स्वास्थ्य सेवा विभागमै छैन स्तनपान कक्ष
०३ माघ २०८०
•
२ मिनेट पाठ
स्वास्थ्य सेवा विभागमै छैन स्तनपान कक्ष
घरैमा बस्ने आमाले शिशुलाई पटक–पटक स्तनपान गराउन सक्छिन्। कामकाजमा जाने आमाका शिशु नियमित स्तनपानबाट वञ्चित हुन्छन्। कार्यालयमा पनि स्तनपान कक्ष छैनन्।




विडम्बना! स्वास्थ्य सेवा विभागमै शिशुमैत्री स्तनपान कक्ष छैन। अहिले भएकामा धेरै कुराको कमी देखिन्छ। पूर्ण स्तनपान कक्ष हुनका लागि शिशु स्याहार केन्द्र, बेड, हेरचाह गर्ने कर्मचारी, खाना व्यवस्थापनका लागि भान्सा कोठालगायत चाहिन्छ। तर विभागमा रहेको शिशु स्तनपान कक्षमा न भान्छा छ न कर्मचारी नै। त्यहाँ सोफा र एउटा र्‍याकबाहेक केही नभएको परिवार कल्याण महाशाखा पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले बताए।

पूर्वाधारको कमी भएकाले स्तनपान कक्ष शिशुमैत्री नभएको उनी बताउँछन्। ‘सेवा लिन आउनेले स्तनपान कक्षको प्रयोग गर्छन्, कार्यालयका कर्मचारीले चाहिँ गर्दैनन्,’ पोषण शाखा प्रमुख थापाले भने, ‘स्तनपान गराउनुपर्ने आमा छन् तर उनीहरू शिशु लिएर कार्यालय आउँदैनन्।’
पूर्वाधारसहितको स्तनपान कक्ष नभएकाले महिला कर्मचारीले शिशुलाई कार्यालयमा ल्याएर स्तनपान गराउन नसकेको थापा बताउँछन्। ‘शिशुलाई राख्ने कक्ष व्यवस्थित हुनुपर्छ, त्यहाँ हेरचाह गर्ने कर्मचारी हुनुपर्छ, पूर्वाधारयुक्त भएमात्र स्तनपान गराउन सहज हुन्छ,’ उनले भने।

कार्यालयमा स्तनपानमैत्री कक्ष नभए शिशुहरू पटक–पटक स्तनपान गर्न पाउनुपर्ने अधिकारबाट वञ्चित हुने थापा बताउँछन्। यसको प्रभाव शिशुको स्वास्थ्यमा पर्छ। ‘शिशुका लागि आमाको दुधजस्तो पोसिलो खाना केही हुँदैन,’ उनले भने।

कर्मचारी आमाले शिशुलाई कार्यालय ल्याएर स्तनपान गराउन नपाएपछि घरमा वैकल्पिक खाना खुवाउनुपर्छ, जुन आमाको दुधजस्तो स्वस्थकर नहुन सक्छ। आमाको नियमित दुध खान नपाएका शिशुमा प्रतिरक्षा प्रणाली पनि कमजोर हुने उनको भनाइ छ।

काठमाडौं उपत्यकाको हकमा धेरै महिला कर्मचारी कार्यालयमा टाढाबाट आउँछन्। उनीहरूले स्कुटी प्रयोग गर्छन्। स्कुटीमा शिशुलाई बोक्न सहज हुँदैन। यसकारण पनि कार्यालयमा भएका स्तनपान कक्षको प्रयोग हुन नसकेको हो।
उपत्यकामा समयमै कार्यालयमा पुग्न एक्सपे्रस बस सञ्चालनमा ल्याइए आमाहरूले शिशु लिएर आउनसक्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बालबालिका शाखाकी उपसचिव सविता अर्याल बताउँछिन्।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार सिंहदरबारभित्र एउटा र ललितपुरको पुल्चोकमा एक गरी सरकारीस्तरमा दुईवटा मात्र शिशु स्याहार केन्द्र छन्। यी शिशु स्याहार केन्द्र पनि प्रारिम्भक चरणका हुन्। स्थानीय सरकारले भने आफ्नो तरिकाले शिशु स्याहार केन्द्र खोलेका छन्।

अब देशभर सरकारी र निजी तहमा शिशु स्याहार केन्द्र स्थापना गर्ने नीति तथा कार्यक्रम अघि बढाइएको मन्त्रालयले जनाएको छ। ‘यो वर्ष नै प्रदेशस्तरमा शिशु स्याहार केन्द्र खोल्न समन्वय गर्दै छाैं,’ उपसचिव अर्यालले भनिन्। 
अर्को समाचार
गठबन्धन फेरिएपछि चौथो पटक सचिव सरुवा
०१ वैशाख २०८१
•
२ मिनेट पाठ
गठबन्धन फेरिएपछि चौथो पटक सचिव सरुवा
पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेपछि सरकारले झन्डैझन्डै सातैपिच्छे सचिवहरूको सरुवा गर्ने गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले चौथोपटक सचिवको सरुवा गरेको छ।




चौथौ चरणको सरुवामा मुकुन्द निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगिएको छ भने त्यहाँका सचिव विनोदप्रकाश सिंहलाई युवा तथा खेलकुद मन्त्रालय पुर्‍याइएको छ। निरौलाको सरुवा एक सातामै दुई पटक भएको छ। एक साताअघि उनलाई उद्योग तथा आपूर्ति मन्त्रालयबाट उपराष्ट्रपतिको कार्यालय पुर्‍याइएको थियो। एक साताको अवधिममै उनलाई त्यहाँबाट सामान्यमा लगिएको छ।

यसैगरी शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा कार्यरत दिनेश भट्टराईलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा र त्यहाँ कार्यरत सचिव सुमन अर्याललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा लगिएको छ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेपछि २२ जना सचिवको सरुवा गरिसकिएको छ। गृह मन्त्रालयमा आउनेबित्तिकै रवि लामिछानेले गृह सचिव फेरे। प्रधानमन्त्री कार्यालयमा कार्यरत एकनारायण अर्याललाई गृहमा ताने भने गृहमा कार्यरत दिनेश भट्टराईलाई प्रधानमन्त्री कार्यालयमा लगे।

यसैगरी दोस्रो चरणको सरुवामा चैत पहिलो साता उदय सापकोटालाई सत्य निरूपण तथा मेलमिलाप आयोग लगियो भने त्यहाँका सचिव फनिन्द्र गौतमलाई कानुन मन्त्रालय पुर्‍याइयो। तेस्रो चरणमा चैत २१ गते केही सचिवको सरुवा गरिएको थियो। जसमा उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव मधुसुदन बुर्लाकोटीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लगियो।

ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयमा कार्यरत सचिव गोपालप्रसाद सिग्देललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा लगिएको थियो। सकेसम्म भौतिक पूर्वाधारमा जान इन्जिनियर समूहका सचिवहरूले लबिङ गर्ने गर्छन्। भौतिक पूर्वाधारका सचिव केशवकुमार शर्मालाई जल तथा ऊर्जा आयोगमा सरुवा गरियो।

यसैगरी मधेस प्रदेश सरकारका प्रमुख सचिव दिनेशकुमार घिमिरेलाई उद्योगमा पुर्‍याइएको छ भने उद्योगमा कार्यरत सचिव नारायण शर्मा दुवाडीलाई प्रधानमन्त्री कार्यालयमा लगिएको छ।

कसैलाई थन्क्याउनुपर्‍यो भने प्रधानमन्त्री कार्यालयमा लग्ने गरिन्छ। त्यसैले प्रधानमन्त्री कार्यालयमा सरुवा भएका सचिवहरूले आफूलाई सजाय दिएको ठान्ने गर्छन्। वित्त आयोगमा कार्यरत सचिव कृष्णबहादुर राउतलाई उद्योगमा लगिएको छ।

उद्योग मन्त्रालयमा दुई सचिव रहने व्यवस्था छ। जल तथा ऊर्जा आयोगकी सचिव सरिता दवाडीलाई ऊर्जामा लगिएको छ। ऊर्जा मन्त्रालयमा पनि दुई सचिव हुने व्यवस्था छ। सचिवको सरुवा सूचीमा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थ पनि छन्। उनलाई निर्वाचन आयोग लगिएको छ।

आयोगमा सचिव पद खाली थियो। तेस्रो चरणको सरुवामा बागमती प्रदेश सरकारका प्रमुख सचिव पदमा कार्यरत घनश्याम उपाध्यायलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको थियो। श्रम सचिव केवल भण्डारीले अवकाश पाएपछि श्रम सचिवको पद रिक्त थियो।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस