निजी विद्यालयलाई कम्पनीमै राख्न प्याब्सनको जोड
१८ चैत्र २०८१
•
३ मिनेट पाठ
निजी विद्यालयलाई कम्पनीमै  राख्न प्याब्सनको जोड
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को नवनिर्वाचित कार्य समितिले हाल सञ्चालनमा रहेका निजी विद्यालयलाई कम्पनीमै यथावत् राख्न जोड दिने भएको छ। फागुन २६ र २७ गते काठमाडौंमा सम्पन्न प्याब्सनको सम्पन्न सोह्रौं राष्ट्रिय महाधिवेशनले कृष्णप्रसाद अधिकारीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ।




अध्यक्ष अधिकारीले सोमबार एक कार्यक्रम आयोजना गरी आफ्नो तीनबर्से शैक्षिक सुधारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अगामी तीन वर्षभित्र कम्पनीमा चलेका निजी विद्यालयलाई निरन्तर कम्पनीमै रहने गरी विद्यालय शिक्षा विधेयकमा व्यवस्था गराउन पैरवी गर्ने बताए।

‘निजी विद्यालयको लगानी सुनिश्चितताको सवालमा संसदमा छलफलकै क्रममा रहेको शिक्षा विधेयकमा निजी विद्यालयलाई कम्पनीमै रहने व्यवस्था कायम राख्न आवश्यक सम्पूर्ण प्रयास गर्दै थप लगानीमैत्री वातावरण सिर्जना गर्ने हाम्रो तीनबर्से कार्यकालको नीति तथा कार्यक्रम हो’, अध्यक्ष अधिकारीले भने, ‘निजी विद्यालयमा कार्यरत शिक्षक, शिक्षिका र कर्मचारीको सेवा–सुविधाका सवालमा जिम्मेवार बन्दै सरकारद्वारा सञ्चालित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउँदै जाने हाम्रो जोड हुन्छ।’

अध्यक्ष अधिकारीले निजी विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई पनि राज्यले उच्च शिक्षामा उपलब्ध गराउने छात्रवृत्तिमा समावेश गराउने नीति कार्यान्वयनमा लागिपर्ने नीति तथा कार्यक्रम तय गरेको जनाए।

प्याब्सनले निजी विद्यालयहरूले प्रदान गर्दै आएको शैक्षिक गुणस्तरलाई अझै समयसापेक्ष बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धी बनाउन निरन्तर क्रियाशील रहने जसका लागि आवश्यकता अनुसार तीनै तहका सरकारसँग सहकार्य गर्ने, शिक्षामा नवप्रवर्तनलाई जोड दिँदै विद्यालय शिक्षालाई सबै बालबालिकाको पहुँचमा पुर्‍याउन आवश्यक प्रवद्र्धनात्मक क्रियाकलाप गर्नेलगायत तेह्रबुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

‘२३७० वटा निजी विद्यालयले सामाजिक सुरक्षा कोषमा सहभागिता जनाइसकेको अवस्था छ’, अध्यक्ष अधिवकारीले भने, ‘निजी विद्यालयमा शिक्षक तथा कर्मचारी टिकाउन पनि निजी विद्यालय सामाजिक सुरक्षा कोषमा जान आवश्यक छ।’

उनले थपे, ‘मेरो तीनबर्से कार्यकालमा म सबै निजी विद्यालयलाई क्रमशः सामाजिक सुरक्षा कोषमा आबद्ध हुन प्रोत्साहन गरिरहने छु।’

प्याब्सनकी वरिष्ठ उपाध्यक्ष दिपिका रिमाल थापाले विभिन्न छात्रवृत्ति कार्यक्रमहरूमा देखा परेका समस्याप्रति गम्भीर हुँदै छात्रवृत्ति कार्यक्रमलाई लक्षित वर्ग र व्यक्तिसम्म पुर्‍याउन पहल गर्नुपर्ने प्याब्सनको आजको आवश्यकता रहेको औंल्याइन्।

‘सरकारले उच्च शिक्षामा उपलब्ध गराउने ४५ प्रतिशत आरक्षित छात्रवृत्तिका विषयमा २०८० चैत १४ गते सर्वोच्च अदालतले निर्देशनात्मक आदेश कार्यान्वयनका लागि सम्बन्धित निकायसँग समन्वय गर्नु हाम्रो कार्य समितिको प्रमुख कार्य हुनेछ’, वरिष्ठ उपाध्यक्ष रिमालले भनिन्, ‘अहिले राज्यले उपलब्ध गराउने छात्रवृत्तिबाट निजीमा अध्ययन गरेका विद्यार्थीलाई वञ्चित गरिएको छ।’

निजी र सरकारीबिचका विद्यार्थीमा राज्यले अन्यायपूर्ण विभेद गरेको उनको भनाइ छ। ‘सर्वोच्चको आदेश कार्यान्वयन गराउन प्याब्सनको जोड हुन्छ। हालसम्म निजी विद्यालयले दुई लाख लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएको छ’, उनले भनिन्।

प्याब्सनका निवर्तमान अध्यक्ष डिके ढुंगानाले निजी विद्यालयहरूको ६ अर्बको लगानीको सुरक्षा प्रत्याभूति राज्यले गर्नुपर्नेमा जोड दिए। उनले उच्च शिक्षाका लागि विदेश पलायन हुने वर्तमान रफ्तार कम गर्न सम्बन्धित सरकारी तथा निजी निकायसँग आवश्यक सहकार्य गरी कमाउँदै पढ्दै गर्ने नीतिमा सहयोग पुग्ने गरी प्याब्सन कार्य समितिले काम गर्ने प्रतिबद्धता जनाए।

‘पछिल्लो समय देखिँदै आएको पठन संस्कृतिप्रतिको ह्रासप्रति संवेदनशील बन्दै पठन संस्कृतितर्फ उन्मुख गराउन विशेष कार्यक्रम सञ्चालन गर्ने छौं’, ढुंगानाले भने, ‘प्याब्सन विद्यालयहरूको गुणस्तर सुनिश्चितताको मापदण्ड बनाई अवलम्बन गर्नेमा प्याब्सनको जोड हुने छ।’
अर्को समाचार
दस दिनदेखि पढाइ ठप्प भएपछि इन्जिनियरिङका विद्यार्थी आन्दोलनमा
०५ साउन २०८२
•
४ मिनेट पाठ
दस दिनदेखि पढाइ ठप्प भएपछि इन्जिनियरिङका विद्यार्थी आन्दोलनमा
सुन्दा पनि आश्चर्य लाग्ने। शिक्षकले पढाउने र विद्यार्थीले पढ्नुपर्ने वातावरण बन्नुको साटो त्रिभुवन विश्वविद्यालय पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थी पढ्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रनुपर्ने विडम्बना छ।




आइतबार पुल्चोक अध्ययन संस्थानका विद्यार्थीले विश्वविद्यालयका उपकुलपतिको कार्यालय घेराउ गरे। पठनपाठन सुचारु गराउनुपर्ने विभिन्न नारासहितको प्लेकार्ड बोकेका विद्यार्थीले उपकुलपति दीपक अर्यालको कार्यालय केहीबेर घेराउ गरेका थिए।

उपकुलपति अर्यालको कार्यकक्षअगाडि पुगेर कक्षाकोठा खुलाइदिन र पठनपाठन सुरु गराइदिन सन्देश लेखिएका प्लेकार्ड बोकेर आन्दोलनमा उत्रिएका ती विद्यार्थीको एउटै माग छ, ‘कक्षाको ढोका खोलाइदेऊ सरकार !’, ‘क्लास कहिले हुन्छ ?’ ‘परीक्षा कहिले हुन्छ ?’ ‘त्रिवि, हामी टुलुटुलु हेर्दैनौं।’

१० दिनदेखि ठप्प रहेको कक्षाकोठाको पठनपाठन तत्काल सुचारु गराइनुपर्ने एक मात्र माग बोकेर ती विद्यार्थी आन्दोलनमा उत्रिएका छन्।

संस्थानअन्तर्गतका पुल्चोक इन्जिनियरिङ कलेज, थापाथली इन्जिनियरिङ कलेज, पोखरा इन्जिनियरिङ कलेज, चितवन इन्जिनियरिङ कलेज र धरान इन्जिनियरिङ कलेज गरी पाँच कलेजका साढे दुई सय शिक्षक संस्थानको स्वायत्तताको माग गर्दै १० दिनयता आन्दोलनमा उत्रिएका छन्।

त्रिविले २०५५ सालदेखि स्वायत्तता प्रदान गरेको उक्त संस्थानलाई २०८० सालमा स्वायत्तता खारेज गरिदिएपछि चालु आर्थिक वर्षमा त्यहाँ कार्यरत प्राध्यापक तथा पदाधिकारीमाथि बेरुजु थपियो। यसकारण संस्थानअन्तर्गतका प्राध्यापकहरू स्वायत्तताको माग गर्दै १० दिनदेखि कक्षाकोठा ठप्प पारेर आन्दोलनमा उत्रिँदा संस्थानअन्तर्गतका १० हजार विद्यार्थीको भविष्य नै चौपट बनेकाले आइतबारदेखि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्।

संस्थानका शिक्षकले गत १९ असारदेखि आन्दोलन सुरु गरेका थिए। त्रिविले माग सम्बोधन नगरेपछि असार २५ देखि पठनपाठन बन्द गरेका छन्। आइतबार दिउँसो विद्यार्थी विभिन्न नारा लगाउँदै कीर्तिपुर पुगेका थिए। स्वायत्तता र पठनपाठनको माग राखेर उपकुलपतिको कार्यालयमा गएको उनीहरूको भनाइ छ।

संस्थानका सहायक डिन सुरज लामिछानेका अनुसार त्रिविले २०८० सालमा संस्थानलाई प्रदान गरेको २७ वर्षको स्वायत्तता खारेज गरेपछि आर्थिक एवं प्रशासनिक व्यवस्थापनमा चुनौती थपिएको छ। ‘२०५५ सालमा त्रिविले पहिलोपटक इन्जिनियरिङ अध्ययन संस्थानलाई आफैं आत्मनिर्भर बन्ने गरी विनियमअनुसार स्वायत्तता प्रदान गरेको थियो।

सोहीअनुसार संस्थानले शिक्षक व्यवस्थापन, आर्थिक व्यवस्थापन र प्रशासनिक व्यवस्थापन आफैं गर्दै आएको थियो’, सहायक डिन लामिछानेले नागरिकसँग भने, ‘तर अन्य संकाय र संस्थानमा स्वायत्ततामाथि केही समस्या आयो। यसको मारमा इन्जिनियरिङ अध्ययन संस्थानलाई पारियो। स्वायत्तता खारेज गरेपछि २०८० यता अतिरिक्त कक्षाको पारिश्रमिक लिएका प्राध्यापक बेरुजुमा पर्नुभो।’

नियमअनुसार हप्ताको १५ पिरियड अनिवार्य पढाउनुपर्नेमा मेहनत गरेर २० पिरियडसम्म पढाउनुपरेको उनले बताए। उनी भन्छन्, ‘जसले मेहनत गर्‍यो उनीहरू नै बेरुजुमा पर्नुभयो। राम्रो काम गर्नेलाई पुरस्कारको साटो दण्ड पो दिइयो। यसकारण शिक्षकहरू आन्दोलनमा उत्रनुभएको छ।’

क्याम्पसका शिक्षकहरू २०८० देखि नै आन्दोलन गर्दै आएका छन्। यसपटक भने शिक्षकहरूले पठनपाठन नै रोकेका छन्। संस्थाको आर्थिक, शैक्षिक र प्रशासनिक स्वायत्ततामाथि गरिने कुनै पनि प्रकारको हस्तक्षेप तुरुन्त खारेज गर्नुपर्ने माग विद्यार्थी र शिक्षकहरू आन्दोलनमा उत्रनुपरेको सहायक डिन लामिछानेले बताए।

उनका अनुसार संस्थानलाई स्वायत्तता प्रदान गरी त्रिविले निकास दिनुपर्छ। ‘क्याुल्क उठाएर आत्मनिर्भर भएर चलेका छन्’, उनले भने, ‘यसले गर्दा विद्यार्थीको कक्षाकोठाको शिक्षण सिकाइ, अतिरिक्त कक्षाले थप गुणस्तर बनाएको छ।’

उनले थपे, ‘संस्थानलाई त्रिविले स्वायत्तता दिनुपर्छ।’ उनका अनुसार संस्थानमा ३५ कार्यक्रम चल्छ। ३५ कार्यक्रममा ३५ संयोजक छन्। ती सबैको विभिन्न खर्चसमेत बेरुजु छ।

कलेज स्ववियु सभापति स्वयं श्रेष्ठले त्रिविले इन्जिनियरिङ अध्ययन संस्थानलाई शैक्षिक निकासको बाटो दिनुपर्ने बताए। ‘मुख्य रूपमा हाम्रा कक्षाकोठा खुल्नुपर्‍यो, पठनपाठन र परीक्षा समयमै हुनुपर्‍यो’, सभापति श्रेष्ठले आन्दोलन स्थलबाटै नागरिकसँग भने, ‘इन्जिनिरिङ अध्ययन संस्थानको गुणस्तर कायम राख्न स्वायत्तता दिनुपर्‍यो।’

त्रिविका प्रवक्ता यमनसिंह बोहराले त्रिवि, शिक्षक र विद्यार्थीबिच वार्ता भइरहेको र वार्ताबाटै समाधान खोजी गरिने जनाए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस