कक्षा ९ मा अध्ययनरत छात्रा इच्छा श्रेष्ठ शुक्रबार योमरी बनाउन सिक्दै थिइन्। नेवारी समुदायमा योमरी प्रख्यात भए पनि उनलाई बनाउने तरिका थाहा थिएन। चितवनको भरतपुर महानगरपालिका २ क्षेत्रपुरस्थित न्यू होराइजन इङ्गिलिस स्कुलमा लागेको मेलामा आएर सीप सिक्न पाउँदा खुसी लागेको उनी बताउँछिन्।
'घरमा ममीहरूले बनाइरहनुहुन्थ्यो, तर बनाउन पाएकी थिइनँ,’ योमरी बनाउन सिक्दै गर्दा भेटिएकी श्रेष्ठले भनिन्, ‘यहाँ सिक्न पाउँदा खुसी लागेको छ।’
उनी जस्तै यहाँ कोही मोही पार्दै थिए त कोही गुन्द्री बुन्न सिक्दै। कोही कपडा सिलाउँदै त कोही सेल रोटी पकाउँदै। शुक्रबार स्कुलले यसरी बालबालिकालाई अभिभावक दिवसको अवसर पारेर विद्यार्थीलाई परम्परागतदेखि आधुनिक प्रविधिसम्मको व्यावहारिक सीप सिकाइरहेको थियो।
विद्यार्थीलाई सैद्धान्तिक मात्र नभइ व्यावहारिक ज्ञान प्रदान गर्न सीपमा आधारित मेला आयोजना गरिएको स्कुलका अध्यक्ष श्रीधर घिमिरेले बताए। विद्यार्थीलाई रोजगार मूलक शिक्षा दिने उद्देश्यले मेलामा कौशी खेती, परम्परागत सीप, आधुनिक विज्ञानको आविष्कार, दैनिक जीवनयापनका क्रियाकलाप र हस्तकला बनाउने लगायतका सीप सिकाइएको उनले बताए।
‘यहाँ १३ वटा क्याम्प छन्। आकस्मिक अवस्थामा कसरी बच्ने, जीवन उपयोगी सीप कसरी सिक्ने, घरमा आफ्नो काम आफैँ कसरी गर्ने भन्ने विषयमा जानकारी दिइएको छ,’ उनले उदाहरण दिँदै भने, ‘चिया पकाउने विषय कक्षामा पढाइ हुन्छ। त्यसैलाई चिया पकाउन के के वस्तु आवश्यक पर्छ विद्यार्थीले पकाएर नै देखाएका छन्।’
प्रधानाध्यापक वसन्त रानाभाटका अनुसार गुन्द्री बुन्ने, मोही पार्ने, खाना बनाउने, भाडा माझ्ने, बाती कात्ने, टपरी बुन्नेलगायत सीपमूलक क्रियाकलाप सिकाइएको थियो। मेलामा जन्मदेखि मृत्युसम्मको रीतिरिवाज देखाइएको छ।
उनका अनुसार यस प्रकारको सीपमा आधारित सिकाइ मेला नेपालमा पहिलोपटक गरिएको हो। पाठ्यक्रममा रहेका विषयवस्तुलाई प्रयोगात्मक रूपमा सीप विकास गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको स्कुलका शैक्षिक परामर्शदाता अर्जुन भट्टले बताए। विद्यालयमा सिकाइने शिक्षालाई सीपसँग जोड्न स्कुलले नयाँ नयाँ कार्यक्रम ल्याउँदै आएको उनले बताए।
बालबालिकासँग सैद्धान्तिक ज्ञान मात्र भएको भन्दै कुन वस्तु कसरी उत्पादन हुन्छ भन्ने नै थाहा नभएको कारण विद्यार्थीलाई सचेत गराउनको लागि यस किसिमको कार्यक्रम गरिएको उनको भनाइ छ। बालबालिकालाई सेलरोटी, टपरी, गुन्द्री बुन्न, मोही पार्न सिकाउन पाउँदा खुसी लागेको मेलामा सहभागी अभिभावक बताउँछन्। विद्यालयमै सीप सिकेपछि विद्यार्थीलाई भविष्यमा रोजगारीका लागि सहयोग पुग्ने अपेक्षा रहेको अभिभाव देवी शर्मा बताउँछिन्।
विद्यार्थीले आजको प्रदर्शनीबाट धागो कात्ने, ढिकी कुट्ने, गुन्द्री बुन्ने, जाँतो पिस्ने, कपडा सिलाउनेलगायतका सिकाइ आफूहरूको लागि नयाँ भएकाले सिक्न पाउँदा खुसी व्यक्त गरेका छन्। मेलामा विद्यार्थीले बनाएका विद्युतीय आविष्कारको समेत प्रदर्शन गरिएको थियो। उनीहरूले टेलिस्कोप, माइक्रोस्कोप, पेरिस्कोप, केबलकार समेत बनाएर प्रदर्शन गरेका थिए। यो प्रविधि कक्षा ९ का विद्यार्थीले बनाएको सोही कक्षाकी छात्रा प्रकृति कडरियाले बताइन्। ‘यी प्रविधि सरहरूले सिकाएपछि हामीले चार दिनमा बनाएका हौँ,’ उनले भनिन्, ‘सीप मेलाबाट हामीलाई सिक्ने अवसर प्राप्त भएको छ।’
कार्यक्रममा सिकेका कुरा विद्यार्थीले अभिभावकसँग मिलेर घरमा गरेको अभ्यासबाट प्रयोगात्मक नम्बरपनि जोडिने स्कुलले बताएको छ।
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।
सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।
गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।
सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।
सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।
‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’
पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।
यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।
गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।
यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।
त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए।
सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’
सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।
खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।
अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।
सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।
त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।
यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।
कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...