दुर्गममा रमाएका विशेषज्ञ डाक्टर
०८ जेष्ठ २०८२
•
५ मिनेट पाठ
दुर्गममा रमाएका विशेषज्ञ डाक्टर
कुरा बि.सं.२०७७ साल वैशाख १४ गते को हो। जुम्लाको तातोपानी गाउँपालिका-३ का चम्पासिंह शाही ढुङ्गाले थिचेर शक्त घाइते भए। चम्पा ढुङ्गा खानीमा ढुङ्गा निकाल्ने क्रममा माथिबाट खसेको ढुङ्गाले थिचेर घाइते भएका थिए। गाउँलेहरूले चम्पासिंहलाई मर्‍याेसम्म भनेका थिए। तर,आफन्तले चम्पासिंहलाई जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा पुर्‍याए।




अस्पतालसम्म पुर्‍याउँदा चम्पासिंहको श्वास त चल्दै थियो। तर मेरुदण्ड, दुवै खुट्टा र कम्मरको हड्डी भाँचिएको थियो। तत्कालै प्रतिष्ठानका हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पूजन रोकायाको नेतृत्वको टिमले अप्रेसन गर्ने निर्णय गर्‍यो। लगत्तै उपचार अगाडि बढ्यो र अप्रेसन पनि सफल भयो। प्रतिष्ठानमा आउने सामान्य भन्दा उक्त अप्रेसन निकै पृथक् र जटिल भएर पनि सफल भएकोमा उक्त उपचारमा संलग्न टोलीको संयोजक आफै भएकाले पनि धेरै खुसी मिलेको विशेषज्ञ डाक्टर रोकाया बताउँछन्।

अहिले चम्पासिंह सामान्य हिँडडुल गर्न सक्ने भएका छन्। अहिले चम्पासिंह शाही डा.पूजन रोकाया आफ्नो  पुनर्जीवन दिने भगवान् नै भएको बताउँछन्। 

हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. पूजन कुमार रोकाया विगत १२ वर्ष देखि  जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालमा कार्यरत छन्। जुम्लाको प्रख्यात तथा पुरानो जि एम डी मोर्डन पब्लिक हाई स्कुल बाट बि.सं. २०५४ सालमा एसएलसी उत्तीर्ण डा.रोकायाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट दुर्गम कोटामा एम बि बि एस अध्ययन गरी टिचिङ अस्पताल, महाराजगन्ज काठमाडौंबाट हाड जोर्नी तथा नशा रोग विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरेका थिए।

दुर्गम कोटामा अध्ययन गरेकाले दुर्गम क्षेत्रमा नै सेवा गर्ने ध्येयका साथ निसर्त र निस्वार्थ रूपमा जन्मथलो जुम्लामा नै फर्किएर निरन्तर रूपमा सेवारत छन्। डा. रोकाया उच्च अध्ययन पुरा गरेर जुम्ला पुग्दा जुम्लामा जिल्ला अस्पताल हुँदै अञ्चल अस्पताल बनेको र उक्त अञ्चल अस्पतालको सम्पूर्ण चल अचल सम्पत्ति हस्तान्तरण गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भइसकेको थियो।

सदरमुकाम खलङ्गामा घर भएका डा रोकाया बि।सं। २०७१ सालमा हाड जोर्नी तथा नशा रोग विभागमा विशेषज्ञको रूपमा नियुक्त भई सो विभागको सम्पूर्ण जिम्मेवारी समालिरहेका छन्। कर्णालीका हुम्ला मुगु कालिकोट डोल्पा लगायत अन्य दुर्गम जिल्लाहरूमा पनि हाड जोर्नी तथा नशा रोगको विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएकाले स्थानीय स्तरमै पुगेर सेवा गर्ने मौका र अवसर मिलेको उनी बताउँछन्। आफ्नो खेतबारीमा उत्पादन भएको र घरमै पाकेको  खाना खाएर अस्पतालमा सेवा गर्न पाउँदा उनी सन्तुष्टि मिलेको डाक्टर रोकाया बताउँछन्।

जर्मनीको गटिङ्गेन विश्व विद्यालयबाट हाड जोर्नी तथा नशा रोग विषयमा थप तालिम प्राप्त गरेका डा।रोकाया हाल प्रतिष्ठानको अस्पताल निर्देशकको भूमिकामा कार्यरत रहेका छन्। १२ वर्षदेखिको योगदानले अस्पताल तथा समग्र प्रतिष्ठानकै स्तरोन्नतिमा उनको उतिकै भूमिका छ। 

कर्णाली जस्तो दुर्गम क्षेत्रमा प्रतिष्ठान चल्न शंका उपशङ्का उब्जी रहेको अवस्था र विशेषज्ञ डाक्टर आउन नमान्नु, आएका पनि लामो समयसम्म टिक्न नसक्नुले झन् चुनौती थपेको हुँदा हुँदै पनि प्रतिष्ठानमा आजका दिनसम्म हाड जोर्नीको विशेषज्ञ शिक्षा अध्ययन अध्यापन, मुगु र कालिकोट जिल्लामा हाड जोर्नीको विशेषज्ञ ओपिडी सेवा विस्तार, माग र आवश्यकताको आधारमा कर्णालीका अन्य दुर्गम स्थानमा विशेषज्ञ सेवा सहितको शिविर सञ्चालन, कर्णालीका विभिन्न क्षेत्रमा अपाङ्गता पहिचान शिविर सञ्चालन र प्रतिष्ठान भित्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कार्यशाला गोष्ठी आयोजना समेत गर्न सफलता मिलेको छ।

हाड जोर्नी विभागमा बिरामीको चाप पनि हाल उल्लेख्य रूपमा बढेको पाइन्छ। हाड जोर्नी विशेषज्ञ डाक्टर रोकायाका अनुसार अन्य ठाउँभन्दा यस ग्रामीण समुदायमा चोटपटकका कारणहरू केही फरक प्रकृतिका हुने गरेको अनुभव सुनाउँछन् । सामान्यतया सवारी दुर्घटना र प्राकृतिक प्रकोपबाट घट्ने घटना भन्दा पनि यता गाउँले दैनिकी कै कारण चोटपटक लागेर आउने गरेको पाइन्छ। घाँस काट्न जाँदा भिर पाखाबाट लडेर, दाउरा काट्न जाँदा रुखबाट खसेर, माटोको खानीमा पुरिएर, हिउँमा पुरिएर, घरको (आँगन) ओटालो, छतबाट खसेर चोटपटकका घटना बढी हुन्छन्।

गरिबीकै कारण पेट पाल्न मजदुरी गर्दै गर्दा चोटपटक लाग्ने र सो को महँगो उपचारमा पिल्सिएका कर्णालीवासी हाल जुम्लामै सरल सुलभ विशेषज्ञ सेवा सहितको उपचार पाउँदा केही राहत भएको महसुस गर्न पाएका छन्।

ग्रामीण समुदायको स्वास्थ्य सेवामा तल्लीन डाक्टर रोकाया अनेकौँ चुनौती सामना गर्नु परेको बताउँछन्। चोटपटक लागिसके पछि समयमा अस्पताल नआउनु प्रमुख चुनौती भएको उनी बताउँछन्। समयमा अस्पताल नआउनुमा भौगोलिक विकटता, असहज यातायात, एम्बुलेन्स सेवाको कमी, अशिक्षा, गरिबी, जनचेतनाको कमी, घरपरिवार बाट लापरबाही मुख्य कारणहरू हुन। उनले भने, ग्रामीण समुदायमा अहिलेसम्म स्ट्रेचर अथवा डोकोमा बिरामीलाई ओसार पसार गर्नुपर्ने बाध्यता जीवित छ। चोटपटक लागिसके पछि समयमा अस्पताल नआउँदा उपचार गर्दा कठिनाइ हुने गर्दछ।

चोटपटक लागेर बिरामी भएपछि अस्पतालको भन्दा धामी झाँक्री कहाँ पुग्नु अर्को प्रमुख चुनौती भएको उनको भनाइ छ। अहिलेसम्म नेपालको ग्रामीण समुदायमा चोटपटकका घटनाबाट बच्न घर आँगनका सिडी, भर्‍याङ, छतमा रेलिङको व्यवस्था गर्ने, चोटपटक रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्ने तथा सम्बन्धित संघ संस्था र निकायहरूले चोटपटक रोकथाम सम्बन्धी खोजमूलक अनुसन्धान गर्ने, स्वास्थ्य सेवा प्रदायक सस्थाहरूले समयमा नै सम्बन्धित सुविधा भएको अस्पतालमा चोटपटकका बिरामीलाई प्रेषण गर्ने गरेमा चोटपटकका घटनाबाट निम्तिने जोखिम न्यूनीकरण गर्न सकिने बुझाई डाक्टर रोकायाको छ।
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
१६ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस