैसा बराबरको आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको नगरपालिकाले जानकारी गराएको छ।  

सुरुमा अक्सिजन प्लान्टका लागि एक करोड २० लाख रुपैयाँं आवश्यक भएको भन्दै नगरपालिकाले त्यसका लागि सहयोगको आहवान गरेको थियो। त्यस क्रममा सुरुमा पहिलो दिन जेठ ५ गते पहिलो पटक तीन वटा संस्था र एकजना व्यक्तिबाट गरी २५ लाख वढी रकम सहयोग प्राप्त भएको थियो। जनताकै स्वास्थ्यका लागि भन्दै त्यसपछि सहयोग गर्नेहरुको ओइरो नै लाग्यो। दैनिक सयौं संघसंस्था र व्यक्तिहरुले सहयोग गर्न थाले र झण्डै ६ करोड रुपैयाँ सहयोग प्राप्त भयो। सहयोग गर्नेहरुको क्रम अझै जारी छ। सोचेभन्दा वढी सहयोग प्राप्त भएपछि नगरपालिकाले सहयोग रकमलाई अन्य स्वास्थ्य सामाग्री खरिद गर्ने योजना बनाएको नगरपालिकाले जनाएको छ।

  

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप अस्पतालमा अक्सिजन प्लान्ट जडान भई अक्सिजन उत्पादन हुन थालेको जनाए। प्लान्टको परीक्षण सफल सफलतापूर्वक सम्पन्न भएको र अवका दिनमा भक्तपुरका कोभिड विरामीलाई अक्सिजनको अभाब नहुने उनले बताए।  

यसअघि नगरपालिकाले अक्सिजन प्लान्टका लागि चाहिने सामानहरु चीनको छेन्दुस्थित कम्पनीबाट सिधा खरिद गरेको थियो। नगरपालिकाले सिधै कम्पनीमा सम्पर्क गरी त्यहाँको व्यवस्थापनसँग प्रस्ताव पेश गरी मोलमोलाई गरी खरिद गरेको नगरपालिकाले जनाएको छं। यसमा कम्पनीदेखि ग्राहकसम्मकाबीचका कम्पनी वा सहजकर्ता, आयातकर्ता कसैको पनि सहभागिता नभएकाले बजार मूल्यभन्दा केही कम मूल्यमा पनि सामान पाएको नगरपालिको भनाई छ। 

नगरपालिकाले अहिले कोभिडको विरामीका लागि पहिलो प्राथमिकतामा राखेर अक्सिजन प्लान्टबाट उत्पादन हुने अक्सिजन सेवा दिने र भोलिका दिनमा कोभिड निमूर्ल भएपछि ख्वप अस्पतालका लागि प्रयोग गरिने जनाएको छ। नगरपालिकाले ख्वप अस्पताल चाँंडै नै सञ्चालन गर्दैछ। त्यसको लागि भबन निर्माण कार्य झण्डै सकाइएको छ। नगरपालिकाले कोभिड युनिट आइसोलेसन सेवाका साथै च्याम्हासिंह जनस्वास्थ्य सेवा र इमर्जेन्सी सेवा प्रदान गर्दै आएको छ। 
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस