कोभिड अस्पतालमा स्वास्थ्यकर्मी अभाव
०२ मंसिर २०७७
•
२ मिनेट पाठ
कोभिड अस्पतालमा स्वास्थ्यकर्मी अभाव
पर्वतका स्थानीय तहले कोरोना सङ्क्रमितको उपचारका लागि स्थापना गरेका कोभिड अस्पतालमा स्वास्थ्यकर्मी पाउन हम्मेहम्मे परेको छ। पैयुँ र महासिला गाउँपालिकाले चिकित्सकीय सेवासहित अस्पताल सञ्चालन गरेको छ भने अन्य स्थानीय तहमा अस्पताल बने पनि कर्मचारी व्यवस्थापन हुन सकेका छैनन्।




नजिकै सुविधा सम्पन्न अस्पताल नभएका स्थानीय तहलाई अस्थायी कोरोना अस्पताल बनाउन सङ्घीय सरकारले बजेट विनियोजन गरेर पठाएको थियो। कुश्मा नगरपालिका बाहेक अन्य ६ स्थानीय तहमा अस्पताल बनाउन केन्द्रको निर्देशन छ। पैयुँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले पैयुँ गाउँपालिकाले चिकित्सकसहित नर्स र कार्यालय सहयोगीसहित कोभिड अस्पतालमा उपचार सेवा सुरु गरेको जानकारी दिए। उनले अस्थायी कोरोना अस्पतालमा चार जना सङ्क्रमितको उपचार भइरहेको बताए।  

महाशिला गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र लुखुका डाक्टर र नर्स करारमा लिएर सेवा सञ्चालन गरेको छ। बिहादी गाउँपालिकामा अस्पताल निर्माणको काम भइरहेको छ भने स्वास्थ्यकर्मीका लागि दरखास्त आह्वान भए पनि डाक्टरको दरबन्दीमा दरखास्त पेश गरेका छैनन्। नर्स र कार्यालय सहयोगी मात्रै भर्ना गरिएको गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले बताए। उनले अन्य कर्मचारी व्यवस्थापन हुन नसक्दा सेवा सञ्चालन नभएको जानकारी दिए।

कोरोना अस्थायी अस्पताल बनाएर सङ्क्रमितको उपचार गर्न भन्दै सङ्घीय सरकारले प्रत्येक स्थानीय तहलाई १०/१० लाख रुपैयाँ बजेट समेत पठाइसकेको छ। फलेवास नगरपालिकाले स्वास्थ्यकर्मी नपाएपछि सेवा करारमा लिने योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले जानकारी दिए।

पाँच श्यया क्षमताको अस्पतालका लागि मेडिकल अफिसर (डाक्टर)सहित दुई जना नर्स र एक जना कार्यालय सहयोगीको माग गरिएको छ। तीन महिनासम्म अस्थायी कामकाज गर्न डाक्टर आउन नमानेका कारण अस्पताल बनेर पनि सेवा सुरु हुन नसकेको मोदी गाउँपालिकाका उपाध्यक्ष सेती महतले बताए।

अधिकाँश स्थानीय तहमा नर्स र कार्यालय सहयोगीमा धेरैको आवेदन परेको छ तर डाक्टर पाउन हम्मे हम्मे परेको छ। स्थानीय तहपिच्छे अस्पताल बनाउनुभन्दा भएका अस्पताललाई उपकरण र चिकित्सकको व्यवस्था गरिदिएको भए अहिलेको समस्या नआउने पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले बताए। उनले नजिकैको अस्पतालबाट करारमा कर्मचारी लिएर सेवा गर्न सकिने सुझाव दिए।

कोरोना सङ्क्रमितको उपचारका लागि स्थानीय तहलाई अस्पताल बनाउन भनिए पनि जनशक्तिको व्यवस्थापनमै समस्या झेल्नुपर्दा कोरोना सङ्क्रमितको गाउँघरमै उपचार गर्न खोजिएको प्रयास सफल हुन सकेको छैन। रासस
अर्को समाचार
एक सय १६ संक्रमितको उपचारमा दुइ डाक्टर र तीन जना नर्स
३२ जेष्ठ २०७७
•
३ मिनेट पाठ
एक सय १६ संक्रमितको उपचारमा दुइ डाक्टर र तीन जना नर्स
मोरङको सुन्दरहरैंचा स्थित कोभिड अस्पतालको निरिक्षण गर्दै प्रदेश लेखा समितिका पदाधिकारीहरू । तस्बिर : चुमन बस्नेत/नागरिक
मोरङको सुन्दरहरैंचाको गोठगाउँ  स्थित कोभिड–१९ अस्पतालमा स्वास्थ्यकर्मी र मेडिकल सामाग्रीको अभाव भएको छ । आइतबार प्रदेश १ को लेखा समितिले गरेको अनुगमनका क्रममा कोभिड अस्पतालमा स्वास्थ्यकर्मी र मेडिकल सामाग्री अभाव भएको  पाइएको हो ।  




प्रदेश सरकारको वेवास्थाका कारण अस्पतालमा आवश्यकता अनुसार चिकित्सक तथा स्वास्थ्य सामाग्री उपलब्ध नभएको प्रदेश १ का  लेखा समिति संयोजक शिवनारायण सिंह गनगाईले बताए । उनका अनुसार लेखा समितिसंग गोठगाउँ स्थित अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले सरकारले कोभिड–१९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूलाई  उपलब्ध गराएको सेवा सुविधा नपाएको गुनासोसमेत गरेका छन् । उनले अस्पतालमा मापदण्ड अनुसार आइसोलेसन नरहेकाले तत्कालै सुधार गर्नुपर्ने अवस्था रहेको बताए । उनले भने, ‘मापदण्ड अनुसार अस्पताल सञ्चालनमा ल्याउन, प्रदेश सरकार  र विश्वविद्यालयवीच भएका सम्झौता पालना गर्न लेखा समितिले निर्देशन दिने जानकारी दिए ।  

सांसद लोकप्रसाद संग्रौलाले गोठगाउँमा स्थापना भएको अस्पताललाई संक्रमित थुपार्ने डम्पिङसाईड बनाउन नहुने बताए । उनले अस्पताललाई व्यवस्थित पार्न प्रदेश सरकार र पूर्वाञ्चल विश्वविद्यालय दुबै गम्भीर बन्नु पर्ने बताए । उनले संक्रमित बढेको अवस्थामा अस्पतालको पूर्वाधारमा सुधार गरी भेन्टिलेटरलगायतको व्यवस्था पनि गर्न सरकारलाई आग्रह गरे । संग्रौलाले भने‘अस्पताललाई व्यवस्थित पार्न तत्कालै सरकारले काम थाल्नुपर्छ ।’ 

पूर्वाञ्चल विश्वविद्यालयको आंगिक मेडिकल कलेजमा सञ्चालित कोरोना अस्पताललेभल १ अस्पताल भएकाले आइसियु सञ्चालन गर्न नसकिने कलेजका डिन डा शैलेशमणि पोखरेलले बताए । उनले आइसियुमा राख्नुपर्ने विरामीलाई विराटनगरस्थित कोभिड अस्पताल  नै लैजानुपर्ने स्पष्ट पारे । उनका अनुसार संक्रमित भएका तर, लक्षण नभएका संक्रमितलाई मात्रै अस्पतालमा भर्ना गर्ने गरिएको छ । लेभल १ अस्पताल मात्रै भएर उपचार संभव नहुने भएकाले लेभल २मा स्तरोन्नति गर्नुपर्ने अबस्था रहेको बताए । 

जसका लागि चिकित्सकलगायतका दक्ष जनशक्ती, प्राविधिक उपकरण उपलब्ध गराउन सरकारसंग माग पनि गरे । पोखरेलले भने, ‘दक्ष जनशक्ती र मेडिकल सामाग्री अभावले उपचारमा समस्या भएकाले तत्काल जनशक्ती र मेडिकल सामाग्री उपलब्ध गराउनु पर्छ ।’  हाल अस्पतालमा २ जना डाक्टर र ३ जना स्टाफ नर्स मात्रै रहेको डिन पोखरेलले बताए । उनका अनुसार थप ३ जना डाक्टर र २ जना नर्स उपलब्ध गराउन प्रदेश सरकारसंग माग गरिएको छ । अस्पतालमा १ सय २५ जना संक्रमित भर्ना गर्न सकिने क्षमता रहेको डा पोखरेलले बताए । उनले नेपाल सरकारको गाइडलाईन अनुसार नै अस्पताल सञ्चालन गरिरहेको पनि लेखा समितिलाई जानकारी दिए ।  

हाल अस्पतालमा १ सय १६ जना संक्रमित भर्ना भएका छन् । यता सामाजिक विकास मन्त्रालयलका  कोरोना फोकल पर्सन धरणी निरौलाले पूर्वाञ्चल विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयवीच भएको सम्झौता अनुसार अस्पताल सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले  भने‘सम्झौतामा  उल्लेख भए अनुसार अस्पताललाई क्रमिक रुपमा अघि बढाउँदै लगिएको छ । ’ 

निरौलाका अनुसार अस्पतालमा भर्ना भएका संक्रमितको व्यक्तीगत प्रयोजनका लागि  खाना,औषधिलगायतका बस्तुहरू प्रदेश सरकारले उपलब्ध गराईरहेको छ । संक्रमितका लागि  इन्टरनेट सेवा, अस्पताल सञ्चालनका लागि आबश्यक खर्च प्रदेश सरकारले  व्यहोर्ने भने पनि अहिलेसम्म खर्च आइसकेको छैन । अस्पतालल बिल पेश नगरेका कारण खर्च उपलब्ध नभएको निरौलाले बताए । अस्पतालका लागि आवश्यक ३ जना डाक्टर र २ जना स्टाफ नर्स विराटनगरबाट आवासिय रुपमा सोमबार देखि ल्याउने तयारी गरिएको छ  । स्वास्थ्यकर्मीका लागि जोखिम भत्ता प्रदेश सरकारले चाँडै उपलब्ध गराउने निरौलाले दाबी पनि गरे । 
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस