‘विद्यालय खुल्ने टुंगो छैन’
१६ भदौ २०७८
•
४ मिनेट पाठ
‘विद्यालय खुल्ने टुंगो छैन’
तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीको तालबेसी माविमा संचालित पठनपाठन । फाइल तस्बिरः नागरिक
कोरोना भाइरस संक्रमण कम भएको भन्दै कतिपय ठाउँका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सुरु भएको छ । तर, कास्कीमा भने अझै अन्योल कायमै छ । राजधानीमा समेत विद्यालय खुलाउने वातावरण बनिसक्दा कास्कीमा भने त्यो सम्भावना नरहेको सरोकारवालाको भनाई छ ।  




कोरोना संक्रमण कम हुन नसकेको भन्दै तत्कालै विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालयमा पठपाठन सम्भव नभएको स्थानीय तहले बताएका छन् । ग्रामिण भेगका कतिपय विद्यालयमा भने विद्यार्थीकै भौतिक उपस्थितिमा पठन पाठन गराउन सकिने सम्भावना बारे छलफल चलिरहेको पनि स्थानीय तहको भनाई छ । तर, सहरी भेगका विद्यालयमा भने भौतिक उपस्थिति निकै परको विषय रहेको उनीहरुको भनाइ छ ।

पोखरा महानगरपालिकाले ग्रामिण भेगका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालय संचालन गर्न सकिने बारेको प्रस्ताव जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मा पठाउने तयारी गरेको छ । तर, सहरी भेगका विद्यालयमा भने अझै भौतिक उपस्थितिको पठनपाठन सम्भव नभएको महानगरको भनाई छ ।  
महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले डीसीसीएमसीको आगामि बैठकमा ग्रामिण भेगका विद्यालय विद्यार्थीको भौतिक उपस्थितिमै पढाउन सकिनेबारे प्रस्ताव लैजाने तयारी भईरहेको बताए । गाउँका विद्यालयमा विद्यार्थी संख्या पनि कम हुने र उनीहरुलाई भौतिक दूरी कायम गरेर पठनपाठन गराउन सकिने सम्भावना रहेकोले त्यही अनुसार प्रस्ताव लैजान थालेको उनले बताए ।  

‘ग्रामिण भेगका विद्यालयमा स्वास्थ्य मापदण्डमा कडाई गर्दैै भौतिक उपस्थितिमै पूरा दिन पठनपाठन गराउन सकिने बारेको प्रस्ताव हामीले डीसीसीएमसीमा लैजाँदैछौ,’ आचार्यले भने, ‘तर, सहरी भेगमा भौतिक उपस्थितिमा अझै सम्भव छैन । सहरी भेगमा भने आलोपालो गरि पठनपाठन सुचारु गर्न सकिने सम्भावना रहन सक्छ, त्यो पनि निश्चित छैन ।’ दुईदिनपछि बस्ने डीसीसीएमसीको बैठकमा यो प्रस्ताव लैजाने आचार्यले बताए । डीसीसीएमसीले स्वीकृति दिएमा ग्रामिण क्षेत्रका स्कुलमा भौतिक दूरी कायम गरेर पढाउन सकिनेगरि खुला गर्ने उनले बताए । गाउँमा भन्दा सहरमा अझै संक्रमण कम नभएकोले पनि त्रास रहिरहेको उनले बताए । कास्की अझै पनि ‘रेडजोन’ मा रहेकोले पनि तत्कालै विद्यालय खुलाउन सकिने अवस्था कम भएको उनले बताए ।  

स्थानीय तहसँगै नै स्वास्थ्यको अवस्था हेरेर विद्यालय खुलाउने निर्णय गर्न सक्ने अधिकार भएपनि जिल्ला प्रशासनले अनुमति नदिएसम्म खुलाउन नसकिने पनि केही स्थानीय तहका पदाधिकारीको भनाई छ । कास्कीकै रुपा गाउँपालिकाको शिक्षा शाखाका प्रमुख सन्दीप पौडेलले शिक्षाबारे निर्णय गर्ने अधिकार स्थानीय तहलाई भएपनि जिल्ला प्रशासन कार्यालयको निर्णय मान्नुपर्ने बाध्यकारी भएकोे बताए ।

‘हामीले मात्र भनेर पनि हुँदैन । जिल्ला प्रशासनले नै रोक लगाएकोले स्थानीयले तहले मात्र निर्णय गर्न सक्दैनन,’ उनले भने, ‘प्रशासनले यो बारेमा केही सोच्छ होला ।’ अझै पनि गाउँमा संक्रमण कम नभएकोले तत्कालै भौतिक उपस्थितिमा विद्यालय संचालन गर्दा जोमिख निम्तिन सक्ने जोखिम रहेको उनले बताए । ‘अहिले ग्रामिण भेगका विद्यालयमा पनि भर्चुअल माध्यमबाट अध्यापन भईरहेको छ । कतिपय विद्यालयमा टोल सिकाई चलिरहेको छ,’ पौडेलले भने ।

पौडेलका अनुसार गाउँका विद्यालयमा थोरै विद्यार्थी भएको ठाउँमा भौतिक उपस्थितिमा पठनपाठन सम्भावना रहेपनि जोखिम निम्तिने त्रासले स्थानीय तहले विद्यालय खुलाउने आँट गरेका छैनन । ‘आजभोली नै खुलाउने अवस्था अझै छैन । अन्योल कायमै छ । केही विद्यालयले अनलाईन पनि बढाउन सम्भव नभएको अवस्थामा उनीहरुलाई बोलाएर सम्पर्क कक्षा मार्फत सिमित विद्यार्थीलाई कोठामा राखेर पढाएपनि पूर्णरुपमा भौतिक उपस्थिति सम्भावना नरहेको उनले बताए । ‘हामीले बीचमा विद्यालय खुलाउने प्रयास गरेका हौ । तर, संक्रमण पुन बढ्न थालेपछि आँट गरेनौ,’ पौडेलले भने ।  

शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख नारायण सुवेदीले पनि तत्कालै विद्यालयमा भौतिक उपस्थिति सम्भावना नरहेको बताउँछन । ‘विद्यार्थीलाई स्कु्लमै बोलाएर पढाउने माहोल अझै बनिसकेको छैन,’ सुवेदीले भने, ‘यसबारेमा अवस्था हेरेर स्थानीय तहले नै निर्णय लिन सक्छन । हामीले सहजीकरण गर्ने हो । तर, अहिलेसम्म भौतिक उपस्थितिमा पढाउने निर्णय कुनैपनि स्थानीय तहमा भएको छैन ।’ कास्कीमा संक्रमण बढ्दो अवस्था रहेकोले पनि तत्कालै विद्यालय खुलाउँदा जोखिम निम्तिने खतरा रहेको उनले बताए ।  

सुवेदीका अनुसार अहिले गाउँका विद्यालयमा पनि भर्चुअल माध्यमबाट अध्यापन भएको छ । तर, गाउँका सबै विद्यार्थीको पहूँच भर्चुअल माध्ययमा पुग्न सकेको छैन । निजी विद्यालयका ९० प्रतिशत हाराहारीमा विद्यार्थीको अनलाईनमा पहुँच पुगेको इकाईको अनुमान रहेको उनले बताए । तर, सामुदायिक विद्यालयका ६० प्रतिशत जति विद्यार्थीले मात्र अनलाइनमार्फत पढ्न पाएको उनको भनाई छ । ‘हुँदै नहुनु भन्दा त अनलाइन कक्षा पनि राम्रै हो । तर, सबैको पहुँच नपुग्दा सामुदायिक विद्यालयका विद्यार्थीलाई अप्ठेरो भएको छ,’ सुवेदीले भने । सुवेदीका अनुसार कास्कीमा मात्र २ सय हाराहारीमा निजी र ४ सय हाराहारीमा सामुदायिक विद्यालय छन् ।
अर्को समाचार
गाउँमा स्कुल खुले, सहरमा अझै बन्द
२८ भदौ २०७८
•
४ मिनेट पाठ
गाउँमा स्कुल खुले, सहरमा अझै बन्द
कास्कीको रुपा गाउँपालिका–१ स्यास्त्रीको कालिका माविमा सोमबारदेखि सुरु भएको पठनपाठन । तस्बिरः नागरिक
कोरोना भाइरस संक्रमणले थलिएको शैक्षिक क्षेत्रले बिस्तारै गति लिन थालेको छ । संक्रमणका कारण महिनौंदेखि रोकिएको विद्यार्थीको भौतिक उपस्थितिको पठनपाठन सुरु हुन थालेको छ । ग्रामिण भेगका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सुरु भएको छ । सहरी क्षेत्रमा भने अझै पनि अनलाईन मार्फत नै पठनपाठन चलिरहेको छ ।




कास्कीका ग्रामिण क्षेत्रका विद्यालयमा विद्यार्थीको उपस्थितिमा पठनपाठन भईरहेको त्यहाँका स्थानीय तहले बताएका छन् । रुपा गाउँपालिका–१ स्यास्त्रीको कालिका माविमा भौतिक रुपमा पठनपाठन सुरु भएको छ । सोमबारदेखि विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास खनालले जानकारी दिए । कालिका माविमा १० कक्षासम्म पठनपाठन हुन्छ । यो विद्यालयमा अहिले १७० जना विद्यार्थी छन् ।  

‘संक्रमणका कारण लामो समयदेखि विद्यार्थीको भौतिक उपस्थिति हुन सकेको थिएन । बल्ल अहिले संक्रमण कम भएपछि विद्यार्थीलाई विद्यालयमै बोलाएर पढाउन थालेका छौ,’ उनले भने, ‘विद्यालयमा पढ्न आउन पाउँदा विद्यार्थी पनि खुसी छन ।’ यसअघि विद्यार्थीलाई अनलाईन र टोल शिक्षामार्फत पठनपाठन गराइएको थियो ।  
रुपा गाउँपालिका–२ को शिवालय माविका प्रधानाध्यापक रुपिन्द्र जोशीका अनुसार आइतबारदेखि विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन चलिरहेको छ । ‘आइतबारदेखि हामीले विद्यार्थीलाई विद्यालयमै बोलाएका छौ । विद्यालय आउन पाउँदा विद्यार्थी खुसी छन,’ जोशीले भने । शिवालय माविमा नर्सरी देखि १२ कक्षासम्म नै पठनपाठन छ । दुईसय जना विद्यार्थी विद्यालयमा छन् ।  

‘विद्यार्थीको भौतिक उपस्थिति सम्भव नहुँदाको अवस्थामा अनलाईनमार्फत पढाएका थियौ,’ उनले भने । जोशीका अनुसार विद्यालयमा साउन पहिलो सातादेखि पालैपालो विद्यार्थीलाई विद्यालमै बोलाएर पठपाठन सुरु गरेको भएपनि प्रशासनले रोक्नु भनेपछि पुन अनलाइन मार्फत पढाउन थालिएको थियो । ‘अहिले गाउँपालिकाले नै खोल्ने भनेपछि विद्यालय खोलेका छौ । विद्यार्थी उत्साही भएर पढ्न आएका छन,’ उनले भने ।  

रुपा गाउँपालिकाका शिक्षा शाखाका प्रमुख सन्दीप पौडेलका अनुसार रुपाका अधिकांश विद्यालयमा भौतिक उपस्थितिमै पठनपाठन सुरु भएको छ  । रुपा गाउँपालिकामा ३० विद्यालय छन् । परिस्थिति अनुसार वडा कार्यालयसँग समन्वय गरेर विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय संचालन गर्न थालिएको पौडेलले बताए । ‘वडा कार्यालयसँग पनि विद्यालयले समन्वय गरेका छन् । विद्यार्थीलाई अब विद्यालयको नजिक ल्याउने पहल भईरहेको छ,’ उनले भने ।  

अन्नपूर्ण गाउँपालिकाका शिक्षा शाखाका अधिकृत बलराम भुगाइका अनुसार त्यहाँका विद्यालयमा पनि पठनपाठन सुरु भईसकेको छ । कास्की प्रशासनले साउन ३१ गतेसम्म निषेधाज्ञा जारी राखेकोले पनि विद्यालय खुलमखुला रुपमा खुलाउन अन्योल भएको केही स्थानीय तहको भनाई छ । ‘८ देखि १०कक्षासम्म अनलाइनबाट चलेको थियो । आठकक्षा भन्दा तलका विद्यार्थी पालैपालो विद्यालयमा आएर पढेका थिए,’ भुगाइले भने, ‘अब भने सबै विद्यार्थीले भौतिक उपस्थितिमा पढ्न थालेका छन् ।’ 

अन्नपूर्ण गाउँपालिकामा ५ निजी र ५२ सामुदायिक गरि ५६ विद्यालय छन् । ती सबै विद्यालय संचालन भईरहेको उनले बताए । ‘गाउँमा भौतिक उपस्थिति सहज पनि छ । सहरमा भने विद्यार्थीको संख्या केही बढी हुने भएकोले भौतिक उपस्थितिमा केही कठिनाई हुन सक्छ,’ उनले भने, ‘गाउँका विद्यालयमा विद्यार्थी संख्या कम हुँदा भौतिक उपस्थिति सहज हुने गरेको छ ।’
पोखरा महानगरपालिकाले भने सहरभित्रका विद्यालयमा केहीदिनभित्र विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सुरु गर्ने योजना बनाएको छ । ग्रामिण क्षेत्रमा भने विद्यार्थीको उपस्थितिमै पठनपाठन सुरु भएको महानरको शिक्षा महाशाखाले बताएको छ । महानगरका शिक्षा महशाखा प्रमुख हेमप्रसाद आचार्यका अनुसार विद्यालय खोल्नेबारे करिब एकैखालको मत छ । ‘असोज पहिलो सातादेखि सहरभित्रका विद्यालय खुलाउने योजना हो । महानगर भएपनि गाउँतिरका विद्यालयमा विद्यार्थीको उपस्थितिमै पढाई सुरु भईसकेको छ,’ आचार्यले भने, ‘असोज पहिलो सातादेखि सहरका सबै विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमै पढाइ सुरु गर्ने लक्ष्य हो ।’

स्थानीय प्रशासनको निषेधाज्ञा रहिरहेकोले गाउँमा खुलेका विद्यालयले आधिकारिकता नपाएको उनले बताए । ‘दसैंअघि भौतिक उपस्थितिमा पढाई सुरु गर्ने र दसैंपछि पूर्ण रुपमा पठनपाठनलाई गति दिने लक्ष्य हो,’ उनले भने, ‘ठुला व्यापारिक मलमा मान्छेको भीडभाड हुँदा संक्रमण नबढ्ने तर, विद्यालयमा विद्यार्थी भेला गराउँदा संक्रमण बढ्छ भन्नु उत्तिसारो उपयुक्त नहुन सक्छ । त्यसैले अहिले संक्रमण कम भएको मौका पारेर पठनपाठन सुरु गर्ने लक्ष्य हो ।’
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस