एसइई नतिजा आगामी साताभित्रै
११ असार २०८२
•
३ मिनेट पाठ
एसइई नतिजा आगामी साताभित्रै
माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा आगामी साताभित्रै प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी छ । शिक्षक आन्दोलनका कारण एसइई परीक्षाको नतिजा यसपटक केहि दिन ढिला भएपनि अन्तिम तयारीमा जुटेको बोर्डका कक्षा १० का परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले बताए ।  




बोर्डले क्यालेन्डर नै बनाएर विगत वर्षहरुमा असार ७ गते र सो आसपास नजिता सार्वजनिक गर्दै आएको थियो । राष्ट्रिय परीक्षा बोर्डको क्यालेन्डर अनुसार परीक्षा सकेको तीन महिनाभित्र एसइईको नतिजा प्रकाशन गरिसक्नु पर्ने थियो । तर यसपटक उत्तरपुस्तिका परीक्षण गर्ने समयमा नेपाल शिक्षक महासंघको अगुवाईमा देशभरिका सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलनमा उत्रेका कारण उत्तरपुस्तिका परीक्षण कार्यनै डेढ महिना ढिला सुरु भएको थियो । आन्दोलन लगत्तै शिक्षकहरुले उत्तरपुस्तिका परीक्षणलाई तिब्रता दिएकाले अहिले नजिता प्रकाशनको अन्तिम चरणमा पुगेको भट्टराईको भनाइ छ ।  

यस पटकको एसइई परीक्षा चैत्र १९ गते सकिएको थियो । अहिले उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएर समपरीक्षण र तथ्यांक इन्ट्री गर्ने काम भइरहेको बोर्डले जनाएको छ ।  

नियन्त्रक डा.भट्टराईले नागरिकसँग भने,‘५ लाख १७ हजार विद्यार्थीको करिब ४० लाख थान उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न गर्न समय त लाग्छ नै । अहिले परीक्षण कार्य सकिएको छ । समपरीक्षण र तथ्यांक इन्ट्री गर्ने काम हुँदैछ।’

२० प्रतिशत ‘रेन्डम सम्परीक्षण’ ले धेरै त्रुटि  

विगतमा एसइई को नतिजा प्रकाशन गर्दा उत्तर पुस्तिका सम्परीक्षकले रेन्डम उत्तर पुस्तिका परीक्षण गर्दा अत्यधिक त्रुटि फेला परेको राष्ट्रिय परीक्षा बोर्डको अनुसन्धानमा देखिएको छ।

एक पटक परीक्षण भइसकेको उत्तर पुस्तिकालाई त्रुटिरहित बनाउन सम्परीक्षण गर्ने चलन छ। तर सम्परीक्षकहरूले २० प्रतिशत मात्र उत्तर पुस्तिका सम्परीक्षण गरेकै भरमा समग्र उत्तर पुस्तिकाको मूल्याङ्कन गर्ने विधिले धेरै विद्यार्थीहरू मार्कामा पर्ने गरेका थिए।

‘यस्ता सम्परीक्षण विधिले धेरै विद्यार्थीहरू मार्कामा परेको देखिए पछि यस वर्ष बोर्डले सम्परीक्षण विधिमा परिमार्जन गरी अघि बढेको छ,’ नियन्त्रक भट्टराईले भने, ‘गत वर्षको नतिजामा पनि ‘ए’ प्लस ल्याउनेहरू धेरै विद्यार्थी फेल भएको नतिजा प्रकाशन भएको थियो।

यसले विद्यार्थीहरू अनावश्यक मानसिक तनाव खेप्न बाध्य बनेका थिए।’ उनले थपे, ‘यस कारण अब कोही पनि विद्यार्थी अनावश्यक मानसिक तनाव खेप्न नपरोस् भन्ने उद्देश्यले यस पटक बोर्डले सम्परीक्षकलाई सबै उत्तर पुस्तिकाका पानाहरू पल्टाएर सम्परीक्षण गर्न निर्देशन दिएको छ।’

बोर्डले उत्तर पुस्तिका परीक्षक र सम्परीक्षक अभिमुखीकरण गरिसकेको छ। ‘गत वर्षसम्म एसइईको उत्तर पुस्तिका परीक्षण भएपछि सम्परीक्षण गर्दा २० प्रतिशत मात्र हेर्ने व्यवस्था रहेछ। यसले धेरै त्रुटि देखियो,’ उनले जोड दिए, ‘यस कारण यस वर्षको नतिजालाई त्रुटि रहित बनाउन सम्परीक्षणमा पनि जोड दिइएको छ। बोर्डले सबै उत्तर पुस्तिका पल्टाएर पाना पाना हेर्नु पर्ने निर्देशन दिएको छ।’

उनका अनुसार हल देशभरिका ५० वटा केन्द्रहरूमा उत्तर पुस्तिका परीक्षणको कार्य सुरु सम्पन्न भएको छ। यस पटक कुल ५ लाख १७ हजार विद्यार्थीले एसइई परीक्षा दिएका थिए।

परीक्षकले प्रति उत्तर पुस्तिका परीक्षण गरे बापत पारिश्रमिक २४ रुपैयाँ पाउँछन् भने सम्परीक्षकले प्रति उत्तर पुस्तिका सम्परीक्षण गरे बापत ६ रुपैयाँ मात्र पाउने व्यवस्था छ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार उत्तर पुस्तिका परीक्षणको मुख्य जिम्मेवारी शिक्षकले नै लिने लामो समयसम्मको शिक्षक आन्दोलनले नतिजामा असर पारेको हो। यस पटक बोर्डको मुख्य जोड त्रुटिरहित नतिजा प्रकाशन गर्नु रहेको उनको भनाई छ।
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस