विराटनगर स्थित नोवेल मेडिकल कलेजले नियम विपरित मनोमानी ढंगले शुल्क नलिन जिल्ला प्रशासन कार्यालय मोरङले निर्देशन दिएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङमा अतिरिक्त शुल्क असुलेको विषयमा त्रिपक्षीय छलफल पछि जिल्ला प्रशासन कार्यालय मोरङले नोवेल मेडिकल कलेजलाई अतिरिक्त शुल्क नलिन निर्देशन दिएको हो।
जिल्ला प्रशासन कार्यालय मोरङ, नोवेल मेडिकल कलेज र अभिभावकहरूवीच भएको छलफल भएको थियो। छलफलमा चिकित्सा शिक्षा आयोगले तोकेको बाहेक अन्य शुल्क लिन नपाउने निष्कर्ष निकालिए पनि नोवेल मेडिकल कलेजका प्रतिनिधिहरूले हस्ताक्षर नगरेको अभिभावकहरूले बताएका छन्। नोवेल मेडिकल कलेजका तर्फबाट छलफलमा वित्त प्रमुख अर्जुन थापा, प्रशासकीय अधिकृत दिपेश राई र नारायणप्रसाद दाहाल सहभागि भएका थिए।
‘नोवेल मेडिकल कलेजका प्रतिनिधि सहभागि भएपनि उहाँहरूले कलेजको तर्फबाट हस्ताक्षर गर्न अस्वीकार गर्नु भयो’, छलफलमा सहभागि एक अभिभावकले भने। नोवेल मेडिकल कलेजका प्रतिनिधिले अतिरिक्त शुल्क नलिने विषयको निर्णयमा हस्ताक्षर नगरेपनि जिल्ला प्रशासन कार्यालयले नोवेल मेडिकल कलेजलाई अतिरिक्त शुल्क नलिन पत्राचार गरेको मोरङका प्रमुख जिल्ला अधिकारी काँसिराज दाहालले जानकारी दिए। उनले चिकित्सा शिक्षा आयोगका पादधिकारीहरूले पनि तोकिएको बाहेकको शुल्क लिन नपाउने स्पष्ट पारिसकेकाले नोवेल मेडिकल कलेजले तोकिएको भन्दा बढी शुल्क लिन नपाउने दाहालले बताए। उनले भने‘ चिकित्सा शिक्षा अयोगले तोकेको बाहेक अतिरिक्त शुल्क नलिन नोवेल मेडिकल कलेजलाई निर्देशन दिएका छौं।’
यसैबीच चिकित्सा शिक्षा आयोगले पनि मंगलबार सूचना प्रकाशित गरी तोकिएको बाहेक कुनै पनि कलेजले अतिरिक्त शुल्क लिन नपाउने स्पष्ट पारेको छ। आयोगले प्रकाशित गरेको सूचना अनुसार चिकित्सा शिक्षा ऐन अनुसार तोकिएको शुल्क बाहेक अतिरिक्त शुल्क नलाग्ने जनाएको छ। यस्तै काउन्सिल रजिष्ट्रेशन शुल्कलगायतका शुल्क विद्यार्थी स्वयंले सम्बन्धित निकायमा बुझाउन सक्ने उल्लेख गरिएको छ।
यस्तै शिक्षण संस्थाको होस्टल, मेश जस्ता विषय विद्यार्थीको ऐच्छिक हुने, कानुनले अनिवार्य भनेका बाहेक अतिरिक्त शुल्क नलिन र लिएको पाइएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन दफा १४ को उपदफा १ आकर्षित हुने चिकित्सा शिक्षा आयोगले प्रकाशित गरेको सूचनामा उल्लेख छ। चिकित्सा शिक्षा अयोगले तोकेको ५ वर्षको कुल ४४ लाख ३६ हजार २५ रुपैयाँ मध्ये पहिलो वर्षको किस्ता बापत १४ लाख ७८ हजार ६ सय ७५ रुपैयाँ अभिभावकले कलेजलार्य तिरिसकेका छन्। तर पहिलो किस्ताका लागि तोकिएको रकम बाहेक नोवेल मेडिकल कलेजले इन्टर्नशिपको शुल्क २ लाख ४० हजार, विश्वविद्यालय सम्बन्धन शुल्क ९८ हजार, होस्टेल शुल्क प्रतिमहिना १२ हजार रुपैयाँका दरले एक वर्षको एकमुष्ट १ लाख ४४ हजार रुपैयाँ माग गरेको थियो।
नोवेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको बाहेक अतिरिक्त शुल्क मागेपछि अभिभावकले सम्बन्धित निकायमा गुनासो गरेका थिए। अभिभावकको गुनासो पछि जिल्ला प्रशासन कार्यालय मोरङले अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ भने चिकित्सा शिक्षा आयोगले पनि शुल्कका विषयमा मंगलबार सूचना प्रकाशित गरी स्पष्ट पारेको हो।