‘बालबालिकामा हुने क्यान्सर चाँडै निको हुन्छ’
०५ फागुन २०८०
•
२ मिनेट पाठ
‘बालबालिकामा हुने क्यान्सर चाँडै निको हुन्छ’
बालबालिकामा हुने क्यान्सर समयमै उपचार गरे चाँडै निको हुने चिकित्सकले बताएका छन्। उमेर पुगेका मानिसको तुलनामा बालबालिकामा देखिएको क्यान्सर समयमा उपचार गरे निको हुने सम्भावना धेरै रहेको चिकित्सकको भनाइ छ।




पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका बाल रोग तथा क्यान्सर रोग विशेषज्ञ डा. सूचारिका तण्डुकारले बढी उमेर भएका क्यान्सर रोगीको तुलनामा बालबालिकामा हुने क्यान्सरको समयमा उपचार गर्दा निको हुने सम्भावना धेरै रहेको बताइन्। ‘वयस्क व्यक्तिमा क्यान्सरसँगै अन्य रोग पनि देखिन्छ’, उनले भने, ‘क्यान्सर भएका बालबालिकामा अन्य रोगको सम्भावना कम हुने भएकाले समयमा उपचार गराउँदा निको हुने सम्भावना पनि धेरै हुन्छ।’

डा तण्डुकारका अनुसार नेपालमा उपचारको पहुँच नहुँदा धेरै बालबालिकाको क्यान्सरका कारण अकालमा मृत्यु हुने गरेको छ। वार्षिक करिब एक हजारसम्म बालबालिकाले क्यान्सरको उपचार गर्नुपर्नेमा अहिले पाँच सयले मात्र उपचार गरिरहेका उनले जानकारी दिइन्।  

भक्तपुर क्यान्सर अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा. ऋतु सापकोटाले मुलुकमा बालबालिकामा देखिएको क्यान्सर ३० प्रतिशत निको हुने गरेको बताइन्। ‘समयमै अस्पताल पुग्न नसक्दा पूर्ण उपचार नपाएर करिब ७० प्रतिशतमा पूर्ण निको हुँदैन’, उनले भनिन्। उनका अनुसार नेपालजस्तो अल्पविकसित मुलुकमा बालबालिकामा हुने क्यान्सर निको हुने दर कम रहेको छ।

विकसित देशमा ८० देखि ९० प्रतिशत बाल क्यान्सर निको पार्न सकिने डा. सापकोटाले जानकारी दिइन्। गरिबी, उपचारमा कम पहुँच हुनुलगायत कारणले उपचारमा समस्या भइरहेको उनको भनाइ थियो।

डा. सापकोटाले वयस्क मानिसलाई क्यान्सरसँगै अन्य रोग पनि देखिने भएकाले निको हुने सम्भावना कम हुने बताइन्। ‘बालबालिकामा अन्य कुनै रोगको लक्षण हुँदैन। त्यसैले क्यान्सर निको हुने सम्भावना धेरै हुन्छ’, उनले भनिन्, ‘उमेर पुगेका मानिसमा उच्च रक्तचाप, मधुमेहलगायत अन्य रोग देखिने भएकाले क्यान्सर निको हुने सम्भावना कम हुन्छ।’

नेपालमा क्यान्सर बिरामी बालबालिकामध्ये सन् २०३० सम्म ६० प्रतिशतलाई निको गराउने सरकारी लक्ष्य रहेको भक्तपुर क्यान्सर अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा.  सापकोटाले जानकारी दिइन्। उनले मुलुकमा बालबालिकामा हुने ब्लड क्यान्सर ९० प्रतिशत निको भइरहेको उल्लेख गरिन्।

डा. सापकोटाका अनुसार बालबालिकलाई ब्लड क्यान्सर, आँखामा हुने क्यान्सर, कलेजो, हड्डी र मांसपेशीका क्यान्सर धेरै हुने गरेको छ। ‘बालबालिकामा १० प्रतिशत वंशानुगत गुणबाट र ९० प्रतिशत जिनको खराबीका कारण क्यान्सर हुने गर्दछ। जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई बढी क्यान्सर लाग्ने जोखिम रहन्छ’, उनले भनिन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला मेमोरियल, भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पतालमा बाल क्यान्सरको उपचार हुने गरेको छ। –रासस
अर्को समाचार
समयमै उपचार गराए बालबालिकामा हुने क्यान्सर निको हुन सक्छ !
०२ फागुन २०८१
•
३ मिनेट पाठ
समयमै उपचार गराए बालबालिकामा हुने क्यान्सर निको हुन सक्छ !
बालबालिकाहरूमा लाग्ने क्यान्सर समयमै पत्ता लगाएर उपचार गरे  ९० प्रतिशत भन्दा बढी निको हुन सक्ने सम्भावना रहेको चिकित्सकहरूले बताएका छन्।




'बालबालिकामा लाग्ने जुनै क्यान्सर रोग पनि ठुलालाई लाग्ने भन्दा निको हुने सम्भावना अत्याधिक बढी हुन्छ, बाल क्यान्सर दिवसको अवसरमा शुक्रबार भक्तपुर क्यान्सर अस्पतालमा भएको कार्यक्रममा अस्पतालका निमित्त कार्यकारी निर्देशक उज्ज्वल चालिसेले भने, त्यस कारण बालबालिकामा हुने क्यान्सरलाई जतिसक्दो छिटो पहिचान गरी उपचार गरौँ ।’ बालबालिकामा लाग्ने क्यान्सरको पनि तह हुने भन्दै उनले वयस्कलाई जस्तै जतिसक्दो छिटो उपचार गर्‍याे   उति नै बढी बालबालिकामा लाग्ने क्यान्सर पनि निको हुने सम्भावना बढी रहने जनाए ।

