साकेलामा प्रविधिमैत्री शिक्षण सिकाई
२१ साउन २०८१
•
३ मिनेट पाठ
साकेलामा प्रविधिमैत्री शिक्षण सिकाई
विद्यालयलाई टेलिभिजन हस्तान्तरण गर्दै अध्यक्ष राई । तस्विरः महेश्वर
खोटाङको साकेला गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा अनिवार्य प्रविधिमैत्री कक्षा सञ्चालन गराउन थालेको छ ।जसका लागि गाउँपालिकाले विद्यालयहरूलाई स्मार्ट टेलिभिजनसमेत प्रदान गरेको छ । बालबालिकालाई आधुनिक र स्मार्ट प्रविधिको उपयोग गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले टेलिभिजन प्रदान गरिएको हो ।




विद्यालयको फितलो व्यवस्थापन, पुरानो शैलीको शिक्षण सिकाई तथा कमजोर पठनपाठनले गर्दा दिनदिनै सामुदायिक विद्यालयको शैक्षिक स्तर कमजोर बन्दै गएको जनगुनासो आउने गरेको छ । वर्षेनी खस्कँदो विद्यालय शिक्षा परीक्षा (एसइई) नतिजाले सो आरोप प्रमाणित हुँदै पनि गएको छ । त्यही कमजोर नतिजामा सुधार ल्याउँदै बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न सहायक सामग्रीको रुपमा स्मार्ट टेलिभिजन प्रदान गरिएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए ।

जस अनुसार पछिल्लो समय गाउँपालिकाले प्रविधिमैत्री, व्यवहारिक र नैतिक शिक्षाको शिक्षण सिकाई गर्न टेलिभिजन प्रदान गरिएको अध्यक्ष राईले बताएका छन् । सामुदायिक विद्यालयहरू हरेकले शिशु कक्षादेखि नै प्रविधिमा आधारित व्यवहारिक र नैतिक शिक्षाको पठनपाठन गर्न जोड दिन थालेकाले टेलिभिजनको प्रयोग गर्न थालिएको हो । उज्ज्वल भविष्य र समृद्धिको मुख्य आधार भनेकै शिक्षा भएकाले सानो कक्षादेखिकै विद्यार्थीलाई नैतिक वान, असल व्यवहार र मानवीय संस्कार संस्कृतिको विकास गराउन प्रविधिमैत्री सिकाई आवश्यक छ ।

व्यवहारिक, वस्तुगत र नैतिक शिक्षासहितको परिवर्तित प्रविधियुक्त समाजबारे ज्ञान दिन सकियो भने खस्कँदो शैक्षिक अवस्थाको सुधारसँगै गुणस्तरीय र व्यवहारिक शैक्षिक जनशक्ति उत्पादन हुने र त्यसले भविष्य सुन्दर बनाउने लक्ष्य अध्यक्ष राईले लिएका छन् । त्यसका लागि हरेक विद्यालय प्रविधिमैत्री भएर आधुनिक र बस्तुगत शिक्षा प्रदान गर्नुपर्ने खाँचो महसुस गर्दै गाउँपालिकाका ३ वटा माध्यमिक विद्यालयलाई टेलिभिजन वितरण गरेको हो । टेलिभिजनमार्फत ती विद्यालयले बालबालिकालाई ‘स्मार्ट शिक्षण सिकाई’ गराउने भएका छन् ।

आइतबार आयोजित एक कार्यक्रममा अध्यक्ष राई र उपाध्यक्ष विर्सिका राईले वडा नम्बर ५ स्थित सरस्वती माध्यमिक विद्यालय, ३ स्थित सिद्देश्वरी माध्यमिक विद्यालय र १ को चण्डेश्वरी प्रस्तावित माध्यमिक विद्यालयलाई एक/एक थान टेलिभिजन प्रदान गरे । गाउँ शिक्षा शाखा संयोजक कविराज राईका अनुसार ती विद्यालयहरुले गाउँपालिकाको आवधिक योजनाले निर्दिष्ट गरेको सूचकहरूको आधारमा पठनपाठन गर्नुपर्ने प्रतिबद्धता गराइएको छ ।

संयोजक राईका अनुसार साकेलाले गतवर्ष निर्माण गरेको आवधिक योजनामा गाउँपालिकालाई डिजिटल स्थानीय तह बनाउने उल्लेख छ । आवधिक योजनाले निर्दिष्ट गरे अनुसार सूचक पुरा गर्दै डिजिटल स्थानीय तह बनाउने अभियानलाई यस कार्यले सहयोग पुग्ने अपेक्षा पनि अध्यक्ष राईले गरेका छन् ।गाउँपालिकाभित्रका सबै माध्यमिक विद्यालयमा कक्षा ६ देखि १० सम्म कम्प्युटर शिक्षाको पनि पढाई हुँदै आएको छ ।

नयाँ शैक्षिक वर्षदेखि तल्लो कक्षादेखि नै अनिवार्य रुपमा अङ्ग्रेजी र कम्प्युटर विषयको पठनपाठन गर्ने तथा हरेक हप्ताको शुक्रवार अतिरिक्त क्रियाकलापसँगै नैतिक विषयमा पठनपाठन गर्ने प्रावधान गाउँ शिक्षा समितिले लागू गरेको छ । सबै विद्यालयमा विज्ञान, गणित, नेपाली र अंग्रेजी विषयमा यही शैक्षिक वर्षदेखि स्मार्ट शिक्षण सिकाइको माध्यमबाट पठनपाठन गर्न सुरुवात गरेको पनि शिक्षा शाखा संयोजक राईले बताएका छन् । 
अर्को समाचार
गैँडाकोटका दुई वटा सामुदायिक विद्यालय गाभिए
०५ वैशाख २०८२
•
३ मिनेट पाठ
गैँडाकोटका दुई वटा सामुदायिक विद्यालय गाभिए
नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाभित्रका दुई वटा आधारभूत विद्यालय गाभिएका (मर्ज) छन् । गैँडाकोट-३ मा रहेको मङ्गलादेवी आधारभूत विद्यालय र गैँडाकोट(५ मा रहेको सरस्वती आधारभूत विद्यालयलाई नजिकै रहेका विद्यालयसँग गाभिएको हो ।




गैँडाकोट नगरपालिकाका शिक्षा अधिकृत रामप्रसाद अधिकारीका अनुसार वडा नं ३ को मङ्गलादेवीमा नौ जना मात्रै विद्यार्थी हुँदा सोही वडाको कृष्णगण्डकी माध्यमिक विद्यालयसँग गाभिएको हो । त्यस्तै गैँडाकोट–५ को सरस्वती आधारभूत विद्यालयबाट अर्को विद्यालय दुई सय मिटरको दूरीमा भएपछि जनक नमूना माध्यमिक विद्यालयसँग गाभिएका उनले जानकारी दिए।

भौगोलिक हिसाबले नजिकै भएका तथा विद्यार्थी सङ्ख्या थोरै भएका सामुदायिक विद्यालयलाई एकआपसमा गाभेर गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य रहेको अधिकारीले बताए। 

“नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि एउटा कार्यदल गठन गरिएको थियो”, उनले भने, “सोही कार्यदलको प्रतिवेदनका आधारमा थप विद्यालय पनि मर्ज हुने तयारीमा छन् ।”

नगर कार्यपालिकाको निर्णयअनुसार नगर शिक्षा अधिकारी डा बालकृष्ण चापागाईंको संयोजकत्वमा पाँच सदस्यीय ‘विद्यालय शिक्षा संरचना व्यवस्थापन तथा शैक्षिक सुधार सुझाव कार्यदल’ गठन गरिएको थियो । यस कार्यदलले पेस गरेको प्रतिवेदनलाई कार्यान्वयन गर्न कार्यविधि र नियम बनाएर काम भइरहेको अधिकारीले जानकारी दिए।

कार्यदलले विद्यालय समायोजन, दरबन्दी समायोजन, कक्षा स्तरोन्नति तथा कक्षा घटुवा, आवासीय विद्यालय सञ्चालनलगायत विषयमा सुझाव पेस गरेको कार्यदल संयोजक एवं नगर शिक्षा अधिकारी चापागाईंले जानकारी दिए।

“भौगोलिक रूपमा विकट भएका वडा नम्बर ३ र १८ मा विद्यार्थी सङ्ख्या बढाउन तथा शैक्षिक गुणस्तर वृद्धि गर्न आवासीय विद्यालय सञ्चालन र कक्षा घटुवा गर्नेगरी प्रतिवेदन दिएका छौँ”, उनले भने, “यी दुई पहाडी वडामा रहेका विद्यालय मर्ज गरेर जाँदा विद्यार्थीलाई पढ्न कठिन हुने भएकाले विद्यार्थीको सुविधाका लागि कक्षा घटुवा तथा आवासीय विद्यालय निर्माण गर्ने प्रतिवेदन दिएका हौँ ।”

वडाका अन्य स्थानमा भने सरकारले जारी गरेको नियमअनुसार विद्यालय समायोजन गर्ने तयारी गरिएको चापागाईंले बताए। उनका अनुसार १८ वटा वडा रहेको गँैडाकोट नगरपालिकामा ३५ सामुदायिक विद्यालय छन् । नगरभित्र सञ्चालित विद्यालयमध्ये १४ वटा सामुदायिक विद्यालयमा एक सयभन्दा कम विद्यार्थी रहेका उल्लेख गर्दै नगर शिक्षा अधिकारी चापागाईंले त्यसमध्ये ५० भन्दा कम विद्यार्थी हुने विद्यालय आठ वटा रहेका जानकारी दिए।

एक सयभन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालयमा सात सय ८६ विद्यार्थी अध्ययनरत छन् । ती विद्यालयमा ६२ जना शिक्षक कार्यरत रहेका जनाउँदै विद्यार्थी भर्ना अभियान जारी गएर विद्यार्थी सङ्ख्या बढाउनुपर्ने अवस्था रहेको चापागाईंले बताए।

शिक्षा नियमावलीले विद्यार्थी शिक्षक अनुपात हिमालमा ४० विद्यार्थी बराबर एक, पहाडमा ४५ विद्यार्थी बराबर एक र तराई एवं उपत्यकामा ५० विद्यार्थी बराबर एक शिक्षक हुनुपर्ने व्यवस्था उल्लेख गरेको छ । अहिले सरकारले वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न भने पनि सामुदायिक विद्यालयका शिक्षक सङ्घीय राजधानी काठमाडौँ केन्द्रित प्रदर्शनमा हुँदा विद्यार्थी भर्ना अभियान सुरु हुन सकेको छैन ।  
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस