विराटनगरस्थित नोबेल मेडिकल शिक्षण अस्पतालका विद्यार्थीहरुलाई कक्षा प्रवेशमा रोक लगाएपछि आन्दोलन थालेका छन्।
नोबेलको एमबिबिएस प्रथम सेमिस्टरका विद्यार्थीले अतिरिक्त शुल्क नबुझाएकाले कक्षा प्रवेशमा रोक लगाएको आरोप विद्यार्थीहरुले लागएका छन्। विद्यार्थीहरुलाई नोबेलले अतिरिक्त शुल्क बुझाउन दबाब दिँदै कक्षा प्रवेश गर्न रोक लगाएको छ। मेडिकल कलेजले मागेको अतिरिक्त शुल्क नबुझाउने ७० जना विद्यार्थीलाई बुधबारदेखि कक्षा कोठामा प्रवेश गर्न रोक लगाइएको हो। चिकित्सा शिक्षा आयोगले ताकेको भन्दा बढी शुल्क नलिन काठमाडौं विश्वविद्यालले समेत कलेजमा पत्रचार गरी पनि त्यसको बेवास्ता गर्दै जबरजस्ती शुल्क उठान लागेको विद्यार्थीहरुले बताए।
कलेजले तोकेको अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीहरूलाई कक्षा कोठा प्रवेशमा रोक लगाउँदै अतिरिक्त शुल्क केही नेपाली र धेरै भारतीय विद्यार्थीलाई मात्रै कक्षा कोठामा राखेर पठन–पाठन गराइरहेको विद्यार्थीहरूले बताए। उनीहरुले करिब ७० जना जतिले कलेजले मागेको शुल्क नबुझाउने विद्यार्थीलाई मेन गेटमा रोकेर जान दिएका छैनन्। एमबिबिएस पहिलो वर्षको १४ लाख ७८ हजार ६ सय ७५ रुपैयाँ बुझाएका विद्यार्थीबाट काठमाडौं विश्वविद्यालय सम्बन्धन शुल्क वापतको रकम र होस्टेल शुल्क वापतको रकम बुझाउन दबाब दिइएको छ। जसका कारण विद्यार्थी पढाइबाट बञ्चित भए।
नोबेलमा १ सय जनामध्ये २७ जनाले मात्रै सबै शुल्क बुझाएका छन्। गत हप्ता जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको समन्वयमा अभिभावक र कलेज प्रशासनबीच इन्टर्नसीप वापतको रकम नलिइने सहमति भएको थियो। त्यस क्रममा गत आइतबारदेखि कक्षा सञ्चालन गरेर पढाइ सुरुवात गर्न प्रमुख जिल्ला अधिकारी दाहालले निर्देशन दिए। निर्देशन अनुसार तीन दिनसम्म कक्षामा बस्न पाएका विद्यार्थीलाई बुधबार आधा दिनपछि कक्षाबाटै निकालेर ढोका बन्द गरिएको छ। आफ्ना माग राख्दै आएका विद्यार्थी कक्षा कोठामा पस्न नपाउन भनेर कलेज ब्लगबाट कक्षा सारेर अस्पताल ब्लगको माथिल्लो तलामा पुर्याइएको छ। यतिमात्रै हैन विद्यार्थीलाई कक्षा कोठामा प्रवेश गर्न नदिन चेनगेटमा सुरक्षागार्ड राखेर ताला लगाइएको छ।
चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७÷०७८ का लागि निर्धारण गरेको शुल्क बाहेक ४ लाख ८२ हजार रुपैयाँ बुझाउन दबाब दिँदै आएको छ। चिकित्सा शिक्षा आयोगले एमबिबिएस अध्ययनका लागि शिक्षण शुल्क वापत जम्मा ४४ लाख ३६ हजार २५ रुपैयाँ तोकेको छ। शिक्षण शुल्कभित्र विश्वविद्यालय सम्बन्धन शुल्क, सामाजिक तालिम शुल्क, इन्टनसीप शुल्क, प्रयोगशाला परीक्षण शुल्क, भर्ना शुल्क, परीक्षा तथा अतिरिक्त क्रियाकलाप शुल्कसमेत समावेश हुन्छ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले गैह कानुनी शुल्क लिन खोजे कानुनी बमोजिम कारबाही हुने बताए।