गणितप्रतिको ‘भ्रम’ हटाउन राष्ट्रिय सम्मेलन सुरू
२८ जेष्ठ २०७९
•
४ मिनेट पाठ
गणितप्रतिको ‘भ्रम’ हटाउन राष्ट्रिय सम्मेलन सुरू
इलाममा आयोजित राष्ट्रिय गणित सम्मेलनमा सहभागी। तस्बिरः भीम/नागरिक
विद्यालय र उच्च शिक्षामा गणित विषयप्रतिको ‘हाउगुजी’ समाधान गर्ने उद्देश्यले सदरमुकाममा राष्ट्रिय गणित सम्मेलन सुरु भएको छ। राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा कहलिएका गणितविज्ञसमेतको सहमागितामा तीनदिने सम्मेलन सुरु भएको हो।  




सम्मेलनमा देशभित्र र बाहिरका गणितविज्ञ, प्राध्यापक, शिक्षकलगायत डेढ सयभन्दा बढीको सहभागिता छ। सम्मेलनमा विज्ञका ७६ कार्यपत्र प्रस्तुत हुने आयोजक नेपाल गणित समाजका उपाध्यक्ष डा.श्रीराम खड्काले जानकारी दिए। उनले गणित विषयमा अध्ययनरत, अध्यापनरत र अनुसन्धानरतबीच एकैथलोमा बहस हुने बताए। ‘गणित विषयमा अनुसन्धानात्मक विचार, विमर्श र बहस गर्न सम्मेलन आयोजना गरिएको हो,’ उनले भने, ‘गणितमार्फत् समाजमा कसरी योगदान गर्न सकिन्छ भन्ने निष्कर्ष यो सम्मेलनले निकाल्ने छ।’  

उनले विद्यालय र विश्वविद्यालयमा गणितका विद्यार्थी किन कम हुँदैछन् र परीक्षामा पनि किन गणित विषयमै सबैभन्दा धेरै विद्यार्थी फेल हुँदैछन् भन्नेबारे छलफल गर्ने, गणित जटिल विषय हो भन्ने समाजको भ्रम निवारण गर्ने र यो विषय समाजको अभिन्न अंग हो भन्ने पुष्टि गर्ने प्रयासमा सम्मेलन आयोजना गरिएको बताए।  

विशेषगरी माध्यमिक तहमा गणित विषयको पठनपाठन प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे सम्मेलनमा छलफल गरिँदै छ। गणितलाई जटिल विषयका रूपमा लिनुमा नीति निर्माता, शिक्षक, विषयविज्ञ, पाठ्यक्रम निर्माताकै दोष रहेको डा.खड्काको भनाइ छ। ‘गणितको एकीकृत पाठ्यक्रम बन्नुपर्छ, अहिलेको माध्यमिक तहको गणित अनुसन्धानमा आधारित छैन, पाठ्यक्रमअनुसार पाठ्यपुस्तक छैनन्,’ उनले भने, ‘शिक्षकलाई पाठ्यक्रमअनुसार तालिमप्राप्त बनाइएको छैन, त्यसैले यो विषय जटिल पो हो कि जस्तो देखाइएको छ। सम्मेलनमा यो विषयमा व्यापक बहस हुनेछ।’  

उनले गणित विषयबारे छलफल गर्न यो सम्मेलन सातौं पटक आयोजना गरिएको बताए। यो सम्मेलनमा २१ प्रशिक्षक रहेको उनले जानकारी दिए। सम्मेलनमा अमेरिकाका विभिन्न विश्वविद्यालयमा अध्यापनरत सात प्राध्यापक सहभागी छन्। बाँकी प्रशिक्षकहरू नेपालकै विभिन्न विश्वविद्यालयमा अध्यापनरत र विद्यावारिधि गरिरहेका व्यक्ति छन्।  

‘गणित विषयको विकास र प्रभावकारी अध्ययन–अध्यापनमा सम्मेलनले देशकै लागि महŒवपूर्ण सहयोग गर्नेछ,’ डा.खड्काले भने, ‘गणितलाई सहज, सरल र उपयोगी कसरी बनाउने भन्नेबारे निष्कर्ष निकालिने छ।’

समाजले यही जेठ १४ देखि १८ सम्म गणित विषयको अनलाईन गोष्ठी तथा २६, २७ र २८ गते कक्षा ११ र १२ को गणित विषयको क्षमता अभिवृद्धिका लागि कार्यशालासमेत सम्पन्न गरेको थियो। कार्याशाला सहभागीले गरेको प्रस्तुतिका आधारमा प्रतियोगितासमेत आयोजना गरिएको छ। त्यसमा पोखरा विश्वविद्यालयका प्रेम गुरुङ पहिलो भइ नगद १० हजार रुपैयाँ हात पारे। भक्तपुरकी सर्मिला श्रेष्ठ र विराटनगरका रामनाथ पण्डितले दोस्रो स्थान पाए।  

एसोसिएसन अफ् नेप्लिज म्याथम्याटिक्स इन अमेरिकाका अध्यक्ष तथा अमेरिकाको जर्जियास्थित मर्सर युनिभर्सिटीका सहप्राध्यापक केदार नेपालले एसोसिएसनले १२ वर्षदेखि गणित विषयमा विभिन्न गतिविधि गरिरहेको बताए। उनले केही वर्षअघिसम्म गणितको अवस्था दयनीय भएपनि विश्वव्यापी रूपमा अहिले सुधार आउन थालेको बताए। ‘विश्वविद्यालय, प्राध्यापक, अनुसन्धानधातालगायतको तहमा चाहिँ गणितप्रतिको बुझाइ र उपयोगमा सुधार आउन थालेको छ,’ उनले भने, ‘तर, विद्यालय, विश्वविद्यालय तहमा यो विषयमा विद्यार्थी घट्नेक्रम देखिन्छ।’  

एसोसिएसनले गणित विषय अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्तिको पनि घोषणा गरेको छ। स्नातक अध्ययन गर्ने विद्यार्थीलाई ५० हजार रुपैयाँसम्मको छात्रवृत्ति प्रदान गर्ने अध्यक्ष नेपालले घोषणा गरे। ‘सन् २०२३ मा पहिलो पटक ७ विद्यार्थीलाई यो छात्रवृत्ति दिइने छ,’ उनले भने, ‘त्यसपछि विद्यार्थीको संख्या थप्दै प्रतिवर्ष सय जनासम्मलाई जनही ५० हजार रुपैयाँको छात्रवृत्ति दिइने छ।’  

सम्मेलनमा सहभागी भक्तपुरकी शिक्षिका सर्मिला श्रेष्ठले विद्यार्थीलाई गणित विषयको अध्यापन गर्न सम्मेलन र कार्यशाला उपलब्धिमूलक भएको बताइन्। उनले कार्यशालाबाट आफूहरूमा उत्प्रेरणा मिलेको पनि बताइन्। ‘अहिले गणित विषयको पाठ्यक्रम छिटो–छिटो परिवर्तन भएकाले शिक्षकलाई समेत समस्या छ,’ उनले भनिन्, ‘सम्मेलनले विशेषगरी कक्षा ११ र १२ को गणित विषयलाई प्राथमिकता दिएकाले अब हामीमा विषयप्रतिको धारणा स्पष्ट बनाउन र विद्यार्थीलाई बुझाउन पनि सजिलो भएको छ।’ उनले गणित व्यक्तिको व्यावहारिक जीवनमा हरक्षण प्रयोगमा आउने भएकाले यो निकै महŒवपूर्ण विषय भएको बताइन्।  

सम्मेलन उद्घाटन गर्दै १ नम्बर प्रदेशका स्वास्थ्यमन्त्री जयराम यादवले प्रदेशका सबै जिल्लामा गुणस्तरीय शिक्षा आवश्यक रहेको बताए। ‘यहाँ आयोजित सम्मेलनले गणित विषयको अध्ययन र अध्यापनलाई थप प्रभावकारी बनाउने छ भन्ने विश्वास छ,’ उनले भने, ‘शिक्षा गुणस्तरीय नभएसम्म कुनैपनि क्षेत्रको विकास सम्भव छैन।’
अर्को समाचार
गणितप्रतिको ‘भ्रम’ हटाउन राष्ट्रिय सम्मेलन सुरु
२९ जेष्ठ २०७९
•
४ मिनेट पाठ
गणितप्रतिको ‘भ्रम’ हटाउन राष्ट्रिय सम्मेलन सुरु
विद्यालय र उच्च शिक्षामा गणित विषयप्रतिको ‘हाउगुजी’ समाधान गर्ने उद्देश्यले सदरमुकाममा राष्ट्रिय गणित सम्मेलन सुरु भएको छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा कहलिएका गणितविज्ञ समेतको सहभागितामा तिन दिने सम्मेलन सुरु भएको हो।




सम्मेलनमा देशभित्र र बाहिरका गणितविज्ञ, प्राध्यापक, शिक्षक लगायत डेढ सयभन्दा बढीको सहभागिता छ। सम्मेलनमा विज्ञका ७६ कार्यपत्र प्रस्तुत हुने आयोजक नेपाल गणित समाजका उपाध्यक्ष डा. श्रीराम खड्काले जानकारी दिए। उनले गणित विषयमा अध्ययनरत, अध्यापनरत र अनुसन्धानरतबीच एकै थलोमा बहस हुने बताए। ‘गणित विषयमा अनुसन्धानात्मक विचार, विमर्श र बहस गर्न सम्मेलन आयोजना गरिएको हो,’ उनले भने, ‘गणितमार्फत समाजमा कसरी योगदान गर्न सकिन्छ भन्ने निष्कर्ष यो सम्मेलनले निकाल्नेछ।’

उनले विद्यालय र विश्वविद्यालयमा गणितका विद्यार्थी किन कम हुँदै छन् र परीक्षामा पनि किन गणित विषयमै सबैभन्दा धेरै विद्यार्थी फेल हुँदै छन् भन्नेबारे छलफल गर्ने, गणित जटिल विषय हो भन्ने समाजको भ्रम निवारण गर्ने र यो विषय समाजको अभिन्न अंग हो भन्ने पुष्टि गर्ने प्रयासमा सम्मेलन आयोजना गरिएको बताए। विशेष गरी माध्यमिक तहमा गणित विषयको पठनपाठन प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे सम्मेलनमा छलफल गरिँदै छ।

गणितलाई जटिल विषयका रूपमा लिनुमा नीति निर्माता, शिक्षक, विषयविज्ञ, पाठ्यक्रम निर्माताकै दोष रहेको डा. खड्काको भनाइ छ। ‘गणितको एकीकृत पाठ्यक्रम बन्नुपर्छ, अहिलेको माध्यमिक तहको गणित अनुसन्धानमा आधारित छैन, पाठ्यक्र पाठ्यपुस्तक छैनन्,’ उनले भने, ‘शिक्षकलाई पाठ्यक्रम अनुसार तालिमप्राप्त बनाइएको छैन, त्यसैले यो विषय जटिल पो हो कि जस्तो देखाइएको छ। सम्मेलनमा यो विषयमा व्यापक बहस हुनेछ।’

उनले गणित विषयबारे छलफल गर्न यो सम्मेलन सातौं पटक आयोजना गरिएको बताए। यो सम्मेलनमा २१ प्रशिक्षक रहेको उनले जानकारी दिए। सम्मेलनमा अमेरिकाका विभिन्न विश्वविद्यालयमा अध्यापनरत सात प्राध्यापक सहभागी छन्। बाँकी प्रशिक्षकहरू नेपालकै विभिन्न विश्वविद्यालयमा अध्यापनरत र विद्यावारिधि गरिरहेका व्यक्ति हुन्। ‘गणित विषयको विकास र प्रभावकारी अध्ययन–अध्यापनमा सम्मेलनले देशकै लागि महत्त्वपूर्ण सहयोग गर्नेछ,’ डा. खड्काले भने, ‘गणितलाई सहज, सरल र उपयोगी कसरी बनाउने भन्नेबारे निष्कर्ष निकालिनेछ।’

