विराटनगर महानगरपालिकाको ४ वटा वडामा कुपोषित बालबालिका फेला परेका छन्। विराटनगर महानगरपालिकाले आयोजना गरेको बाल स्वास्थ्य विशेष कार्यक्रम अन्तर्गतको स्वास्थ्य शिविरमा कुपोषण भएका बालबालिका भेटिएका हुन्।
महानगरले ५ वर्षमुनिका १२, १४ १८ र १९ नम्बर वडाका १ हजार ५ सय बढी बाललबालिकाको स्वास्थ्य परीक्षण गर्दा ७० जना कुपोषण भएको भेटिएका हुन्। विराटनगरको वडा नम्बर १२ मा ४, वडा नम्बर १४ मा ४, वडा नम्बर १८ मा ३२ र १९ नम्बर वडामा ३० जना कुपोषित बालबालिका भेटिएको बताइएको छ।
स्वास्थ्य शिविर सबै वडामा सञ्चालन हुने महानगरपालिकाले जनाएको छ। महानगरपालिकाले कुपोषित बालबालिकाका लागि पोषण प्याकेज कार्यक्रम सञ्चालन गरेको छ। पोषण प्याकेज कार्यक्रमअन्तर्गत चामल, दाल, भटमास, अण्डा, दूध र फलफूल दिएको छ।
कुपोषित बालबालिकाका लागि निःशुल्क उपचारको पनि व्यवस्था गरिएको छ। उपचारका लागि कोशी अस्पतालमा पहिलो चरणमा पठाइने र त्यहाँ निको नभएमा विराटनगरकै एक निजी अस्पतालमा उपचारको व्यवस्थापन मिलाएको बताइएको छ।
महानगरपालिका क्षेत्रभित्र कुपोषित अर्थात् पोषणयुक्त खाना नपाएर वृत्ति विकास हुन नसकेका बालबालिकाको पहिचान र खोजी कार्यका लागि बाल स्वास्थ्य विशेष कार्यक्रम सञ्चालन गरेको बताउँदै, महानगर स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले भने, ‘महानगर भन्ने बित्तिकै सबै बासिन्दा सम्पन्न छैनन्।
महानगरको विभिन्न भागमा गरिब, आर्थिक अवस्था कमजोर भएकाहरु पनि बस्दछन्। उनीहरुको आर्थिक अवस्थाले गर्दा सबैले पोषणयुक्त खाना र बालबालिका मैत्री वातावरण नहुँदा कुपोषित हुन परेको हो।’
उनले महानगर क्षेत्रभित्र विभिन्न किसिमका स्वास्थ्य कार्यक्रम अझ महिला र बालबालिकाका लागि विशेष योजना बनाएर अघि बढेको बताए। अहिले महानगरका सबै वडामा बाल स्वास्थ्य विशेष कार्यक्रम सञ्चालन गरेर त्यहाँ रहेका बालबालिको स्वास्थ्य अवस्थाबारे जान्ने र खोज्ने काम गर्न थालेको बताउँदै, महाशाखा प्रमुख अलीले भने, ‘सामान्य प्रकारका बिरामी भएका बालबालिकालाई त्यहाँ नै चिकित्सकले औषधि दिइने र अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने बालबालिकाहरुलाई भर्ना गरेर थप उपचारको व्यवस्था मिलाएका छौं।’
गाउँ–गाउँमा स्वास्थ्य स्वयम्सेविकामार्फत गर्भवती महिलालाई नियमित स्वास्थ्य परीक्षण, पोषयुक्ता खाना, बच्चा जन्मिएपछि आमा र बच्चाको नियमित स्वास्थ्य परीक्षण र उनीहरुले खानु पर्ने पोषणयुक्त खानाका बारेमा जानकारी गराउँदै आएको स्वास्थ्य महाशाखा प्रमुख अली बताए।
बालबालिकालाई लक्षित गरेर स्वास्थ्य परीक्षण गरी कुपोषित बालबालिकाहरुको खोज गर्दै उनीहरुका अभिभावकलाई पोषणयुक्त खानेकुराका साथै बालमैत्री वातावरण कसरी बनाउने जानकारी दिइने बताउँदै, अलीले भने, ‘त्यस्ता कुपोषित बालबालिकाहरुलाई निःशुल्क उपचारकाको व्यवस्था महानगरले मिलाएको छ । यस कार्यक्रममा पहिचान भई उपचारपछि केहीमा सुधार आएर अन्य बालबालिकाको जस्ता स्वास्थय अवस्था भएका छन्।’
१८ नम्बर वडामा भएको स्वास्थ्य शिविरमा बच्चा लिएर आएका २७ वर्षीय अरविन्दकुमार अमातले १८ महिने आफ्नो बच्चालाई देखाउँदे भने, ‘१८ महिनाको भइसक्दा पनि ५/६ महिनाको जस्तो देखिन्छ । मेरो स्वास्थ्य स्यम्सेविका भएकाले पनि श्रीमतीलाई मासिक रुपमा विराटनगरको एक निजी अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदै आएको थिएँ।’ गर्भवस्थाको ८ औं महिनामा डाक्टरले बच्चाको तौल घट्दै गएको बताए। ९ महिनामा बच्चा जन्मँदा १ केजी १ सय ग्रामको जन्मिएको थियो।
बच्चा जन्मिएदेखि नै १ महिनासम्म एनआइसियूमा राखेर उपचार गरेको बताउँदै, अमातले भने, ‘खै कसरी भयो यस्तो। श्रीमतीको नियमित स्वास्थ्य परीक्षणका साथै खानेकुरा राम्रोसँगै खाएकी थिइन्। विराटनगरको सरकारी र निजी अस्पतालमा उपचार गराउँदै आए पनि सुधार भएको छैन। हप्तैपिछे अस्पताल लैजानु पर्छ। रुघाखोकी र ज्वरो आइरहन्छ। जन्मिएको एक महिनापछि मात्रै थाहा भयो बच्चाको दुवै किड्नीमा ४–४ एमएमको पत्थरी छ भनेर। आमाको दुध र थोरै घरमा बनाएको लिटो मात्रै खान्छ।’
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।
अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।
शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।
स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।
गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'
गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।
प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।
सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।
तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।
स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'
उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...