रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
१२ मंसिर २०८१
•
४ मिनेट पाठ
रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा नेपाल आयल निगमका लुम्बिनी प्रदेशिक भण्डारण गृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न काठमाडौँ विश्वविद्यालयसँग सम्झौता भएको छ।




बुधबार आयोजित कार्यक्रममा भण्डारण क्षमता वृद्धि परियोजनाका प्रमुख एवं निगमका उपनिर्देशक प्रदीप यादव र काठमाडौँ विश्वविद्यालय (कन्सल्टेन्सी विभाग)का प्रमुख विवेक बरालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे।

सम्झौताअनुसार केयूले एक करोड ९५ लाख ७६ हजार पाँच सय ७८ रुपैयाँ ५५ पैसामा छ महिनाभित्र डिपिआर तयार गर्नेछ।

डिपिआर तयार भएलगत्तै डिपो निर्माण अघि बढाइने र २०८४ मङ्सिरसम्म भलवारीस्थित डिपो स्थानान्तरण गरिने निगमका उपनिर्देशक यादवले जानकारी दिए। यसअघि निगमले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको हवाई इन्धन डिपो स्थानान्तरणका लागि डिपिआर निर्माण गर्न गत साता पुल्चोक इन्जिनियरिङ क्याम्पससँग सम्झौता गरेको थियो।

भैरहवा–बुटवल मुख्य राजमार्गसँग जोडिएको करिब साढे पाँच बिघा जमिनमा हालको लुम्बिनी प्रादेशिक कार्यालय अवस्थित छ। यहाँ पाँच सय १९ किलोलिटर पेट्रोल, तीन हजार ४० किलोलिटर डिजेल र एक सय ४० किलोलिटर मट्टितेल भण्डारण क्षमताका ट्याङ्कर छन्। बढ्दो खपतको तुलनामा हकालको भण्डारण क्षमता अत्यन्त न्यून रहेको निगमको भनाइ छ । अहिलेको भण्डारण क्षमताले पेट्रोलको दुई दिन र डिजेलको पाँच दिनको माग मात्रै धान्न सक्ने अवस्था रहेको उपनिर्देशक यादवले जानकारी दिए।

भलवारी डिपोमा जग्गा अभावका कारण ट्याङ्करलाई यथेष्ट पार्किङस्थल उपलब्ध गराउन नसक्दा सडकमै रोक्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।“डिपो सञ्चालनका क्रममा बढ्दै गएको सुरक्षा चिन्तालाई सम्बोधन गर्न तथा आधुनिक सुरक्षाका उपकरण जडान तथा विस्तार गर्न पनि नयाँ डिपो निर्माण गर्न आवश्यक छ”, भलवारी डिपो स्थानान्तरणको आवश्यकता प्रस्ट्याउँदै उपनिर्देशक यादवले भने।

डिपो स्थानान्तरण गर्नुपर्ने स्थानीय बासिन्दाको दबाब र बढ्दो पेट्रोलियम खपतलाई सम्बोधन गर्न रोहिणी खोला किनारमा नयाँ डिपो निर्माण गर्न लागिएको निगमले स्पष्ट परेको छ। निगमले चालु आवको नीति तथा कार्यक्रम र बजेटमा रोहिणी नदी किनारमा रहेको करिब १४ बिघा जमिनमा आधुनिक डिपो निर्माण गर्ने उल्लेख गरेको छ।

कन्सल्टेन्सी सेवा विभागका प्रमुख बरालले केयू र निगमबीच लामो समयदेखि अनुसन्धान मुलुक कार्यमा सहकार्य हुँदै आएको जानकारी दिँदै पेट्रोलियम भण्डारण गृहको डिपिआर निर्माण गर्न दिइएको जिम्मेवारी समयमै पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। यसबाट सबै प्रकारका पूर्वाधार निर्माण गर्न नेपाली जनशक्ति सक्षम रहेको पुष्टि भएको उनको भनाइ छ।

निगमका उपनिर्देशक यादवले पेट्रोलियम पूर्वाधार निर्माणमा इन्डियन आयल कर्पोरेसनको प्राविधिक टोलीको भर पर्नुपर्ने अवस्था अन्त्य गर्न त्रिभुवन विश्वविद्यालयअन्तर्गतको पुल्चोक क्याम्पस र काठमाडौं विश्वविद्यालयबीच सम्झौता भएको बताए।

आधुनिक डिपो निर्माणसँगै प्रदेशभरको माग धान्ने ठूलो क्षमताको स्टोरेज ट्याङ्कसमेत बनाइनेछ।अब बन्ने डिपोमा डिजेल भण्डारणका लागि तीन हजार किलोलिटर क्षमताको तीन ठूलो भर्टिकल ट्याङ्की निर्माण गरिनेछ। यस्तै, पेट्रोल भण्डारणका लागि दुई हजार दुई सय ८० किलोलिटर र मट्टितेल भण्डारणका लागि पाँच सय किलोलिटरको ट्याङ्कर निर्माण हुनेछ।

डिपोभित्र कम्तीमा एक सय ५० वटा ट्रक तथा ट्याङ्कर सजिलै आवातजावत गर्न सक्ने पार्किङस्थल पनि बन्नेछ ।अमेरिकन पेट्रोलियम इन्स्टिच्यूट ९एपिआई० मापदण्डअनुसार निर्माण हुने डिपोमा नवीन प्रविधिको सुरक्षा प्रणाली जडान गरिने परियोजना प्रमुख यादवले जानकारी दिए। निगमले रोहिणी खोला किनारमा भण्डारण गृह निर्माणका लागि गत वैशाखमा जमिन सम्याउने र पर्खाल लगाउने काम सुरु गरेको थियो।

निर्माण सुरु भएको तीन वर्षमा सक्ने योजना रहेको परियोजनाको कुल लागत तीन अर्ब २० करोड हुने प्रारम्भिक अनुमान छ। काठमाडौँ विश्वविद्यालयको विज्ञता सो परियोजनामा प्रयोग गर्न पाउँदा निगम अत्यन्त खुसी भएको जानकारी दिँदै उनले केयूको डिपिआरअनुसार तयार हुने परियोजना दिगो र आधुनिक सुविधा सम्पन्न हुने विश्वास व्यक्त गरे।

विसं २०२७ सालमा स्थापना भएको सरकारी स्वामित्वको निगमले नेपालमा पेट्रोलियम पदार्थको आयात, भण्डारण र वितरण गर्दै आइरहेको छ । निगमको हाल सातवटा प्रादेशिक कार्यालय, तीनवटा शाखा कार्यालय, १० वटा हवाई इन्धन डिपो र दुईवटा हवाई इन्धन रिफ्युलिङ स्टेसन सञ्चालनमा छन्।

निगमसँग विराटनगर,धनुषा, वीरगञ्ज, अमलेखगञ्ज, काठमाडौँ, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीमा इन्धन भण्डारण गृह छ। हाल निगमको पेट्रोलियम पदार्थ भण्डारण क्षमता ६० हजार तीन सय ८४ किलोलिटर रहेको छ। पेट्रोलियम पदार्थका लागि आयातमा निर्भर रहेको नेपालका लागि निगमले भारतको सरकारी स्वामित्वको इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट इन्धन खरिद गर्दै आइरहेको छ।

अशोक घिमिरे र कमल रायमाझी / रासस
अर्को समाचार
केयु उपकुलपति छनोट: सिफारिस समितिकाे तमासा, एक्लाएक्लै नाम बोकेर प्रधानमन्त्रीकहाँ जाँदै
१६ फागुन २०८१
•
३ मिनेट पाठ
केयु उपकुलपति छनोट: सिफारिस समितिकाे तमासा, एक्लाएक्लै नाम बोकेर प्रधानमन्त्रीकहाँ जाँदै
काठमाडौं विश्वविद्यालय(केयु)को उपकुलपति छनौट गर्न गठित खोज तथा सिफारिस समितिका सदस्यहरूबिचमै मतभिन्नता हुँदा नाम सिफारिसमा ढिलाइ भएको खुलेको छ । स्वयं समितिका संयोजक रहेका प्रा.डा. सुरेशराज शर्माले यो कुरा स्वीकार गरेका छन्। 




केयुमा नयाँ उपकुलपतिको नाम सिफारिस गर्न विश्वविद्यालय सभाले मंसिर ३० गते केयुका पुर्वउपकुलपति प्रा.डा. शर्माको संयोजकत्वमा तीन सदस्यीय खोज तथा सिफारिस समिति गठन गरेको थियो। सदस्यमा नेपाल सरकारका पुर्वसचिव जनार्दन नेपाल र पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. अर्जुन कार्की छन् । यसरी समिति गठन भएको तीन महिना बित्नै लाग्दा हालसम्म उपकुलपतिका लागि नाम सिफारिस गर्न सकेको छैन

संयोजक शर्माले समितिका सदस्यहरूबिचमै सहमति जुट्न नसकेपछि नाम सिफारिस गर्न ढिलाइ भएको बताए। ‘हामी समितिका तीन जना सदस्यहरूको उपकुलपति सिफारिस गर्ने तीन जनाको नाममा मत विभाजन भयो,’ नागरिकसँगको कुराकानीमा शर्माले भने,‘यसले गर्दा केयुको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गर्नै मुस्किल बन्यो ।’ 

अन्तर्वार्तामा सहभागी भएका १० जनामध्ये नाम सिफारिस गर्न सदस्य तीन जनाको आ–आफ्नै अडान रहेको उनले बताए। ‘कसैको बढी जिद्दी होला कसैको कम सिद्धि होला कुरा यत्ति हो,’ उनले भने। 

आफूले प्रतिस्पर्धा भन्दा पनि विश्वविद्यालय हाँक्न सक्ने अनुभवी, प्राज्ञिक क्षमता भएको, नेतृत्व लिन सक्ने  र स्रोत व्यवस्थापन गर्न सक्ने सक्षम व्यक्ति सिफारिस गर्न चाहेको संयोजक शर्माले दाबी गरे। लामो समय सहमति नजुटे पनि अहिले समितिका सदस्यबिचमा आफूअनुकुल एक/एक नाम कुलपति(प्रधानमन्त्री केपी शर्मा ओली)समक्ष सिफारिस गर्ने सहमति बनेको उनले जानकारी दिए। 

‘मैले छानेको एक जनाको नाम कुलपति समक्ष बुझाउने तयारीमा छु। अन्य सदस्यले पनि आफूले छानेको नाम एक्ला एक्लै बुझाउनुहुन्छ,’ संयोजक शर्माले भने। आफूले छनोट गरेको नाम अन्य सदस्यलाई नभनेको र अन्य सदस्यले छानेको नाम आफूलाई थाहा नभएको उनले बताए।  
‘अहिले हामी तीन सदस्यहरू मापदण्डमै रहेर आ–आफ्नो अनुकूल नाम एक/एक नाम सिफारिस गर्न सहमत भयौँ,’ उनले भने, ‘हामीले छनौट गरेको नाम सदस्यहरुबीच खुलाएका छैनौँ । कुलपतिलाई  गोप्य रूपमा बुझाउने छौँ । नियुक्तिपछि मात्र सार्वजनिक हुन्छ ।’ 

तीन सदस्यहरूले आफूले छनौट गरेका नाम एक्ला एक्लै प्रधानमन्त्री एवं कुलपति ओलीलाई बुझाउने सहमति बनेको पनि उनले बताए। ‘मैले छानेको एक जनाको नाम कुलपति समक्ष बुझाउने तयारीमा छु। अन्य सदस्यले पनि आफूले छानेको नाम एक्ला एक्लै बुझाउनुहुन्छ,’ संयोजक शर्माले भने। आफूले छनोट गरेको नाम अन्य सदस्यलाई नभनेको र अन्य सदस्यले छानेको नाम आफूलाई थाहा नभएको उनले बताए।  

सिफारिस समितिका सदस्यबिच विश्वासको कमी भएको संयोजक शर्माले स्वीकार गरे। ‘समितिले फागुन ३ गते नै सर्ट लिस्टमा परेका १० जना उपकुलपति उम्मेदवारहरूको अन्तरवार्ता सकाएको हो । तीन जनाको नाम सिफारिस गर्दा सहमति नै जुट्न नसकेपछि ढिलाइ हुन गयो,’ उनले भने। 

केयु उपकुलपति छनौट मापदण्डअनुसार भिजन पेपरको १५ अंकभार, रणनीति पत्रको १५ अंकभार, प्रस्तुतिमा २० अंकभार र अन्तरवार्तामा २० गरी ७० अंकभार निर्धारण गरिएको छ । यस्तै शैक्षिक योग्यता, अनुसन्धान, पुस्तक प्रकाशन, अनुभव, नेतृत्व क्षमता,समस्या पहिचानलगायतका आधारमा ३० अंकभारले निर्धारण गरिएको छ । 
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस