छात्रालाई विद्यालय शिक्षामा आकर्षण बढाउन जिल्लाका स्थानीय तहहरूले साइकल वितरण गरेका छन्। बाँकेको राप्ती सोनारी गाउँपालिका, नरैनापुर गाउँपालिका र जानकी गाउँपालिकाले यस्तो कार्यक्रम सञ्चालन गरेका हुन्।
राप्ती सोनारी थारू समुदायको बाहुल्य रहेको गाउँपालिका हो। यस्तै नरैनापुर र जानकी गाउँपालिका मधेसी समुदायको उल्लेख्य बसोबास रहेका गाउँपालिका मानिन्छन्। घरदेखि विद्यालयको दूरी टाढा हुँदा छात्राले बीचमै पढाइ छाड्ने अवस्था देखिएपछि साइकल वितरण कार्यक्रम सुरु गरिएको सम्बन्धित गाउँपालिकाले जनाएका छन्।
राप्ती सोनारी गाउँपालिकाले कक्षा ११ र १२ मा अध्ययन गर्ने छात्रालाई आइतबारबाट साइकल वितरण सुरु गरेको छ। ‘शिक्षालाई गाउँपालिकाले प्राथमिकता दिन साइकलको वितरण हुनुपर्ने पनि हामीले महसुस ग¥यौं, विद्यालयका कक्षामा सुरुमा छात्राको संख्या धेरै हुन्छ। जब कक्षा बढ्दै जाान्छ, तब छात्राको संख्या घट्दै जान्छ,’ गाउँपालिका अध्यक्ष लाहुराम थारूले भने, ‘शिक्षामा अझै राम्रो सहज होस् भनेर गाउँपालिकाले साइकल वितरण कार्यक्रम राखेको हो।’
सो गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ को बजेटबाट छात्रालाई साइकल वितरण कार्यक्रम सञ्चालन गरेको उनले बताए। ‘सुरुमा ७ सय साइकल खरिद गर्ने योजना हामीले बनायौं, हामीले यो कार्यक्रम सञ्चालन गर्न थालेपछि संख्या बढेर झन्डै १२ सय पुग्दैछ,’ अध्यक्ष थारूले भने। साइकल पाउने भएपछि विद्यालय छाडेका छात्रा पुनः विद्यालयमा फर्किने र टाढाबाट विद्यालय आवतजावत गर्ने अपेक्षा लिइएको उनी बताउँछन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीका अनुसार पहिलो चरणमा ७ सय ५० वटा साइकल वितरण गर्न करिब ६० लाख बजेट छुट्याइएको छ। ‘पहिलो चरणमा ७ सय ५० वटा साइकल वितरण गर्ने लक्ष्य छ, दोस्रो चरणसम्म १२ सय जति साइकल वितरण गरिनेछ,’ शाहीले भने। गाउँपालिकाले आइतबार पहिलो दिन मात्र नेरा माध्यमिक विद्यालय अगैया र सरस्वती माध्यमिक विद्यालय भवानियापुरमा अध्ययनरत १ सय ९० छात्रालाई साइकल हस्तान्तरण गरिसकेको जनाएको छ।
जिल्लाकै नरैनापुर गाउँपालिकाले पनि विद्यालयमा आकर्षण गर्न छात्रालाई साइकल वितरण गरेको छ। गाउँपालिकाले केही दिनअघि मात्र कक्षा ६ देखि १२ सम्मका छात्रालाई साइकल हस्तान्तरण गरेको हो। मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत छात्रालाई विद्यालयतर्फ आकर्षण गर्ने उद्देश्यले उनीहरूलाई निःशुल्क साइकल हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले बताए। उनका अनुसार गाउँपालिकाभित्र रहेका तीनवटा माध्यामिक र एउटा आधारभूत विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १२ सम्मका ५ सय २ जना छात्रालाई साइकल वितरण गरिएको हो। ‘साइकल वितरण भएपछि छात्रालाई घरबाट विद्यालय आवतजावत गर्नमा धेरै नै सहजता आएको छ,’ अध्यक्ष साहले भने। साइकल वितरणका लागि करिब ५० लाख बजेट छुट्याएको गाउँपालिकाले जनाएको छ।
त्यसैगरी जानकी गाउँपालिकाले पनि गरिब तथा विपन्न समुदायका छात्रालाई साइकल वितरण गरेको छ। गाउँपालिकाको आफ्नै बजेटबाट १ देखि ६ वडासम्मका करिब १५ जना गरिब तथा विपन्न परिवारका छात्रालाई साइकल दिइएको गाउँपालिका अध्यक्ष भूमिसरा धितालले जानकारी दिइन्। ‘गरिब तथा विपन्न समुदायका छोरीहरू शिक्षा पाउनबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले वितरण गरिएको हो,’ उनले भनिन्, ‘हामीले पनि धेरै छात्रालाई साइकल वितरण गर्ने सोच हुँदाहुँदै पनि बजेट अभावका कारण थोरैलाई मात्र दियौं।’
छात्रालाई विद्यालय शिक्षामा टिकाइ राख्न साइकल वितरण कार्यक्रम प्रभावकारी हुने सम्बद्ध सरोकारवाला बताउँछन्। ‘विद्यालय उमेरबाट नै छात्राले स्कुल छाड्ने गरेकाले गाउँपालिकाले ल्याएको यस्ता कार्यक्रम एकदमै उत्कृष्ट छन्,’ नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अगैयाका शिक्षक विकास शर्माले भने, ‘भौगोलिक हिसाबले धेरै टाढाबाट आउने छात्रालाई यसबाट धेरै राहत हुन्छ भने साइकल पाउने आशाले पनि पढाइमा छात्राको आकर्षण बढ्छ।’
आफ्नो विद्यालयका ३२ छात्राले गाउँपालिकाबाट साइकल प्राप्त गरेको शिक्षक शर्माले सुनाए। सरस्वती माध्यमिक विद्यालय भवानीपुरका छात्रा सुस्मिता चौधरी साइकल पाएपछि अब विद्यालय आउनजान धेरै सहज हुने बताउँछिन्। ‘गाउँपालिकाबाट साइकल पाउँदा एकदमै खुसी लागेको छ,’ उनले भनिन्, ‘अब हामीलाई विद्यालय जान धेरै सजिलो हुने भयो।’