औषधि अभावले रोकियो परीक्षण
०४ असार २०७७
•
३ मिनेट पाठ
औषधि अभावले रोकियो परीक्षण
विराटनगरस्थित कोसी अञ्चल अस्पतालको ल्यावमा प्रयोग हुने औषधि अभाव भएपछि दुई दिनदेखि कोरोना परीक्षण रोकिएको छ । प्रयोगशालामा प्रयोग हुने औषधि अभाव भएका कारण दुई दिनदेखि स्वाब परीक्षण रोकिएको अस्पतालले जनाएको छ ।  




अस्पतालका प्रबक्ता डा‍ लक्ष्मीनारायण यादवका अनुसार औषधि अभावका कारण बुधबारदेखि स्वाब परीक्षण रोकिएको छ । अस्पतालको प्रयोगशालामा आएका स्वाबहरू परीक्षण गरिसकिएको  र नयाँ स्वाब संकलन गरेर नपठाउन स्थानीय तहलाई आग्रह गरिएकाले प्रयोगशालामा स्वाब थुप्रने अवस्था भने नभएको यादवले बताए । उनले भने‘स्थानीय तहलाई  प्रयोगशालामा औषधि उपलब्ध नहुन्जेल स्वाब संकलन गरेर नपठाउन आग्रह गरिएकाले प्रयोगशाला बन्द भए पनि स्वाब थुप्रने अवस्था छैन ।’ यादवका अनुसार शुक्रबारसम्म औषधि आपूर्ति हुने जानकारी आएकाले औषधि आपूर्ति भएपछि स्वाब परीक्षण पुनः सुरू हुने छ । कोसी अस्पतालस्थित प्रयोगशालाले दैनिक २ सय ५० देखि ३ सय वटासम्म स्वाब परीक्षण गर्दै आएको छ ।  

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ल्यावको क्षमता भन्दा बढी स्वाब संकलन भएर परीक्षणका लागि आएपछि परीक्षणमा समस्या देखिएको छ । प्रदेश प्रयोगशाला विराटनगरका प्रमुख जैवेन्द्र यादवका अनुसार १४ वटै जिल्लामा स्वाब संकलन भएर पिसीआर परीक्षणका लागि आउने गरेको छ । दैनिक रुपमा स्वाब आइरहने र परीक्षण पनि भइरहने भएकाले ल्यावमा धेरे पुराना स्वाब भने थुप्रन नदिइएको यादवले जानकारी दिए । ‘कुनै दिन धेरै स्वाब आउने कुनै दिन कम आउने भएकाले नियमित परीक्षण हुँदा स्वाब धेरै दिन थुप्रेर बस्ने अवस्था भने छैन ’ यादवले भने । प्रदेश १ मा कोरोनाको संक्रमण बढिरहेका कारण परीक्षणका लागि स्वाब संकलन भएर आउने क्रम अझै बढे स्वाब थुप्रने र बिग्रने स्थिती आउन सक्ने उनले बताए ।  

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माइक्रोबायोलोजी ल्याबको क्षमता भन्दा बढी पिसिआर परीक्षणको लागि स्वाब आएर पेन्डिङमा रहने गरेको छ । स्थानीय तहबाट समन्वय नगरी स्वाब पठाउने गरेको कारण पेन्डिङ हुने प्रतिष्ठानको भनाई छ । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार माइक्रोबायोलोजी ल्याबको क्षमता २५० देखि ३ सयसम्म रहेको छ । तर, विभिन्न स्थानीय तहहरुबाट समन्वय नगरी क्षमता भन्दा बढी स्वाबको नमुना प्रतिष्ठानमा आइपुग्छ । ‘ल्याबको क्षमता २५० देखि ३ सय सम्म हो, तर स्थानीय तहहरुबाट समन्वय नगरी स्वाबको नमुना पठाइदिन्छन्,’डा.सापकोटाले भने,‘एकै दिनमा कहिलेकही ४, ५ सय नमुना पनि आउछ, त्यसले गर्दा पेन्डिङ हुने हो ।’

डा.सापकोटाका अनुसार ल्याबमा एक पटक समन्वय गरेर मात्र पठाउन विभिन्न स्थानीय तहरुलाई पत्राचारसमेत गरिएको छ । वीपीमा आउने स्वाबहरुमा प्रदेश २ को सिरहा, सप्तरी, सर्लाहीबाट बढी हुन्छन् । ‘स्वाबको नमुना लिनुभन्दा अघि नै कुन ल्याबमा पठाउने हो, पठाउनु भन्दा पहिला त्यहाँ समन्वय गर्नुपर्छ,’डा.सापकोटाले भने,‘आज खाली छैन भने भोली स्वाब लिएर पठाउनुस् भन्छौं, र पेन्डिङ पनि हुदैन । तर, जतिबेला पायो त्यतिबेला तानेर पठाइदिन्छन्, र समस्या हुन्छ ।’

डा. डा.सापकोटाका अनुसार तीन दिनयता भने अवस्थामा केही सुधार भएको छ । आवश्यक समन्वय भइरहेको कारण विगतमा जस्तो पेन्डिङ नभएको उनले बताए । ‘अहिले पहिला जस्तो पेन्डिङ हुन छोडेको छ,’उनले भने ।  

प्रतिष्ठानका अनुसार प्रतिष्ठानमा अहिलेसम्म ७ हजार ३ सय ५५ नमुना परीक्षण भएको छ । ती मध्ये ७ हजार १ सय ४७ नेगेटिभ आएको छ भने २ सय ८ वटा मात्र रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश समाजिक विकास मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा १६ हजार ६ सय ४२ वटा स्वाब परीक्षणका लागि प्रयोगशालामा पठाइसकिएको छ । जसमा १५ हजार २२ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ४ सय १६ जनाको पोजेटिभ आएको छ ।  
अर्को समाचार
'कोरोनाभाइरसविरुद्धको कोभिशिल्ड खोपले गम्भीर साइड इफेक्ट्स'
१८ वैशाख २०८१
•
१ मिनेट पाठ
'कोरोनाभाइरसविरुद्धको कोभिशिल्ड खोपले गम्भीर साइड इफेक्ट्स'
कोरोना भाइरसविरुद्धको खोप उत्पादन गर्ने एस्ट्राजेनेकाले कोभिसिल्ड खोप लगाउनेमा गम्भीर नकारात्मक असर (साइड इफेक्ट्स) देखिन सक्ने बताएको छ।




बेलायती औषधि उत्पादनकर्ता एस्ट्राजेनेकाले बेलायतको उच्च अदालतमा कोभिड–१९ खोपका कारण थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोम जस्ता साइड इफेक्ट्स देखिन सक्ने स्वीकार गरेको हो।

थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोमका कारण शरीरमा रगत जम्न (फाल्सा÷ब्लड क्लट) जम्न थाल्छ वा शरीरमा प्लेटलेट्स तीव्र गतिमा कम हुन थाल्छ। शरीरमा ब्लड क्लटका कारण मस्तिष्कघात या कार्डिएक अरेस्ट हुन सक्ने जोखिम बढेर जान्छ।

एस्ट्राजेनेकाले यसै वर्षको फेब्रुअरीमा बेलायतको उच्च अदालत समक्ष खोपको साइड इफेक्ट्स सम्बन्धी आरोपलाई स्वीकार गरेको थियो। युनिभर्सिटी अफ अक्सफोर्डसँग मिलेर एस्ट्राजेनेकाले कोरोनाभाइरसविरुद्धको खोप तयार गरेको थियो।

एस्ट्राजेनेकाले आरोप स्वीकार्दै विभिन्न अध्ययनमा यो खोप कोरोनाभाइरसविरुद्ध उपयोगी भएको र थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोम निकै दुर्लभ रुपमा देखा परेको पनि बताएको छ।

एस्ट्राजेनेकाले उत्पादन गरेको कोरोनाभाइरसविरुद्धको कोभिशिल्ड र भ्याक्सजेवरिया नामले बिक्री गर्दै आएको छ।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस