दुरदराजमा रहेका सर्वसाधारणलाई लक्षित गर्दै खोटाङको जन्तेढुंगा गाउँपालिकाले सामुदायीक स्वास्थ्य इकाई स्थापना गरेको छ। स्वास्थ्य सेवा लिनका लागि १ घण्टाभन्दा बढी समय हिँड्नुपर्ने बाध्यता झेल्दै आएका सर्वसाधारणलाई आफ्नै ठाउँमा स्वास्थ्य सेवा उपलव्ध गराउने लक्ष्यकासाथ जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको खुटा छिरुवाधारामा सामुदायीक स्वास्थ्य इकाई स्थापना गरिएको हो।
स्वास्थ्यचौकी सरहको सेवा सुविधा दिनेगरी स्थापना गरिएको सामुदायीक स्वास्थ्य इकाई बिहिबार प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले उद्घाटन गरेका छन्। सामान्य स्वास्थ्य उपचारका लागि घण्टौं हिँडेर स्वास्थ्यचौकीमा पुग्न बाध्य सर्वसाधारणलाई ध्यानमा राखेर सामुदायीक स्वास्थ्य इकाई स्थापना गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए।
दुरदराजमा रहेका नागरिकलाई घरैमा स्वास्थ्य सेवा पुर्याउने सरकारको निती अनुशार एक जना अहेव र एक जना अनमी व्यवस्था गरेर छिरुवाधारामा सामुदायीक स्वास्थ्य इकाई स्थापना गरिएको हो। सामुदायीक स्वास्थ्य इकाई स्थापनाका कारण सिटामोलका लागि घण्टौं हिँड्नुपर्ने वाध्यता हटेकामा स्थानीय उत्साहित छन्। स्वास्थ्यमा सबैको पहुँच विस्तारका लागि गत वर्ष जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानको सिक्किमटारमा सामुदायीक स्वास्थ्य इकाई स्थापना गरिएको थियो। चालु आर्थिक वर्षभित्र ६ वडा रहेको गाउँपालिकाका हरेक दुर्गम क्षेत्रमा सामुदायीक स्वास्थ्य इकाई स्थापनाको काम सम्पन्न गर्ने लक्ष्य राखिएको स्वास्थ्य शाखा संयोजक पोखरेलले बताए।
दुर्गम ठाउँमा सामुदायीक स्वास्थ्य इकाई स्थापनाका लागि पूर्वाधार तयारीको काम भइरहेको गाउँपालिकाले जनाएको छ। स्वास्थ्यचौकी पुग्नका लागि १ घण्टाभन्दा बढी समय लाग्ने ठाउँमा सामुदायीक स्वास्थ्य इकाई स्थापनाका लागि गाउँपालिकाले गत वर्ष निती तथा कार्यक्रम पारित गरेको थियो। सामुदायीक स्वास्थ्य इकाई उद्घाटनकाक्रममा गाउँपालिका अध्यक्ष शंकर राई, उपाध्यक्ष विमला राई, प्रमुख प्रशासकीय अधिकृत गिरीराज भट्टराई, वडाध्यक्ष, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।