गत चैत १४ गते पहिलो संक्रमित देखा परेको सुदूरपश्चिममा ७ महिना बित्दा समेत पहाडी जिल्लामा एक आईसियू पनि संचालन हुन सकेको छैन । ७ वटै पहाडी जिल्लाका अस्तपतालमा एक पनि आईसियू छैन । तराई, हिमाल र पहाडको भुगोल रहेको सुदूरपश्चिम प्रदेशमा २ तराईका जिल्ला ७ पहाडी जिल्ला रहेका छन । बढ्दो संक्रमण सँगै तराईका दुई जिल्लामा रहेका सिमित आईसियू समेत अपुग भएका छन् ।
चैत महिनामा देशभरीमा देखिएका जम्मा संक्रमितको संख्या मध्यमा आधा संक्रमित देखिएर त्रास र चर्चामा रहेको सुदूरपश्चिमको स्वास्थ्य उपचारको अवस्था पहिलेदेखि नाजुक थियो । कोरोना संक्रमणको कहर सँगै उपकरण,जनशक्ती र सुविधा बढाएर स्वास्थ्य उपचारमा सुधार हुने स्थानीयले आशा गरेका थिए । तर ७ पहाडी जिल्लामा एक पनि आईसियू संचालन नगरिँदा लक्षणसहित कोरोना भाइरसका बिरामी बढ्न थालेसगै स्थानीय चिन्तित बनेका छन् ।
जटिल प्रकृतिलाई संक्रमितलाई स्वास्थ्य समाग्री अभावले समयमै उपचार दिन सक्ने अवस्था नभएको ’स्वास्थ्यकर्मी बताउँछन् ।
जटिल प्रकृतिका लक्षण देखिएका कोरोना संक्रमितलाई स्वासप्रश्वासमा गाह्रो हुने भएकाले आईसियू र भेन्टिलेटर आवश्यक पर्ने गरेको चिकित्कस बताउँछन् ।
पहाडी जिल्लामा दक्ष चिकित्सक र उपकरण अभावमा अकालमै ज्यान गुमाउनेको संख्या अधिक छ । समयमै स्वास्थ्य सेवा नपाउँदा बिकट क्षेत्रका बासिन्दा अकालमै ज्यान गुमाउने गरेको पुर्चौैडी नगरपालिका–४ का जनककिशोर भट्टले बताए ।
‘दक्ष जनशक्ति र उपकरणको अभावमा बिरामीले अकालमै ज्यान गुमाउने समस्या पहिले देखिको हो, कोराना संक्रमणको महामारी फैलिँदा पनि सेवा, सुविधा थप नहुनु नहुँदा अवस्था डरलाग्दो हुने भएको छ’उनले भने ।
लक्षणसहितका कोरोना संक्रमित बढ्न थाले सँगै उपचारको लागि जिल्लामा उपकरण र पूर्वाधार अभाव भएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका खोप अधिकृत बिरेन्द्र भट्टले बताए । अधिकांश बिरामीमा स्वासप्रश्वासजन्य समस्या निम्त्याउने यो रोगको उपचारका लागि अतिआवश्यक उपकरणतर्फ ‘इन्टेन्सिभ केयर युनिट’ (आइसियू) र भेन्टिलेटर सबैभन्दा महत्वपूर्ण साबित भइसकेको उनी बताउँछन् । ‘भेन्टिलेटर र आईसियू नभएर जटिल प्रकृतिका संक्रमितलाई बचाउन समस्या हुने भएको छ’डडेल्धुरा अस्पतालका प्रमुख डा.जगदिशचन्द्र बिष्टले भने ।
सुदूरपश्चिमका ७ पहाडी जिल्लामा आईसियू अभाव मात्र नभई विशेषज्ञ सेवा समेत छैन । उपचारको लागि तराईका जिल्ला जानु पर्ने बाध्यता छ । जटिल प्रकृतिका संक्रमित बढे सँगै रेफरल अस्पतालको रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा समेत आईसोलेसन बेड समेत अभाव हुन थालेको छ । भने सेती प्रादेशिक अस्पतालमा रहेका १५ आईसियू पनि अपुग हुन थालेका छन् ।
कोरोनाको संक्रमणको महामारी फैलिरहेका वेला तीन तहका सरकार भएपनि पहाडी जिल्लाका अस्पतालको अवस्था सुधारमा ध्यान नदिएको स्थानीयको गुनासो छ । लामो बाटो पार गरेर बिरामीलाई तराईका जिल्लामा पुर्याउन सर्वसधारणलाई सहज छैन ।
पहाडी जिल्लाका आर्थिक अवस्था कमजोर भएका नागरिकले पनि सहज स्वास्थ्य सेवा पाउने गरि सेवा र सुविधा बढाउन सरकारले ध्यान जानु पर्ने बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्द बताउँछन् ।
सुदूरपहाडका सबै जिल्लामा संक्रमित रहेका छन् । डोटीमा एक सय २३, अछाममा ९३ जना सक्रिय संक्रमित रहेका छन् । यसैगरि बाजुरामा १८ जना, बैतडीमा ५० जना सक्रिय संक्रमित रहेका छन् । डडेल्धुरामा ८५ जना र दार्चुलामा २ सय १० जना सक्रिय संक्रमित रहेका छन् ।
जटिल प्रकृतिका लक्षणसहितका कोरोना संक्रमितको जिल्लामै उपचार संभव नरहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका कोरोना फोकल पर्सन भुवन जोशीले बताए । ‘आइसीयू र भेन्टिलेटर दुबै एकसाथ भए मात्र अक्सिजनको मात्रा कम देखिने बिरामीको उपचार गर्न सकिने हो’ उनले भने ।
सामान्य अवस्थामा पनि गम्भीर रोगका बिरामी आइसियू र भेन्टिलेटर अभावमा ज्यान गुमाउनुपर्ने अवस्था छ । महामारीको सामना गर्न सक्ने तयारी नहुँदा सुदूरपश्चिम प्रदेशमा बढी जोखिम भएको जानकारहरु बताउँछन् । संक्रमित र जोखिम बढी देखिएको सुदूर पहाडमा यस्ता पूर्वाधार कम देखिएको छ । विशेषज्ञ चिकित्सक नै कम रहेको सुदूरपश्चिममा समुदायमा संक्रमण फैलिएकाले जोखिम बढदै गएको स्वास्थ्यकर्मी बताउँछन् । जनसंख्या र संक्रमणको जोखिमसँग जुध्न उपकरण तथा जनशक्ति निकै कम छ । आइसोलेसन वार्ड स्थापना गरिएका अधिकांश अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि कन्सल्ट्यान्ट फिजिसियन र क्रिटिकल कन्सल्ट्यान्ट फिजिसियन समेत छैनन् ।
सुदूरपश्चिममा सेती प्रादेशिक अस्पतालमा १० भेन्टिलेटर सहित १५ आईसियू र महाकाली अस्पतालमा ५ भेन्टिलेटरसहित ८ आईसियू संचालनमा छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार सुदूरपश्चिममा १० हजार २ सय १० संक्रमित मध्य १६ सय ११ जना सक्रिय संक्रमित छन् । अहिले सम्म सुदूरपश्चिम प्रदेश भित्र २९ जनाको ज्यान गएको छ भने अन्यत्र उपचार गराउने क्रममा ज्यान गुमाएको समेत संख्या जोड्दा यस प्रदेशका ४२ जनाले कोराना संक्रमणबाट ज्यान गुमाएका छन् ।

* कोरोना संक्रमण देखिएको सात महिना बित्दा पनि आईसियू राखिएनसुदूरपश्चिमका सात पहाडी जिल्लामा आइसियू बेडको सुविधा छैन । डडेल्धुराबाहेक अन्य जिल्लामा भेन्टिलेटरसमेत छैनन् । डडेल्धुरा अस्पतालमा दुई वटा मात्र भेन्टिलेटर छ । लक्षणसहितका संक्रमित थपिने क्रम बढेपछि आइसियू र भेन्टिलेटरको अभावमा बिरामी जोखिममा पर्ने संभावना भएको जिल्ला अस्पतालका बैतडीका डा. बशन्तराज जोशीले बताए । ‘पछिल्लो समय कोरोना भाइरसका लक्षणसहितका बिरामी बढ्न थालेका छन्’उनले भने,‘ आईसियू र भेन्टिेलेटर नहुँदा जोखिम बढेको छ ।’
* लक्षणसहितका संक्रमित बढेसँगै ७ पहाडी जिल्लामा समस्या