कम शुल्कमा अध्यापनका लागि विश्वविद्यालयको माग
३१ भदौ २०७८
•
२ मिनेट पाठ
कम शुल्कमा अध्यापनका लागि विश्वविद्यालयको माग
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले कम शुल्कमा भक्तपुरमै चिकित्सा शिक्षा प्रदान गर्न ख्वप विश्वविद्यालय स्थापना गर्न सरकारसँग स्वीकृतिको लागि माग गरिरहेको बताएकी छन्। निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) को दोस्रो भक्तपुर नगर अधिवेशन २०७८ को बिहीबार एक समारोहबीच उद्घाटन गर्दै उनले कम शुल्कमा जिल्लामै चिकित्सा शिक्षा प्रदान गर्न विश्वविद्यालय स्थापना गर्न सरकारसँग स्वीकृतिको लागि माग गरिरहेको प्रसंग उठाइन्।




कोभिडको कारण भौतिक उपस्थितिमा कक्षा संचालन सम्भव नभइरहेको अवस्थामा भक्तपुरमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने विषयमा सरोकारवालाहरुसँगको छलफल तथा राय सुझाव लिने क्रम जारी रहेको बताउँदै उनले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड कार्यान्वयन गरी सुरक्षित ढंगले विद्यालय सञ्चालनको लागि आग्रह पनि गरिन्।

भक्तपुर नगरपालिकाले जनताको साथ र सहयोग पाएकै कारण निकै छोटो समयावधिमा ख्वप अस्पतालमा अक्सिजन प्लान्ट निर्माण र नगरबासीहरुलाई निःशुल्क वितरण गरिरहेको बताउँदै उपप्रमुख जोशीले भक्तपुर नपाभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरुमा स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिइरहेको बताइन्। तेस्रो भेरियन्ट आउनसक्ने सम्भावनालाई ध्यानमा राखी छुट्टै एकाइको बन्दोबस्त गरी १८ वर्षमूनिका बालवालिकाहरूका लागि समेत आइसीयू र भेन्टिलेटरको व्यवस्थाको तयारी गरिरहेको उनले जनाइन्।

कार्यक्रममा नगर शिक्षा शाखाका कृष्णप्रसाद कर्माचार्यले कोभिडका कारण शिक्षा क्षेत्रमा ठूलो असर परेको बताउँदै भक्तपुरका विद्यालयहरु भौतिक उपस्थितिमा सञ्चालन गर्न नगर शिक्षा शाखा क्रियाशील रहेको बताए। कार्यक्रमका सभापति एवम् प्याब्सनका नगर अध्यक्ष रमेशचन्द्र श्रेष्ठले प्याब्सनमा बसी काम गर्दाका अनुभव आदानप्रदान गर्दै शिक्षा क्षेत्रमा भक्तपुरले कायम गरेको गरिमा अझ बढाउँदै लानुपर्नेमा जोड दिए। कार्यक्रमका प्याब्सनका सल्लाहकार भक्त राजभण्डारी, इसान भक्तपुरका अध्यक्ष पुरुषोत्तम ग्वाछा, एनप्याब्सन भक्तपुरका अध्यक्ष पुण्यराम कवांले कार्यक्रमको सफलताको कामना गरेका थिए। 
अर्को समाचार
भक्तपुर प्याब्सन अध्यक्षमा सुरेन्द्र श्रेष्ठ विजयी
०३ पौष २०७८
•
१ मिनेट पाठ
भक्तपुर प्याब्सन अध्यक्षमा सुरेन्द्र श्रेष्ठ विजयी
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन) भक्तपुर अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन्। शनिबार सम्पन्न १५ औं जिल्ला अधिवेशनले नवरत्न इंगलिस स्कुल थिमिका प्रिन्सिपल श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन्।




निर्वाचन कमिटीका अनुसार दिपज्योति इंगलिस सेकेण्डरी स्कुलका सेमन्तराज सुवेदीले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दिएका थिए। अध्यक्षका लागि भएको निर्वाचनमा श्रेष्ठले ७० मत र सुवेदीले २८ मत पाएको थियो।

यस्तै वरिष्ठ उपाध्यक्षमा राजन कसपाल विजयी भएका थिए। उनले ५७ मत पाए भने उनका प्रतिद्वन्द्वी कुमार श्रेष्ठले ३९ मत पाएका थिए। यस्तै सचिव पदका लागि भएको निर्वाचनमा विजय कर्माचार्य विजयी भएका छन्। उनले ५८ मत पाए भने उनका प्रतिद्वन्द्वी डिल्लीराज जोशीले ३९ मत पाए।

कोषाध्यक्ष पदमा नारायणकृष्ण श्रेष्ठ विजयी भएका छन्। उनले ५७ मत पाए भने उनका प्रतिस्पर्धी कुमार कट्टेलले ४० मत पाएको निर्वाचन कमिटीले जनाएको छ। सहकोषाध्यक्ष पदमा लक्ष्मी कुटु निर्वाचित भएकी छन्। उनले ५५ मत पाइन भने टंकप्रसाद सिटौलाले ४३ मत पाए।

अधिवेशनले उपाध्यक्षमा विणा पाण्डे, सहसचिवमा सोमकृष्ण प्रजापति, सदस्यमा मिना महर्जन, सूर्य भण्डारी, लिलानाथ निरौला, खुल्ला सदस्यमा देवानन्द त्वाती, ईश्वरबहादुर श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको थियो।

यस्तै महाधिवेशन प्रतिनीधिमा सानुराजा कार्कीलाई पनि निर्विरोध प्रतिनीधि छनोट गरेको निर्वाचन कमिटीले जनाएको छ।
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस