एसइईमा उत्कृष्ट सात विद्यार्थीलाई नगरको पुरस्कार र सम्मान
२२ असार २०८२
•
२ मिनेट पाठ
एसइईमा उत्कृष्ट सात विद्यार्थीलाई नगरको पुरस्कार र सम्मान
आमाका साथ नगर प्रमुखबाट पुरस्कार थाप्दै उत्कृष्ट विद्यार्थी। तस्बिरः महेश्वर/नागरिक
खोटाङ सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यस वर्षको माध्यमिक विद्यालय परीक्षा (एसइई)मा नगरपालिकाभित्र उत्कृष्ट अङ्कका साथ उत्तीर्ण हुने सामुदायिक विद्यालयका आधा दर्जन बढी विद्यार्थीलाई पुरस्कारसहित सम्मान गरेको छ। शनिबार दिक्तेलमा आयोजित ‘शैक्षिक सम्मेलन समापन समारोह’को अवसरमा नगरले ‘एसइई टपर’ ७ विद्यार्थीलाई पुरस्कारसहित सम्मान गरेको हो।




नगरका विद्यालयमध्ये उत्कृष्ट र समान जिपिए ल्याएर प्रथम हुने छात्रछात्रालाई २५–२५ हजार तथा छात्रछात्रा दुवैतर्फ दोस्रो र तेस्रो स्थान पाउने विद्यार्थीलाई क्रमशः १५ र १० हजार नगद साथ सम्मानपत्र प्रदान गरिएको हो। यस वर्ष एसइईमा नगर प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थी स्थानीय सरस्वति माध्यमिक विद्यालय (१–१२) का छन्।  

नगर उत्कृष्ट स्थान समान ३.८० जिपिए पाउने जोमिन गुरुङ र अनुपम आचार्यले २५–२५ हजार पुरस्कार पाएका छन्। छात्रतर्फ ३.६८ जिपिएका साथ दोस्रो हुने डेगेन्द्र विश्वकर्मा र ३.६७ जिपिए ल्याएर तेस्रो भएका अनुपचार आचार्यलाई क्रमशः १५ हजार र १० हजार नगद पुरस्कार दिइयो।

छात्रातर्फ ३.७६ जिपिएका साथ प्रथम हुने एलिसा बास्तोलाले २५ हजार नगद पाउँदा ३.७० जिपिएका साथ दोस्रो भएकी अञ्जली श्रेष्ठले १५ हजार पुरस्कार पाइन्। ३.६८ जीपीए ल्याएर तेस्रो हुने एलिजा आचार्यलाई १० हजार पुरस्कार प्राप्त गरेको नगर शिक्षा शाखा अधिकृत सुवासचन्द्र राईले बताए।

त्यसैगरी नगरपालिकाले एसइईमा विद्यार्थी उत्तीर्ण सङ्ख्याका आधारमा ९५.४५ प्रतिशत ल्याएर नगर प्रथम हुने ज्योति मावि जालपालाई ५० हजार नगद पुरस्कार प्रदान गरेको छ। ९१.३ प्रतिशत उत्तीर्ण गराउने कालिका मावि नेर्पालाई ३० हजार र ८६.९६ प्रतिशत नतिजा हासिल गरेको पञ्च मावि दिक्तेललाई २० हजार नगदसहित सम्मानपत्र प्रदान गरेको छ।

तर, तेस्रो स्थान पाएको पञ्च माविलले नगरको पुरस्कार अस्वीकार गर्‍यो। पञ्च माविले अघिल्लो शैक्षिक वर्ष २०८० मा नगर प्रथम भएर विद्यार्थी उत्तीर्ण गराउँदा पुरस्कार नदिएको भन्दै यस वर्षको तेस्रो पुरस्कार अस्वीकार गरेको हो। प्रधानाध्यापक लक्ष्मीप्रसाद खनालले प्रथम हुँदा पुरस्कृत नगर्ने नगरले तेस्रो हुँदा दिएको पुरस्कार र सम्मान लिनुको अर्थ नहुने प्रतिकृया दिए।  

कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विशन राई, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलगायतले विद्यार्थी र विद्यालयलाई पुरस्कार तथा सम्मान प्रदान गरेका थिए। नगरभरी २१ वटा सामुदायिक विद्यालयको एसइईमा सहभागिता रहेकोमा जालपा मावि नुनथलाले भने शून्य उत्तीर्णको नतिजा पाएको छ।

शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय खोटाङका अनुसार २ नगरसहित १० स्थानीयतह रहेको जिल्लाका ५ विद्यालयको नतिजा शून्य आएको छ। जालपाबाहेक राधाकृष्ण मावि बाँझेच्यानडाँडा, जनता मावि सल्ले, याङ्सोला मावि छोरम्बु र शान्तोदय मावि ज्यामिरेले यस वर्षको नतिजा शून्य पाएको एकाइ कार्यालयले जनाएको छ।
अर्को समाचार
एसइईमा ४ जिपिए ल्याएका मदरल्याण्डका विद्यार्थीलाई नगदसहित सम्मान
१४ मंसिर २०८१
•
२ मिनेट पाठ
एसइईमा ४ जिपिए ल्याएका मदरल्याण्डका विद्यार्थीलाई नगदसहित सम्मान
पोखरा–७, मदरल्याण्ड माविमा शुक्रबार आयोजित कार्यक्रममा सम्मानित विद्यार्थीहरु । तस्बिरः नागरिक
यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) र कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई पोखरा–७, मासबारस्थित मदरल्याण्ड माविले शुक्रबार नगद पुरस्कार सहित सम्मान गरेको छ । एसइइमा चार जिपिए ल्याउने १० जना विद्यार्थी र राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षामा नेपाल ‘टप’ गरेकी एकजना छात्रालाई सम्मान गरिएको हो ।  




विद्यालयका प्राचार्य डा. नारायण बरालका अनुसार यसवर्षको एसइइमा नेपालभरबाट १८६ जनाले मात्र ४ जिपिए ल्याएका थिए । ती मध्ये १० जना मदरल्याण्ड माविका विद्यार्थी थिए । तिनै विद्यार्थीलाई जनही ५० हजार रुपैयाँ र राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा नेपाल प्रथम बनेकी छात्रा सदीक्षा क्षेत्रीलाई नगद २ लाख रुपैयाँ सहित सम्मान गरिएको हो । सदीक्षाले ३.९६ जिपिए अंक ल्याएर नेपाल टप गरेकी थिईन ।

४ जिपिए ल्याउनेमा कृपा बराल, रेडियस पोख्रेल, कनक अधिकारी, अपेक्षा ढुंगाना, आशीष बस्ताकोटी, कृपा गुरुङ, इक्वीटी पौडेल, अबिस वाग्ले, युनिका ढकाल र समीक्षा पहारी थिए । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, प्राचार्य डा.नारायण बराल, राष्ट्रिय परीक्षा बोर्ड गण्डकीका प्रमुख गोबिन्द पोखरेल, पोखरा–७ का अध्यक्ष राममोहन आचार्य लगायतले उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेका थिए ।  

कार्यक्रममा मन्त्री थापाले कुनै पनि विद्यालय सफल हुनका लागि विद्यार्थीको उत्कृष्ट रिजल्टसँगै असल अभ्यास पनि जरुरी रहेको बताए । ‘विद्यालयमा अब केही फरक अभ्यास जरुरी छ । विद्यार्थीलाई नैतिक शिक्षा, अनुशासन, संस्कार, संस्कृति पनि सिकाउनुपर्छ,’ थापाले भने, ‘विद्यार्थीसँगै उनीहरुका अभिभावक पनि जोडिँदा अझ राम्रो परिणाम निस्कन्छ ।’  

मन्त्री थापाले विद्यार्थी अभावमा कतिपय सरकारी विद्यालय बन्द हुने अवस्था रहेको बताउँदै विद्यालयलाई उद्यमसँगै शिक्षासँग जोड्नुपर्ने बताए । ‘अब रोजगारीसँग पनि शिक्षा जोडौं । उच्च शिक्षाकै लागि ठूलो संख्यामा विद्यार्थीहरु विदेश पलायन हुँदा धनराशी पनि विदेशिएको छ,’ उनले भने । प्रदेश सरकारले विद्यार्थीको सिकाईमा नयाँपन ल्याउनका लागि ‘फ्राईडे फर फ्यूचर’ कार्यक्रम पनि शुरु गर्न थालेको जानकारी दिए । यो कार्यक्रम लागु भएपछि कक्षा १२ सम्मका विद्यार्थीले शुक्रबार पुस्तक बोकेर विद्यालय आउनुपर्ने छैन । ‘शुक्रबार अतिरिक्त सिकाई होस भनेर यो अभ्यास थालनी गरिएको हो,’ उनले भने ।  

विद्यालयका प्राचार्य बरालले मदरल्याण्ड माविले हरेक वर्ष उत्कृष्ट रिजल्ट हात पारेर उचाँइ बढाईरहेको बताए । ‘विद्यालयको गर्विलो शैक्षिक इतिहासलाई अझ सशक्त बनाउन विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको छ । अभिभावकको पनि यसमा भूमिका रहन्छ,’ उनले भने, ‘यसपटक मदरल्याण्डले शैक्षिक क्षेत्रमा इतिहास बनाएको छ । आगामि दिनमा विद्यार्थीलाई किताबी ज्ञानसँगै रचनात्मक सीप दिलाउन लागिपर्नेर्छाै ।’  
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस