विधि निर्माणको विधि
०५ साउन २०८२
•
४ मिनेट पाठ
विधि निर्माणको विधि
प्रतिनिधिसभालाई झुक्याएर निजामती कर्मचारीको अवकाशपछिको ‘कुलिङ अफ पिरियड’ निस्क्रिय पार्न सफल भएको एउटा घटना राष्ट्रियसभामा पुगेको छ। संघीय निजामती सेवा विधेयकमा यो प्रावधान नराख्न सत्तारुढ नेकपा (एमाले) दल लागेको देखिएको छ। उसले राष्ट्रियसभामा प्रतिनिधिसभामा भन्दा भिन्न धारणा राखेको यसबाट देखिएको छ। 




यसबाट कर्मचारीका तहबाट अवकाशपछिको दुई वर्ष लामो कुलिङ अफ पिरियड अनायासै हराउनुको कारण खोज्न सहज भएको छ। कर्मचारीले बिचमा आफूलाई उपयुक्त हुने गरी ‘बाहेक’ भन्ने शब्द थप गरी त्यो प्रावधान निस्क्रिय गराउन खोजेको अर्थ लगाइएको भए पनि यस पछाडि केही न केही शक्ति केन्द्रहरूकै भूमिका थियो कि? 

प्रतिनिधिसभामा यो प्रावधान राख्न एमाले तयार भएको हो। सबै दलको सर्वसम्मतिले राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित पनि भएकै हो तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सहमति भएका विषय समावेश गरी मिलान गर्न पठाइएको थियो। 

पछि प्रतिनिधिसभामा त्यो विधेयक प्रस्तुत हुँदा बेवास्ता गरी त्यसलाई काम नलाग्ने बनाएर पठाइएको तथ्य विदितै छ। अहिले आएर एमालेले ‘कुलिङ अफ पिरियड’ हटाउनुपर्ने भनी संशोधन प्रस्ताव राखेको छ। यसबाट लामो छलफलपछि सुशासनलाई बल पुर्‍याउने गरी ल्याइएको यो प्रावधान फेरि पनि कानुनमा नरहने अवस्था आएको हो। 

निजामती कर्मचारीतन्त्र आफूले चाहेका विषय कानुनमा घुसाउन सिपालु रहेको तथ्य पनि यसले सार्वजनिक गरेको छ। विगतमा कर्मचारीको स्वार्थअनुकूलका कानुन बन्दा रहेछन् भन्ने पुष्टि यसले पनि गरेको छ। राष्ट्रियसभामा रहेक अन्य घटकहरूमा सत्तारुढ नेपाली कांग्रेस, प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) भने ‘कुलिङ अफ पिरियड’को पक्षमा रहेका छन्। यी सबै दल एक ठाउँमा रहे भने निश्चित रूपमा यो पारित हुन्छ। एमालेले कर्मचारीहरूको दबाबका कारण पनि ‘कुलिङ अफ पिरियड’ नराख्ने पक्षमा पक्षमा लाग्नु परेको हुनसक्छ। 

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित भएपछि ‘कुलिङ अफ पिरियड’को विषयमा विधेयकको दफा ८२ को उपदफा ४ र उपदफा ५ बाँझिएपछि विधेयक विवादित बनेको थियो। वास्तवमा विधेयक पारित भइसकेपछि पनि धेरैको ध्यान यो विवादास्पद प्रावधानबारे पुगेको थिएन। यसले विधि निर्माणमा देखिएको यो हदको लापरबाही सामुन्ने आएको हो। 

यो प्रावधान विवादास्पद भएपछि समितिका सभापति रामहरि खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने आवाज उठेको हो तर उनले आफू सधैं यसको पक्षमा रहेको बताएका हुन्। विधेयकमा संसद्लाई नै गुमराहमा राखेर विवादास्पद प्रावधान समावेश गरिएकोबारे छानबिन गर्न कांग्रेस सांसद जीवन परियारको संयोजकत्वमा छानबिन समिति गठन समेत भएको छ। यसमा संलग्नता रहेको पक्षबारे छानबिनपछि खुल्ने नै छ। 

हाम्रा दलहरूमा विधि निर्माण प्रक्रियामा एकरूपता देखिएको छैन। वास्तवमा यस्ता विषयलाई दलीय मान्यताभन्दा पनि मुलुकको आवश्यकताका दृष्टिले हेर्नु उचित हुन्छ। त्यसो भयो भने मात्र मुलुकको आवश्यकताअनुसारको कानुन निर्माण हुन्छ। संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियड राख्नुको मक्सद सकेसम्म सुशासनका निम्ति हो। 

उच्च पदमा रहेका कर्मचारीले अहिलेको आफ्नो जिम्मेवारीभन्दा पनि भविष्यमा आफूले पाउने संवैधानिक र कूटनीतिक नियुक्तितिर बढ्ता ध्यान दिन थालेपछि यसको आवश्यकता बोध भएको हो। वास्तवमा कैयन यस्ता नियुक्ति विगतमा भएका छन्, जहाँ अवकाश पाएको केही दिनमै अर्को अवसर दिइएको छ। त्यति मात्र होइन अर्को नियुक्तिका लागि अहिलेको पदबाट नियुक्तिकर्ताको स्वार्थअनुकूल राजीनामा भएका घटना पनि छन्। 

नयाँ नियुक्तिका निम्ति अहिले भइरहेको पदबाट भूमिका निर्वाह गर्नु भनेको ‘स्वार्थको द्वन्द्व’ पनि हो। त्यस किसिमको अवस्था आउन नदिन कानुनी व्यवस्था गर्न सक्नुपर्छ। राष्ट्रियसभाका अगाडि अहिले प्रतिनिधिसभाबाट विवादास्पद प्रवाधान राखेर गएको विधेयकमा सुधार हुनु आवश्यक छ। यसै पनि राष्ट्रियसभालाई राष्ट्रिय जीवनबाट गएका प्रवुद्ध नागरिकको सभाका रूपमा लिइन्छ। यो सभाले बिग्रिन लागेको विधेयकलाई सच्याएर पठाई मुलुकमा सुशासनको मार्ग कोर्नु आवश्यक छ। 

भर्खर अवाकाश भएका कर्मचारीले नयाँ नियुक्ति नपाई मुलुकमा काम रोकिने होइन। विगतका कैयन अनुभवी व्यक्तिको हामी कहाँ कमी छैन। तिनको सेवा लिन तयार हुनुपर्छ। राष्ट्रियसभाबाट सच्चिएर आएको विधेयकलाई प्रतिनिधिसभाले फेरि सच्याएर पारित गर्नुपर्छ। यसो भयो भने मात्र असार १५ मा प्रतिनिधिसभालाई विधेयक पारित गर्ने क्रममा लागेको दाग मेटिन्छ।
अर्को समाचार
विधि र प्रक्रिया अनुसार विकास निर्माणको योजना माग गरे सहज: उपप्रधानमन्त्री सिंह
२० फागुन २०८१
•
१ मिनेट पाठ
विधि र प्रक्रिया अनुसार विकास निर्माणको योजना माग गरे सहज: उपप्रधानमन्त्री सिंह
नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले विधि र प्रक्रिया अनुसार विकासका योजनाहरू माग गरे सहज हुने बताएका छन्।




नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिका सभापति र प्रशिक्षण शाखा प्रमुखहरूका लागि आयोजित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उपप्रधानमन्त्री सिंहले योजना छनौट निश्चित विधि हुनेभन्दै त्यसलाई ध्यान दिएर योजना माग गर्नुपर्नेमा जोड दिए।

उनले बजेट निर्माणका क्रममा पार्टीका विभिन्न तहका समिति, जनप्रतिनिधि सबैको राय सुझाव समेटेर छलफलबाटै नयाँ योजनाहरू छनौट हुने पनि उल्लेख गरे।

‘यो गठबन्धन सरकार हो। सबै कुरा कांग्रेसले भनेको मात्रै हुँद‌ैन। गठबन्धनमा रहेका सबै दलले केही न केही लचक हुनुपर्ने अवस्था छ’, उनले भने।

विकास निर्माणको योजना छनौट गर्दा आवश्यकताका आधारमा धेरै नागरिक लाभान्वित हुने योजना प्राथमिकतामा पर्ने भन्दै योजना माग गर्दा त्यस्ता योजना माग गर्नेतर्फ ध्यान दिनुपर्नेमा सिंहले जोड दिए।

उपप्रधानमन्त्री सिंहले पछिल्लो समय सरकार अस्थिर बनेपछि नागरिकले स्थिरता खोजेकाले अहिले कांग्रेस र एमालेसहितका अरू दल  मिलेर राजनीतिक स्थिरताका लागि अहिलेको गठबन्धन सरकार बनेको सुनाए।

सरकारमा रहेर विकास र समृद्धिका लागि काम गरिरहेको भन्दै नागरिकको चाहनाअनुसार काम अघि बढाइरहेको सिंहको भनाई थियो।

उनले स्थानीय तहका जनप्रतिनिधिसँग पनि समन्वय गरेर काम गर्न क्षेत्रीय सभापतिहरूलाई आग्रह गर्दै पार्टी संगठन सुदृढीकरणमा लाग्न सुझाव दिए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस