बाथ रोगीका लागि डोटीको दिपायलमा पहिलो पटक पञ्चकर्म विधिबाट उपचार सुरु गरिएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय दिपायलले स्वधन चिकित्सा प्रविधि अर्थात पञ्चकर्म–पूर्णकर्म विधिद्वारा उपचार गर्न सुरु गरेपछि अहिले दैनिक २० देखि २५ जना बिरामी आउने आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार उक्त उपचार विधि सुरु भएदेखि अहिलेसम्म एक हजार भन्दा बढी नागरिकको उपचार तथा जाँच गरिएको छ। लामो समयदेखि उपचार नपाएर घरैमा बस्न बाध्य बिरामी तथा उपचारका लागि जिल्ला बाहिर तथा छिमेकीमूलुक जान बाध्य भएका बाथ रोगीका लागि जिल्ला आयुर्वेदले यो प्रविधिबाट उपचार गर्न सुरु गरेपछि अहिले आयुर्वेद कार्यालयमै उनीहरुको निःशुल्क उपचार गरिन थालेको सो कार्यालयका प्रमुख तथा कविराज विद्या घिमिरे (देउवा) ले बताए। उनले भने,“रकम अभावमा कतिपय बिरामी उपचार नपाएरै घरैमा बस्न र रकम भएका टाढा गएर महङ्गोमा उपचार गर्न बाध्य थिए, केन्द्रमा निःशुल्क सेवा दिन थालेपछि सहज उपचार हुनुका साथै बिरामीको चाप बढेको छ।”
प्रमुख घिमिरेका अनुसार डोटीमा सबैभन्दा बढी पत्थरी तथा त्यसपछि बाथ रोगका बिरामी बढी भएको आफूले पाएको बताए। उनले भने,“यहाँ जाँच गराउन आउने अधिकांशमा पत्थरी तथा करिब ३५ देखि ४० प्रतिशत बाथ रोगका बिरामी भेटिन्छन्।” पञ्चकर्म– पूर्णकम प्रविधिबाट उपचार गराउदा आफ्नो बाथ रोग क्रमिकरुपमा सुधार हुँदै गएको दिपायलस्थित कठायत टोलकी ७० वर्षीया हिरादेवी कठायतले बताइन्। उनले भनिन्,“बिरामी भएको वर्षौ भइसकेको थियो उपचार गराउन पाएकी थिइन, अहिले यहाँ उपचार गराउन आउन थालेपछि शरीर कम दुख्न थालेको छ निको भएको महसुस गरेकी छु।” गणेश शाहुले यो विधिबाट उपचार गराउँदा कम्मर, हात खुट्टा तथा ढाड दुःख्ने समस्या निको हुन थालेको बताए।
कविराज देउवाका अनुसार स्वधन चिकित्सा प्रविधि अर्थात पञ्चकर्म– पूर्णकर्मविधि भनेको तेल, विभिन्न जडीबुटी, घृत तथा मह पकाएर बाफद्धारा शरीरमा भएको खराब रगत हटाउने प्रविधि हो। यो प्रविधि डोटीमा पहिलो पटक लागू भएको आयुर्वेद हो। वैद्य विक्रम कठायत भन्छन्,“बाथ रोग वंशाणुगत भउपनि नियमित रुपमा उपचार गरे निको हुन्छ, रोग लुकाएर बस्नु भन्दा उपचार गराउनु राम्रो हुन्छ।” बाथरोगका बिरामीलाई निको पार्न चारहप्तादेखि एक वर्षसम्म लाग्नसक्ने उनको भनाइ छ। रासस