एक जना कोरोना संक्रमित भेटिएसंगै डोल्पाका सबै विद्यालय बन्द
१६ वैशाख २०७८
•
२ मिनेट पाठ
एक जना कोरोना संक्रमित भेटिएसंगै डोल्पाका सबै विद्यालय बन्द
जिल्लामा एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएसंगै जिल्लाका सम्पुर्ण विद्यालय बन्द गर्ने निर्णय गरिएको छ। जुफाल विमानस्थलमा कार्यरत एक जना पुरुष कर्मचारीमा संक्रमण देखिएपछि पुर्व सतर्कता अपनाउन जिल्लाका विद्यालय अनिश्चितकाल बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 




जिल्ला संकट ब्यवस्थापन केन्द्रको प्रशासनमा बसेको बैठकले स्थानीय तहले विभिन्न मितिमा तोकेका विद्यालयस्तरीय बार्षिक परीक्षा समेत स्थगित गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले जानकारी दिए। यसको साथै विद्यालयलाई शिक्षक बिद्यार्थीको भौतिक उपस्थितीमा नभई वैकल्पिक माध्यमबाट पठनपाठन जारी राख्न भने भनिएको छ। तर हिमाली जिल्ला डोल्पाका सबै विद्यालयमा इन्टरनेटको पहुँच नभएको र भएका विद्यालयमा पनि इन्टरनेटको क्षमता कम भएकाले बैकल्पिक पठनपाठन गर्न भने सम्भव छैन।

यसैगरि सरकारी कार्यालयहरुमा प्रवेश गर्दा अनिवार्य रुपमा मास्क प्रयोग गर्ने जिल्ला अस्पताल र स्थानीय तहले आवश्यक अक्सिजन आइसोलेसन तथा क्वारेन्टाइनहरु तयारी अवस्थामा राख्ने निर्णय समेत बैठकले गरेको छ। नेपाली सेनाले आपतकालिन अवस्थामा प्रयाप्त मात्रामा त्रिपाल तयारी अवस्थामा राख्ने,दुनै त्रिपुराकोट जुफाल लगायतका मुख्य बजारहरुमा संचालित खाद्यन्न र औषधी  पसलहरु बाहेक अन्य पसल होटेलहरु साँझ ६ बजेसम्म मात्र खोल्न पाउने निर्णय भएको प्रजिअ ढकाले बताए।

जिल्ला अस्पतालमा भएका दुई वटा भेन्टिलेटर पनि चालु अवस्थामा नभएकाले यथासिघ्र चालु अवस्थामा राख्न अस्पताल ब्यवस्थापन समितिलाई निर्देशन दिएको छ। कोरोना संक्रमण देखिएका जुफाल विमानस्थलका कर्मचारीसंग सम्पर्कमा रहेका सबै ब्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ गर्ने एन्टिजिन परीक्षण गर्ने प्रशासनले जनाएको छ। जिल्लामा सुविधायुक्त सहितका कोभिड अस्पताल र आइसोलेसन भवन प्रयाप्त नभएकाले सम्भावित कोरोना संक्रमणको सम्स्याबाट बच्नका लागि जिल्लाका आठ वटै स्थानीय तह कोरोना संक्रमण विरुद्द पुर्व सतर्कताका लागि आवश्यक तयारी तर्फ जुट्नु पर्ने सरोकारवालाले बताएका छन। 
अर्को समाचार
रेडपान्डाको बासस्थान सङ्कटमा
१४ मंसिर २०७९
•
४ मिनेट पाठ
रेडपान्डाको  बासस्थान सङ्कटमा
मङ्गलबार दिउँसो जाजरकोट कुशे गाउँपालिका–९ पैङ्क गाउँमा रेडपान्डा भेटियो। स्थानीयवासीको सहयोगमा सो रेडपान्डा  प्रहरीलाई जिम्मा लगाइयो। प्रहरी चौकी पैङ्कलाई जिम्मा लगाएको रेडपान्डा केही समयमै मृत्यु भएको खबर सार्वजनिक भयो।




बाटोमै रेडपान्डा मरेपछि जिउँदो बुझाउने प्रयास असफल भएको जाजरकोटका प्रहरी प्रमुख सन्तोष निरौलाले जानकारी दिए। बाक्लो निगालो हुने ठाउँबाट रेडपान्डा गाउँमा पसेपछि  उद्धार गरिए पनि जिउँदो रेडपान्डालाई सुरक्षित स्थानमा लिएर छाड्ने प्रयास असफल भएको हो।  

यसरी महिनापिच्छे लेकबाट गाउँमा रेडपान्डा पसे पनि रेडपान्डाका बारेमा गाउँले लाई जानकारी नहुँदा कुकुरको सिकार हुने गरेको बारेकोट गाउँपालिका–५ का जनकबहादुर शाहीले जानकारी दिए। उतले भने, ‘बारेकोटका पाटन क्षेत्रमा आगलागीबाट सबैभन्दा धेरै रेडपान्डा मारिएको पाइन्छ। लाटो जनावर भएकाले भाग्ने थाहा नपाउँदा मर्ने र मारिने गरेको छ। वर्षायाममा भैँसी, भेडासँग पाटन क्षेत्रमा लिइएका कुकुरले सबैभन्दा बढी रेडपान्डाको सिकार गर्ने गरेका छन्।’

त्यस्तै पाटन क्षेत्रमा जडीबुुटी सङ्कलकर्ताले समेत रेडपान्डा मर्ने गरेका पाइएको छ। हिउँदयाममा सिकार गरिएको रेडपान्डाको अवशेषहरु जङ्गलभरि भेटिने गरेको स्थानीयवासी शाहीले बताए। जिल्ला प्रहरी कार्यालयले मात्र अघिल्लो आर्थिक वर्षमा पाँच रेडपान्डाका मुद्दा चलाएको प्रहरीको तथ्याङ्कमा उल्लेख रहेको छ। जानकारी आएका मात्र ती घटनाहरु रहेका छन्। अन्य जानकारी नपाएका चोरी, पैठारीका भारी घटना भए पनि गाउँघरमै मिल्ने गरेका छन्।  

जाजरकोटमा बारेकोट, कुशे गाउँपालिका र नलगाड नगरपालिकामा रेडपान्डा पाइने गर्दछ। डोल्पाको मुड्केचुला र जुम्लाको पातारासी र सिञ्जा गाउँपालिकामा रेडपान्डा पाइने गर्दछ।

गाउँगाउँमा रेडपान्डासम्बन्धी सचेतना नपुगेको बताइएको छ।  विभिन्न सङ्घ, संस्थाले रेडपान्डासम्बन्धी कार्यक्रम गरे पनि ती सबै प्रभावकारी नदेखिएको सरोकारवालको दाबी रहेको छ। बर्सेनि रेडपान्डासम्बन्धी सदरमुकाममा निश्चित व्यक्तिको सहभागितामा कार्यक्रम हुने गरेका छन्। गाउँमा रेडपान्डासम्बन्धी क्लब गठन गरेको सदरमुकाममा प्रचार गरिए पनि त्यो समितिले आफूले गर्ने कामको विषयमा जानकार नै नभएको पाइएको छ।  

त्यस्तै डोल्पाको मुड्केचुला गाउँपालिकाको पाटन क्षेत्रमा समेत रेडपान्डा पाइने गरेको छ। गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीका अनुसार रेडपान्डा संरक्षणका लागि पालिकाले विशेष महत्व दिएर काम गरिरहेको छ। डिभिजन वन कार्यालयको सहकार्यमा पालिकाले आफैँले पनि धेरै प्रचार र संरक्षणका काम गरेको अध्यक्ष शाहीले जानकारी दिए।  

डिभिजन वन कार्यालयका कर्मचारीहरु फिल्डमा कम खटिने जनाइएको छ। कुशेको दुई र बारेकोटको चार सामुदायिक वन समूहसँग सहकार्य गरेर रेडपान्डा संरक्षणसम्बन्धी कार्यक्रम गरिरहेको रेडपान्डा नेटवर्कका भूपलाल खत्रीले बताए।

दुर्लभ वन्यजन्तु रेडपान्डाको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ। बासस्थान विनाश, खण्डीकरण, चोरी सिकारीका कारण संरक्षित क्षेत्रमै सङ्ख्या कम हुनु यसका प्रमुख चुनौती हुन्।  रेडपान्डा संरक्षणमा स्थानीय सरकार जागरुक नहुनुले पनि अर्को समस्य थपिएको छ।  रेडपान्डाको संरक्षण र चोरी सिकारीमा स्थानीय सरकारले नीतिगत व्यवस्था गर्नुपर्नेमा नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए।  

लजालु स्वभावको वन्यजन्तु रेडपान्डाको बासस्थान भनेको निगालोको जङ्गल नै भएकाले त्यसको संरक्षण गरिनुपर्ने उनको भनाइ छ। वन क्षेत्रमा हुने आगलागी, गाईवस्तु चरिचरन, बढ्दो मानवीय गतिविधिले रेडपान्डाको संरक्षण चुनौतीपूर्ण देखिएको उनले बताए।  उच्च पहाडी क्षेत्रका वन क्षेत्रमा पाइने रेडपान्डाको आयु आठदेखि १० वर्षसम्म हुन्छ। पुस र फागुनमा भाले लाग्ने र जेठदेखि साउनसम्म  गर्भाधान हुने महिनाका रुपमा लिइन्छ। रेडपान्डालाई पर्यटन प्रवद्र्धन गर्न र अध्ययन अनुसन्धान गर्न महत्वपूर्ण वन्यजन्तु मानिँदै आएको छ।  

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा कुनै पनि व्यक्तिले नियन्त्रणमा राखेको वा मारेको र ओसारपसार गरेको पाइएमा पाँचदेखि १५ वर्ष कैद, पाँचदेखि १० लाख रुपैयाँ वा दुवै सजाय हुने प्रावधान रहेको छ।  

रेड पाण्डाको सहवास समय  र सन्तान जन्माउने समयमा  रेडपान्डाको बासस्थानमा स्थानीयलाई जान नदिने, चरिचरण गर्न नदिने, कुकुर लिन नदिने गरेमा यसको संरक्षण हुने जानकारको भनाइ छ। रेडपान्डाको बासस्थान विनाश नगराई सामुदायिक वनहरुलाई रेडपान्डा संरक्षणमैत्री गतिविधि सञ्चालन गराएमा प्रभावकारी हुने अपेक्षा स्थानीयले लिएका छन्। समुन्द्र सतहबाट झन्डै तीन हजार ६ सय मिटर उचाइमा रेडपान्डा बढी पाइन्छ। विश्वकै दुर्लभ वन्यजन्तु  रेडपान्डा बासस्थान र आहारा सङ्कटमा पर्दै गएको छ।

निगालोको टुसा र पात रेडपान्डाको मुख्य आहारा हो। रातो हाब्रेको नामले चिनिने रेड पाण्डाको बासस्थान विनाश, चोरी सिकारीका घटना लगायतका कारण संरक्षणमा कठिनाइ थपिँदै गएको हो। रासस
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस