नोबेललाई उदयपुरमा बहिष्कार
२२ वैशाख २०७७
•
४ मिनेट पाठ
नोबेललाई उदयपुरमा बहिष्कार
उदयपुर, - गर्भवती महिलाको उपचार गर्न इन्कार गरेको भन्दै विराटनगरको नोबेल अस्पताललाई उदयपुरमा सामाजिक बहिष्कार गर्न आह्नान गरिएको छ । सुत्केरी गराउन अप्रेसन थिएटर प्रवेश गराइसकेको अवस्थामा उदयपुरबाट आएको भन्ने थाहा पाएपछि अचानक रिफर गर्ने गम्भीर अमानवीय व्यहार गरेको भन्दै त्यस्तो अस्पताललाई सख्त कानुनी कारबाहीको माग गर्दै बहिष्कार गर्नुपर्ने उदयपुरका सरोकारवालाहरूले निचोड निकालेका छन् । 




गाईघाटमा आइतबार बिहान सरोकारवालाहरूको भेलाले नोबेलको त्यस्तो हर्कत मानवताविरोधी कदम भएको र माफीलायक नभएको ठहर गर्दै सबै पक्षबाटे बहिष्कार गर्नुपर्ने आह्वान गरेको हो । गाईघाटकी २९ वर्षीया गर्भवती सरस्वती गुप्तामाथि नोबेलले गरेको हर्कत कोरोना कहरले थिलथिलो बनाएको सिंगो उदयपुरे समाजमाथिको गम्भीर प्रहार भएको निष्कर्ष भेलाले निकालेको छ ।

सुत्केरी हुन पाउने अधिकारबाट वञ्चित गराउनु संविधानद्वारा प्रत्याभूत गरिएको महिलाको प्रजनन अधिकारमाथि नोबेलले ठाडो हस्तक्षेप गरेकाले त्यस्तो अस्पतालका डाक्टर र सञ्चालन अनुमति खारेजीसम्मको कारबाहीको माग सरोकारवालाहरूको छ । सरोकारवालाहरूले उदयपुरमा नोबेलका सम्पूर्ण विज्ञापन आइतबारदेखि निषेध गर्ने घोषणा गरेका छन् ।

‘महामारीको चपेटामा एकाअर्काबीच सहयोग र हौसला जुट्नुपर्नेमा अस्पतालले जुन रवैया देखायो, त्यो गम्भीर अमानवीय, अक्षम्य र गैरकानुनी छ,’ भेलाको निचोड छ, ‘यस्तो अस्पतालको अनुमति खारेज हुनुपर्छ, चिकित्सकमाथि हदैसम्मको कानुनी कारबाही हुनुपर्छ ।’ महामारीमा सबभन्दा बढी संवेदनशील हुनुपर्ने अस्पतालबाटै यस्तो अमानवीय व्यवहार हुनु गम्भीर अपराधभन्दा कम नभएको ठहर गरिएको छ ।

त्रियुगा नगरप्रमुख बलदेव चौधरीले देशमै ठूलो जनसंख्या भएको प्रदेश १ मा धेरै संख्यामा कोरोना संक्रमित भेटिएपछि त्रसित मनोविज्ञानमा नोबेल अस्पतालले थप प्रहार गरेको बताए । यस्तो संवेदनसिल समयमा सक्दो सेवाभावसहित सहयोग हुनुपर्नेमा अस्पतालले गरेको यस्तो गतिविधिप्रति स्थानीय सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले यसमा प्रदेश र संघीय सरकारको पनि ध्यान जानुपर्नेमा जोड दिए । आफ्नो नगरक्षेत्रभित्र नोबेल अस्पतालका सम्पूर्ण विज्ञान र प्रचारप्रसार रोक्न निर्देशन दिएको पनि मेयर चौधरीले बताए ।

नोबेललाई बहिष्करण गर्न सबै निकाय, नागरिक समाज, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चाकर्मी, संघसंस्थालगायत लागिपर्नुपर्ने सरोकारवालाहरूको माग छ । 
अर्को समाचार
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
५० मिनेट अघि
•
१ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
सप्तरी,  सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित रहेको पाइएको छ। 

 

जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका  छन्। गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा उनीहरुले नियमित रुपमा उपचार गराइरहेका केन्द्रकी वरिष्ठ स्टाफ नर्स सुनिता यादवले बताइन्।

उनले भनिन्, “अस्पतालमा सम्पर्कमा आएर उपचार गराउनेमध्ये सबैभन्दा बढी २० देखि ५० वर्षको उमेरका छन्। विसं २०८१ मा १८९ जना तथा २०८२ सालमा १९५ एचआइभीबाट सङ्क्रमित थिए। पछिल्लो तीन वर्ष यता प्रत्येक वर्ष एचआइभीबाट सङ्क्रमितको बढेको तथ्याङ्क छ।”

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको उपचार केन्द्रमा १० बालबालिकाको समेत नियमित रुपमा उपचार भइरहेको छ।

“कतिपय सम्पर्कमा आउन नचाहेका कारण एचआइभीबाट सङ्क्रमितको सङ्ख्या बढी रहेको अनुमान गरेका छौँ”, उनले भनिन्।

एचआइभीबाट सङ्क्रमित नियमित रुपमा उपचार गर्न नआए उनीहरुको घरमै गएर पनि औषधि उपलब्ध गराउने गरिएको छ। विसं २०५२ सालदेखि एचआइभीबाट सङ्क्रमितको उपचार सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ। 

 



स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
यो पनि पढौँ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस