शिक्षक दरबन्दी मिलानविरुद्धको रिट खारेज
२५ भदौ २०७८
•
२ मिनेट पाठ
शिक्षक दरबन्दी मिलानविरुद्धको रिट खारेज
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रअ नियुक्ती गर्नेगरी गरेको शिक्षक दरबन्दी मिलानका निर्णयविरुद्ध परेको रिट अदालतले खारेज गरिदिएको छ। नगरपालिकाका हरेक माविमा स्थायी मावि शिक्षकलाई प्रअ बनाउने लक्ष्यका साथ गरिएको दरबन्दी मिलानविरुद्ध परेको उत्प्रेषण, परमादेश, प्रतिषेध रिटलाई उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले खारेज गरिदिएको हो। पटक–पटकको पेसी र बहसपछि बिहीबार अदालतले उक्त रिट खारेज गर्ने अन्तिम फैसला सुनाएको नगरपालिकाका शिक्षा शाखा संयोजक पदम कार्कीले बताए।




२०७६ सालदेखि शैक्षिक सुधार वर्षको अभियान थालेको नगरपालिकाले २०७७ साल पुस १ गते दरबन्दी मिलान गर्दै सबै मावि तहकै शिक्षक पठाउने र तिनै मावि शिक्षकलाई प्रअको जिम्मेवारी दिलाउने तयारी गरेको थियो। सोही निर्णयविरुद्ध नगरवासी प्रदिप राई, शेषकुमार पौडेल र अकिल राईले उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगामा २०७७ साल पुस ९ गते रिट दायर गरेका थिए।

अदालतको अन्तिम आदेशसँगै प्रअको जिम्मेवारी दिनेगरी गरिएको शिक्षक सरुवाको निर्णय कार्यान्वयन गर्न बाधा हटेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए। ‘नगरपालिकाको निर्णयविरुद्ध परेको रिट नै अदालतबाट खारेज भएको छ,’ मेयर राईले भने, ‘नगरपालिकाले गरेको निर्णय वैधानिक छ, नीतिगत छ। सोही निर्णयअनुसार काम गर्नु÷गराउनु भन्ने आदेस आएको छ।’

नगरपालिकाको निर्णयअनुसार कतिपय मावि शिक्षक खटाइएको विद्यालयमा गइसकेका छन् भने कतिपय शिक्षकले दरबन्दी मिलानका क्रममा विभेद गरिएको भन्दै तोकिएको विद्यालयमा जान अस्वीकार गर्दै आएका थिए। कतिपय शिक्षक भने अदालतको फैसला पर्खेर बसेको नगरपालिकाले जनाएको छ। विद्यालयको शैक्षिक तथा प्रशासनिक सुधार गर्दै शैक्षिक गुणस्तर वृद्धिका लागि नगरपालिकाले माविमा मावि तहकै स्थायी शिक्षकलाई पठाउने निर्णय गरेको थियो। प्रावि वा आधारभूत तहका शिक्षक प्रअ हुने तर मावि तहका शिक्षक सहायक शिक्षक हुने व्यवस्था अन्त्य गर्दै माथिल्लो तहका स्थायी शिक्षकलाई नेतृत्व दिनेगरी हरेक माविमा स्थायी शिक्षकको व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको मेयर राईले बताए। नगरपालिकाको यो निर्णयले प्रावि वा आधारभूत तहका शिक्षकलाई मावि तहको प्रअ हुनबाट रोक लगाएको छ।

उच्च शिक्षा हासिल गरेका तथा क्षमतावान् शिक्षकले माविको नेतृत्व पाउँदा अन्य शिक्षकको मनोवलसमेत उच्च हुने नगरपालिकाले दावी गरेको छ। नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठन हलेसी तुवाचुङ नगर कमिटीले भने शिक्षकको विभेदपूर्ण सरुवा गरिएको भन्दै विरोध जनाउँदै आएको छ। 

अदालतमा विचाराधीन रहेकै अवस्थामा नगरपालिकाले सम्वन्धित तहका स्थायी शिक्षकलाई असार मसान्तभित्र नियमानुसार प्रअको नियुक्ति प्रकृया अगाडि बढाएर नगर शिक्षा शाखामा जानकारी गराउन गत असार २४ गते पत्राचार गर्दा पनि शिक्षक संगठनको विरोध आएको थियो। ११ वडा रहेको नगरपालिकामा १२ वटै मावि छन्। 
अर्को समाचार
१६ महिनादेखि शिक्षक दरबन्दी रिक्त, बल्ल थालियो नियुक्ति प्रकृया
०७ चैत्र २०७७
•
२ मिनेट पाठ
१६ महिनादेखि शिक्षक दरबन्दी रिक्त, बल्ल थालियो नियुक्ति प्रकृया
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडा बुवालुङस्थित अन्नपूर्ण माविको रिक्त राहत दरबन्दीमा १६ महिनापछि शिक्षक नियुक्तिको प्रकृया थालिएको छ। लामो समयदेखि रिक्त रहेको प्रावि तहको दुई वटा र निमावि तहको एक वटा राहत दरबन्दीमा शिक्षक नियुक्तिका लागि शनिबार परीक्षा सञ्चालनको तयारी गरिएको अन्नपूर्ण माविका प्रअ रेखादेबी बस्नेत राउतले बताइन्। 




अन्नपूर्ण माविको प्रावि राहत दरबन्दीमा कार्यरत शिक्षिका किसन राई र बरुणा राई स्थायी भएर अन्यत्र गएपछि २०६७ साल मंसिर १ गतेदेखि दरबन्दी रिक्त छ। यस्तै, निमावि तहमा गणित विषय पढाउँदै आएका शिक्षक दिनेश आचार्य नासुमा नाम निकालेर गएपछि २०७६ साल मंसिर १५ गतेदेखि सो दरबन्दी रिक्त छ। मावि तहमा समेत गणित विषय पठन–पाठन गराइरहेका शिक्षक आचार्य नासुमा उत्तिर्ण भएर हिँडेपछि त्यस यता अन्नपूर्ण माविका छात्र/छात्रा गणित विषयको पठन–पाठनबाट लगभग बञ्चित छन्।  

अघिल्लो शैक्षिक–सत्रमा अन्य विषयका शिक्षकलाई गणित पढाउन लगाइए पनि चालु शैक्षिक–सत्र गणित विषयको पढाइ हुन सकेको छैन। रिक्त राहत प्रावि दरबन्दीमा ७ जना र निमावि राहत दरबन्दीमा १ जनाको आवेदन गरेको विद्यालयले जनाएको छ। गत शनिबारका लागि तय गरिएको शिक्षक छनौट परीक्षा ठीक एक हप्ता पछि सारिएको हो। रिक्त राहत दरबन्दीमा शिक्षक नियुक्तिका लागि करिब महिना दिनअघि अनुमति दिइएको नगरपालिकाका शिक्षा शाखाका छैठौं अधिकृत तिर्थ बिश्वकर्माले बताए।  

आन्तरिक द्वन्द्वमा फसेका कारण अन्नपूर्ण माविमा पटक–पटक प्रयास हुँदा पनि लामो समयसम्म रिक्त दरबन्दीमा शिक्षक नियुक्ति हुन नसकेको हो। वडाध्यक्ष लिला चौहान र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष जेपी राईबिचको द्वन्द्वका कारण विद्यालय समेत द्वन्द्वमा फसेको हो। द्वन्द्व चर्किदै गएको अवस्थामा राईलाई विव्यासबाट हटाएर भीम राउतलाई अध्यक्ष बनाएको जनाइएको छ।
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
आइतबार तेस्रो दिनको खेलको समाप्तिमा २४३ रनको अग्रता बनाएसँगै न्युजिल्यान्डले दोस्रो टेस्टमा पकड बनाएको हो। 
Whatsapp
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
मन्त्री यादवले विना धितो कर्जा, उद्यमशीलता र केयर इकोनोमी पोलिसी जस्ता विषयहरूमा समेत काम अघि बढेको बताए।
Whatsapp
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
अपराध
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
लागूऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
Whatsapp
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।
Whatsapp
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ ले हस्तक्षेप नगर्न इरानी सुरक्षा प्रमुख मोहसेन रेजाइले आइतबार आग्रह गरेका छन्।
Whatsapp
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस ४ र ५ गते जिल्ला अधिवेश...
Whatsapp
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन...
Whatsapp
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
‘स्वच्छन्द–सपना–वर्ल्डवाइड जेबी’ले चार लेनको उक्त सडक बनाउने जिम्मा पाएको थियो।
Whatsapp
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
युवा पुस्तालाई आफ्नो मातृभाषाप्रति गर्वानुभूति गराउँदै मातृभाषा बोल्नका लागि प्रेरित गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गर्न लागिएको सदस्य सचिव श्रेष...
Whatsapp
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा निर्माणाधीन सभाहल बकुलहर रत्ननगर अस्पताललाई हस्तान्तरण गर्न सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे...
Whatsapp
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा आठ जना पक्राउ परेका छन्।
Whatsapp
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा पक्राउ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस