त्रिभुवन विश्वविद्यालय: अध्ययन बिदामा विदेश गएर नफर्किनेलाई कारबाही
२४ पौष २०८१
•
३ मिनेट पाठ
त्रिभुवन विश्वविद्यालय: अध्ययन बिदामा विदेश गएर नफर्किनेलाई कारबाही
अध्ययन बिदा लिएर विदेश गएका र स्वदेश नर्फिएका प्राध्यापक र कर्मचारीलाई त्रिभुवन विश्वविद्यालयले कारबाही गर्ने भएको छ। विश्वविद्यालय ऐनअनुसार त्रिविले तलब, सेवासुविधा र सहुलियतसहित अध्ययन बिदा दिएर आफ्ना शिक्षक तथा कर्मचारीको थप दक्षता अभिवृद्धि गर्न विदेश पठाउने गरेको छ। तर त्रिविबाट सबै सेवासुविधा लिएर विदेश गए पनि पढाइ सकेर विदेशमै हराउने शिक्षक कर्मचारीको संख्या बढ्दै गएपछि त्रिविका अध्ययनरत विद्यार्थीले अन्दोलन नै गरेका छन्।




त्रिवि शिक्षाध्यक्षको कार्यालयअगाडि संयुक्त विद्यार्थी संगठनले त्रिविमा देखिएका विकृतिको अन्त्य गर्न एक सातादेखि आन्दोलनमा गरेका थिए। सोही आन्दोलनको १० बुँदे माग सम्बोधन गर्दै त्रिविका कार्यकारीबाटै अब यस्ता शिक्षक तथा कर्मचारीको नामनामेसीसहित सार्वजनिक गरी कारबाही गर्ने सहमति भएको छ।

माओवादी केन्द्रनिकट प्राध्यापक डा. केशरजंग बराल उपकुलपति रहेकै समयमा सोही पार्टीनिकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनका अध्यक्ष दिनेश ऐरको संंयोजकत्वमा संयुक्त विद्यार्थी संगठनले त्रिविमा हाल देखिएका विकृतिबारे आवाज उठाउँदै आन्दोलन गरेका थिए। प्राध्यापक पशुपति अधिकारीको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले विद्यार्थीको माग सम्बोधन गर्दै ९ बुँदे सहमति गरेको थियो।

क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष ऐरले भने त्रिविका पदाधिकारीको गैरजिम्मेवारीपनकै कारण त्रिविकै सेवासुविधामा विदेशमा अध्ययन गर्ने तर उतै हराउनेहरू ६५ जनाभन्दा बढी रहेको फेला परेको बताए। उनले आफूहरूले यस्ता शिक्षककर्मचारीलाई त्रिविले दिएको सेवासुविधा असुलउपर गरिनुपर्ने मागसमेत राखेको बताए। ‘त्रिविको नियमअनुसार अध्ययन बिदाका लागि बढीमा पाँच वर्ष विदेश पठाउनु पर्ने हो। नियमअनुसार अध्ययनपछि स्वदेशमै फर्केर शिक्षको सवालमा तीन वर्ष अध्यापन अनिवार्य रूपमा गराउनुपर्ने र कर्मचारीको सवालमा तीन वर्ष अनिवार्य रूपमा कार्यक्षेत्रमै काम गर्नुपर्ने व्यवस्था छ,’ अध्यक्ष ऐरले भने, ‘त्रिवि नियमनअनुसार यस्ता शिक्षक कर्मचारीलले त्रिविबाट अध्ययन अवधिभर तलब, सेवासुविधा भत्तालगायत गरी करिब ५० लाखभन्दा बढी पाएका हुन्छन्। तर त्रिविलाई योगदान नदिएर विदेशमै परिवारसहित रोकिँदासमेत त्रिविले कारबाही नगरी बसेको पाइयो।’ यति मात्र होइन कार्यअवधि १५ वर्ष पुगेको र अवकाश हुन ५ वर्ष बाँकी हँुदा बिदेसिने र फर्कँदा अवकाशको समय हुने अवस्था रहेकाले पनि यस्ता शिक्षक कर्मचारीप्रति त्रिवि सचेत हुनुपर्ने उनको भनाइ छ। त्रिविले यस्ता शिक्षक कर्मचारीको नाम संकलन गर्ने कार्य सुरु गरिसकेको सदस्य सुवेदीले जनाए।

यसैगरी अर्को ठूलो समस्या भनेको त्रिविको समकक्षताको देखिएको विद्यार्थीले औंल्याएका छन्। त्रिविमा अध्यापन गराइरहँदाकै अवधिमा समेत त्रिविका प्राध्यापकहरूले भारतबाट विद्यावारिधिको शैक्षिक योग्यताको प्रमाणपत्र प्राप्त गरेको तथ्य फेला परेको छ। यति मात्र होइन, त्रिविले समकक्षता दिने र नदिनेसमेत छुट्याउन नसकी आफूखुसी समकक्षता दिएको भन्दै विद्यार्थीले अवाज उठाएपछि यसबारे पनि छानबिन गरी आवश्यक कारबाही गरिने असहमति भएको छ।

‘डा. पुष्कर रेखोला नेतृत्वको छानबिन समितिले समकक्षतासम्बन्धी दिएको प्रतिवेदन सम्बन्धमा छलफल हुँदा सन् २०१३ भन्दा पछाडि समकक्षतासम्बन्धी भएका सम्पूर्ण निर्णयहरूको प्रतिवेदन तयारी गरी समस्या समाधान गर्न उच्चस्तरीय छानबिन समिति गठन गरिनेछ,’ सदस्य सुवेदीले, ‘समिति गठन भएको एक महिनाभित्र प्रतिवेदन कार्यान्वयन गरिनेछ।’

यसैगरी त्रिविमा करार र आंशिक शिक्षकहरूलाई स्वतः करार र स्थायी गर्ने निर्णय कार्यान्वयन नगर्ने र त्रिविका रिक्त रहेको उपप्राध्यापक तथा कर्मचारीका लागि खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्न तत्काल नयाँ विज्ञापन गर्न त्रिवि सहमत भएको छ।
अर्को समाचार
त्रिविका शिक्षकहरू नै तालाबन्दी गर्छन्
०४ असार २०८२
•
४ मिनेट पाठ
त्रिविका शिक्षकहरू नै तालाबन्दी गर्छन्
त्रिभुवन विश्वविद्यालयका तथ्यांकशास्त्रका सहप्राध्यापक डा. अरुणकुमार चौधरी आगामी वर्ष अवकाश हुँदै छन्। उनको प्राध्यापक हुने योग्यता र आधार पुगेको भए पनि समयमा सेवा आयोग नखुल्दा प्राध्यापक नहुँदै अवकाश हुनुपर्ने हो कि भन्ने चिन्ता छ।




६० वर्षीय सहप्राध्यापक चौधरी प्राध्यापकमा बढुवा हुन सबै योग्यता छ, तर सेवा आयोग समयमा नखुल्दा उनको वृत्ति विकास हुन सकेको छैन। यति मात्र होइन पाँच वर्षपछि खुलेको सेवा आयोगमा पनि आंशिक शिक्षकले शुक्रबारै ताला लगाइदिएपछि उनको चिन्ता थप बढेको छ। २०७७ सालमा खुलेको सेवा आयोग पाँच वर्षपछि २०८२ जेठ २१ गते खुलेको छ।

सेवा आयोगले यसपटक एक सय ८२ प्राध्यापक, चार सय २५ सहप्राध्यापक र तीन सय उपप्राध्यापक गरी नौ सय सात पदका लागि विज्ञापन गरेको छ। साथै सेवा आयोगले त्रिभुवन विश्वविद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न १० प्राध्यापक, २० सहप्राध्यापक र एक सय उपप्राध्यापक गरी द्रूतमार्गबाट एक सय ३० प्राध्यापक नियुक्तिका लागि आवेदन माग गरेको छ। सेवा आयोगले एक हजार बढीको विज्ञापन गरे पनि आंशिक शिक्षकहरूको तालाबन्दीका कारण सबै कामकारबाही ठप्प बनेको छ।

विश्वविद्यालयमा पढाउने शिक्षकहरू नै तालाबन्दीमा उत्रनुलाई त्रिविकै प्राध्यापकहरूले आलोचना गरिरहेका छन्। ‘मैले आफ्नो प्राध्यापक पदमा बढुवाका लागि सयभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको जर्नलमा लेख छपाइसकेको छु। तथ्यांक र गणितकै विषयका ४० देखि ५० वटा पाठ्यक्रममा आधारित पुस्तक प्रकाशित गरिसकेको छु। विद्यावारिधि तथा अनुसन्धानका ग्रन्थहरू प्रकाशित छन्’, सहप्राडा चौधरीले नागरिकसँग त्रिविको बेथिति सुनाए, ‘पाँच वर्षपछि बल्लतल्ल आयोग खुलेको छ। मेरो अर्को वर्ष अवकाश हुँदै छ। यसैगरी तालाबन्दी कायम रहने हो भने मेरो हातमा आएको अवसर पनि गुम्ने छ।’

उनले पीडा पोखे, ‘त्रिविमा मैले ३२ वर्ष सेवा गरेपछि अब वृत्ति विकासको सवालमा आंशिक शिक्षकले बाधा खडा गर्नु त्रिवि प्रणाली, विश्वविद्यालय र कुलपतिको दोष हो।’

त्रिविमा वार्षिक तीन सयको हाराहारीमा शिक्षक अवकाश हुन्छन्। सेवा आयोगको ढिलाइका कारण धेरै शिक्षक वृत्ति विकासविना नै अवकाश हुनुपर्ने अवस्था रहेको सेवा आयोगका प्रशासन प्रमुख विष्णुप्रसाद अर्यालले बताए।

तर आंशिक शिक्षकले भने सेवा आयोगले खुलाएको द्रूत मार्गको विज्ञापन खारेजी गर्नुपर्ने र त्रिविको रिक्त रहेको ५२३० दरबन्दीमै विज्ञापन खुलाउनुपर्ने मागसहित त्रिविका सबै निकायमा तालाबन्दी गरेको सेवा आयोगका अध्यक्ष घनश्याम भट्टराईले बताए।

‘त्रिविमा कार्यरत आंशिकलाई हाल त्रिविको रिक्त ५२३० दरबन्दीमै करार गरी मात्र अन्य पदमा विज्ञापनको माग गर्दै सेवा आयोग, उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा तालाबन्दी गरी विश्वविद्यालयलाई ठप्प पारिदिएका छन्’, अध्यक्ष भट्टराईले नागरिकसँग भने, ‘हामी सोमबार शिक्षा, विकास तथा अर्थ अनुसन्धान केन्द्र सेरिडमा सोमबार काम गरिरहेको अवस्थामा त्यहाँ पनि आंशिक शिक्षकले आएर हामीलाई धपाइदिनुभयो।’

उनले थपे, ‘त्रिविको कार्यकारी उपकुलपति हुन्। यसकारण अब उपकुलपतिले वार्ताका माध्यमबाट आंशिकका समस्या समाधानतर्फ लगी त्रिविमा काम गर्ने वातावरण सृजना गर्नुपर्छ।’

कतिपय शिक्षक त लामो समय काम गरी प्राध्यापकका लागि सबै योग्यता पुगेर पनि वृत्ति विकास नभएरै अवकाश हुनुभएको छ। ‘यो अति नै पीडादायी अवस्था हो’, सेवा आयोगका प्रशासन प्रमुख विष्णुप्रसाद अर्यालले नागरिकसँग भने, ‘हामी सोमबार शिक्षा, विकास तथा अर्थ अनुसन्धान केन्द्र (सेरिड) मा काम गरिरहेको अवस्थामा आशिक शिक्षकहरू त्यहीं पुगेर हामीलाई काम नगर्नुस् भनेर निकाली दिनुभयो।’

उनले थपे, ‘एक त ६÷६ महिनामा खुल्नुपर्ने सेवा आयोग समयमा नखुल्दा आंशिकका शिक्षक थुप्रिनुभयो। किनभने उहाँहरूले सेवा आयोगमा लड्ने अवसर नपाएरै कतिको उमेरै बित्न लाग्यो। यसकारण अब त्रिविलाई निकास दिन तालाबन्दीको गलत संस्कार बन्द गर्नुपर्छ। परीक्षा नियमित हुनुपर्छ।’

जेठ १४ देखि नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नजिकिँदै गरेको परीक्षाको मुखमा विद्यार्थी भर्ना खुलाउनुपर्ने माग राखेर उपकुलपति खड्ग केसी, शिक्षाध्यक्ष दुविनन्द ढकाल र रजिस्ट्रार केदार रिजालको कार्यकक्षमा तालाबन्दी गरेका छन्। तालाबन्दीको पर्यायवाची बनेको विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले आआफ्नो कार्यकक्षमा बसेर काम गर्न नपाउँदा सामाजिक मर्यादामा आँच पुगेको महसुस गरिरहेका छन्।

त्रिभुवन विश्वविद्यालय पछिलो समय तलाबन्दीको पर्यायवाची बन्दै आएको छ। आंशिक र करार शिक्षक तथा विद्यार्थी संगठनले विभिन्न बहानामा विश्वविद्यालयमा तालाबन्दी गर्दै आएका छन्। राजनीतिक आडमा हुने गरेका यस्ता तालाबन्दीका कारण विश्वविद्यालयको वातावरण दुषित बनाउँदै गएको नेपाल प्रगतिशील प्राध्यापक संघमा महासचिव सहप्राध्यापक डा. सुमन खरेलले बताए।

नेविसंघले जेठ १४ गते त्रिवि उपकुलपति केसीको कार्यालयमा भएको तोडफोड र तालाबन्दीलाई त्रिविका प्राध्यापकहरूले अराजकताका रूपमा चित्रन गरेका छन्। उपत्यकाका शंकरदेव क्याम्पस, सरस्वती क्याम्पस, पाटन संयुक्त क्याम्पस र भक्तपुर क्याम्पसका नेविसंघका विद्यार्थी नेताहरूले त्रिविका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी र उपकुलपतिको कार्यकक्षमा तोडफोड गरेका छन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस