उदयपुर कोभिड अस्पताल भर्ना भएका संक्रमितहरु अस्पताल परिसर सरसफाई गर्दै खेलमैदान र फूलबारी बगैंचा बनाउन जुटेका छन्। दुईसाता पहिले जिल्लाका बिभिन्न स्थानीयतहमा संक्रमित पुष्टि भएर उपचारार्थ भर्ना भएका विरामीले अस्पताल परिसरमा सरसफाई गरी खेलमैदान र बगैंचा निर्माण गर्न जुटेका हुन्।
संक्रमितहरुको मेहनेतले पछिल्लो ३ दिनयता चौदण्डीगढी नगरपालिका ६ बेलटार सातधारेस्थित अस्पताल परिसरको मुहार फेरिदै गएको छ। एकसाताअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा भर्ना भएका बेलका नगरपालिका प्रमुख दुर्गाकुमार थापा र चारदिनअघि भर्ना भएका जिल्ला समन्वय समिति उदयपरका प्रमुख खड्ग परियारको अगुवाईमा अस्पताल परिसरको सरसफाई, खेलमैदान निर्माण र फूलबारी बन्न सुरु भएको हो। अस्पताल इन्चार्ज तथा चौदण्डीगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तेजबहादुर पोखरेलका अनुसार मेयर थापा र समन्वय प्रमुख परियारलगायत सबै संक्रमितहरु अस्पताल परिसर सिंगार्ने अभियानमा लागेका छन्।
कोभिडलाई जित्न औषधि उपचारभन्दा पनि नियमित व्यायाम गर्नु उत्तम हुने भएकाले शारीरिक श्रम गर्न उनीहरुले यो तरिका अपनाएका हुन्। पट्यारलाग्दो तरिकाले बसिराख्नुभन्दा शारीरिक व्यायाम गरेर पसिना बगाउँदा विरामीलाई फाईदा हुने भएकाले अस्पताल परिसरमै खेल मैदान बनाउन संक्रमितहरु आफै जुटेको पोखरेलले बताए।
खेलमैदान र व्याडमिन्टन कोर्ट बनाएर अहिले संक्रमितहरु परिसरभित्रै दौडने, उठ–बस, पुस–अप गर्ने, व्याडमिन्टन खेल्ने तथा बाँझो जमिन खनेर पसिना निकाल्दै बोटविरुवा रोपेको उनले बताए। दुईदिन खनेको जमिनमा नजिकैको नर्सरीबाट ल्याइएका आँप, सुपाडी, नरिवल, लिच्छीलगायत बिभिन्न जातका फलफूलका विरुवा उनीहरुले रोपेका छन्।
मेयर थापाले जसले विरुवा रोपेको हो, उसैले मलपानी हाल्नुपर्ने नियम राखे अनुसार विरुवाको स्याहारसुसार रोप्ने स्वयंले गर्ने नियम उनीहरुले राखेका छन्। संक्रमणमुक्त हुन शारीरिक व्यायम अनिवार्य भएकाले सबै मिलेर अस्पताल परिसरमा सरसफाई र फूलबारी बनाउन जुटेको बेलका मेयर थापाले बताए।
जिल्ला समन्वय प्रमुख परियारले संक्रमितहरुको मेहनेतले अस्पताल परिसर सिँगारिदै गएको बताए। संक्रमणले ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने र खोकी चल्ने व्यथा काम र श्रम गरेपछि बिसेक भएको अनुभव उनले सुनाए। भर्ना भएको ३ दिनसम्म नियमित व्यायाम र श्रम गर्दा धेरै हदसम्म रोग निको भएको उनले बताए। सुरुको तुलनामा ज्वरो घटेको, हात खुट्टा दुख्न कम भएको र रिंगटा चल्न छाडेको परियारले बताए। संक्रमित भएर भर्ना हुँदा स्वाद र गन्ध थाहा पाउन छाडेका मेयर थापाका जिब्रो र नाकले काम गर्न थालेका छन्। ‘सुरुमा गन्ध र स्वाद केही थाहा हुँदैनथ्यो’ उनले भने ‘आएदेखि लगातार व्यायाम र श्रम गर्दैछु, हिजोदेखि स्वाद र गन्ध थाहा पाउन थालेँ।’
चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईले नगरपालिकाले बनाएको ४ वटा ब्लकसहितको ४ बिगाह क्षेत्रफल जमिनमा सञ्चालित अस्पतालमा ५ वर्षीया बालिकासहित २६ जना संक्रमित उपचाररत रहेको बताएका छन्। उनका अनुसार बालिकाबाहेक १० महिला र १५ पुरुष आईसोलेसनमा उपचाररत छन्। संक्रमितमधये बेलका नगरपालिकाका प्रमुखसहित आधादर्जन कर्मचारी तथा बाँकी संक्रमितहरु त्रियुगा, चौदण्डीगढी र कटारी नगरपालिकाका रहेका छन्।
जिल्लामा संक्रमितहरु बढ्दै गएपछि जिल्लाका ४ नगरले १५÷१५ लाख र ४ गाउँपालिकाले १० लाखका दरले १ करोड जम्मा गरेर आप्mनै पहलमा गत असार पहिलो सातादेखि सञ्चालनमा ल्याइएको अस्पतालमा हालसम्म ७५ संक्रमितले स्वास्थ्यलाभ लिईसकेको मेयर राईले बताए। जिल्लाका स्थानीयतहहरुको छाता एलाएन्स ‘उदयपुर विकास बोर्ड’को पहलमा सुरु अस्पताललाई स्तरोन्नति गर्न चालु वर्षको कात्तिक मसान्तभित्र सक्ने गरी ४० शैय्या र २ डाक्टर कक्षसहितको १४ कोठे पक्की भवन सोही परिसरमा निर्माण भईरहेको मेयर राईले बताए।
संघीय सहरी विकास मन्त्रालयको १ करोड ५० लाख र बाँकी स्थानीयतहबाट जुटाइएको २ करोड ६८ लाख लागत मूल्यमा गत साउनदेखि भवन निर्माण थालिएको हो। भवनको ७० प्रतिशत काम सम्पन्न भईसकेको हुनाले तोकिएकै मितिभित्र निर्माण भईसक्ने र नयाँ भवन बनेपछि त्यहीँ सेवा सुचारु गरिने मेयर राईले बताएका छन्।