रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले संस्थागत रूपमा सुत्केरी गराउनेलाई दुई क्रेट अण्डा तथा थप एक हजार रुपैयाँ रकम दिने भएको छ। संस्थागत सुत्केरीको दर बढाउने, गर्भवती तथा सुत्केरी आमाको पोषण सुधार गर्ने र शिशु मृत्युदरमा कमि ल्याउन लागि गाउँपालिकाले असोज १ गतेदेखि अण्डा झण्डा कार्यक्रम लागू गरेको हो।
गाउँपालिकाले ६ वटै वडाका ७ वटै स्वास्थ्य संस्थामा कार्यक्रम लागू भएको जनाएको छ। यो कार्यक्रमले पोषणमा सुधार आउनुको साथै संस्थागत रूपमा सुत्केरी गराउने दर बढ्ने स्वास्थ्य शाखाले जनाएको छ।
पहिलो पटक गर्भजाँच गराउन आउँदा एक क्रेट र अन्तिम अथवा चौथो पटक गर्भजाँच गर्न आउँदा थप एक क्रेट अन्डा उपलब्ध गराइने छ गराउने छ। साथै घर पहिचानका लागि झण्डा राखिने छ। स्वास्थ्य शाखा प्रमुख बिमल घिमिरेका अनुसार गाउँपालिकामा स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको दर न्यून छ।
गत आर्थिक वर्ष २०७६/७७ को तथ्यांक अनुसार गाउँपालिकाभित्र १ सय १४ मध्ये ४२ जनाले चार पटकसम्म गर्भजाँच गरेका थिए। जसमध्ये २१ जनाले मात्र संस्थागत सुत्केरी गराएका छन्। साथै यो वर्ष गाउँपालिकाको थुमन र बृद्धिममा वर्थिङ सेन्टर स्थापना गर्ने तयारी छ।
स्वास्थ्यकर्मीले संस्थागत सुत्केरी गराउँदा आमा र बच्चाको ज्यान जोखिममा पर्ने सम्भावना नरहने र सुरक्षित हुने भएकाले स्वास्थ्य संस्थामा नै सुत्केरी गराउनु पर्छ। हिमाली जिल्लामा चार पटकसम्म स्वास्थ्य संस्था पुगेर नियमित गर्भजाँच गराउने महिलालाई थप ८ सय रुपैयाँ दिने गरिएको छ।
संस्थागत रूपमा सुत्केरी हुनेले ३ हजार रुपैयाँ प्रोत्साहन भत्ता पाउँछन्। जिल्लामा अण्डा झण्डा कार्यक्रमका लागि सुआहारा–२ कार्यक्रमले प्राविधिक सहयोग गरेको छ। यो गाउँपालिकामा चार पटक गर्भजाँच गरेर स्वास्थ्य संस्थामा सुत्केरी भएमा ४ हजार ८ सय रुपैयाँ रकम पाउने छन्।
स्वास्थ्य संस्था गएर सुत्केरी भएबापत हिमाली जिल्लामा ३ हजार, पहाडी जिल्लामा २ हजार र तराईका जिल्लाका १ हजार रुपैयाँ सरकारले यातायात खर्च दिने व्यवस्था गरेको छ। साथै गाउँपालिकाले दशैंपछि ग्रामीण अल्ट्रा साउन्ड कार्यक्रम पनि सञ्चालन गर्दै छ। यो गर्भवती महिलालाई स्वास्थ्य संस्थामा नै भिडियो एक्सरे गरिने कार्यक्रम हो। यसका लागि आवश्यक पर्ने सामग्री र जनशक्तिको व्यवस्थापन भइसकेको उनको भनाइ छ।