सरकारले दैलेखको राकम कर्णालीस्थित आधारभू अस्पताललाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत सञ्चालन गर्ने निर्णय गरेको छ। उक्त आधारभूत अस्पतालको भवन जिल्लाको आठबीस नगरपालिकाको केन्द्र राकम कर्णालीमा ट्रमा सेन्टरसहितको अस्पताल निर्माण गरिने भएको हो। २०७६ फागुन १० गते नगरपालिका र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच भएको सम्झौता अनुसार ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढेको हो।
शिक्षण अस्पताल निर्माणका लागि आठबीस नगरपालिका–३ जाक्सिमा ४० रोपनी (दुई हजार एक सय ३० वर्गमिटर) क्षेत्रफलको जग्गा व्यवस्थापन भइसकेको छ। उक्त जग्गा नगरपालिका र प्रतिष्ठानको संयुक्त स्वामित्वमा छ। सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।
झण्डै ९ लाख जनसंख्या ओगट्ने कर्णालीको केन्द्रबिन्दु दैलेखको राकममा बनेको उक्त अस्पतालको स्तरवृद्धि गरी ५० शय्यामा सञ्चालन गर्ने योजना रहेको प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले जानकारी दिए। डा रावलले भने, ‘यस निर्णयले प्रतिष्ठानको भविष्यमा ठूलो सकारात्मक असर पर्नेछ। र, यस क्षेत्रका बासिन्दाको लागि स्वास्थ्य सेवाको सहज र प्रभावकारी पहुँच पुग्ने विश्वास छ। विगत लामो समयदेखिको हाम्रो सपना पूरा हुँदै छ।’
दैलेख लगायत आसपासका जिल्ला सेन्टर भएकाले अस्पताल बनाउने र प्रतिष्ठानले व्यवस्थापन गर्ने जनाइएको छ। अस्पताल सञ्चालनमा आए सुदूपश्चिमका ५ जिल्ला र कर्णालीका दैलेख, कालिकोट लगायतका जिल्लावासी लाभान्वित हुने रजिस्ट्रार नृपेन्द्र महतले बताए।
कर्णाली राजमार्ग छेउमै पर्ने भएकाले पनि भइपरी आउने दुर्घटना लगायतका कुराहरूमा यथाशीघ्र घाइतेहरूले उपचार पाउने छन्। अस्पतालको सम्पूर्ण व्यवस्थापन र सञ्चालनको जिम्मा प्रतिष्ठानले लिने उनले बताए। सम्झौतामा राकम कर्णालीमा एक सय शय्याको शिक्षण अस्पताल निर्माण गरी नागरिकलाई गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उल्लेख छ। अस्पताल निर्माणको लागि डीपीआर बनिसकेको छ।
नगरपालिकाले राकम कर्णालीस्थित अस्पतालबाट नागरिकलाई स्वास्थ्य सेवा दिइरहेको छ। विशेषज्ञ सेवा प्रदान गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले चिकित्सक खटाएको छ। हाल भिडियो एक्सरे, इसिजी ल्याबसहित अस्पताल फार्मेसी सञ्चाल भइरहेको छ।