आङ खस्ने समस्या ग्रामीण महिलामा बढी
१३ असोज २०८०
•
३ मिनेट पाठ
आङ खस्ने समस्या ग्रामीण महिलामा बढी
शिविरमा पालो पर्खदै महिला। तस्बिर: महेश्वर/नागरिक
उदयपुरको ग्रामीण क्षेत्रमा महिलामा आङ खस्ने समस्या अत्यधिक देखिएको छ। पोषणयुक्त खानाको कमी, नियमित स्वास्थ्य जाँच तथा उपचार नगर्नुका साथै स्वास्थ्य अनुशासनसम्बन्धी चेतनाको कमीले आङ (बच्चादानी) खस्ने समस्या गाउँका महिलामा बढी रहेको पाइएको छ।




त्रियुगा नगरपालिका, जिल्ला अस्पताल र स्वास्थ्य कार्यालय उदयपुरले वल्र्ड नेवर्स नामक गैरसरकारी संस्थासँगको साझेदारीमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा आङ महिला धेरै फेला परेका छन्। सदरमुकाम त्रियुगाको विकट क्षेत्र १५ वडा खाँबुमा आयोजित शिविरमा स्वास्थ्य परीक्षण गराउने दुई सय महिलामध्ये अधिकतरमा आङ खस्ने समस्या देखिएको छ।

स्थानीय आयोजक हुरेन्डेक उदयपुरका अनुसार परीक्षण गराउने एक सय ८४ जनामध्ये आङ खस्ने समस्याका बिरामी बढी रहेको शिविरमा खटिएका जिल्ला अस्पताल उदयपुरका प्रसुती रोग विशेषज्ञ डा. मुकेश झाले बताए।
झाका अनुसार यो समस्या २५ देखि ६५ वर्ष उमेर समूहका सबै महिलामा पाइएको छ। शिविरमा आएका एक सय ७१ जनामध्ये धेरैको आङ खस्ने समस्या देखिएको उनले बताए।

शिविरमा समस्या देखिएकामध्ये पाँच महिलाको आङको अवस्था जटिल भइसकेकाले तत्काल शल्यक्रिया गर्नुपर्ने उनले बताए। डा. झाका अनुसार शिविरमै केही महिलाका आङमा रिङप्रेसरी राखिएको छ भने कतिपयलाई सफा गरेर पठाइएको छ। कतिपयको बच्चादानीको मुखमा मासु पलाएको पाइएको छ। त्यस्तालाई पनि चाँडै शल्यक्रिया गर्न जिल्ला अस्पताल आउन सुझाव दिइएको डा. झाले बताए।

बच्चादानीको मुखमा हुन सक्ने सम्भावित क्यान्सर पत्ता लगाउने तरिका भिआईए विधि पनि शिविरमा प्रयोग गरिएको थियो। क्यान्सरको पूर्व लक्षण देखाउने ‘स्पेकुलम’ औजारको प्रयोगबाट गरिने भिआईए परीक्षणमा १८ महिलामा क्यान्सरको सम्भावना देखिएको छ।
‘बच्चादानीको मुखमा हुने सम्भावित क्यान्सरको लक्षण पत्ता लगाउने भिआईए चेकजाँच गर्दा १८ जनामा पोजेटिभ देखियो’, डा. झाले भने, ‘त्यस्तो लक्षण देखिएका महिलालाई तत्काल थप परीक्षण र उपचार गर्न सफारिस गरेका छौं।’

बच्चादानीको मुखमा क्यान्सर भएमा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आउने भएकाले त्यसो हुन नदिन छिटोभन्दा छिटो उपचार गर्नुपर्ने डा. झाको भनाइ छ। क्यान्सरको लक्षण देखिएलगत्तै उपचार गरे निको हुने भएकाले पनि ढिला नगर्न सुझाइएको उनको भनाइ छ।

डा. झाका अनुसार ३० देखि ६० वर्षसम्मका महिलाको बच्चादानीको मुखमा प्रायः क्यान्सर हुने गरेको पाइएको छ। विशेषगरी कलिलो उमेरमा यौन सम्पर्क गर्ने, धेरैजनासँग यौन सम्पर्क गर्ने, धुमपान, सुर्तीजन्य पदार्थ सेवन र मद्यपान गर्ने तथा रोग प्रतिरोधी क्षमता कम भएका महिलामा क्यान्सरको खतरा हुने उनले बताए।

खाँबुको शिविर पाठेघर र मानसिक रोगीलाई लक्षित गरी सञ्चालन गरिएको हुरेन्डेकका अध्यक्ष शंकर थापाले बताए। साथै अन्य रोगका बिरामीको पनि परीक्षण गरिएको उनले बताए। शिविरमा ज्येष्ठ नागरिकलाई हाडजोर्नी, ग्यास्टिक, दाग, घाउ, खटिरा, ढाड–टाउको–पेट दुख्ने तथा अन्य सबै उमेर समूहका बिरामीको पनि परीक्षण र उपचार गरिएको अध्यक्ष थापाले बताए।
शिविरमा फिजिसियन, इसिजी, युएसजी, आईयुसिडी, इन्पालन्ट, कोलिपलगायत सेवा पनि दिइएको थियो। आङ खसेका महिलाको शल्यक्रिया निःशुल्क गर्न वर्ल्ड नेवर्सको सहयोगमा हुरेन्डेकले ‘नेपाल एकीकृत ग्रामीण विकास परियोजना’ कार्यक्रम सञ्चालनमा ल्याएको छ।

संस्थाकी कार्यक्रम संयोजक बिनु सुवेदीले महिलाको मुख्य समस्या मानिने बच्चादानीको बेलैमा उपचार नगरे क्यान्सरजस्तो प्राणघातक रोगले समात्ने जोखिमबाट बचाउन परियोजना सञ्चालन गरिएको बताइन्। उनले हुरेन्डेकको कार्यक्षेत्रभित्र पर्ने उदयपुरका कटारी र बेलका नगर तथा रौतामाई  गाउँपालिकामा दुई महिनाभित्र यस्तै शिविर चलाइने योजना सुनाइन्।

त्रियुगा नगर प्रमुख वसन्तकुमार बस्नेतले गाउँघरका महिलालाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन पहाडी वडामा शिविर सञ्चालन गरिएको बताए। उनले दुरदराजका जनताको स्वास्थ्यमा पहुँच पुर्‍याउन यस्ता शिविर अन्य वडामा पनि चलाउने प्रतिबद्धता जनाउँदै जिल्ला अस्पताललाई सुविधासम्पन्न बनाउन सक्दो प्रयास भइरहेको बताए।
अर्को समाचार
महिला चिकित्सकसँग खुल्न थाले आङ खस्ने समस्याबाट पीडित महिला
११ चैत्र २०८०
•
३ मिनेट पाठ
महिला चिकित्सकसँग खुल्न थाले आङ खस्ने समस्याबाट पीडित महिला
बाउन्न वर्षीया दूधकला सार्कीले आफ्नो जीवनको अध्याय नै समाप्त हुन लागेको ठानेकी थिइन्। यद्यपि उनलाई ‘समयमा उपचार नभए बाँचुञ्जेल नछोड्ने’ रोगले आफूलाई सताएको जानकारी थिए। उनी दशकभन्दा लामो समयदेखि आङ खस्ने समस्याबाट पीडित थिइन्।




रोग र गरिबीसँग लड्दै आएकी दूधकलाको परिवारमा दैनिक जीवनयापनका निम्ति अन्नको जोहो नै चुनौतीको पहाड थियो भने उपचार कोरा कल्पनामात्र। सुरुमा रोगको बेवास्ता गरेकी उनले स्वास्थ्यमा जटिल समस्या भएपछि स्त्रीरोग विशषेज्ञ डा. कविता साहसँग सम्पर्क गरिन्। आङ खस्ने समस्याले पीडित उनले यसअघि पुरुष चिकित्सकलाई आफ्नो समस्या सुनाउन नसकेर ज्यान नै जोखिममा पारेकी थिइन्।

रोगको निदानका निम्ति पटक–पटक जिल्ला अस्पताल पुग्ने तर पुरुष चिकित्सकलाई सोध्न नसकेर फर्कँदा रोगले च्याप्दै गएको थियो। ‘धेरै पटक अस्पताल आएँ तर, आफ्नो समस्या डाक्टरलाई सुनाउन नसकेर फिर्ता भए’, उनी भन्छिन्, ‘पुरूषै पुरूष भएपछि निकै अप्ठेरो लाग्ने रहेछ। महिला डाक्टरसँग पनि बल्ल समस्या राख्न सकेँ।’

जयपृथ्वी नगरपालिका–९ की दूधकलाको पाठेघर र मूत्रथैलीमा समस्या थियो। गत साता डा. साहको टिमले शल्यक्रिया गरेर रोग निर्मूल पारेपछि भने सार्कीले पुनर्जीवन पाएको बताइन्। उनले भनिन्, ‘दश वर्षदेखिको समस्याले अब बाँचुञ्जेल छोड्दैन कि भन्ने लागेको थियो। खुसीको कुरा, भगवान् नै फेला परेजस्तो भयो।’ लामो समयदेखि हिँड्न, बस्न र पिसाब गर्दा हुने समस्या अहिले समाधान भएको उनले बताइन्। उनले भनिन्, ‘मेरो समस्या सुनेर घरपरिवारमात्रै होइन, आफन्तसमेत हैरान भएका थिए। अहिले भने बिराम काटिएको भन्दै सबैको मुहारमा उज्यालो छाएको छ।’

दूधकलाको जस्तै रोग लुकाएर बसेकी केदारस्यूँकी सुनिता विकको पनि गत महिना शल्यक्रिया गरिएको थियो।  तल्लो पेट दुख्ने, महिनाबारी गडबडी हुने, महिनाबारी हुँदा रगत धेरै बग्नेलगायत समस्याबाट ग्रसित उनको शल्यक्रिया गरेपछि उनले समस्याबाट मुक्ति पाएकी छिन्।

जिल्लामा अधिकांश महिलाले आफ्नो रोग लुकाएर बसेको डा.साहको बुझाइ छ। ‘महिलाले आफ्नो समस्या नखोलेरै कतिपयको ज्यान पनि गइसकेको पनि हुनसक्छ। सदरमुकाममा बस्ने महिला नै आफ्नो समस्या लुकाएका देखिए भने गाउँघरमा कति होलान् !’ उनले भनिन्।

डा. साहका अनुसार अस्पतालमा आउने महिलाले महिलासँगै मात्रै आफ्नो समस्या सुनाउने रहेछन्। ‘म आएको दुई महिना हुन लाग्यो। दिदीबहिनीहरू मसँग समेत आफ्नो समस्या सुनाउन अप्ठेरो मान्नुहुन्छ। पुरुषको त झनै नजरमै पर्न चाहनुहुन्न।’ यसरी नै धेरै महिलाले रोग पालेको हुनसक्ने उनको अनुमान छ।

दुई महिनाको बीचमा डा. साह आएदेखि दुईजना महिलाको सफल शल्यक्रिया भइसकेको छ। ‘म आएदेखि दुई जनाको शल्यक्रिया सफल भयो। एक जनाको अर्को साता गर्ने तयारी छ’, उनले भनिन्।

डा. साह गाउँघरमा चेतनाको अभावमा महिलाले रोग पालेका बताउाछिन्। ‘जिल्ला अस्पतालमा आउने ८० प्रतिशत महिलाले आफ्नो समस्या कसैलाई नसुनाएका देखियो। आफ्नो समस्या कसैलाई सुनाउँदा बेइज्जत हुने डरले कसैलाई नभन्ने रहेछन्। आजभोलि भने महिला स्वास्थ्यकर्मीसँग खुल्ने भएका छन्।’

डा. साह बझाङ आएपछि भने बिरामीहरूले केही आशा पलाएको छ। आफ्नो समस्या सुन्ने र समाधान गरिदिने भन्दै बिरामी महिलाहरू तथा उहाँहरुका आफन्तहरूले प्रशंसा गर्ने गरेको अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. धिरज विशङ्खले बताए। उनले भने, ‘महिलाको  शल्यक्रिया निकै जटिल प्रकृतिको भए पनि अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीको टोलीले सफल पारेको छ।’

उनका अनुसार जिल्लामा नै पाठेघर र मूत्रथैलीको शल्यक्रिया पहिलोपटक भएको हो। जुनसुकै शल्यक्रियाका लागि अन्यत्र सिफारिस गर्नुपर्ने अवस्था रहेको जिल्ला अस्पतालमा अब शल्यक्रिया सेवा प्राप्त हुन बझाङबासीकै लागि खुसीको कुरा भएको उनले बताए।

डा. विशङ्खका अनुसार जिल्लामा यसअगाडि महिला विशेषज्ञ डाक्टर आए पनि पाठेघरसम्बन्धी शल्यक्रिया हुन सकेको थिएन। डा. साह आइसकेपछि भने दुईवटाको शल्यक्रिया भइसकेको उनले बताए। रासस
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ११ सेकेन्ड अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस