४४ लाख खोप खेर जाने अवस्थामा
१३ माघ २०७९
•
४ मिनेट पाठ
४४ लाख खोप खेर जाने अवस्थामा
दातृ निकायहरूले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरानाविरुद्धको ४४ लाख डोज खोप प्रयोग नहुँदा खेर जाने अवस्थामा पुगेको छ। दाताबाट प्राप्त खोपलाई समयमै सदुपयोग गर्नेतर्फ सरकारी तहबाट पहल नहुँदा यस्तो अवस्था आएको हो। दाताले दिएको लाखौं डोज खोप म्याद गुज्रिने अवस्थामा पुग्न लागेको स्वास्थ्य सेवा विभागले जनाएको छ।  




विभागका अनुसार पाँचदेखि ११ वर्ष उमेरसम्मका बालबालिकाका लागि भनेर आएको खोपको पनि म्याद गुज्रिसकेको छ। गत सेप्टेम्बरदेखि अक्टोबरसम्म म्याद रहेका खोप यही जनवरी अन्त्यसम्म प्रयोग गर्न सकिने भन्दै विभागले केही समयअघि स्थानीय तहमा पठाएको थियो। ती खोप जनवरी महिनाभरिमा प्रयोग गर्न सकिने सल्लाहकार समितिको सिफारिसपछि विभागले स्थानीय तहमा पठाएको हो।  

विभागको परिवार कल्याण महाशाखा प्रमुख डा. विवेकलाल दासले पाँचदेखि ११ वर्ष उमेरसम्मका बालबालिकाका लागि प्रदेशमा ८७ हजार र स्थानीय तहमा तीन लाख डोज पठाइएको बताए। उनले भने, ‘म्याद गुज्रेका ती खोप यही जनवरी महिनाभित्र लगाउँदा केही असर पर्दैन भन्ने विश्वास दिलाउन नसक्दा खपत हुन नसकेको अवस्था छ।’

स्थानीय तहले बालबालिकालाई खोप लगाउन प्रेरित नगर्दा यस्तो अवस्था आएको उनको तर्क छ। डा. दासका अनुसार खोपको पहिलो डोज ९१ प्रतिशत र दोस्रो डोज ८० प्रतिशत बालबालिकाले लिएका छन्। साढे चार वर्षमा हिँड्दै गरेका बालबालिका ६ महिनापछि पाँच वर्ष पुग्ने भन्दै स्थानीय तहले तिनका लागि पनि माग गरेका कारण सोहीअनुसार खोप पठाइएको विभागका एक अधिकारीले बताए।  

चीनबाट अनुदानमा आएको ४० लाख डोज भेरोसेल खोप खपत हुन नसक्दा टेकुस्थित स्वास्थ्य सेवा विभागको भण्डार कक्षमा थन्किएको छ। चीनले दिएको ४० लाख डोज खोपको म्याद सकिन केही महिना मात्रै बाँकी छ। भेरोसेल खोपको प्रभावकारितामाथि प्रश्न उठेपछि यो खोप खपत हुन सकेको छैन। ‘फाइजर र अन्य खोप लगाउने धेरै भएकाले भेरोसेल खपत गर्न कठिन भएको हो’, विभागको खोप शाखाका डा. सञ्जय महासेठले भने, ‘प्रयोग नभएको भेरोसेल खोप फिर्ता पठाउने कि भन्ने सोचमा पनि छौं।’

खोप खपत नभएर नष्ट गर्नुपर्ने अवस्था आउन सक्छ। विभागको आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख सुरेश चौरासियाले त्यस्तो अवस्था आए निकै सावधानी अपनाउनुपर्ने बताए। उनले भने, ‘खोप नष्ट गर्दा त्यसले माटो, वनस्पति र मानव स्वास्थ्यमा असर गर्छ। त्यसैले आवश्यक कार्यविधि बनाएर नष्ट गर्ने सोच पनि विभागले बनाएको छ।’

स्थानीय तहमा समन्वय नहुँदा सबैको पहुँचमा खोप पु¥याउन समस्या भएको हो। ‘दातृ निकायले नेपाललाई प्राथमिकतामा राखेर दिएको खोप खपत नहुँदा राम्रो सन्देश जाँदैन,’ डा. दासले भने।

कतै खोप नपाएर लगाउन नपाएको गुनासो छ भने कतै खोप भएर पनि लगाउने मानिस नहुँदा प्रयोगमा आउन सकेको छैन। जस्तो १ भाइल खोपमा ६ मात्रा हुन्छ अर्थात् ६ जनालाई दिन मिल्छ। भाइल खोलेपछि प्रयोग गरिहाल्नुपर्छ। तर भाइल खोलेपछि लगाउने एकजना मात्र भए बाँकी मात्रा खेर जान्छ। खोप भण्डारबाट झिकेको १० साताभित्र लगाइसक्नुपर्छ।

१५ लाख बुस्टर डोज आउँदै

पछिल्लोपटक छिमेकी देश चीन र भारतमा कोरोना भाइरस संक्रमण फैलिएपछि सरकारले गाभीसँग खोपको अतिरिक्त मात्रा (बुस्टर डोज) माग गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अतिरिक्त खोपका लागि १५ लाख मात्रा खोप उपलब्ध गराउन गाभी (भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स) लाई पुस २८ गते औपचारिक पत्र पठाएको हो। पत्रअनुसार गाभीले माघ तेस्रो साताभित्र १५ लाख मात्रा खोप उपलब्ध गराउने जानकारी गराएको स्वास्थ्य सेवा विभागका अधिकारीले बताए।

‘अतिरिक्त खोपका लागि १५ लाख मात्राले नपुग्ने भएकाले थप १५ लाख मात्रा उपलब्ध गराउन पनि हामीले गाभीलाई पत्र पठाएको छौं’, विभागको खोप शाखाका डा. सञ्जय महासेठले भने। गाभीले कोभ्याक्स सुविधामार्फत नेपाललाई बुस्टर डोजका लागि फाइजरको बाइभ्यालेन्ट खोप पठाउने भएको छ।  

पछिल्लोपटक भारत र चीनमा कोरोनाको बिएफ सात नामक प्रजातिको नयाँ भेरियन्टको संक्रमण फैलिन थालेपछि स्वास्थ्य मन्त्रालयले बुस्टर खोप लगाउन सबैलाई आग्रह गरेको छ। तर बुष्टर डोज खोप लगाउन पनि आकर्षण देखिएको छैन।

पछिल्लो समय विकसित कोरोनाको नयाँ भेरियन्टबाट जोगिन स्थानीय तह र प्रदेशबाट पनि खोपको माग धेरै भएकाले त्यसैअनुसार सरकारले दातृ निकायलाई उपलब्ध गराउन भनेको महासेठले बताए।  

कोभिडविरुद्धको खोप पूर्ण मात्रा लिएको तीन महिनापछि अतिरिक्त मात्रा लिनुपर्ने प्रावधान छ। अरिरिक्त मात्रा नलिएकाहरूमा कोभिडको संक्रमण देखिए शरीरमा एन्टिबडीको कमीले गर्दा जटिलता देखिन सक्ने चिकित्सक बताउँछन्। नेपालमा कुल जनसंख्याको २७.३१ प्रतिशत अर्थात् ७९ लाख ७२ हजार ७ सय ९१ जनाले खोपको अत्तिरिक्त मात्रा लगाएका छन्।
अर्को समाचार
प्रदेश १ मा ४ सय ८५ संक्रमित थपिए, १ सय १३ जना डिस्चार्ज
२३ असोज २०७७
•
२ मिनेट पाठ
प्रदेश १ मा ४ सय ८५ संक्रमित थपिए, १ सय १३ जना डिस्चार्ज
मोरङमा २ सय ३० जनासहित कोराना भाइरसका ४ सय ८५ जना संक्रमित शुक्रबार प्रदेश १ मा थपिएका छन्। प्रदेशमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको छ। प्रदेशका सुनसरीमा १ सय ४३, झापामा ३३, इलाममा १०, धनकुटामा ७, संखुवासभामा ६, उदयपुरमा ५, भोजपुर र ताप्लेजुङमा ४–४, खोटाङमा २, तेह्रथुम र ओखलढुंगामा १–१ र प्रदेश १ बाहिरका ३९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  




मन्त्रालयका अनुसार विराटनगरमा १ सय ५२ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ५१ महिला र १ सय १ पुरुष छन्। मोरङको सुन्दहरैँचामा ४ महिला १४ पुरुष, जहदामा ३ महिला ११ पुरुष, बुढीगंगामा ६ महिला ७ पुरुष, कानेपोखरीमा २ महिला ७ पुरुष, ग्रामथानमा १ महिला ६ पुरुष, कटहरीमा ३ महिला ३ पुरुष, रतुवामाईमा १ महिला २ पुरुष, पथरीशनिश्चरे र उर्लाबारीमा २–२ पुरुष, बेलबारीमा १ महिला १ पुरुष, लेटाङमा १ महिला र स्थानीय तह नखुलेका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।  

त्यस्तै, सुनसरीको धरानमा २७ महिला ३३ पुरुष, इटहरीमा २४ महिला ३५ पुरुष, इनरुवामा २ महिला ४ पुरुष, हरिनगरमा ३ पुरुष, गढी, दुहबी र बर्जुमा २–२ पुरुष, बराहक्षेत्रमा १ महिला १ पुरुष, देवानगञ्जमा २ महिला, भोक्राहा नरसिंहमा १ पुरुष र स्थानीय तह नखुलेका ४ पुरुष, झापाको भद्रपुरमा १ महिला १४ पुरुष, मेचीनगरमा ४ महिला ३ पुरुष, दमक र विर्तामोडमा ४–४ पुरुष, गौरीगञ्ज, कनकाई र स्थानीय तह नखुलेका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।  

त्यसैगरी, इलामको इलाम नगरपालिकामा ७ पुरुष, सूर्योदय, चुलाचुली र स्थानीय तह नखुलेका १–१ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा १ महिला ५ पुरुष, महालक्ष्मीमा १ पुरुष, संखुवासभाको सभापोखरीमा २ पुरुष, खाँदबारीमा १ पुरुष, चैनपुरमा १ महिला र स्थानीय तह नखुलेका २ पुरुष, उदयपुरको त्रियुगामा २ पुरुष, कटारीमा १ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, भोजपुरको भोजपुर र आमचोकमा १–१ पुरुष, टेम्केमैयुङमा १ महिला र स्थानीय तह नखुलेका १ पुरुष, ताप्लेजुङमा १ महिला ३ पुरुष, खोटाङको दिक्तेलरूपाकोट मझुवागढी र स्थानीय तह नखुलेका १–१ पुरुष, तेह्रथुमको लालीगुराँसमा १ पुरुष, ओखलढुंगाको चिशंखुगढीमा १ पुरुष र प्रदेश १ बाहिरका ११ महिला २८ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ३ सय ४१ पुगेको छ।  

प्रदेशमा १ सय १३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुने सबै होम आइसोलेसनका रहेका छन्। हालसम्म ४ हजार ७ सय ७४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

प्रदेशमा शुक्रबार २ हजार ४ सय ४३ जनाको पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये १ सय ४९ महिला ३ सय ३६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। हालसम्म १ लाख ३४ हजार ७ सय ७३ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १६ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस