‘काठमाडौं विश्वविद्यालयका विवाद अन्त्य नगरिए शैक्षिक गुणस्तरमा असर पर्नसक्छ’
२४ माघ २०८१
•
२ मिनेट पाठ
‘काठमाडौं विश्वविद्यालयका विवाद अन्त्य नगरिए शैक्षिक गुणस्तरमा असर पर्नसक्छ’
काठमाडौं विश्वविद्यालयभित्र देखिएका विवादलाई समाधान गर्दै संस्थागत विकास र सुशासन कायम गर्न नसकिए विश्वविद्यालयको छविमा नकारात्मक असर पर्नेबारे चिन्ता व्यक्त गरिएको छ ।




शिक्षा पत्रकार समाजले आज आयोजना यहाँ आयोजना गरेको अन्तरक्रियामा वक्ताहरूले विश्वस्तरीय मानकको सूचीमा पु¥याउन विश्वविद्यालयलाई अनुसन्धान र सीपमूलक शिक्षालाई जोड दिँदै समुदायसँगको सम्बन्ध सुमधुर तुल्याउनुपर्ने आवश्यक औँल्याइएका छन् ।

विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्रा डा अच्युुत वाग्लेले संस्थागत विकास र सुशासनका क्षेत्रमा केही चुनौती भए पनि आफूले रजिष्ट्रार हुँदा सुशासन कायम गर्न सक्दो भूमिका निर्वाह गरेको बताए। उनले ३५ वर्षसम्म मानव स्रोत कसरी निर्धारण गर्ने भन्ने आधार निर्धारण नहुँदा विश्वविद्यालय र धुलिखेल अस्पतालका नेतृत्वबीचको मनमुटाव भएकाले विवाद बाहिर आएको उल्लेख गरे।

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको पहलमा गत यही माघ ४ गते बसेको विश्वविद्यालयको सभाले ती दुुई संस्थाबीच पुनः सहकार्य जारी राख्नेसम्बन्धी सहजीकरण समितिको सुझावसहितकोे प्रतिवेदनलाई अनुमोदन गरेको थियो ।

विश्वविद्यालयको रिक्त उपकुलपति चयनका लागि संस्थापक उपकुलपति प्रा डा सुुरेशराज शर्माको संयोजकत्वमा रहेको खोज तथा सिफारिस समितिले छनोटको मापदण्ड परिमार्जन गरी अनुसन्धान कार्यलाई कम अङ्कभार दिइएको तथा समितिका पदाधिकारीको नातेदार आवेदक भए पनि सिफारिसको निर्णयमा बस्न मिल्ने गराइएपछि विवाद बढेको थियो ।

सो विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाको कार्यकाल यही माघ ६ गते सकिएको थियो । कार्यकाल सकिए पनि थापालाई निरन्तरता दिन सिफारिस समितिले कुलपतिसमक्ष सिफारिस गरेको विषय पनि विवादमा आएको थियो।

कार्यक्रममा शिक्षाविद् एवं सो विश्वविद्यालयको स्कुल अफ एजुकेसनका डिन प्रा डा बालचन्द्र लुइँटेलले विश्वविद्यालयभित्रका समस्या नियन्त्रण गर्नै नसक्ने गरी बिग्रिनसकेको जिकिर गर्दै समुदायलाई साथमा लिएर अघि बढ्न सकेमा विद्यार्थीको आकर्षण बढुने बताए।

शिक्षाविद् प्रा डा मनप्रसाद वाग्लेले खोज तथा सिफारिस समिति पुरानै ‘लिगेसी’को  निरन्तता भएको बताए। उनले सिफारिस समितिले उपकुलपति छनोटको मूल्याङ्कन गर्ने कार्यविधिमा अनुसन्धानलाई बढी अङ्कभार दिने व्यवस्था संशोधन गरेकामा चिन्ता व्यक्त गरे।

धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जुले समयको माग र सीपमूलक शिक्षामा विश्वविद्यालयले ध्यान दिन र स्थानीयवासीसँग समन्वय बढाउन आग्रह गरे।

सिफारिस समितिले उपकुलपति पदमा गरेको पहिलोपटक सूचना जारी गर्दा १७ जनाको आवेदन परेको थियो । त्यसमा चिकित्सा क्षेत्रका उम्मेदवार आवेदन गर्न नमिल्ने खालको कार्यविधि बनाइएको भन्दै कुलपतिसमक्ष निवेदन दिएपछि उहाँको आग्रहमा समितिले यही माघ १८ मा दोस्रोपटक आवेदनका लागि सूचना प्रकाशन गरेको छ ।
अर्को समाचार
केयु उपकुलपति छनोट: सिफारिस समितिकाे तमासा, एक्लाएक्लै नाम बोकेर प्रधानमन्त्रीकहाँ जाँदै
१६ फागुन २०८१
•
३ मिनेट पाठ
केयु उपकुलपति छनोट: सिफारिस समितिकाे तमासा, एक्लाएक्लै नाम बोकेर प्रधानमन्त्रीकहाँ जाँदै
काठमाडौं विश्वविद्यालय(केयु)को उपकुलपति छनौट गर्न गठित खोज तथा सिफारिस समितिका सदस्यहरूबिचमै मतभिन्नता हुँदा नाम सिफारिसमा ढिलाइ भएको खुलेको छ । स्वयं समितिका संयोजक रहेका प्रा.डा. सुरेशराज शर्माले यो कुरा स्वीकार गरेका छन्। 




केयुमा नयाँ उपकुलपतिको नाम सिफारिस गर्न विश्वविद्यालय सभाले मंसिर ३० गते केयुका पुर्वउपकुलपति प्रा.डा. शर्माको संयोजकत्वमा तीन सदस्यीय खोज तथा सिफारिस समिति गठन गरेको थियो। सदस्यमा नेपाल सरकारका पुर्वसचिव जनार्दन नेपाल र पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. अर्जुन कार्की छन् । यसरी समिति गठन भएको तीन महिना बित्नै लाग्दा हालसम्म उपकुलपतिका लागि नाम सिफारिस गर्न सकेको छैन

संयोजक शर्माले समितिका सदस्यहरूबिचमै सहमति जुट्न नसकेपछि नाम सिफारिस गर्न ढिलाइ भएको बताए। ‘हामी समितिका तीन जना सदस्यहरूको उपकुलपति सिफारिस गर्ने तीन जनाको नाममा मत विभाजन भयो,’ नागरिकसँगको कुराकानीमा शर्माले भने,‘यसले गर्दा केयुको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गर्नै मुस्किल बन्यो ।’ 

अन्तर्वार्तामा सहभागी भएका १० जनामध्ये नाम सिफारिस गर्न सदस्य तीन जनाको आ–आफ्नै अडान रहेको उनले बताए। ‘कसैको बढी जिद्दी होला कसैको कम सिद्धि होला कुरा यत्ति हो,’ उनले भने। 

आफूले प्रतिस्पर्धा भन्दा पनि विश्वविद्यालय हाँक्न सक्ने अनुभवी, प्राज्ञिक क्षमता भएको, नेतृत्व लिन सक्ने  र स्रोत व्यवस्थापन गर्न सक्ने सक्षम व्यक्ति सिफारिस गर्न चाहेको संयोजक शर्माले दाबी गरे। लामो समय सहमति नजुटे पनि अहिले समितिका सदस्यबिचमा आफूअनुकुल एक/एक नाम कुलपति(प्रधानमन्त्री केपी शर्मा ओली)समक्ष सिफारिस गर्ने सहमति बनेको उनले जानकारी दिए। 

‘मैले छानेको एक जनाको नाम कुलपति समक्ष बुझाउने तयारीमा छु। अन्य सदस्यले पनि आफूले छानेको नाम एक्ला एक्लै बुझाउनुहुन्छ,’ संयोजक शर्माले भने। आफूले छनोट गरेको नाम अन्य सदस्यलाई नभनेको र अन्य सदस्यले छानेको नाम आफूलाई थाहा नभएको उनले बताए।  
‘अहिले हामी तीन सदस्यहरू मापदण्डमै रहेर आ–आफ्नो अनुकूल नाम एक/एक नाम सिफारिस गर्न सहमत भयौँ,’ उनले भने, ‘हामीले छनौट गरेको नाम सदस्यहरुबीच खुलाएका छैनौँ । कुलपतिलाई  गोप्य रूपमा बुझाउने छौँ । नियुक्तिपछि मात्र सार्वजनिक हुन्छ ।’ 

तीन सदस्यहरूले आफूले छनौट गरेका नाम एक्ला एक्लै प्रधानमन्त्री एवं कुलपति ओलीलाई बुझाउने सहमति बनेको पनि उनले बताए। ‘मैले छानेको एक जनाको नाम कुलपति समक्ष बुझाउने तयारीमा छु। अन्य सदस्यले पनि आफूले छानेको नाम एक्ला एक्लै बुझाउनुहुन्छ,’ संयोजक शर्माले भने। आफूले छनोट गरेको नाम अन्य सदस्यलाई नभनेको र अन्य सदस्यले छानेको नाम आफूलाई थाहा नभएको उनले बताए।  

सिफारिस समितिका सदस्यबिच विश्वासको कमी भएको संयोजक शर्माले स्वीकार गरे। ‘समितिले फागुन ३ गते नै सर्ट लिस्टमा परेका १० जना उपकुलपति उम्मेदवारहरूको अन्तरवार्ता सकाएको हो । तीन जनाको नाम सिफारिस गर्दा सहमति नै जुट्न नसकेपछि ढिलाइ हुन गयो,’ उनले भने। 

केयु उपकुलपति छनौट मापदण्डअनुसार भिजन पेपरको १५ अंकभार, रणनीति पत्रको १५ अंकभार, प्रस्तुतिमा २० अंकभार र अन्तरवार्तामा २० गरी ७० अंकभार निर्धारण गरिएको छ । यस्तै शैक्षिक योग्यता, अनुसन्धान, पुस्तक प्रकाशन, अनुभव, नेतृत्व क्षमता,समस्या पहिचानलगायतका आधारमा ३० अंकभारले निर्धारण गरिएको छ । 
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस