विकेन्द्रीकरण माग गर्दै शिक्षक र विद्यार्थी आन्दोलनमा, १३ दिनदेखि पठनपाठन ठप्प
०५ साउन २०८२
•
३ मिनेट पाठ
विकेन्द्रीकरण माग गर्दै शिक्षक र विद्यार्थी आन्दोलनमा, १३ दिनदेखि पठनपाठन ठप्प
इञ्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत सबै आङ्सिक क्याम्पसका कक्षा, प्रयोगशाला तथा शैक्षिक गतिविधिहरू ठप्प भएको १३ दिन बितिसकेको छ । विसं २०८० साउन १ गते स्थगित गरिएको विकेन्द्रीकरण तथा स्वायत्तता पुनःलागू गर्नुपर्ने माग राख्दै विद्यार्थी र शिक्षक एकैसाथ आन्दोलनमा उत्रिएका छन् ।




त्रिभुवन विश्वविद्यालयमार्फत विसं २०५५ मा इञ्जिनियरिङ अध्ययन संस्थानलाई प्रदान गरिएको विकेन्द्रीकरण तथा स्वायत्तता साउन १ गतेको सिनेट बैठकबाट स्थगन गरिएको थियो । सो निर्णयको विरोधमा शिक्षाको गुणस्तर र संस्थाको गरिमा जोगाउने उद्देश्यका साथ शिक्षक तथा विद्यार्थीहरू आन्दोलनरत रहेको आन्दोलनरत पक्षले बताएका छन् ।

इञ्जिनियरिङ अध्ययन संस्थानमा लागू भएको विकेन्द्रीकरण पुनः लागू गरिनुपर्ने माग गर्दै प्राध्यापक सङ्घ पुलचोक क्याम्पसका कोषाध्यक्ष वीरेन्द्रकुमार श्रेष्ठ भन्छन्, “हाम्रो धेरै ठूलो माग छैन । विसं २०५५ देखि लागू भएको विकेन्द्रीकरण पुनः लागू भए पठनपाठन तुरुन्त सुरू गर्छौँ । स्वायत्तता नभए इन्जिनियरिङ क्याम्पसमा शिक्षाको गुणस्तर र गरिमा जोगाउन सकिँदैन । त्यसैले क्याम्पसको गरिमा र विद्यार्थीको भविष्यको ख्याल गर्दै हामी आन्दोलनमा छौँ ।”

विकेन्द्रीकरण स्थगनसँगै इन्जिनियरिङ अध्ययन संस्थानको गरिमा घट्ने खतरा रहेको र अन्य आङ्सिक क्याम्पस जस्तै स्थितिमा पुग्ने सम्भावना रहेको पुलचोक क्याम्पसका स्ववियु कोषाध्यक्ष अल्वर्ट ढकाल बताए। उनले भने, “इञ्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता त्रिभुवन विश्वविद्यालयले खोसेपछि परीक्षा ढिलो हुन्छ, नतिजा ढिलो प्रकाशित हुन्छ । हामी इञ्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूको भविष्यमा खेलवाड हुने सम्भावना बढेकाले स्वायत्तता पूर्णरूपमा लागू गरिनुपर्छ भन्ने मागसहित आन्दोलनमा छौँ ।”

विसं २०८० साउन १ गतेको सिनेट बैठकले विकेन्द्रीकरण स्थगन गर्दै एउटा बुँदामा समिति गठन गरी पुनःस्वायत्तता लागू गर्न सकिने उल्लेख गरेको दुई वर्ष बित्दासमेत कुनै समिति गठन नभएको पुलचोक इञ्जिनियरिङ क्याम्पसका सहप्राध्यापक अजयकुमार झाको भनाइ छ । उनले भने, “स्वायत्तता स्थगन गरेर क्याम्पसको सम्पूर्ण प्रशासनिक कार्यहरू अव्यवस्थित बनाइएको छ । सिनेटको बैठकले विकेन्द्रीकरण पारित गर्ने बेलामा आयोग बनाएर पुनःस्थापना गर्न सकिने उल्लेख गरेको थियो । सोहीअनुसार आयोग गठन होस् र हाम्रो समस्याको समाधान त्यही आयोगले गरोस् भन्ने हाम्रो माग हो ।”

विकेन्द्रीकरण तथा स्वायत्तता पुनःलागू गर्नुपर्ने माग राख्दै त्रिभुवन विश्वविद्यालयअन्तर्गत इञ्जिनियरिङ अध्ययन संस्थानका पुलचोक इञ्जिनियरिङ क्याम्पस ९ललितपुर०, थापाथली इञ्जिनियरिङ क्याम्पस, पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पस, पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस र चितवन इञ्जिनियरिङ क्याम्पसका विद्यार्थी र शिक्षकहरू आन्दोलनमा छन्।

असार १९ गतेदेखि ध्यानाकर्षण पत्र बुझाउने तथा साङ्केतिक आन्दोलन गर्दै आएका शिक्षक–विद्यार्थीहरूले माग पूरा नभएपछि असार २५ गतेदेखि पूर्णरूपमा पठनपाठन बन्द गरेका हुन् । पुलचोक क्याम्पसका सहप्राध्यापक अजयकुमार झाले भन्नुभयो, “हाम्रो माग धेरै ठूलो छैन, विसं २०५५ मा लागू भएको स्वायत्तता पुनः लागू गरिदिए पठनपाठन तुरुन्त सुरू हुन्छ ।”
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
यो पनि पढौँ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस