जनगणना २०७८ प्रतिवेदन : एक दशकमै १० प्रतिशतले घटे बालबालिका
२८ साउन २०८१
•
६ मिनेट पाठ
जनगणना २०७८ प्रतिवेदन : एक दशकमै १० प्रतिशतले घटे बालबालिका
नेपालमा एक दशकमा कुल जनसंख्या १०.१ प्रतिशतले थपिँदा यही अवधिमा बालबालिकाको संख्या १०.९ प्रतिशतले घटेको राष्ट्रिय जनगणना ०७८ को तथ्यांकले उजागर गरेको छ। सरकारी तथ्यांकअनुसार एकातिर बालबालिकाको जनसंख्या नै घट्दो छ भने अर्कातर्फ बालबालिका जन्मने अनुपात पनि कम रहेको छ।




शुक्रबार केन्द्रीय तथ्यांक कार्यालयका जनसंख्या शाखा निर्देशक ढुण्डिराज लामिछानेले सार्वजनिक गरेको बालबालिकासम्बन्धी तथ्यांकीय प्रतिवेदनमा बालबालिकाको जन्मको अनुपात हेर्दा छोरीहरू कम जन्मन थालेको तथ्यांकले देखाएको छ।

यस्तै अवस्था रहे अबको केही वर्षभित्र समाजमा बालिकाको संख्या घट्दै जाने र छोराहरूले विवाहका लागि जोडी पाउन सामाजिक चुनौतीको सामना गर्नुपर्ने अवस्था उत्पन्न हुने निर्देशक लामिछानेले अवगत गराए।

उनका अनुसार २०५८ देखि २०६८ सालको अवधिमा बालबालिकाको वार्षिक जनसंख्या वृद्धिदर ०.४६ प्रतिशत रहेको थियो। २०६८ देखि २०७८ सालमा पुग्दा यो ऋणात्मक रह्यो। अहिले यो –१.१ प्रतिशत हुन पुगेको छ । यो अवधिमा समग्र जनसंख्या १०.१ प्रतिशतले थप हुँदा बालबालिकाको जनसंख्या १०.९ प्रतिशतले घट्न गएको छ।

‘जसमध्ये बालकको तुलनामा बालिकाको जनसंख्या करिब चार प्रतिशतले बढीले घटेको छ। बालबालिकाको वृद्धिदर नकारात्मक देखियो’, निर्देशक लामिछानेले नागरिकसँग भने, ‘एकातिर युवा पुस्ता बिदेसिने अवस्था उच्च छ भने अर्कातिर बालबालिकाको वृद्धिदर नकारात्मक हुँदा अबको केही वर्षमा जनसंख्याको लाभांश कम हुँदै जान्छ। यसले आगामी वर्षमा देशमा विभिन्न क्षेत्रमा काम गराउन युवाहरू विदेशबाट मगाउनुपर्ने अवस्था आउँछ ।’ उनले थपे, ‘अर्कातिर बुढौली जनसंख्या बढ्दो छ । यसले समाजमा ब्यालेन्स राख्न चुनौती थपिँदै जान्छ।’

नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ मध्ये बालबालिका (१८ वर्षभन्दा कम उमेरका अर्थात् ० देखि १७ वर्षसम्म) को ९८ लाख ६९ हजार पाँच सय ८३ (३३.८ प्रतिशत) रहेका छन्, जसमध्ये बालक ५१.८ प्रतिशत र बालिका ४८.२ प्रतिशत रहेका छन्।

कुल पुरुषमध्ये बालक ३६ प्रतिशत र कुल महिलामध्ये ३२ प्रतिशत बालिका रहेका छन्।छोरी कम जन्मन थाले हालको अवस्थामा नेपालमा छोरीहरू छोराको तुलनामा कम जन्मन थालेका छन् । यसले अबको केही वर्षमा विवाहको जोडी खोज्न सामाजिक चुनौती थपिने केन्द्रका प्रवक्ता डा. हेमराज रेग्मीको भनाइ छ।

०७८ को जनगणनाले जन्मदाको लैंगिक अनुपात एक सय १२ देखाएको छ । अर्थात् सयजना छोरी जन्मिदा एक सय १२ जना छोरा जन्मिँदा रहेछन्। जबकि ०६८ मा लैंगिक अनुपात एक सय ६ थियो भने ०५८ मा एक सय चार थियो। ‘हुन त विगतका दशकदेखि नै छोरी कम जन्मिने गरेका छन् । पछिल्लो एक दशकमा छोरीहरू जन्मने संख्या निकै घट्यो’, प्रवक्ता रेग्मीले भने, ‘यसले भविष्यमा छोराले विवाहका लागि छोरी नपाउने संकेत गर्छ । यसले समाजमा नकारात्मक असर पार्न सक्ने देखियो।’

बालबालिकाको जनसंख्या ०५८ देखि ०६८ सालसम्म हेर्दा ०५८ मा कुल बालबालिकाको जनसंख्या ४५.७ प्रतिशत हुँदा बालकको संख्या ४६.६ प्रतिशत थियो भने बालिकाको संख्या ४४.९ प्रतिशत मात्र थियो ।

यसैगरी ०६८ मा कुल बालबालिकाको जनसंख्या ४१.८ प्रतिशत हुँदा बालकको संख्या ४३.८ प्रतिशत थियो भने बालिकाको संख्या ४० प्रतिशत मात्र थियो । यसैगरी ०७८ सालमा आइपुग्दा कुल बालबालिकाको संख्या ३५.९ प्रतिशत हुँदा बालकको संख्या ३१.९ प्रतिशत र बालिकाको संख्या ३१.९ प्रतिशतमा सीमित हुन पुगेको देखिएको छ।

प्रदेशगत विश्लेषण गर्दा बागमती, मधेस र गण्डकी प्रदेशमा बालिका कम छन्। बालविवाह गर्नेमा बालक पाँच प्रतिशत बालिका २१ प्रतिशत १० देखि १७ वर्षसम्मका कुल बालबालिकामध्ये १.६ प्रतिशतको विवाह भएको देखिन्छ। विवाहित बालबालिका सर्वाधिक (२.६ प्रतिशत) कर्णालीमा र सबैभन्दा न्यून (१.१ प्रतिशत) बागमतीमा रहेको देखिन्छ।

नेपालमा बालविवाह विद्यमान दर १४.१ प्रतिशत छ। पुरुषतर्फ यो मान ५.० प्रतिशत छ भने महिलातर्फ २१.९ प्रतिशत रहेको छ । बालविवाहलाई दिगो विकासको महत्वपूर्ण सूचकका रूपमा लिइएको छ। यो सूचक कुल २० देखि २४ वर्षका महिलामा २० देखि २४ वर्षका विवाहित महिलाले १८ वर्ष नपुग्दै विवाह गरेको आधारमा गणना गरिएको निर्देशक लामिछानेले बताए।

प्रदेशस्तरमा बालविवाह हुने पुरुषको सर्वाधिक (९.५ प्रतिशत) विद्यमानता दर कर्णाली प्रदेशमै रहेको छ भने दोस्रो (५.७ प्रतिशत) मधेस प्रदेश र तेस्रो (५.५ प्रतिशत) लुम्बिनी र सुदूरपश्चिम प्रदेश रहेका छन्। यी तथ्यांकले नेपालमा पुरुषको तुलनामा महिलाको बालविवाहको विद्यमानता दर दोब्बरभन्दा बढी रहेको स्पष्ट देखिन्छ। प्रवक्ता रेग्मीका अनुसार छोरीहरू शिक्षामा पछाडि पर्नु र आर्थिक रूपमा सक्षम नहुनुले पनि सानै उमेरमा विवाह गर्नुपर्ने अवस्था तथ्यांकले स्पष्ट पारेको छ।

‘हिमाल, पहाड र तराईको विश्लेषण गर्दा गणना समयमा २० देखि २४ वर्ष उमेर भएका पुरुष र महिलामध्ये १८ वर्ष उमेर पूरा नभई हुने बालविवाह सर्वाधिक (१५.४ प्रतिशत) तराईमा छ भने हिमालमा १४.९ प्रतिशत र पहाडमा १२.२ प्रतिशत मात्र छ’, प्रवक्ता रेग्मीले भने, ‘यसबाट बालविवाहको समस्या तराई र पहाडमा भन्दा हिमालमा न्यून रहेको देखिन्छ।’ उनले थपे, ‘परिवारको सम्पन्नताको पञ्चम वर्गीकरणअनुसार गणना समयमा २० देखि २४ वर्षका युवा र युवतीको जनसंख्या हेर्ने हो भने बालविवाह अति न्यून वर्गभित्र सर्वाधिक (२०.८ प्रतिशत)  रहेको देखिन्छ।’

न्यून वर्गभित्रका बालबालिकामा बालविवाहको विद्यमानता (१७.८ प्रतिशत) रहेको छ। अति उच्च वर्गमा यो सबैभन्दा न्यून (४.९ प्रतिशत) छ भने उच्च वर्गमा यो ११.७ प्रतिशत मात्र छ। यसरी परिवार सम्पन्न हुँदै जाँदा बालविवाहजस्तो सामाजिक समस्या पनि केही हदसम्म घट्दै गएको देखिन्छ।

५.४ प्रतिशत बालबालिका विद्यालय बाहिर

पाँच वर्ष र सोभन्दा माथिल्लो कुल जनसंख्यामध्ये ९४.१ प्रतिशत साक्षर रहेको देखिएको छ। साक्षर बालबालिकामध्ये ४६.१ प्रतिशतले प्राथमिक तह पूरा गरेको देखिन्छ। एसइई वा सोसरह र सोभन्दामाथिको तह उत्तीर्ण गर्नेको ६ प्रतिशत रहेको छ।

नेपालमा अझै पनि ५.४ प्रतिशत बालबालिका कहिल्यै विद्यालय नगएको तथ्यांकले उजागर गरेको छ। यी बालबालिका कठिन समुदायका हुन् भने बिचैमा पढाइ छाडेका ५.३ प्रतिशत देखिन्छ। विद्यालय नजाने बालबालिका हिमाल र पहाडको तुलनामा तराईमा सर्वाधिक (८.०प्रतिशत) रहेको छ। पहाडमा यो केवल १.९ प्रतिशत रहेको छ। प्रादेशिक तहमा हेर्दा १४.० प्रतिशतसहित मधेस सबैभन्दा उच्च अवस्थामा छ भने गण्डकी १.१ प्रतिशतसहित न्यूनतम अवस्थामा छ।

१४ प्रतिशत बालश्रममा

प्रवक्ता डा. रेग्मीका अनुसार नेपालमा अझै पनि १३.७ प्रतिशत बालबालिका बालश्रममा रहेको देखिएको छ। नेपालका १० देखि १७ वर्षका बालबालिकामध्ये ३० प्रतिशत कुनै न कुनै आर्थिक काममा संलग्न रहेको अवस्था छ । हिमालमा यो ३७ प्रतिशत रहेको छ। पहाडमा यो ३३ प्रतिशत छ भने तराईमा सबैभन्दा कम अर्थात् २७ प्रतिशत रहेको छ। आर्थिक कामको पेसागत वर्गीकरणअनुसार आर्थिक काम गर्नेमध्ये ५३.५ प्रतिशत घरको सरसफाइ, भान्साको काम, कृषि तथा वनजन्य हातैले गरिने काम, खानीसँग सम्बन्धित काम आदि प्राथमिक पेसामा संलग्न छन्।

आर्थिक काम गरिरहेकामध्ये १३.७ प्रतिशत बालबालिकाले अरूको काम गरेको देखियो। गत एक वर्षभित्र कम्तीमा एक दिन भए पनि आर्थिक काममा संलग्न भएका बालबालिका ४६ लाख ६३ हजार आठ सय ७३ मध्ये (१० देखि १७ वर्ष) गैरघरायसी आर्थिक काममा संलग्न बालबालिका  १३.५ प्रतिशत र घरायसी क्षेत्रमा १६.२ प्रतिशत छन्। १८ वर्षमुनिका घरेलु कामदारको हैसियतमा परिवारभित्र रहेका बालबालिका नेपालमा ०.०३ प्रतिशत रहेको देखिन्छ। नेपालमा सबैभन्दा धेरै (२९.५ प्रतिशत) १० देखि १४ वर्षसम्मका बालबालिका घरेलु काममा रहेका छन्।
अर्को समाचार
क्यान्सरपीडित ७५ प्रतिशत बालबालिका अस्पतालको पहुँच बाहिर, बर्सेनि थपिँदै १५ सय संक्रमित
०५ फागुन २०८१
•
१ मिनेट पाठ
क्यान्सरपीडित ७५ प्रतिशत बालबालिका अस्पतालको पहुँच बाहिर, बर्सेनि थपिँदै १५ सय संक्रमित
पछिल्लो समय बढ्दो संक्रमणका कारण नेपालमा क्यान्सरपीडित बालबालिकाको संख्या भयावह हुँदै गएको पाइएको छ । नेपालमा हरेक वर्ष १ हजार ५ सय बालबालिकामा नयाँ क्यान्सर पहिचान हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।




क्यान्सर भएकामध्ये ७५ प्रतिशत बालबालिका अस्पतालको पहुँचभन्दा बाहिरै हुने गरेको पाइएको छ । क्यान्सरपीडितमध्ये २५ प्रतिशत बालालिकामात्रै अस्पताल पुग्नु चिन्ताको विषय भएको बाल क्यान्सर रोग बिशेषज्ञहरु बताउँछन् । विपी कोइराला मेमोरियल अस्पतालका बाल क्याक्सर रोग बिशेषज्ञ डा. कृष्ण सागर शर्माले बाल क्यान्सरमा आवश्यक बोनम्यारो प्रत्यारोपण र बाल क्यान्सर काटिसेल प्रत्यारोपण उपचार बाहेक बाँकी सबै नेपालमै उपचार हुने गरेको बताए ।

ढिला पहिचान, उपचारमा एकरुपता, औषधिको सहज पहुँच, परीक्षणमा सहज पहुँच, नागरिक र स्थानीय स्वास्थ्यकर्मीमा जनचेतनाको कमीलगायत विषय अहिले पनि बाल क्यान्सर उपचारको लागि चुनौती बनेको चिकित्सकहरुले औल्याए । क्यान्सर लागेका बालबालिका मात्र नभएर परिवारसमेत प्रभावित हुने भएकोले नेपाल सरकारले बाल क्यान्सर उपचारमा एकरुपता, समयमै पहिचान, औषधिको उपलब्धता विशिष्ट अस्पतालको स्थापनाको कमी मुख्य चुनौती रहेको उनीहरुले औल्याएका छन् । ‘सरकारले चौध वर्षमुनिका बालबालिकाका लागि निःशुल्क उपचार गरेर मात्र हुँदैन, आवश्यक आर्थिक, मानसिक हेरचाहको लागि यस्तो अभियान चाहिन्छ’ डा.सुचारिका तुलाधरले भनिन् । उनले बाल क्यान्सरमा सम्पुर्णता मान्यताको आवश्यक रहेको सुझाइन ।

बाल क्यान्सर रोग बिशेषज्ञ डा.सानी सिपाइले बाल क्यान्सरमा छिटो पहिचानको उपचारले मात्र राम्रो परिणाम आउने बताइन । ‘यसका लागि स्थानीय स्वास्थ्यकर्मीलाई बाल क्यान्सर रोगको बारेमा न्युनतम तालिम दिनु पर्ने देखिन्छ,’उनले भनिन् ।

नेपालमा अहिले १७ सय जना बालबालिकामा क्यान्सर रहेको सरकारी तथ्याङ्क छ ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस