विद्यार्थी अभाव भएका शैक्षिक कार्यक्रम बन्द गर्दै काठमाडौँ विश्वविद्यालय
२९ चैत्र २०७९
•
१ मिनेट पाठ
विद्यार्थी अभाव भएका शैक्षिक कार्यक्रम बन्द गर्दै काठमाडौँ विश्वविद्यालय
काठमाडौँ विश्वविद्यालयले विद्यार्थी कम भएका तथा विद्यार्थी नै नभएका शैक्षिक कार्यक्रम बन्द गर्ने तयारी गरेको छ।विद्यार्थी कम भएका शैक्षिक कार्यक्रम ‘फेज आउट’ गरी आगामी दिनमा नयाँ र प्रभावकारी कार्यक्रम ल्याउने योजना बनाइएको विश्वविद्यालयले जनाएको छ।




विश्वविद्यालयका उपकुलपति डा भोला थापाले विद्यार्थी कम भएका शैक्षिक कार्यक्रम बन्द गर्ने तयारी भए पनि कुन–कुन कार्यक्रम बन्द गर्ने भन्ने निर्णय हुन बाँकी रहेको जानकारी दिए। विभिन्न शैक्षिक कार्यक्रममा विद्यार्थी अभावका कारण सञ्चालनमा समस्या भएको बताउँदै आगामी दिनमा प्रभावकारी र विद्यार्थीको आकर्षण बमोजिमका कार्यक्रम ल्याउनेबारे छलफल भइरहेको उनको भनाइ थियो।

विश्वविद्यालयले हाल दुई सयभन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।जसमध्येका करिब ३० प्रतिशत कार्यक्रम विद्यार्थी अभावका कारण प्रभावकारी रुपमा सञ्चालन हुन सकेका छैनन्।उपकुलपति थापाका अनुसार ब्याचलर अफ सोसल वर्क (बिएसडब्लु)को २४ कोटामध्ये २२ सिट रिक्त छन् भने ब्याचलर अफ म्यानेजमेन्ट(बिएमएस)मा ३० सिटमा २२ जना भर्ना भएका छन्।मास्टर्स अफ म्यानेजमेन्ट(एमएमएस)मा २० सिटमध्ये १२ सिट रिक्त छन् भने ब्याचलर अफ बुद्धिष्ट स्टडिजमा ३० सिट भए पनि चारजना मात्र विद्यार्थी भर्ना भएका छन्।उनले पिजिडी इन म्यानेजमेन्टका ३० सिटमध्ये १६ सिट, एकवर्षे एमएड इन इटलीका १५ सिटमध्ये १२ सिट रिक्त रहेको जानकारी दिए।ब्याचलर अफ बिजनेस स्टडिज(बिबिए)मा एक सय २० सिटमध्ये ७८ जना भर्ना भएका छन्।

गुणस्तरीय शैक्षिक कार्यक्रम समय अनुकूल सञ्चालन गरे पनि विद्यार्थी अभाव हुने गरेको उपकुलपति थापाले बताए।विश्वविद्यालयले समयानुकूल शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि सम्बन्धित निकायको न्यून चासो, प्रोत्साहनको कमी, प्रचारप्रसार नहुनु जस्ता कारणले विद्यार्थीको कमी हुने गरेको विश्वविद्यालयका सहनिर्देशक ब्रजेश मिश्रले बताए।
अर्को समाचार
प्राविधिक तथा व्यावसायिक विषय पढाउने शिक्षक उत्पादन गर्दै केयु
०२ पौष २०७८
•
३ मिनेट पाठ
प्राविधिक तथा व्यावसायिक विषय पढाउने शिक्षक उत्पादन गर्दै केयु
काठमाडौं विश्वविद्यालय (केयु) ले विद्यालय तहमा प्राविधिक तथा व्यावसायिकविषय पठनपाठन गराउने शिक्षक उत्पादन गर्ने भएको छ। नेपालमै पहिलोपटक शिक्षाशास्त्र संकायमा सिभिल इन्जिनियर र आइटी विषयको जनशक्ति उत्पादन गर्न विश्वविद्यालयले स्कुल अफ एजुकेसन संकायमा बिटेक इन सिभिल र आइटीको नयाँ कोर्स पढाउने तयारी पूरा गरेको छ।




सरकारको नीति तथा कार्यक्रममै विद्यालय तहमा ७० प्रतिशित प्राविधिक तथा व्यावसायिक सीपमूलक शिक्षा दिने उल्लेख छ। विद्यालय तहमा सोही विषय पढाउने जनशक्तिको अभाव देखिएकाले केयु स्कुल अफ एजुकेसनले नेपालमै पहिलोपटक बिटेक एड इन सिभिल र बिटेक एड इन आइटीको पठनपाठन सुरु गराउन लागेको डिन प्राध्यापक डा. बालाचन्द्र लुइँटेलले बताए।

लुइँटेलका अनुसार चार वर्षे बिटेक इन सिभिल इन्जिनियर र आइटी आगामी नयाँ शैक्षिक सत्र २०२२ को फेब्रुअरी पहिलो सातादेखि सुरु हुन्छ। यो कोर्स अध्ययन गर्न विद्यालय तहमा प्राविधिक विषयमा कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्छ।

विद्यार्थीले बिटेक इन एड अध्ययन गर्न विज्ञान पढेको वा सिटिइभिटीतर्फ तीन वर्षे सिभिल वा आइटीमा डिप्लोमा गरेको हुनुपर्छ। ‘विश्वविद्यालयको विद्या परिषद्ले तीन साताअघि मात्र कोर्स पास गरिसकेको छ,’ डिन लुइँटेलले नागरिकसँग भने, ‘चार वर्षे कोर्समा पूर्ण रूपमा सीपमूलक व्यावहारिक शिक्षा दिइन्छ। विद्यार्थीले अध्ययनकै क्रमममा सिभिलतिर छन् भने निर्माण क्षेत्रमै गएर काम गर्नुपर्छ।’

उनले थपे, ‘यदि आइटीतर्फ बिटेक इन एड गर्ने हो भने कम्प्युटर कम्पनीहरूमा गएर सफ्टवेयरतर्फ अन द जब ट्रेनिङ गर्नुपर्छ।’ यसले विद्यालय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षा पढाउने दक्ष र योग्य शिक्षक तयार पार्ने विश्वविद्यालयको लक्ष्य हो।

हाल देशभरि कक्षा १२ सञ्चालन भएका १२ हजार सामुदायिक विद्यालय छन्। सरकारले ७० प्रतिशत प्राविधि शिक्षा पढाउने नीतिअनुसार अघि बढे देशभरि करिब २४ हजार प्राविधिकतर्फ शिक्षक आवश्यक पर्छ।

‘इन्जिनियरिङ अध्ययन गरेका वा आइटी इन्जिनियर पढेकाहरू सबै आ–आफ्नो काममा रमाएका छन्। अधिकांश राम्रो कमाइको लोभमा बिदेसिएका छन्,’ डिन तथा प्राविधिक शिक्षाविद् लुइँटेलले भने, ‘सरकारले विद्यालय तहमा ९–१२ मा सिभिल,आइटी,एग्रिकल्चारलगायत प्राविधिक विषय सुरु गरेको छ भने अर्कातर्फ सिटिइभिटीले पनि एसइईपछि नै तीन वर्षे डिप्लोमा कोर्स पठनपाठन गराउँदै आएको छ।’ उनी थप्छन्, ‘तर विद्यालयमा यी विषय पढाउने शिक्षकहरू नै छैनन्। त्यही भएर काठमाडौं विश्वविद्यालले अध्ययनअनुसन्धान गरेरै शिक्षा संकायतर्फ सिभिल र आइटिमा शिक्षक उत्पादन गर्ने उद्देश्य लिएको हो।’

पहिलो चरणको पठनपाठनको सुरुवातका लागि विश्वविद्यालयले प्रदेश २ को जनकपुर र प्रदेश ३ को सिन्धुलीबाट सुरु गर्ने तयारी गरेको डिन लुइँटेलले बताए। पहिलो ब्याचमा ३०/३० जनाको सिट विश्वविद्यालयले तोकेको छ।

समुदाय र पालिकासँग सहकार्य गरी पालिकाले छानेको शैक्षिक संस्थामा कोर्स सञ्चालन गर्ने विश्वविद्यालयको तयारी छ। ‘इन्जिनियरहरूले स्कुलमा गएर पढाउँदैन,’ उनले भने, ‘विद्यालयमा ओभरसियर,डिप्लोमा र प्रिडिप्लोमा पढाउने शिक्षकहरू नै छैनन्। शिक्षकहरूलाई प्राविधिक सीप,ज्ञान दिन सम्बन्धित विषयमा जस्तै सिभिलले सिभिलमै र आइटीले आइटीमै ८० क्रेडिटको सम्बन्धित विधामा अध्ययन गर्नुपर्ने कोर्स तयार पारिएको छ।’

सर्वसाधारणलाई नै लक्षित गरेर चार वर्षे कोर्स करिब ५ लाखमै पूरा गराउने तयारी विश्वविद्यालयले गरेको उनले बताए। ‘बिस्तारै सबै प्रदेशका कार्यक्रम सञ्चालन गर्ने पनि विश्वविद्यालय स्कुल अफ एजुकेसनको लक्ष्य छ,’ उनले भने। चार वर्षे कोर्समा शिक्षकले सम्बन्धित विषयको ज्ञान, सीप पाउन सक्ने, पढाउन सक्ने र समुदायमै बसेर आफ्नो विषयमा काम पनि गर्न सक्ने क्षमतावान् प्राविधिक शिक्षक उत्पादन हुने डिन लुइँटेलको दाबी छ।

‘केयुले भर्खरै आफ्नो २७औं दीक्षान्त समारोह सम्पन्न गरेको छ। यही अवसरमा विश्वविद्यालयले शिक्षा संकायमा पनि बिटेक इन सिभिल र आइटीको कोर्स सुरु गर्ने तयारी गरेको छ,’ डिन लुइँटेलले नागरिकसँग भने,‘विश्वविद्यालयले शिक्षाशास्त्र संकायबाटै प्राविधिक शिक्षक उत्पादन गर्ने नयाँ र उदाहरणीय काम थालेको छ।’
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५४ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस