नमुना विद्यालयमा चरम बेथिति
१९ माघ २०७८
•
५ मिनेट पाठ
नमुना विद्यालयमा चरम बेथिति
गान्धी आदर्श नमुना माध्यमिक विद्यालय।
तीन वर्षअघि वाग्मती प्रदेश सरकारले शैक्षिक गुणस्तरमा नमुना विद्यालय बनाउने घोषणा गरेको काठमाडौंको गान्धी आदर्श नमुना माध्यमिक विद्यालयमा चरम बेथिति देखिएको छ।




यो विद्यालयमा देखिएको चरम बेथितिबारे केन्द्र र प्रदेश र स्थानीय सरकारसहित सरोकारवाला बेखबर देखिएका छन्। कागेश्वरी मनोहरा–९ मा रहेको यस विद्यालयमा कार्यरत शिक्षकले सोह्र महिनादेखि पारिश्रमिकको समस्या झेल्दै आएका छन्।

नमुना विद्यालयको गुरुयोजनासम्बन्धी कार्यक्रमसमेत ठप्प अवस्थामा छ। जसले गर्दा प्रदेश सरकारले छुट्याएको यस आर्थिक वर्षको बजेटसमेत फ्रिज हुने अवस्थामा पुगेको छ। गत वर्ष भने बजेट फ्रिज नै भएको थियो।

विद्यालय व्यवस्थापन समिति र प्रधानअध्यापकले मानवअधिकार र श्रम ऐन उल्लंघन हुनेगरी कोभिड महामारीका बेला बिनापारिश्रमिक काममा लगाएको विरोधमा शिक्षकले गत भदौदेखि आन्दोलन गर्दै आएका छन्। निजी स्रोतबाट तलब बेहोरिने बिहानी सत्रका कक्षा ११ र १२ सँग सम्बन्धित करिब डेढ दर्जन शिक्षक तथा कर्मचारी तथा आधारभूत र निमावि तहका करिब एक दर्जन शिक्षक तथा कर्मचारीले डेढ महिना धर्नासहित आन्दोलन गरेपछि गत दसैंमा कतिपयले ९ महिना र कतिपयले आठ महिनाको तलब प्राप्त गरेका थिए।

त्यससँगै गत कात्तिकमै आन्दोलनकारी शिक्षक तथा व्यवस्थापन समितिका तर्फबाट अध्यक्ष राधेश्याम खड्का र निमित्त प्रधानअध्यापक छत्रबहादुर कटुवालबीच कार्यविधि निर्माण गरेर शिक्षकको पेसागत सुरक्षाको सुनिश्चितता हुनेगरी समस्या समाधान गर्ने र तलब पनि नियमित रुपमा भुक्तानी गर्ने सहमति भएको थियो। तर समस्या अझै उस्तै छ।

आन्दोलनरत शिक्षकले माग सम्बोधन नगरी एकलौटी रुपमा कार्यविधि निर्माण गरेर एक दशकभन्दा बढी समयदेखि ११ र १२ कक्षामा कार्यरत करार सेवाका शिक्षकलाई हटाउन खोजेको आरोप लगाउँदै आएका छन्।

उनीहरूले ६ महिना बितिसक्दा पनि माग पूरा गर्न व्यवस्थापन समिति र निमित्त प्रधानअध्यापक कटुवाल असफल भएको आरोप लगाउँदै आफ्ना मागबारे विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरू, स्थानीय सरकार तथा स्थानीय राजनीतिक दलहरूलाई ध्यानाकर्षण गर्ने तयारी गरेका छन्।

विद्यालय व्यबस्थापन समितिका अध्यक्ष खड्काले केही दिनमै विनियमावली बनाएर तलब निकासा गर्न लागेको बताए। ‘लामो समयदेखि शिक्षकले तलब पाउनुभएको छैन, यो सत्य हो। कसैले लुकाउने कुरा छैन। जब विद्यालयमा राजनीति छिर्‍यो त्यसपछि शिक्षकले तलब पाएनन्। दसैंमा ७५ लाख निकासा गरेर केही महिनाको तलब बाँडियो। अब विनियमावली बनाएर मात्रै निकासा हुन्छ’, खड्काले भने, ‘यसपछि म राजनीति पूरै निषेध गर्छु।’

उता कागेश्वरी नगरपालिकाका मेयर कृष्णहरि थापाले खड्काको आफ्नै निजी स्कुल रहेको र गान्धी स्कुललाई डुबाउन खोजेको आरोप लगाए। उनले स्कुलभित्र कांग्रेसले राजनीति गरिरहेको आरोपसमेत लगाए। निमित्त प्रधानअध्यापक कटुवालले यो विषयमा आफू केही पनि नबोल्ने बताए। ‘समस्याहरू छन् तर सुल्झाउने कोसिस पनि हुँदैछ त्यसकारण अहिले नै केही बताउने अवस्था छैन, यो विषय बाहिर कसरी आयो बरु त्यो मलाई बताउनुस्’, उनले भने। शिक्षकको पारिश्रमिक उपलब्ध गराउन ढिलाइ भएको उनले पनि स्वीकार गरे। के कारणले विद्यालयमा आन्दोलन भएको हो भन्ने बारेमा उनले खुलाउन चाहेनन्।

आन्दोलनकारी शिक्षकद्वारा गठित संघर्ष समितिका संयोजक विनोद सिलवालले तलब नदिएकै कारण आन्दोलन गर्नुपरेको बताए। ‘करिब आठ महिनादेखि तलब पाएका छैनौं। कृषि पढाउने साथीहरूले त दुई वर्षदेखि नै तलब पाउनु भएको छ। यो पूरै अन्याय भयो’, सिलवालले भने। मेयर, वडाध्यक्ष, हेडमास्टर, विद्यालय व्यवस्थापन समितिकै कारण तलब रोकिएको सिलवालले बताए। ‘हामी त पढाउने मात्रै परियो। यहाँ पूरै राजनीति रहेछ। सरोकारवाला पक्ष नै राजनीति गर्न लागेपछि यसो नगरौं भन्ने हाम्रो धारणा छ’, शिक्षक सिलवालले भने।

विवादले गुरुयोजना अलपत्र

काठमाडौं–२ कै पुरानो र धेरै विद्यार्थी अध्ययन गर्ने विद्यालयमा कक्षा १० सम्म करिब १६ सय तथा कक्षा ११ र १२ मा साढे ७ सय विद्यार्थीसहित करिब २४ सय विद्यार्थी अध्ययनरत छन्। काठमाडौंभित्र धेरै विद्यार्थी अध्ययन गर्ने औसत गुणस्तरको विद्यालय भएकाले तीन वर्षअघि गान्धी मावि वाग्मती प्रदेशका १३ जिल्लाका २० विद्यालयसँगै नमुना विद्यालयका रुपमा छनोट भएको थियो।

प्रदेश सरकारले नमुना विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि ४० लाख निकासा गरिसके पनि कागेश्वरी मनोहरा नगरपालिकाले विद्यालय व्यवस्थापन समितिलाई सहयोग नगर्दा विद्यालयले अहिलेसम्म भवनसमेत निर्माण गर्न सकेको छैन। नमुना विद्यालय छनोट गरेपछि भवनसमेत निर्माण नभएको विषयमा बेखबर रहेको वाग्मती प्रदेश सरकारले गत २० पुसमा नमुना विद्यालयको तेस्रो वर्षको गुरुयोजनाको प्रगति विवरण मागेर पत्र पठाएको छ।

शिक्षा निर्देशनालयले लेखेको पत्रमा भनिएको छ, ‘विगत दुई वर्षको अनुभवको आधारमा विद्यालयले प्रस्ताव गरेको नमुना विद्यालय विकास योजनासम्बन्धी कार्यक्रम गर्न बाँकी छ/छैन? सो विषयलाई स्थानीय तहको समन्वयमा यकिन गरी तेस्रो वर्ष अर्थात् २०७८/७९ मा शिक्षण सिकाइलाई सुदृढ गर्न नगरी नहुने कार्यक्रमको पुनः प्राथमिकीकरण गरी यथाशक्य चाँडो यस निर्देशनालयमा पेस गर्नुहोला।

विद्यालयले प्राथमिकीकरण गर्ने कार्यको परिमार्जन गर्दा शिक्षण सिकाइको बढोत्तरीमा पुग्ने सहयोगको पुष्ट्याइँसहित तपसिलको प्रस्ताव पेस गर्नुहुन अनुरोध छ।’ जसमा तेस्रो वर्षका लागि प्रस्ताव भएका कार्यक्रम, प्राथमिकीकरण गरिएका कार्यक्रम, शिक्षण सिकाइमा पुग्ने सहयोग, कार्यक्रमको लागत अनुमान, कार्यक्रम सञ्चालन गर्ने समय अवधि माग गरिएको छ।

प्रदेश सरकारले नमुना विद्यालय घोषणा गरे पनि स्थानीय सरकारले असहयोग गरेका कारण कार्यक्रम समयमै सम्पन्न गर्न नसकिएको र गुरुयोजना अलपत्र परेको विद्यालय व्यवस्थापन समितिको आरोप छ। व्यवस्थापन समितिका अध्यक्ष खड्काले नगरपालिकाका मेयर कृष्णहरि थापाले राजनीतीकरण गरेका कारण गुरुयोजना अलपत्र परेको आरोप लगाए। ‘हरेक कुरामा राजनीति भयो, करोडौं पैसा आउने भएपछि मेयरका मान्छेहरूको भर्ती केन्द्र बनाउने र विद्यालयलाई राजनीतिको थलो बनाउने प्रयास भयो।

त्यो विषयलाई मैले प्रवेश दिइनँ’, खड्काले भने। राजनीतिक भर्ती केन्द्र रोक्न पहल गरेपछि मेयर थापाले नै नमुना स्कूलको बजेट रोकेको अध्यक्ष खड्काको दाबी छ। उनका अनुसार मेयर थापाकै कारण गत वर्षको ३ करोड बजेट फ्रिज भएको थियो।

मेयर थापाले भने स्कुलको बजेट रोक्नुपर्ने कुनै कारण नै नभएको बताए। नगर शिक्षा समितिको अध्यक्षसमेत रहेका थापाले शिक्षकको पारिश्रमिक समस्या नगरपालिकाको कार्यक्षेत्रभित्र नपर्ने दाबीसमेत गरे।
अर्को समाचार
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
२२ घण्टा अघि
•
३ मिनेट पाठ
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।




सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।

गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।

सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।

सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।

‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’

पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।

यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।

गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।

यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।

त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए। 

सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’

सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।

अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।

सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।

त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।

यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।

कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
यो पनि पढौँ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस