धुम्रपान गर्नेको दाँत किराले खान्छ!
११ भदौ २०८१
•
२ मिनेट पाठ
धुम्रपान गर्नेको दाँत किराले खान्छ!
के तपाईंलाई धुम्रपानको लत लागेको छ ? आजै छाड्नुहोस्। हैन भने फोक्सोमा मात्रै हैन मुख, दाँत गिजा, गाला, घाँटी, श्वास नलीसहितका अंगमा तपाईंलाई यसले नराम्ररी असर पुर्‍याउँछ।




धुम्रपानले सबैभन्दा पहिले मुखमा असर गर्छ। सुर्तीजन्य पदार्थमा हुने हानिकारक रसायनले दाँत र मुख स्वास्थ्य बिगार्दै लैजान्छ। चुरोट अत्याधिक पिउँदा धुँवा र त्यसमा हुने अन्य रसायनले दाँतमा दागहरु बस्दै जान्छ।

दाँत कीराले खान्छ। धुम्रपानले मुखमा थुक उत्पादन कम हुन्छ जसले मुख सुख्खा हुनुका साथै दाँतमा कीरा लाग्ने सम्भावना धेरै हुन्छ। एउटा स्वस्थ मानिसको मुखमा दैनिक डेढ लिटरसम्म थुक उत्पादन हुन्छ। थुक उत्पादनमा कमी भएपछि प्राकृतिक रुपमा मुख सफा हुन पाउँदैन र विभिन्न समस्या निम्त्याउँछ।

चुरोटमा हुने निकोटिन र तातोपनले बिस्तारै गिजामा पनि समस्या ल्याउँछ। धुम्रपान गर्दा निस्कने रसायनले मुख सुक्खा भई फोहोर हुने र ब्याक्टेरियाले बिस्तारै गिजामा संक्रमण भई दुख्ने, रगत आउने,  पाक्ने र सुन्निने हुनसक्छ। संक्रमण बढ्दै गए दाँत झर्ने हल्लिएर झर्नेसम्म हुन सक्छ।

धुम्रपानले रक्त सञ्चार कम गराई अक्सिजनको प्रवाह कम गर्ने हुँदा रोगसँग लड्ने प्रतिरक्षालाई पनि कमजोर पार्छ। जसले गर्दा मुखमा आएको घाउ, गिजामा भएको संक्रमण सन्चो हुन समय लाग्छ। तालुमा मसिना फोकाहरु आउनु पनि धुम्रपान गर्नुको परिणाम हो।

चुरोटको धुवाँ र रसायनले मुख सुक्खा पार्छ। गिजामा संक्रमण भई रगत अनि पीप आउन।  जसले सास गन्हाउन थाल्छ। अत्यधिक सेवनले बिस्तारै खानेकुराको स्वाद पनि थाहा नपाउने हुनसक्छ।

चुरोट तथा भेपको धुवाँमा क्यान्सर गर्न सक्ने पोलिक्लिनिक एरोमेटिक हाइड्रोकार्बन, एन नाइट्रोसमाइन्स, एरोमेटिक एमाइन्स, एल्डेहाइड्स जस्ता कार्सिनोजेनिक रसायन हुनसक्छ। जसकारण गाला, गिजा र ओठको क्यान्सर हुने जोखिम हुन्छ।

चुरोटमा हुने निकोटिनले हड्डीमा खनिजको मात्रा कम गर्छ। खनिजले नै दाँतलाई बलियो र स्वस्थ बनाइराखेको हुन्छ। हड्डी कमजोर हुँदै गए दाँतले ठाँउ छोड्दै जान्छ र चाँडै झर्छ।

यसबाट बच्न पहिलो कुरा त चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन छोड्नु नै हो तर सक्नु हुन्न भने  खानेकुरा खानेबित्तिकै कुल्ला गर्ने, दिनको दुई पटक फ्लोराइडयुक्त मन्जनले ब्रस गर्ने, डेन्टल फ्लस गर्ने, दाँत तथा गिजाको परीक्षण प्रत्येक ६ महिनामा गर्ने, खानामा फाइबर, भिटामिन र खनिज भएको फलफूल तथा तरकारी दैनिक खाने गर्नुपर्छ।

(दन्त चिकित्सक डा.श्यामकाजी महर्जनको सहयोगमा)
अर्को समाचार
७० प्रतिशत स्कुलेको दाँत बिग्रँदै
०६ फागुन २०८१
•
१ मिनेट पाठ
७० प्रतिशत स्कुलेको दाँत बिग्रँदै
बेलायतमा रहेका एसियाली मूलका पाँच वर्षभन्दा बढी उमेरका बालबालिकाहरूमध्ये ७० प्रतिशतको दाँतको समस्या गम्भीर हुँदै जान थालेको एउटा अध्ययनमा देखिएको छ। 




सरकारले यसलाई गम्भीर रूपमा लिनुपर्ने आवाज उठाउन थालिएको छ। अफिस फर हेल्थ इम्प्रुभमेन्ट एन्ड डिस्पेरिटिजले जारी गरेको विज्ञप्तिअनुसार एसियाली मूलका बालबालिकाहरूको दन्त स्वास्थ्य गम्भीर हुँदै जान थालेको छ। पहिले बालबालिकाको दन्त स्वास्थ्य खराबीको अवस्था १३.६ प्रतिशत थियो। अहिले बढेर ३२.२ प्रतिशत पुगेको छ। 

सन् २०२३–२४ स्कूल इयरमा २२.४ प्रतिशत दाँत झर्ने समस्या देखिएको थियो। त्यो भनेको औसतमा साढे तीन वटा दाँतमा समस्या देखिएको थियो। अघिल्लो वर्ष २३.७ प्रतिशत बालबालिकामा यो समस्या देखिएको थियो। उत्तरपश्चिमी बेलायतमा दाँत झर्ने क्रम बढी देखिन्छ। त्यहाँका बालबालिकाको २८.७ प्रतिशतले दाँत झर्ने क्रम छ। 

त्यस्तै लण्डनको उत्तरपश्चिमी भेगमा भने दाँत झर्ने क्रम बढी रहेको देखाएको छ। यहाँका बालबालिकाहरूको दाँत ४३.४ प्रतिशत रहेको छ। बढी जसो एसियाली बालबालिकाहरू प्रभावित देखिएको छ। खासगरी स्वास्थ्यको पहुँच कम भएका बालबालिका वा जातजातिहरूमा यो समस्या बढी देखिएको छ। 

पछिल्लो समय निजी दन्त चिकित्सा उपचार निकै महँगो हुन पुगेको छ। सरकार र खासगरी नेसनल हेल्थ सर्भिसले यसमाथि कम लगानी गरेका कारण पर्याप्त दन्त चिकित्सक उत्पादन भइरहेका छैनन्। यसले दन्त चिकित्सा अझ महँगिन थालेको छ। 

जति महँगिन्छ, उति बालबालिकाहरू दन्त स्वास्थ्यमा कमजोर हुन थाल्छन्। बेलायती दन्त संघका अध्यक्ष एडी क्राउच भन्छन्, ‘सरकार गम्भीर नहुँदा बालबालिकाको दाँतमा समस्या आइरहेको छ। आधारभूत नीतिमा गम्भीर भएर काम गर्न आवश्यक छ।
प्रस्तुतिः अच्युत कोइराला
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस