पछिल्लो समय गर्मी अत्यधिक बढेपछि यहाँका पालिकाले विद्यालय बन्द गरेका छन्। नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले शुक्रबारदेखि पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।
सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरु बन्द हुने छन्। गर्मीका कारण पठन पाठनमा प्रभाव परेपछि आउँदो सोमबारअर्थात जेठ ३१ गतेसम्म मंगलबारसम्म नेपालगन्ज उपमहानगरपालिकाका भित्रका विद्यालय बन्द हुने नेपालगन्ज उपमहानगरपालिकाका गोर्खबहादुर थापाले जनाए। ‘पछिल्लो समय अत्यधिक गर्मी छ,’ उनले भने, ‘यस्तो गर्मीमा पठन पाठन गर्न सक्ने अवस्था छैन। त्यसैले मंगलबारसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।’
नेपालगन्जलगायत बाँकेका अन्य पालिकामा गर्मी बढ्दै गएको छ। केही दिन भए पनि विद्यालय बन्द गर्ने निर्णय सकारात्मक भएको सामुदायिक विद्यालयहरुले जनाएका छन्। जिल्लाका अधिकांश विद्यालय जस्तापाताले निर्माण गरिएको छ। जस्तापाता तातिँदा शिक्षण सिकाइ क्रियाकलापमा प्रत्यक्ष प्रभाव परेको छ। नेपालगन्जको तापक्रम केही दिनयता ४० डिग्री सेल्सियस पुगेको छ। गर्मीले अनुहारमा घमौरा आउने, ज्वरोलगायतका समस्या देखा पर्न थालेका छन्। बढ्दो तापक्रमका कारण विद्यार्थीलाई विद्यालय आउजाउमा समस्या भएको छ। गर्मीमा तुलनात्मकरुपमा बालबालिकालाई बढी असर गर्ने हुँदा सजगताका लागि विद्यालय बन्द गर्नु परेको नेपालगन्ज उपमहानगरपालिकाले विज्ञप्तिमार्फत जनाएको छ।
जिल्लाका अन्य पालिकाले पनि हरेक वर्ष गर्मी समयमा विद्यालय बन्द गर्छन्। अन्य पालिकाका एक÷दुई दिनमै विद्यालय बन्द गर्ने बताएका छन्। गणेश माध्यमिक विद्यालय ढकेरीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनबहादुर ओलीले जनाए। ‘टिनको छानो अति गर्मी हुन्छ,’ उनले भने, ‘कक्षा कोठा बाहिर सम्भवनै हुँदैन। भित्र टिन तातिएर बस्न दिँदैन।’ अन्य बिदासँग मिलाएर केही दिन अझै बिदा दिनुपर्ने उनी बताउँछन्।