हरेक वर्ष फेब्रुअरी १५ तारिखका दिन अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस मनाइन्छ । बाल्यकालमा हुने क्यान्सरका विरुद्ध जनचेतना बढाउनका लागि यस दिवस मनाउन सुरु गरिएको हो । यसका अलावा बाल्यकालमा क्यान्सर भएका बालबालिकाहरूका लागि सहयोग र साथ दिने हिसाबले पनि यस दिवसको रूपरेखा तयार गरिएको छ ।

भक्तपुर क्यान्सर अस्पतालका बाल क्यान्सर विज्ञ ऋतु लामिछानेले वयस्कलाई भन्दा बालबालिकामा लाग्ने क्यान्सर निको हुने सम्भावना बढी भए पनि समयमै पहिचान हुन नसक्दा समस्या हुने गरेको सुनाइन् । कति त उपचारकै पहुँचमा छैनन्, उनले भनिन्, उपचार गराएकाहरू पनि कोहीकोही उपचारलाई पूर्णता नदिई नै छोड्छन् । यही कारण क्यान्सर रोगी बालबालिकाहरूले अकालमा ज्यान गुमाउनु परिरहेको दुःख उनले व्यक्त गरिन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ग्लोबल चाइल्डहुड क्यान्सर इनिसिएटिभले क्यान्सरसँग लडिरहेका बच्चाहरूको सबै पीडा र पीडालाई हटाउन र सन् २०३० सम्ममा विश्वभर क्यान्सरको निदान भएका सबै बालबालिका र किशोरकिशोरीहरुको लागि कम्तीमा ६० प्रतिशत बाँच्ने लक्ष्य हासिल गर्नु रहेको छ । हरेक वर्ष विश्वभर करिब दुई लाख ८० हजार जना १९ वर्ष मुनिका जनसख्याँमा क्यान्सर भएको तथ्याङ्क छ । संसारमा हरेक ३ मिनेटमा एक जना बालबालिकाले क्यान्सरका कारणले मृत्युवरण गर्नु परिरहेको तथ्याकं छ । डब्ल्यूएचओकै तथ्याङ्क अनुसार प्रत्येक वर्ष चार लाख भन्दा बढी बालबालिका र २० वर्ष मुनिका किशोरहरूलाई क्यान्सरको निदान गरिन्छ । यसरी क्यान्सर लागेका बालबालिका र किशोरकिशोरीहरुको बाँच्ने दर उनीहरू बस्ने देश र क्षेत्रमा निर्भर गर्दछ । धेरैजसो उच्च आय भएका देशहरूमा ८० प्रतिशत बाँच्ने सम्भावना रहेको जनाइएको छ ।

अस्पताल प्रशासन प्रमुख राजाराम तजलेले भक्तपुर क्यान्सर अस्पतालले गएको मंसिर १ गतेबाट बालबालिकाहरूको निःशुल्क क्यान्सर उपचारको बन्दोबस्त मिलाएको जानकारी गराए । त्यसका लागि हाल अस्पतालको वाल क्यान्सर विभागका विशेषज्ञ बाल क्यान्सर चिकित्सकहरूले उपचार सेवा दिइरहेको उनले जनाए । अस्पतालमा हाल बाल क्यान्सरका बिरामीका लागि सात वटा बेड रहेको र थप १५ बेडको वन्दोवस्तीका लागि कामहरू भइरहेको जानकारी उनले गराए । हालसम्म अस्पतालले ६ महिनादेखि १४ वर्षसम्म उमेरका झण्डै तीन दर्जन बाल क्यान्सर रोगीहरूको उपचार गराइसकेको उनले जनाए । निःशुल्क हुन अगाडिदेखि हालसम्म झण्डै दुई सय क्यान्सर रोगी बालबालिकाहरूको उपचार अस्पतालले गराइसकेको उनले जनाए ।

उपचार गराई शुक्रबार मात्रै डिस्चार्ज भएका बालकका आमा तुल्सी थापाले एक वर्ष उपचार गराएपछि छोरालाई निको भएको र डिस्चार्ज गरी सुर्खेत घर फर्कन लागेको भन्दै कार्यक्रममा खुसी व्यक्त गरिन् । उनले विभिन्न अन्य संघसंस्थाहरुको सहयोगमा अस्पतालमा बालबालिकाहरूका लागि घरकै वातावरणमा खेलौनासहितका व्यवस्था रहेको समेत जनाइन् । साथै एउटा संस्थाले अस्पतालमा रहेर बालबालिकालाई क्यान्सर रोगको उपचार गराइरहेका उपत्यका बाहिरका १४ परिवारलाई निःशुल्क खाने, बस्ने व्यवस्था मिलाइदिएकाले आफूहरूलाई अझै बढी सहज भएको उनले बताइन् । कार्यक्रममा क्यान्सर रोगी बालबालिकाहरूले नृत्य प्रदर्शन गरी कार्यक्रममा सहभागी सबैलाई खुसी तुल्याएका थिए ।
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस