राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ताप्लेजुङका ३९ विद्यालय छनोट भएका छन्। यस कार्यक्रम अन्तर्गत भवन निर्माण र आईसीटी ल्याब स्थापना गर्नका लागि जिल्लाका उक्त संख्यामा विभिन्न विद्यालय छनोट भएका हुन्। कार्यक्रमका लागि ताप्लेजुङमा सबैभन्दा बढी फुङलिङ नगरपालिकाका ९ वटा विद्यालय छनोट भएका छन्।
जसमा युवावर्ष माध्यमिक विद्यालयमा ४ कोठे भवन, शान्ति आधारभूत विद्यालय, बगरबारी आधारभूत विद्यालय, याङ्लिजुङ आधारभूत विद्यालय र फुङ्लिङ आधारभूत विद्यालयमा २ कोठे भवन निर्माणका लागि छनोट भएका छन्। यस्तै जनता माध्यमिक विद्यालय, मयाम माध्यमिक विद्यालय र बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा आईसीटी तथा भानुजन माध्यमिक विद्यालय ल्याव स्थापना गर्न छनोटमा परेका छन्।
त्यस्तै सिदिङ्वा गाउँपालिकामा २ वटा विद्यालय छनोट भएका छन्। सो पालिकामा इन्द्रावती आधारभूत विद्यालय साब्लाखुमा ४ कोठे भवन र आँगेपा आधारभूत विद्यालय आँखोपमा २ कोठे भवन निर्माण योजना परेको छ। सिरिजङ्गा गाउँपालिकामा सुदाप आधारभूत विद्यालयमा २ कोठे भवन, दुर्गा माध्यमिक विद्यालयमा ४ कोठे भवन तथा सिनाम माध्यमिक विद्यालय र कञ्चनजंघा माध्यमिक विद्यालय आईसीटीका लागि छनोट भएका छन्।
आठराई त्रिवेणी गाउँपालिकामा सरस्वती माध्यमिक विद्यालय फुलबारी र जलकन्या आधारभूत विद्यालयलाई ४–४ कोठे भवन, आम्बोटे आधारभूत विद्यालय, जनकल्याण आधारभूत विद्यालय र गुप्तेश्वर माध्यमिक विद्यालयलाई आईसीटी योजना परेको छ। त्यस्तै मैवाखोला गाउँपालिकामा महेन्द्र माध्यमिक विद्यालयलाई ४ कोठे तथा जनकल्याण माध्यमिक विद्यालयलाई २ कोठे भवन रहेको छ भने पाटीडाँडा माध्यमिक विद्यालय र नारायणी माध्यमिक विद्यालयलाई आईसीटी योजना रहेको छ।
यसैगरी पाथीभरा याङ्वरक गाउँपालिकामा थेचम्बु माध्यमिक विद्यालयलाई ४ कोठे र त्रिभुवन आधारभूत विद्यालयलाई दुई कोठे भवन योजना परेको छ। बाँकी चाक्सिबोटे माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालय र सिद्धकुमारी आधारभूत विद्यालय आईसीटी योजनाका लागि छनोट भएका छन्। फक्ताङ्लुङ गाउँपालिकामा दुईवटा विद्यालय छनोटमा परेका छन्, जसमा सिँवा माध्यमिक विद्यालयमा ४ कोठे भवन तथा सुनदेवी माध्यमिक विद्यालयमा आईसीटी योजना रहेको छ।
मेरिङ्देन गाउँपालिकामा सिंहकाली माध्यमिक विद्यालय, सुर्के माध्यमिक विद्यालय र जालपा आधारभूत विद्यालयलाई ४ कोठे भवन तथा त्रिभुवन माध्यमिक विद्यालयमा आईसीटी र पृथ्वी माध्यमिक विद्यालयमा ल्याब योजना परेको छ। मिक्वाखोला गाउँपालिकामा भने बाल्देन माध्यमिक विद्यालयमा चार कोठे र ओझागाउँ आधारभूत विद्यालयमा २ कोठे भवन निर्माणका लागि छनोट भएका छन्।
त्यस्तै पञ्चेश्वरी माध्यमिक विद्यालय आईसीटीका लागि छनोटमा परेको छ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट भएका विद्यालयलाई ४ कोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख रुपैयाँ, २ कोठे भवनलाई १८ लाख, आइसिटी ल्याब व्यवस्थापनका लागि ६ लाख ५० हजार र ल्याब व्यवस्थापनका लागि प्रतिविद्यालय १० लाख रुपैयाँ सरकारले अनुदान उपलब्ध गराउने छ।