नेपाली चलचित्र हुन् या म्युजिक भिडियो। कुनै न कुनै चलचित्र या म्युजिक भिडियोमा पात्रले चुरोट एवं खैनी सेवन गरेको भूमिका हुन्छ, तर यस्तो दृश्यको चलचित्र हेरेका नयाँ पुस्ता र बालबालिकामा प्रभाव परी यसको प्रयोगकर्ता बढ्ने गरेको सरोकारवालाले औंल्याएका छन्।
राजधानीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य खबर पत्रिकाद्वारा संयुक्त रूपमा आयोजित एक छलफलमा यस्तो औंल्याइएको हो। सो क्रममा एक्सन नेपालका कार्यक्रम निर्देशक आनन्द चन्दले चलचित्रमा देखिने यस्ता दृश्यले युवा पुस्ता प्रभावित भई छिटो धूमपान सेवन गर्ने गरेको बताए।
चलचित्रमा चुरोट र खैनी सेवन गरेको दृश्य राख्दा हेर्न पुगेका बालबालिकामध्ये ७० प्रतिशतले चुरोट सेवन गर्ने गरेको अध्ययनले देखाएको औंल्याए। धेरैजसो मानिस सिनेमा हेर्न जाँदा बाबुनानी लिएर जाने र त्यसको पहिलो प्रभाव कलिला किशोर–किशोरीमा पर्ने बताए।
चन्दले चलचित्रमा देखिने यस्ता दृश्यबाट सिकेर लतमा परेका युवकयुवती धेरै भएकाले भविष्यमा यो लत मृत्युको कारण बन्ने बताए। सिनेमाका पात्रले चुरोट पिएको दृश्यले बालमस्तिष्कमा चुरोट सेवन गरेमा ठूलो मान्छे भइन्छ भन्ने प्रभाव पर्न गई चुरोट पिउने गरेको चन्दले बताए।
‘सानो उमेरदेखि चुरोट पिउनेहरूलाई पछि गएर फोक्सोको क्यान्सर बढी हुने गरेको देखिएको छ’, उनले भने ‘सुर्तीजन्य पदार्थ न्यूनीकरणमा यहाँहरूको योगदान आवश्यक देखिन्छ।’
चलचित्र बोर्डका अध्यक्ष दिनेश डिसीले पुरानो चलचित्रको तुलनामा नयाँ चलचित्र र भिडियोमा चुरोट खैनी सेवन गरेको दृश्य घट्दो क्रममा रहेको र यसको अन्त्यका लागि चलचित्र निर्देशकको भूमिका विशेष हुने सुझाए।
‘गरिब पात्र हुनेबित्तिकै बिँडी भिरेको दृश्य राख्नैपर्छ भन्ने छैन। विकल्प राखेर पनि चलचित्र सशक्त बनाउन सकिन्छ’, उनले भने।
अब आधिकारिक रूपमा दर्ता गर्ने चलचित्र उद्योगहरूले हामीसँग अनुमति लिएर चलचित्र निर्माण गरेमा यस्तो दृश्य चलचित्र बन्नुअघि नै सेन्सर गर्न सकिने बताए। युट्युब भिडियोमाथि भने नियमन गर्न संघले नसक्ने बताए।
उनका अनुसार भारतले सन् २००५ पछि चलचित्रमा चुरोट एवं खैनी राख्ने क्रम घटाउँदै लगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव विकास देवकोटाले हाल नेपाली चलचित्र तथा म्युजिक भिडियोमा प्रयोग हुने सुर्तीजन्य पदार्थ सेवनको दृश्य हटाउने या यस्ता खालका दृश्य नै नराख्ने गरी चलचित्र र भिडियो निर्माण गर्नुपर्ने बताए।
उनले भने, ‘सुर्तीजन्य पदार्थ सेवनका कारण नेपालमा सबैभन्दा बढी घाँटी र फोक्सोका क्यान्सर वृद्धि भएको छ। यो स्थिति रोक्न पनि चलचित्रकर्मीको भूमिका आवश्यक छ’, उनले भने।
बढिरहेको क्यान्सर सबैभन्दा बढी सुर्तीजन्य पदार्थसँग सम्बन्धित रहेको उनले बताए। स्वास्थ्य मन्त्रालय अनुगमन शाखाका प्रमुख डा. भक्तबहादुर केसीले सुर्तीजन्य पदार्थ सेवन गर्नेमा घाँटी र फोक्सोको क्यान्सर भएको बताए।
नेपालमा सुर्तीजन्य पदार्थ सेवनको कारण प्रतिवर्ष तीन हजार नौ सय दुईजनाको मृत्यु हुने गरेको छ भने विश्वमा प्रति चार सेकेन्डमा एकजनाको मृत्यु हुने गरेको छ।
तथ्यांकअनुसार नेपालमा ५० लाख जनसंख्या चुरोट प्रयोग गर्छ। पछिल्लो समय नयाँ संरचनामा बनेका तमाखु, भेप, हुक्का र निकोटिन पाइप प्रयोग गर्ने चलन बढेको र यसको सबैभन्दा बढी प्रयोगकर्ता पनि युवा पुस्ता रहेको बताए।
सोही क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानुन अधिकृत गोपीकृष्ण रेग्मीले नेपालमा सुर्तीजन्य पदार्थ अन्त्य कानुन बनेको र यसको व्यवस्थाअनुसार चलचित्र र भिडियोमा सुर्तीजन्य पदार्थको विज्ञापनलाई प्रतिबन्ध लगाएकाले धुमपानजन्य पदार्थका दृश्य निषेध गरेकाले अबका निर्माताले यो ऐनको अवमूल्यन गर्न नहुने बताए।
‘कुनै पनि चिन्ह वा संकेतद्वारा सुर्तीजन्य सामग्री प्रवद्र्धन, प्रसारण गर्न ऐनले निषेध गरेको छ, यो ऐन चलचित्र तथा भिडियोको क्षेत्रमा लागु हुनुपर्छ’, उनले भने।