यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जुम्ला बाट २ हजार २ सय ५५ जना विद्यार्थी सहभागी हुने भएका छन्।
शिक्षा विकास तथा समन्वय इकाइ जुम्ला का निमित्त इकाइ प्रमुख खेमराज पन्तका अनुसार सहभागीमध्ये २ हजार १ सय ३३ जना नियमिततर्फ र १ सय २२ जना ग्रेडवृद्धितर्फका रहेका छन्।
गत वर्षको तुलनामा यस वर्ष परीक्षार्थी संख्या ४ सय २६ ले घटेको छ। अघिल्लो वर्ष २ हजार ६ सय ८१ जना विद्यार्थी सहभागी भएका थिए। पछिल्ला चार वर्षको तथ्यांक हेर्दा जुम्लामा एसईई परीक्षार्थी संख्या घट्दो क्रममा रहेको देखिन्छ। २०७९ मा २ हजार ८ सय ७७ रहेको संख्या २०८० मा २ हजार ५ सय ५७ मा झरेको थियो भने २०८१ मा २ हजार ६ सय ८१ पुगेपछि पुनः घटेर यस वर्ष २ हजार २ सय ५५ मा सीमित भएको छ।
इकाइका अनुसार बसाइँसराइ, विद्यालय उमेर समूहको जनसंख्या घट्नु तथा बीचमै पढाइ छोड्ने प्रवृत्ति परीक्षार्थी घट्नुका मुख्य कारण हुन्। यद्यपि प्राविधिक धार र खुला विद्यालयतर्फको सहभागिता भने सकारात्मक देखिएको छ।
यस वर्ष जुम्लामा १४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। चन्दननाथ मावि खलंगामा १ सय ३३, कर्णाली मावि अनामनगरमा २ सय ९, जनता मावि महतगाउँमा १ सय ६१ र रत्नचुण्डेश्वर मावि बोहोरा गाउँमा १ सय ७८ विद्यार्थी परीक्षा दिनेछन्।
त्यस्तै सत्यवादी मावि दशौंदीमा १ सय ४०, ऋणमोक्ष मावि डिल्लीचौरमा १ सय ९२, दुर्गा मावि लाम्रामा १ सय ४५ र हिमशिखर मावि तातोपानीमा १ सय ५७ विद्यार्थी सहभागी हुनेछन्।
सरस्वती मावि कुडारीमा १ सय ४६, सीता मावि रारालिहीमा १ सय ५७, राहादेव मावि मोफ्लामा १ सय ४३, कालिका मावि तलिकुडुमा १ सय ५५, भैरव मावि नराकोटमा १ सय ७२ तथा कनकासुन्दरी मावि लुड्कुमा १ सय ६७ विद्यार्थी परीक्षा दिनेछन्।
प्राविधिक धारतर्फ १ सय ३० जना विद्यार्थी जनता मावि महतगाउँ, सरस्वती मावि कुडारी र नेत्र ज्योति मावि ओदीबाट सहभागी हुनेछन् भने खुला विद्यालयतर्फ चन्दननाथ माविबाट १७ जना विद्यार्थी परीक्षा दिनेछन्।
यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने तालिका सार्वजनिक गरिएको छ।