त्रिवि प्राज्ञिक नियुक्तिमा किन परेनन् महिला?
०३ माघ २०८१
•
४ मिनेट पाठ
त्रिवि प्राज्ञिक नियुक्तिमा किन परेनन् महिला?
संविधानले नै देशका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरिसकेको अवस्थामा त्रिभुवन विश्वविद्यालयमा भने कुनै पनि निर्णायक तहमा महिलाको नियुक्ति हुन सकेन।




हाल त्रिविले मेरिटोक्रेसीबाट नियुक्ति गर्ने भन्दै मापदण्ड पनि बनायो। यही आधारमा त्रिविको सावधिक पदमा खुला रूपमा आवेदन माग गरी विभिन्न समिति नै बनाएर नियुक्ति प्रक्रिया अघि बढाइयो। यसैमा आधारित भएर त्रिविले अहिले आठवटा डिन, एउटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक, योजना निर्देशनालयका निर्देशक, २४ क्याम्पस प्रमुख र ६ जना सहपरीक्षा नियन्त्रक गरी कुल ४० पदपूर्तिका लागि विज्ञापन गरेको थियो। आइतबारसम्म सबै पदमा नियुक्ति पनि भयो। तर प्रतिस्पर्धामा महिला हुँदाहुँदै पनि कुनै पदमा परेनन्।

किन परेनन् महिला?

सानोठिमी क्याम्पस प्रमुखकी प्रतिस्पर्धी प्रतिमा ताम्राकारको अनुभवमा त्रिविमा मेरिटोक्रेसी नभएर दलक्रेसी हाबी भएका कारण महिला नपरेका हुन्। दलक्रेसीबाट पीडित उनी आफैं बनेको अनुभव सुनाउँदै उनले मेरिटोक्रेसीमा हुने भए उनी आफैं बलियो दाबेदार रहेको दाबी गरिन्।

‘अहिले सानेठिमी क्याम्पसमा नियुक्ति हुनुभएका प्रमुख उपप्राध्यापक डा. माधव श्रेष्ठ मभन्दा कनिष्ठ उपप्राध्यापक हुन्। उनको नम्बरभन्दा हरेक क्षेत्रमा मेरो अंक बढी छ। तर उहाँ माओवादीको भएकाले प्रमुखको चिठा पर्‍यो,’ सहप्राध्यापक एवं क्याम्पस प्रमुखकी प्रतिस्पर्धी ताम्राकारले नागरिकसँग भनिन्।

मेरिटोक्रेसीको नाममा अब्बललाई फालेर नियुक्ति गरिनु प्राज्ञिक क्षेत्रकै लागि नै विडम्बना बन्न पुगेको सरोकारवालाहरूको ठहर छ। प्राज्ञिक क्षेत्रको निर्णायक पदमा महिला नपुग्नुलाई त्रिवि सूचना प्रविधि तथा नवप्रवर्तन केन्द्रका निर्देशक प्राडा सुवर्ण शाक्यले नियतवश हराइएको मानेका छन्। उनले महिला सक्षम र प्रतिस्पर्धामा भए पनि कतै राजनीतिको भागबन्डाको नाममा त कतै मेरिटोक्रेसीको नाममा फालिएको बताए।

‘मेरिटोक्रेसी नामका लागि मात्र बनायो। इन्जिनियरिङको डिनमा पनि एक महिला हुनुहुन्थ्यो तर उहाँ सर्टलिस्ट पाँचमा पर्नु भएन,’ शाक्यले आफूले डिनको प्रतिस्पर्धामा भोगेको तितो अनुभव सुनाए, ‘के को मेरिटोक्रेसी ? मेरो नाम एक नम्बरमा सिफारिस भएको थियो। तर तीन नम्बरकालाई इन्जिनियरिङको डिन बनाइयो। केवल राजनीतिका आधारमा।’

क्याम्पस नियुक्तिमा समेत सहप्राध्यापक, प्राध्यापकहरूलाई फालेर आफ्ना नजिकका र स्वार्थ मिल्दो तरिकाले उपप्राध्यापकहरूलाई प्रमुख बनाइएको छ। त्रिविको नियमअनुसार उपप्राध्यापक पनि कलेज प्रमुख हुन पाउँछन् तर उनीहरूले प्राप्त गर्ने अंक भने फरक हुन्छ।

भक्तपुरमा रहेको सानोठिमी क्याम्पसमा उपप्राध्यापक माधव श्रेष्ठ क्याम्पस प्रमुख बने। छनौट समितिले सार्वजनिक गरेको पाँच जनाको सूचीमा सहप्राध्यापक डा. प्रतिमा ताम्राकार, सहप्राध्यापक राजेन्द्र कुँवर, सहप्राध्यापक डा. राजेन्द्र कुँवर शाह, उपप्राध्यापक डा. पूर्णबहादुर लामिछाने र उपप्राध्यापक माधव श्रेष्ठ थिए। तर छनौट समितिले एक नम्बरमा उपप्राध्यापक माधव श्रेष्ठको नाम सिफारिस गरिदियो र क्याम्पस प्रमुखमा उनै नियुक्ति पनि भए।

यसैगरी काठमाडौंको प्रदर्शनी मार्गमा रहेको रत्नराज्य कलेजको प्रमुखमा सहप्राध्यापक डा. पद्मकुमार अधिकारी नियुक्त भएका छन्। यो कलेज प्रमुखमा पाँच जनाको सर्टलिस्टमा महिला पनि थिए। पाँच जनाको नाममा प्राडा कृष्णराज आचार्य, प्राडा जीवधर ज्ञवाली, सहप्राध्यापक नवराज थापा र सहप्राध्यापक मोतीकला सुब्बाको नाम थियो।

पद्मकन्या कलेज प्रमुख जयालक्ष्मी प्रधानले प्राज्ञिक क्षेत्रको निर्णायक तहमा महिलालाई नपुर्‍याइनु र नपुग्नुले हाल त्रिविमा कायम भइरहेको दलीयकरण मानसिकतालाई नै लिन्छिन्। महिलामा योग्यता र क्षमता हुँदाहुँदै पनि महिलालाई प्रतिस्पर्धाबाटै हटाउने प्रयासलाई उनी त्रिविको कमजोरी नै ठान्छिन्।

‘चार वर्षअघि तत्कालन उपकुलपति प्राडा तीर्थ खनियाँ हुँदा पनि हामीले त्रिविको प्राज्ञिक पदमा महिला सहभागिता बढाउन माग गरेका थियौं तर सुनुवाई भएन,’ प्रधानले भनिन्, ‘त्रिविमा हरेक क्षेत्रमा महिला सक्षम प्राज्ञ हुनुहुन्छ। प्राज्ञिक, प्रशासनिक, व्यवस्थापकीय लगायत सबै क्षेत्रमा दक्षता छ निर्णायक तहमा नपुग्नु दुःखद् हो।’

प्रधान सहनियन्त्रक नियुक्तिका लागि गठन गरिएको छनौट समितिको संयोजक पनि हुन्। ‘६ जना सहनियन्त्रकका लागि ६८ जनाको आवेदन परेकोमध्ये दुईजाा महिला थिए। तर उहाहरू मापदण्डभित्र पर्नुभएन,’ प्रधानले अनुभव सुनाइन्, ‘कतै मापदण्डले समेट्दैन त कतै दलगत भागबन्डामा पर्दैनन्। यसले महिलालाई निरुत्साहित गर्न खोजेको देखियो।’

क्याम्पस प्रमुखहरूको छनौट समिति सदस्य प्राडा रामप्रसाद ज्ञवालीका अनुसार २४ आंगिक कलेजमध्ये तीन वटा कलेजमा मात्र महिला प्रतिस्पर्धी सर्टलिस्टमा परे तर मापदण्डअनुसार कम अंक प्राप्त गरेकाले महिला पछि परेका हुन्।
अर्को समाचार
त्रिविको अनौठो दीक्षान्त सभा
१८ पौष २०८१
•
३ मिनेट पाठ
त्रिविको अनौठो दीक्षान्त सभा
यसो हिसाब गर्दा जिन्दगीमा म अहिलेसम्म सातवटा जति विभिन्न युनिभर्सिटी कन्भोकेसन याने ग्राज्युएसन सेरेमोनीमा गएको रहेछु। धेरैमा त कसैको अतिथि नै भएर। एकपटकचाहिँ १९ वर्षे उमेरमा कुनै अमेरिकी विश्वविद्यालयको ग्राज्युएसन सेरेमोनीको तयारीका लागि हायर गरिएको एउटा समूहमा म पनि एउटा सानो स्टुडेन्ट क्रु मेम्बर भएर केही दिन काम पनि गरेको थिएँ।




तर, केही दिनअघि रंगशालामा त्रिभुवन विश्वविद्यालयको कन्भोकेसन मलाई धेरै अर्थमा अनौठो लाग्यो। धेरै विद्यार्थीले त्यो दिन पाउने प्रमाणपत्र हारालुछ तालले, कुनै कुनै ठाउँमा त पुलिसै लगाएर, वितरण गर्ने गरिँदो रहेछ। धेरैलाई त आफ्नै प्रमाणपत्र लिन पनि सकस रहेछ। फेरि त्यो प्रमाणपत्र डिनहरूले या आआफ्ना कलेजका सिनियर पदाधिकारीहरूले दिने पनि हैन रहेछ। गाउँगाउँबाट हजारौँ अभिभावक आएका थिए। तिनलाई स्वागत गर्ने, राम्ररी सिटमा बसाउन/बसाल्ने कोही थिएनन्। ठेलमठेल गरेर रंगशाला छिरेपछि नेपाली पाराले जसले जुन सिट भेट्टाउने हो, त्यसैमा बस्ने चलन रहेछ।

ती गर्विला अभिभावकले आआफ्ना सन्तानको शिक्षाका लागि गरेका खर्च र पारिवारिक योगदानको कुनै पनि वक्ताले, चाहे शिक्षा मन्त्री वा प्रधानमन्त्री या चाहे चिफ गेस्ट आदिले चर्चा गरेनन्। न त तिनलाई कसैले धन्यवादै दिए। शायद यस्तो गर्ने चलन हामीकहाँ छैन।

रंगशालामा व्यवस्थापनको जिम्मा जसले लिएको हो, उसले खासै जिम्मेवारी पूरा गरेको मैले पाइन। सिटहरू फोहोर थिए। ट्वाइलेट खत्तम थिए। हो, नेपाली पाराले हेर्ने हो भने त ‘यस्तै चल्छ’ भनेर चूपचाप सबै सहन सकिन्छ तर रंगशाला व्यवस्थापनले आफ्नो सम्पत्तिको जुनखालको प्रभाव देखाउन देखाउन सक्थ्यो, त्यो खासै देखिएन। आखिर टियुले पैसै तिरेर त्यो दिन रंगशाला भाडामा लिएको होला।

विभिन्न संकायका विद्यार्थी आआफ्ना कलेज या संकायका झण्डा बोकेर ओलम्पिक्स खेलको पहिलो दिनमा हुने जस्तै लाइन लागेर जुलुस बनाउँदै रंगशालाको मैदानमा छिर्लान्, अनि त्यो सबै हेर्न रोमाञ्चकारी होला भन्ठानेको थिएँ तर त्यस्तो केही पनि पटक्कै थिएन त्यहाँ। विद्यार्थी कताकता, अभिभावक यताउता, अस्तब्यस्त नै थियो। जे हुनुपर्ने, थिएन/भएन। तर पनि हामी सबैले गर्ने त त्यही हो– व्यवस्थाअनुसार अनुकूलन हुने। सबैले गरे।

साउन्ड सिस्टम खत्तम थियो। उद्घोषक वा अन्य वक्ताले बोलेको केही नबुझिने। तर नेपाली पाराले चाहिँ चल्ने नै यस्तै नै सिस्टम हो। बोलेको बुझ्न अगाडि मञ्चसम्म नै पुग्नुपर्ने थियो। चिफ गेस्ट रामप्रकाश यादवले जानेर हो या नजानेर आफ्नै मात्रै बखान गर्दै बसे।

सत्तरीको दशकमा कर्नेलबाट कृषिमा पिएचडी गरेका उनले (क्लाइमेट चेन्ज, चाँडो बदलिँदो प्रविधि, युद्ध, जागिरको अभाव आदि झेल्दै गरेको) अहिलेको पुस्तालाई चाहिने शिक्षा केही पनि दिएनन्। उनी मान्छे पक्कै राम्रा होलान् तर कसैले पनि उनलाइ ‘कमेन्समेन्ट स्पिच’ भनेको आफ्नै ‘महान्’ बायोग्राफी लम्बेतान तालले भन्ने कुरा हैन भनेर कुनै सुझाएको पाइएन।

शिक्षामन्त्री विद्या भट्टराईको भाषण नेपाली मूल दलका सबै नेताको जस्तै कपि–पेस्ट गरेर जुनबेला, जतिबेला, अनि जुनसुकै वर्ष जसको अगाडि जसले दिए पनि सारमा खासै फरक नआउने खालकै थियो। सुनेपछि मैले मनमनै ‘हरे !’ भनेँ। प्रधानमन्त्रीको भाषण सुन्ने बेलासम्ममा त धेरैजना खाजा खान र कतिपयचाहिँ घरै जान भनेर रंगशालाबाटै उठेर हिँडिसकेका थिए।

हुन त हाम्रो प्यारो नेपाली पाराले हेर्दा यी सबै कुरा ठीकै थिए होलान् तर समग्रमा व्यवस्थापन, अनुभव, आदर आदि क्षेत्रमा जति उत्कृष्टता प्रदान गर्न सकिन्थ्यो, त्यसमा चाहिँ चुक्यौँ भन्ने लाग्छ। अर्को वर्ष राम्रो होस् भन्ने कामना छ।

- संस्थागत व्यवस्थापनविद् तिवारीले त्रिविको  ५०औं दीक्षान्त समारोहबारे सामाजिक सञ्जालमा राखेको यो पोस्ट् सबैका लागि रुचिकर हुने ठानेर यहाँ प्रस्तुत गरिएको छ।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस