विद्यार्थीको स्वास्थ्यप्रति संवेदनशील हुँदै बाँके जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयले प्राथमिक उपचार कक्ष स्थापना गर्ने अभ्यास सुरु गरेका छन्। यस कार्यको अगुवा बनेको छ, नेपालगन्ज– १८ स्थित सगरमाथा इङलिस बोर्डिङ माध्यमिक स्कुल। यस स्कुलले २०७४ सालमै बाँके जिल्लामा पहिलोपटक यस्तो कक्ष सञ्चालन गरेर नयाँ पहलकदमी थालेको हो।
अहिले यस्तो अभ्यास सगरमाथामा मात्र सीमित छैन, अन्य सामुदायिक तथा संस्थागत विद्यालयसम्म पुगेको छ। सगरमाथा इङलिस बोर्डिङ माध्यमिक स्कुलका संस्थापक कृष्ण जिसीका अनुसार विद्यालयमा अध्ययनरत बालबालिकालाई ससाना चोटपटक, चक्कर, टाउको दुखाइजस्ता सामान्य स्वास्थ्य समस्या परेमा तत्काल राहत दिन सकियोस् भन्ने उद्देश्यले प्राथमिक उपचार कक्ष स्थापना गरिएको हो। ‘शिक्षा मात्र होइन, विद्यार्थीको स्वास्थ्य पनि हाम्रो प्राथमिकताको विषय हो’, जिसीले भने, ‘२०७४ सालमा जब हामीले यो सुरु ग¥यौं, धेरैले यसलाई विशेष आवश्यकता नै मानेनन्। तर अहिले धेरै विद्यालयले त्यसको आवश्यकता महसुस गर्न थालेका छन्।’
विद्यालयहरूमा अब ‘फस्ट एड बक्स’ मात्र होइन, थर्मोमिटर, रक्तचाप नाप्ने यन्त्र, पट्टी, आवश्यक औषधि र स्यानिटाइजरसहितको उपचार सामग्री उपलब्ध हुन थालेको छ। ‘सगरमाथा स्कुलको अभ्यास देखेर हामीले पनि बालमैत्री र स्वास्थ्यमैत्री विद्यालयको अवधारणाअनुसार कक्ष स्थापना गरेका छौं। अब स्वास्थ्य समस्या परे तत्काल सहयोग दिन सकिन्छ’, नेपालगन्जस्थित एक सामुदायिक विद्यालयका प्रधानाध्यापक बताउँछन्।
प्राथमिक उपचार कक्षले अभिभावकमा समेत विश्वास र ढुक्कको वातावरण बनाएको छ। अभिभावक प्रेमा गौतम भन्छिन्, ‘पहिले बच्चा बिरामी भए तुरुन्त काम छाडेर जानुपथ्र्याे, अब सामान्य अवस्था विद्यालयमै सम्हालिने भएको छ। विद्यालयका अनुसार अब विद्यालयले स्वास्थ्य, पोषण र सरसफाइसम्बन्धी सचेतनामूलक गतिविधिसमेत प्राथमिकतामा राखेको छ।
स्वास्थ्यसम्बन्धी मापदण्ड र नगरले दिएको अधिकार र नर्सिङको क्षेत्राधिकारअनुसार विद्यार्थी र शिक्षक, शिक्षिका, विद्यालय कर्मचारीको उपचार सेवा सञ्चालन हुँदै आएको विद्यालयकी नर्स आस्था जिसीले जानकारी दिइन्। उनका अनुसार आफूले उपचार गर्न पाउने जति प्राथमिक उपचार विद्यालयमा गर्ने र त्यसभन्दा थप उपचारका लागि अन्य अस्पतालमा लिने गरिएको छ। विद्यालयमै प्राथमिक उपचार भएपछि विद्यार्थीको स्वास्थ्यमा विद्यालय गम्भीर भएको देखिन्छ। मौसमी रुघाखोकी, ज्वरोलगायतका समस्या र लु लाग्ने बेला उक्त प्राथमिक उपचार कक्षको महŒव अझ बढी देखिन्छ।
स्वास्थ्यसँग सम्बन्धित संरचना र कार्यक्रम हुँदा विद्यालयमा सरसफाइ, व्यक्तिगत स्वच्छता र समग्र अनुशासनमा सुधार देखिने संस्थापक डिसीको विश्वास छ। ‘स्वास्थ्यसँग सम्बन्धित संरचना र कार्यक्रम हुँदा विद्यालयमा सरसफाइ, व्यक्तिगत स्वच्छता र समग्र अनुशासनमा सुधार देखिन्छ’, उनी भन्छन्, ‘विद्यालयमा उपचार कक्ष हुनु मात्र होइन, त्यससँगै स्वास्थ्य, सरसफाइ र पोषणसम्बन्धी सचेतना कार्यक्रमसमेत सञ्चालन हुने भएकाले विद्यार्थी स्वास्थ्यप्रति जिम्मेवार बन्छन्।’
विद्यार्थी बिरामी भएमा अभिभावकले तत्काल स्कुलमा आएर लिनुपर्ने बाध्यता हट्ने हुँदा उनीहरू पनि ढुक्क हुन्छन् र यसले विद्यालयप्रतिको विश्वास बढाउने उनको भनाइ छ।
सामान्य स्वास्थ्य समस्या हुँदा उपचारका लागि घर वा अस्पताल जानु नपर्ने हुँदा विद्यार्थी सिकाइमा अवरोध नहुने र कक्षा छुट्ने सम्भावना घट्ने विद्यालयको भनाइ छ। विद्यालयमा नै ससाना चोटपटक, टाउको दुखाइ, चक्कर, लु लाग्ने, रुघाखोकी, सामान्य ज्वरोजस्ता समस्या भएमा तुरुन्तै उपचार पाउने व्यवस्था हुँदा विद्यार्थीको अवस्था जटिल बन्ने सम्भावना कम हुने अभिभावक बताउँछन्।
आठ सय बढीको स्वास्थ्य बिमा
नेपालगन्ज उपमहानगरपालिका– १८, कारकाँदोमा अवस्थित सगरमाथा इङलिस बोर्डिङ माध्यमिक स्कुलले विद्यार्थी तथा शिक्षकशिक्षिकालाई लक्षित गर्दै एक महŒवपूर्ण सामाजिक सुरक्षात्मक कदम चालेको छ। विद्यालयले झन्डै आठ सयभन्दा बढी विद्यार्थी र सम्पूर्ण शिक्षक स्टाफका लागि दुर्घटना बिमा योजना सुरु गरेको हो।
यसअनुसार दुर्घटनामा परेमा एक लाख रूपैयाँसम्मको बिमा सुविधा उपलब्ध हुनेछ। विद्यालय प्रशासनका अनुसार यो योजना लागु भइसकेको छ। विद्यालयका संस्थापक कृष्ण जिसीले भने, ‘हाम्रो उद्देश्य मात्र पठनपाठनमा सीमित होइन, विद्यार्थी र शिक्षकको समग्र सुरक्षामा पनि केन्द्रित छौं। आकस्मिक दुर्घटनामा स्वास्थ्योपचारको खर्च ठूलो हुन सक्छ भन्ने सोचेर हामीले बिमाको व्यवस्था गरेका हौं।’
बिमा योजनाले अभिभावकलाई समेत आश्वस्त बनाएको छ। अभिभावक भन्छन्, ‘अहिलेका दिनमा कुनै पनि दुर्घटना भयावह हुन सक्छ। यस्तो बिमा हुँदा मनमा ढुक्क हुन्छ कि उपचारमा ढिलो हुने छैन।’
विद्यालयमा अध्ययनरत विद्यार्थीले पनि यसलाई सकारात्मक रूपमा लिएका छन्। कक्षा ८ की छात्रा स्वस्तिका गौतम भन्छिन्, ‘हामी खेलकुद, परेडजस्ता क्रियाकलापमा संलग्न हुन्छौं। चोटपटक लाग्न सक्छ, तर बिमा भएकाले अब हामी नडराई खुलारूपमा भाग लिन सक्छौं।’
सामान्यतः निजी विद्यालयहरूले शिक्षण गतिविधिमा मात्र ध्यान दिने परिपाटीबिच सगरमाथा इङलिस बोर्डिङ माध्यमिक स्कुलको यस्तो कदम अनुकरणीय बन्न पुगेको छ। स्वास्थ्य सुरक्षालाई शिक्षासँग जोडेर अघि बढ्नु नेपालगन्जका अन्य विद्यालयका लागि पनि उदाहरण हुन सक्ने स्थानीय शिक्षा अधिकृतको भनाइ छ।
सगरमाथा इङलिस बोर्डिङ माध्यमिक स्कुलको यो सामाजिक उत्तरदायित्वयुक्त कदमले विद्यार्थी, शिक्षक र अभिभावक सबैमा विश्वास र सुरक्षाको भावना थप बलियो बनाएको छ। सँगसँगै, विद्यालयहरू केवल शिक्षण संस्थान मात्र नभई समाजप्रति उत्तरदायी निकाय पनि हुनुपर्छ भन्ने सन्देश पनि दिएको छ।