भक्तपुरका २२ महिने एका बालकमा कोरोना पुष्टि भएको छ । उनीसँगै उनका आमा र बुबालाई पनि संक्रमण भएको छ । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ८ खापी निवासी एक प्रहरीको परिवारमा संक्रमण देखिएको हो । प्रहरी मुख्यालय नक्सालमा कार्यरत प्रहरी जवानलाई साउन १९ मा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनकी २८ वर्षीया श्रीमती र २२ महिने बच्चालाई समेत कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
बालकको हात भाँचिएपछि उपचारका लागि भक्तपुर भेलुखेलस्थित श्री सिद्धि स्मृति महिला तथा बाल अस्पताल लगिएको थियो । बालकलाई त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि भक्तपुर सल्लाघारीस्थित डा. ईवामुरा अस्पताल लगिएको थियो । उपचारअघि स्वाब परीक्षणका लागि पठाएको रिपोर्टमा आमा र बालक दुवैमा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले शनिबार पुष्टि गरेको थियो । संक्रमित आमा र बालक दुवैलाई थप उपचारका लागि काठमाडौं प्रहरी अस्पताल लगिएको जनाइएको छ । प्रहरी जवानको भक्तपुर दुवाकोटमा रहेको केएमसी अस्पतालमा उपचार भइरहेको जनस्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।
संक्रमित बसोबास गर्ने सिपाडोल ८ खापी क्षेत्रमा सिल गरिएको छ । बालकको उपचारमा संलग्न डा. ईवामुरा मेमोरियल अस्पताल सल्लाघारी भक्तपुरका १० कर्मचारी र तीन चिकित्सकलाई आइसोलेसनमा राखिएको जनाइएको छ ।