७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

विश्वभर लिङ्गको क्यान्सरका बिरामीको सङ्ख्या बढ्दै

विश्वभर लिङ्गको क्यान्सरका बिरामीको सङ्ख्या बढ्दै गएको एक अध्ययन प्रतिवेदनले देखाएको छ।

जेएमआईआर पब्लिक हेल्थ एन्ड सर्भिलेन्स नामक पत्रिकामा सन् २०२२ मा प्रकाशित एक प्रतिवेदन अनुसार विश्वका विभिन्न मुलुकमा लिङ्गको क्यान्सरका बिरामीको सङ्ख्या बढ्दै गएको हो।

उक्त अध्ययनमा विश्वका ४३ मुलुकमा गरिएको अध्ययनको नतिजा सार्वजनिक गरिएको छ जसमा सन् २००८ देखि सन् २०१२ को बीचमा सबैभन्दा धेरै अफ्रीकी मुलुक युगान्डामा प्रत्येक एक लाख व्यक्तिमध्ये २.२ जनामा लिङ्गको क्यान्सर देखिएको थियो।

त्यसपछि ब्राजीलमा प्रति १ लाख मानिसमा २.१ र थाइल्यान्डमा प्रत्येक १ लाख व्यक्तिमध्ये १.४ जनामा लिङ्गको क्यान्सर देखिएको थियो। लिङ्गको क्यान्सरको सबैभन्दा कम दर कुवेतमा प्रति एक लाख व्यक्तिमा शून्य.१ ज्नामा देखिएको पाइयो।

चीनको सन यात सेन यूनिभर्सिटीमा लीवेन फू र टियान टियानको अगुवाईमा गरिएको उक्त अध्ययनमा लिङ्गको क्यान्सरका कारण सबैभन्दा बढी प्रभावित विकसित मुलुकका नागरिक छन् भने यसका कारण मृत्यु हुनेमा विकासशिल मुलुकका नागरिक बढी रहेका छन्।

जर्मनीमा सन् १९६१ देखि २०१२ सम्म ५० प्रतिशतले ं लिङ्गको क्यान्सरका बिरामीको सङ्ख्या बढेको छ। जसमा लिङ्गको क्यान्सरको दर प्रति एक लाख मानिसमध्ये १.२ बाट वृद्धि भएर १.८ पुगेको छ।

विश्व कयान्सर रजिस्ट्रीको पूर्वानुमान अनुसार आगामी दिनमा लिङ्गको क्यान्सरका बिरामीको सङ्ख्या थप बढ्दै जाने छ।

सन् २०५० सम्म विश्वभर लिङ्गको क्यान्सरका कारण प्रभावित हुनेको सङ्ख्या ७७ प्रतिशतले वृद्धि हुने रजिस्ट्रिले आँकलन गरेको छ।

जानकारहरूका अनुसार यो क्यान्सर विशेषगरी ७ औँ दशकका वृद्धहरूमा बढी देखिने गरेको छ।

के हो लिङ्गको क्यान्सर ?

चिकित्सकहरूका अनुसार लिङ्गको क्यान्सर हुने विभिन्न कारणहरू हुन सक्छन्। तर, तीमध्ये सबैभन्दा प्रमुख भनेको धुम्रपान र मुत्राशयको छाला बाक्लो हुनु।

ब्राजीलको सोसाइटी अफ यूरोलोजीका मारिशियो डेनेर कर्डीरोका अनुसार लिङ्गको राम्रोसँग सरसफाई नगर्दा पनि क्यान्सरको जोखिम बढ्न सक्छ। मुत्रासय माथिको छाला हटाएर सफाइ नगर्दा त्यहाँ जम्मा भएका किटाणुहरूले क्यान्सरको कोषहरू विकास गर्ने गर्छ। र,त्यसले टुयूमर बन्न जान्छ। साथै ह्युमनप्यापोलिमा भाइरस पनि लिङ्गको क्यान्सर गराउने कारण रहेको देखिएको छ।

प्रकाशित: २८ वैशाख २०८१ ०९:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App