झापा बिर्तामोडस्थित बिएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले स्वास्थ्य बिमा कार्यक्रम मार्फत नेपाल सरकारबाट आफुले ४५ करोड बढी रकम भुक्तानी नपाएको दाबी गरेका छन्।
उनले कयौँ पटक ताकेता गर्दा पनि सरकारबाट यो रकम भुक्तानी नपाएपछि बिएण्डसीले यस अघिको बिमा कार्यक्रम स्थगित गरी प्रभु इन्स्योरेन्ससँगको सहकार्यमा मेरो बिएण्डसी, मेरो जीवन साथी स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको बताए।
विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर सञ्चालन र नयाँ स्वास्थ्य बिमा सम्बन्धी अन्तरक्रियाका क्रममा आइतबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा बोल्दै प्रसाईँले बाँच्न पाउने नागरिकको अधिकारप्रति सरकार सचेत नभएको दोषारोपण गरे।
सरकारी अस्पताल र सरकारी सेवा प्राप्त गरेका स्वास्थ्य संस्थाको हविगत सोचेभन्दा धेरै असजिलो रहेको उनको दाबी थियो। उनले बिएण्डसी टिचिङ हस्पिटलबाट मेडिकल पढाई सुरु गर्न नपाएकोमा पनि दुखेसो पोखे।
बिएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका जनसम्पर्क प्रमुख प्रमिस गिरीका अनुसार ‘मेरो बिएण्डसी, मेरो जीवन साथी, प्रभु इन्स्योरेन्ससंग स्वास्थ्य कार्यक्रमका लागि प्रति सदस्यता शुल्क ६ हजार रुपैयाँ निर्धारण भएको छ। यो रकम तिरेर स्वास्थ्य बिमाको सदस्यता बनेकाहरूले बिएण्डसीको स्वास्थ्य सेवामा ५० हजार रुपैयाँ बीमाङ्क प्राप्त गर्नेछन्। एक सदस्यता अन्तर्गत ४ जना भन्दा बढी सदस्य आबद्ध हुनुपर्ने भएमा एक घरका सदस्य आबद्धता शुल्क बापत प्रतिव्यक्ति १ हजार ७ सय ५० रुपैंया थप गर्नुपर्ने हुन्छ। तर कूल बीमाङ्क रकम भने ५० हजार रुपैयाँ मात्र हुने भएको छ। सदस्यता लिएको एक बर्ष सम्म पनि स्वास्थ्य बिमा कार्यक्रम दाबी नगरेको खण्डमा प्रिमियम रकममा १० हजार रुपैयाँ थप गरी परिवारको एक सदस्यले होलबढी चेकको सुविधा पाउने भएका छन्।
फुङलिङले क्यान्सर रोगीका लागि जनही ५० हजार विनियोजन गर्ने
ताप्लेजुङको फुङलिङ नगरपालिकाले आफ्नो पालिका क्षेत्रमा रहेका क्यान्सर रोगीहरूको तथ्याङ्क निकालेको भन्दै अब ती रोगीको उपचारका लागि जनही ५० हजार रुपैयाँका दरले रकम विनियोजन गर्ने घोषणा गरेको छ।
फुङलिङ नगरप्रमुख अमिर मादेनले नगरपालिका क्षेत्रमा २८ जना क्यान्सर रोगी रहेको तथ्याङ्क आफूहरूसँग रहेको भन्दै उनीहरूको उपचारका लागि जनही ५० हजार रुपैयाँका दरले रकम विनियोजन गर्ने घोषणा गरे। स्थानीय सरकारबाट गरिएको यो सहयोग पनि क्यान्सर रोगीका लागि ठुलो सहयोग हुने उनको विश्वास थियो।
विपन्न नागरिकलाई सहुलियत दिन जिसस प्रमुखको माग
जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाले पहाडी र दुर्गम क्षेत्रका विपन्न र उपचारका लागि पैसै तिर्न नसक्ने परिवारका सदस्यलाई उपचार शुल्क मिनाहा गर्ने व्यवस्थाका लागि बिएण्डसी सहितका अस्पतालसँग माग गरेका छन्।
उनले उपचारको अभावमा कसैले पनि ज्यान गुमाउनुपर्ने अवस्था नआओस् भन्नका लागि निजी अस्पतालहरूले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने बताए। उनले यसका लागि सिफारिस गर्ने प्रभावकारी र बलियो संयन्त्र बनाउनुपरे आफुहरु तयार रहेको समेत बताए।