समाजले यही जेठ १४ देखि १८ सम्म गणित विषयको अनलाइन गोष्ठी तथा २६, २७ र २८ गते कक्षा ११ र १२ को गणित विषयको क्षमता अभिवृद्धिका लागि कार्यशाला समेत सम्पन्न गरेको थियो। कार्यशालामा सहभागीले गरेको प्रस्तुतिका आधारमा प्रतियोगिता समेत आयोजना गरिएको छ। त्यसमा पोखरा विश्वविद्यालयका प्रेम गुरुङले पहिलो भई नगद १० हजार रूपैयाँ हात पारे। भक्तपुरकी सर्मिला श्रेष्ठ र विराटनगरका रामनाथ पण्डितले दोस्रो स्थान पाए।

‘एसोसिएसन अफ नेप्लिज म्याथम्याटिक्स इन अमेरिका’का अध्यक्ष तथा अमेरिकाको जर्जियास्थित मर्सर युनिभर्सिटीका सहप्राध्यापक केदार नेपालले एसोसिएसनले १२ वर्षदेखि गणित विषयमा विभिन्न गतिविधि गरिरहेको बताए। उनले केही वर्षअघिसम्म गणितको अवस्था दयनीय भए पनि विश्वव्यापी रूपमा अहिले सुधार आउन थालेको बताए। ‘विश्वविद्यालय, प्राध्यापक, अनुसन्धाता लगायतको तहमा चाहिँ गणितप्रतिको बुझाइ र उपयोगमा सुधार आउन थालेको छ,’ उनले भने, ‘तर विद्यालय, विश्वविद्यालय तहमा यो विषयमा विद्यार्थी घट्ने क्रम देखिन्छ।’

एसोसिएसनले गणित विषय अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्तिको पनि घोषणा गरेको छ। स्नातक अध्ययन गर्ने विद्यार्थीलाई ५० हजार रूपैयाँसम्मको छात्रवृत्ति प्रदान गर्ने अध्यक्ष नेपालले घोषणा गरे। ‘सन् २०२३ मा पहिलो पटक ७ विद्यार्थीलाई यो छात्रवृत्ति दिइनेछ,’ उनले भने, ‘त्यसपछि विद्यार्थीको संख्या थप्दै प्रतिवर्ष सय जनासम्मलाई जनही ५० हजार रूपैयाँको छात्रवृत्ति दिइने छ।’

सम्मेलनमा सहभागी भक्तपुरकी शिक्षिका सर्मिला श्रेष्ठले विद्यार्थीलाई गणित विषयको अध्यापन गर्न सम्मेलन र कार्यशाला उपलब्धिमूलक भएको बताइन्। उनले कार्यशालाबाट आफूहरूमा उत्प्रेरणा मिलेको पनि बताइन्। ‘अहिले गणित विषयको पाठ्यक्रम छिटोछिटो परिवर्तन भएकाले शिक्षकलाई समेत समस्या छ,’ उनले भनिन्, ‘सम्मेलनले विशेषगरी कक्षा ११ र १२ को गणित विषयलाई प्राथमिकता दिएकाले अब हामीमा विषयप्रतिको धारणा स्पष्ट बनाउन र विद्यार्थीलाई बुझाउन पनि सजिलो भएको छ।’

उनले गणित व्यक्तिको व्यावहारिक जीवनमा हरक्षण प्रयोगमा आउने भएकाले यो निकै महत्त्वपूर्ण विषय भएको बताइन्। सम्मेलन उद्घै प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले प्रदेशका सबै जिल्लामा गुणस्तरीय शिक्षा आवश्यक रहेको बताए। ‘यहाँ आयोजित सम्मेलनले गणित विषयको अध्ययन र अध्यापनलाई थप प्रभावकारी बनाउने छ भन्ने विश्वास छ,’ उनले भने, ‘शिक्षा गुणस्तरीय नभएसम्म कुनै पनि क्षेत्रको विकास सम्भव छैन।’  
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस