बढ्दै कोरोना संक्रमण, छैन स्वास्थ्य सतर्कता
०३ वैशाख २०७८
•
३ मिनेट पाठ
बढ्दै कोरोना संक्रमण, छैन स्वास्थ्य सतर्कता
प्रदेश १ मा कोरोना संक्रमितको संख्या दिनानु दिन बढ्दै गएको छ। बिहीबार प्रदेश १ मा १६ जनामा कोरोना संक्रमण देखिएको छ। बुधबार २० जनामा देखिएको थियो। प्रदेश १ मा सबै भन्दा बढी संक्रमित विराटनगरका छन्। बिहीबार विराटनगरमा ८ जनामा संक्रमण देखिएको छ। 




बुधबार १५ जनामा संक्रमण देखिएको थियो। बिहीबार नै विराटनगरको कोभिड अस्पतालमा एकजना महिलाको निधन भएको छ। कोरोनाको दोस्रो लहर सुरू भए यता प्रदेश १ मा दुईजनाले ज्यान गुमाइसकेका छन्। प्रदेश १ मा करिब २ सयको हाराहारीमा संक्रमित पुगिसकेका छन्। विराटनगरस्थित कोभिड अस्पतालमा हाल लक्षण देखिएका ६ जना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ।  

कोभिड अस्पतालका प्रमुख एपोलो भगतले कोरोना संक्रमितको संख्या बढ्दोक्रममा रहेकाले स्वास्थ्य मापदण्डको पालना जरुरी रहेको बताए। उनका अनुसार लक्षण देखिएका संक्रमित मात्रै अस्पताल ल्याइने भएकाले अस्पतालमा बेडको अभाव भने छैन। भगतका अनुसार विराटनगरको कोभिड अस्पतालमा मात्रै अक्सिजनसहितका १ सय ८० वटा वेड छ।

प्रदेशको राजधानीसमेत रहेको विराटनगरमा कोरोना संक्रमितको ग्राफ बढ्दै गए पनि न्यूनतम सुरक्षा सतर्कतासमेत अपनाइएको छैन। खुला सिमानाका कारण भारतबाट आउनेहरू खुलेआम नेपाल प्रवेश गरिरहेका छन्। विराटनगर प्रवेश गर्ने मुख्य रानीनाका विगत एक वर्षदेखि ठप्प भए पनि आसपारका क्षेत्रबाट दिनहुँ हजारौंको संख्यामा मानिसहरू वारपार गरिरहेका छन्। विराटनगरस्थित स्लामापुर र मटेरुवा नाकाबाट हुलका हुल मानिस सीमा वारपार गरिरहे पनि प्रहरी प्रशासनले रोकतोक गर्दैन। ‘सीमामा धेरै भीड बढिरहेपनि आवतजावतमा रोक लगाइएको छैन’ विराटनगर मटेरुवा नाका बस्तीमा बुद्ध तामाङले भने। 

उनका अनुसार मुख्य नाका जोवनी बोर्डरमा ढाटलगाएर आवागमन थप्प पारिए पनि आसपासको क्षेत्रबाट आहोर दोहोर गर्नेको भीड थामिनसक्नु छ। सीमा क्षेत्रमा मेला लागेजस्तै अवस्था भए पनि सुक्षा निकाय मुकदर्शक बन्दा नेपालमा पनि भारतमा जस्तै कोरोना संक्रमण तीव्र रुपमा फैलने जोखिम बढेको विराटनगर रानीका विनोदकुमार रसाइलीले बताए। ‘सीमा वारपार गर्दा न कुनै मापदण्ड पालना गरिएको छ न त स्वास्थ्य परीक्षण नै गरिन्छ ’ रसाईलीले भने । संक्रमणले भयावह रुप लिएपछि नाका शिल गरेर केहि नहुने उनले बताए। ‘समयमै सरकारले ध्यान दिनुपर्‍यो’ उनले भने‘ स्वास्थ्य परिक्षण गरेर मात्रै नेपाल प्रवेश गर्न पाउने व्यवस्था सरकारले गर्नुपर्‍यो।’  

यता मोरङका प्रमुख जिल्लाी कोषहरि निरौलाले विराटनगरस्थित मुख्य नाका एक वर्ष देखि बन्द गरिएको बताए। यति मात्रै हैन सीमा नाकामा स्वस्थ्य परीक्षणको व्यवस्था पनि गरिएको उनले जानकारी दिए। तर, भारतमा किनमेल गर्न जाने र आफन्त भेटघाट गर्न जाने आउनेका लागि व्यावहारिक रुपमा मुख्य नाका भन्दा बाहिरका नाकाबाट आवतजावत गर्न दिइएको उनले बताए। ‘व्यवहारिक पक्षलाई पनि हेर्नेपर्‍यो ’ निरौलाले भने‘किनमेल गर्न सीमावर्ती भारतीय बजारमा जाने र आफन्त भेटघाट गर्न आउनेजानेलाई मुख्य नाका बाहेकका नाकाबाट आवतजावत गर्न दिइएको छ।’ तर, मुख्य नाकाबाहेकका नाकाबाट आवतजावत गर्नेको भीड सीमावर्ती क्षेत्रमा बढेकाले चुनौती भने थपिएको निरौलाले बताए।  

यतिमात्रै हैन विराटनगरमा भेला, सभा खेलकुदका कार्यक्रम पनि निर्वाध रुपमा सञ्चालन भइरहेको छ। विराटनगरको शहिद रंगशालामा विराट गोल्डकप प्रतियोगिता सञ्चालन भइरहेको छ। प्रतियोयिगता हेर्न हज्जारौं दर्शक एकैपटक रंगशालामा दैनिक भेला हुने गरेका छन्। यतिमात्रै हैन विराटनगरमा राजनीतिक भेला, जुलुसदेखि विभिन्न खालका औपचारिक कार्यक्रमसमेत आयोजना भइरहेका छन्।

यस्तै धेरै भीडभाड हुने स्थानहरू, ठूला मलहरू र बजार सामान्य मापदण्डसमेत पुरा नगरी सञ्चालनमा रहेको छ। प्रमुख जिल्ला अधिकारी निरौलाले प्रशासनकै अनुमतिमा विराटनगरकै गौरवका रुपमा रहेको विराट गोल्डकप प्रतियोगिता सञ्चालनमा रहेकाले प्रतियोगिता सकिएपछि आवश्यकताका आधारमा कडाइ गर्ने तयारी भइरहेको जानकारी दिए। उनले चाँडै रात्रिकालीन व्यवसाय बन्द गरिने र अन्य क्षेत्रलाई पनि क्रमशः नियन्त्रण गर्दै लैजाने योजना रहेको बताए।
अर्को समाचार
बढ्दै कोरोना संक्रमण, छैन स्वास्थ्य सतर्कता
०२ वैशाख २०७८
•
३ मिनेट पाठ
बढ्दै कोरोना संक्रमण, छैन स्वास्थ्य सतर्कता
प्रदेश १ मा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ। बिहीबार प्रदेश १ मा १६ जनामा कोरोना संक्रमण देखिएको छ। बुधबार २० जनामा देखिएको थियो।  




प्रदेश १ मा सबै भन्दा बढी संक्रमित विराटनगरका छन्। बिहीबार विराटनगरमा ८ जनामा संक्रमण देखिएको छ। बुधबार १५ जनामा संक्रमण देखिएको थियो। बिहीबार नै विराटनगरको कोभिड अस्पतालमा एक जना महिलाको निधन भएको छ। कोरोनाको दोस्रो लहर सुरू भए यता प्रदेश १ मा दुईजनाले ज्यान गुमाइसकेका छन्। प्रदेश १ मा करिब २ सयको हाराहारीमा संक्रमित पुगिसकेका छन्। विराटनगरस्थित कोभिड अस्पतालमा हाल लक्षण देखिएका ६ जना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ। कोभिड अस्पतालका प्रमुख एपोलो भगतले कोरोना संक्रमितको संख्या बढ्दोक्रममा रहेकाले स्वास्थ्य मापदण्डको पालना जरुरी रहेको बताए। उनका अनुसार लक्षण देखिएका संक्रमित मात्रै अस्पताल ल्याइने भएकाले अस्पतालमा बेडको अभाव भने छैन। भगतका अनुसार विराटनगरको कोभिड अस्पतालमा मात्रै अक्सिजनसहितका १ सय ८० वटा वेड छ।

प्रदेशको राजधानीसमेत रहेको विराटनगरमा कोरोना संक्रमितको ग्राफ बढ्दै गए पनि न्यूनतम सुरक्षा सतर्कतासमेत अपनाइएको छैन। खुल्ला सीमानाका कारण भारतबाट आउनेहरू खुलेआम नेपाल प्रवेश गरिरहेका छन्। विराटनगर प्रवेश गर्ने मुख्य रानी नाका विगत एक वर्षदेखि ठप्प भए पनि आसपारका क्षेत्रबाट दिनहुँ हजारौंको संख्यामा मानिसहरू वारपार गरिरहेका छन्। विराटनगरस्थित स्लामापुर र मटेरुवा नाकाबाट हुलका हुल मानिस सीमा वार पार गरिरहे पनि प्रहरी प्रशासनले रोकटाेक गर्दैन। ‘सीमामा धेरै भीड बढिरहेपनि आवतजावतमा रोक लगाइएको छैन’ विराटनगर मटेरुवा नाका बस्तीमा बुद्ध तामाङले भने। 

उनका अनुसार मुख्य नाका जोवनी बोर्डरमा ढाटलगाएर आवागमन ठप्प पारिए पनि आसपासको क्षेत्रबाट आहोर दोहोर गर्नेको भीड थामिनसक्नु छ। सीमा क्षेत्रमा मेला लागेजस्तै अवस्था भए पनि सुक्षा निकाय मुकदर्शक बन्दा नेपालमा पनि भारतमा जस्तै कोरोना संक्रमण तीव्र रुपमा फैलने जोखिम बढेको विराटनगर रानीका विनोदकुमार रसाईलीले बताए। ‘सीमा वारपार गर्दा न कुनै मापदण्ड पालना गरिएको छ न त स्वास्थ्य परीक्षण नै गरिन्छ ’ रसाईलीले भने। संक्रमणले भयावह रुप लिएपछि नाका शिल गरेर केही नहुने उनले बताए। ‘समयमै सरकारले ध्यान दिनुपर्‍यो’ उनले भने, ‘स्वास्थ्य परीक्षण गरेर मात्रै नेपाल प्रवेश गर्न पाउने व्यवस्था सरकारले गर्नुपर्‍यो।’  

यता मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले विराटनगरस्थित मुख्य नाका एक वर्षदेखि बन्द गरिएको बताए। यतिमात्रै हैन सीमा नाकामा स्वस्थ्य परीक्षणको व्यवस्था पनि गरिएको उनले जानकारी दिए। तर, भारतमा किनमेल गर्न जाने र आफन्त भेटघाट गर्न जाने आउनेका लागि व्यवहारिक रुपमा मुख्य नाकाभन्दा बाहिरका नाकाबाट आवतजावत गर्न दिइएको उनले बताए। ‘व्यवहारिक पक्षलाई पनि हेर्नेपर्‍यो’ निरौलाले भने‘किनमेल गर्न सीमावर्ती भारतीय बजारमा जाने र आफन्त भेटघाट गर्न आउनेजानेलाई मुख्य नाका बाहेकका नाकाबाट आवतजावत गर्न दिइएको छ।’ तर, मुख्य नाकाबाहेकका नाकाबाट आवतजावत गर्नेको भीड सीमावर्ती  क्षेत्रमा बढेकाले चुनौति भने थपिएको निरौलाले बताए।  

यतिमात्रै हैन विराटनगरमा भेला, सभा खेलकुदका कार्यक्रम पनि निर्वाध रुपमा सञ्चालन भइरहेको छ। विराटनगरको शहिद रंगशालामा विराट गोल्डकप प्रतियोगिता सञ्चालन भइरहेको छ। प्रतियोयिगता हेर्न हज्जारौं दर्शक एकैपट रंगशालामा दैनिक भेला हुने गरेका छन्। यतिमात्रै हैन विराटनगरमा राजनीतिक भेला, जुलुसदेखि विभिन्न खालका औपचारिक कार्यक्रमहरूसमेत आयोजना भइरहेका छन्। 

यस्तै धेरै भीडभाड हुने स्थानहरू, ठूला मलहरू र बजार सामान्य मापदण्डसमेत पूरा नगरी सञ्चालनमा रहेको छ। प्रमुख जिल्ला अधिकारी निरौलाले प्रशासनकै अनुमतिमा विराटनगरकै गौरवका रुपमा रहेको विराट गोल्डकप प्रतियोगिता सञ्चालनमा रहेकाले प्रतियोगिता सकिएपछि आबश्यकताका आधारमा कडाइ गर्ने तयारी भइरहेको जानकारी दिए। उनले चाँडै रात्री कालिन व्यवसाय बन्द गरिने र अन्य क्षेत्रलाई पनि क्रमशः नियन्त्रण गर्दैलैजाने योजना रहेको बताए।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस